नाकाबन्दीपछि कति बढ्यो खाद्यान्नको मूल्य ? (मूल्य सूचीसहित)

रविन्द्र घिमिरे
१५ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीको सबैभन्दा ठूलो मार आम नेपाली उपभोक्तालाई परेको छ । तेलको हाहाकारकाको बीचमा सवारीसाधनमा भाडा तेब्बर भएका बेला बजारमा उपभोग्य बस्तुको मूल्यबृद्धिले उपभोक्तालाई कम्ति पीडामा पारेको छैन ।
एक महिनाका बीचमा बजारमा धेरै उपभोग्य वस्तुको मूल्य दोब्बर भन्दा बढी भएको छ । यस्तो इतिहासमा पनि कहिल्यै नभएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । बजारमा लत्ताकपडादेखि खाद्य सामाग्रीको अभावका कारण धेरै वस्तुको मूल्य दोब्बर भएको छ । बजारमा अहिले कुनै त्यस्ता बस्तु छैनन्, जसको मूल्य नबढेको होस् ।
भारतीय सीमानामा आत्मनिर्भर रहेको नेपालमा भारतसँगको मुख्य वीरगञ्ज भन्सार नाका अवरुद्ध हुँदा करिब ७० प्रतिशत सामानको आपूर्ति प्रभावित भएको छ । बिराटनगर, भैरहवा, काँकडभिट्टा, नेपालगञ्ज, कैलाली लगायतका सहायक नाकाहरुबाट भित्रिएका सामान बजारमा आएका छन् ।
आपूर्ति कम भएपछि बजारमा मूल्य बढेको हो । आपूर्ति नभएका बेला सरकारी निकायले बजारमा प्रभावकारी अनुगमन नगर्दा कालोबजारी पनि निकै मौलाएको छ । अभावलाई बाहाना बनाए कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउन केही थोक व्यापारी नै लागेको खुद्रा व्यवसायीहरु बताउँछन् ।
अझ तेल अभावका कारण बजारमा उपलब्ध सामान ढुवानी गर्न समस्या भएको छ । ५ सय रुपैयाँमा ढुवानी हुने सामानलाई २५ सय रुपैयाँसम्म तिरेर ढुवानी गर्नुपर्दा खुद्रा मूल्य थप आकाशिएको खुद्रा ब्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले बताए ।
उनले ब्यापारमा आवद्ध भएको ५० वर्षमा आफूले एक महिनाका बीचमा यति धेरै मूल्यवृद्धि पहिलोपटक देखेको बताए । उनले नाकाबन्दीका कारण थुप्रै सामाग्रीको मूल्य दोब्बर समेत भएको जानकारी दिए ।
दाल र मसलामा अचाक्ली मूल्यवृद्धि
बजारमा चामल, मकै, गहुँदेखि दाल, गेडागुडी, मसला, लगायत सबै खाद्य वस्तुमा मूल्यवृद्धि भएको छ । कतिपय समानहरु बजारमा पाइनै छाडेको छ । चामल मात्रै प्रतिकलो ५ देखि १० रुपैयाँसम्म बढेको छ । सबैभन्दा धेरै मूल्यवृद्धि भने दाल र मसलामा भएको छ । प्रतिकिलो १ सय ४० रुपैयाँ रहेको मासको मूल्य २ सय ६० रुपैयाँ पुगेको छ ।
यसबीचमा मासको दाल बजारमा छिटपुट मात्र भेटिन थालेको छ । यस्तै मुंग, मुसुरो, रहर, चना सबैमा झण्डै किलोको १ सय रुपैयाँसम्म मूल्य बढेको छ । यस्तै मसलाहरुमा पनि उल्लेख्य मूल्यवृद्धि भएको छ ।
नेपालमा मसला बजार भारतमा पूर्ण निर्भर रहेका कारण किलोकै १ सय रुपैयाँ भन्दा बढी मूल्य बढेको खुद्रा व्यापार संघले जनाएको छ । खुर्सानी, बेसार, जिराको धुलो, ज्वानो, मेथी लगायत प्रायः सबै मसलाको मूल्य किलोमै १ सय रुपैयाँसम्म माथि गएको छ ।
खानेतेलको अभाव
भारतीय नाकाबन्दीकै कारण बजारमा खाने तेलको अभाव चुलिएको छ । भन्सामा ग्यासको संकट बेहोरिरहेका उपभोक्ता अहिले खाने तेल नपाएर हैरान भएका छन् ।
भारतबाट आउने भटमास र सुर्यमुखीको तेल तथा तेस्रो मुलुकबाट आउने तोरी नाकाबन्दीका कारण नाकाहरुमै रोकिएपछि तेलको चरम अभाव भएको हो । अहिले सुर्यमुखी र भटमासको तेल बजारमा पाइनै छाडेको छ । केही नेपाली उत्पादक कम्पनिका तोरीका तेल भने बजारमा छिटपुट रुपमा भेटिने गरेको छ ।
तेलको अभाव चुलिएपछि सुर्यमुखीको तेल लिटरको २ सय रुपैयाँसम्म बिक्री भएको संघले जनाएको छ । यसैगरी भटमासको तेल लिटरको १ सय ८० रुपैयाँसम्म पुगेको थियो । अहिले बजारमा कतै-कतै भेटिने तोरीको तेलको मूल्य प्रतिलिटर १ सय ८० देखि २ सय २० रुपैयाँसम्म छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget