प्रधानमन्त्री ओलीको चेतावनी, ‘मोदीजी नेपाललाई झुक्काउने खेलामा नलाग्नुस्’

काठमाडौं, १७ कात्तिक । भारतीय भूमि र दसगजाबाट नेपालका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जबाफी कारबाहीमा एकजना भारतीय नागरिकको मृत्युबाट उत्पन्न परिस्थितिबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री केपी ओलीले वीरगन्जमा प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएका थिए। सोमबार साँझ एमाले स्थायी स्थायी समितिको बैठक चलिरहेका बेला भारतीय प्रधानमन्त्रीको फोन आएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएर दुई देशबीचको अवस्था सहज पार्न पनि मोदीलाई आग्रह गरे ।
एमालेका महासचिव ईश्वर पोख्रेलका अनुसार स्वाधीनता र स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा नेपालका दल सचेत रहेको बताउँदै ओलीले नाकाबन्दी अन्त्य गर्न जोड दिएका थिए ।
ओलीले भारतीय नाकाबन्दीका कारण नेपालले पारवहन अधिकारको उपभोग गर्न नपाएको बारेमा मोदीको ध्यानाकर्षण गराएका थिए ।
जबाफमा मोदीले नेपालको पारवहन अधिकारप्रति भारत सचेत रहेको तर अहिले नेपालको आन्तरिक समस्या रहेको जिकिर गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई झुकाउने खालको कुरा स्वीकार्य नहुने जबाफ घुमाउरो पारामा मोदीलाई दिएको स्रोतले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले वीरगन्जमा आफ्ना नागरिक मारिएकोमा चासो देखाउँदै वक्तव्य निकालेलगत्तै प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ताको प्रयास गरेका थिए ।
पछि मोदीले कलब्याक गरेको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओलीले सोमबार बिहान वीरगन्जस्थित नेपाल–भारत सीमाको मितेरी पुलमा धर्ना दिइरहेका आन्दोलनकारीलाई शान्तिपूर्ण रूपमा हटाइएको जानकारी पनि मोदीलाई दिएको एमाले पार्टी सचिव योगेश भट्टराईले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget