काठमाडौँ, १ मंसिर । खोलुखुम्बु चौलीखर्ककी एक गर्भवती महिलाले हेलिकप्टरमै बच्चा जन्माएकी छिन् ।
दुई दिनदेखि विरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिम्रिक एयरको हेलिकप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
हेलिकप्टर बिरामी लिएर उपचारका लागि काठमाडौं आउँदै गर्दा जिरी नजिक आइपुगेपछि उडिरहेकै बेला बच्चा जन्मिएको थियो ।
हेलिकप्टरका क्याप्टेन बिबेक खड्काले भने बच्चा जन्मिएपछि उनीहरुलाई बीच बाटोमै अवतरण गर्ने कि भनेर पैश्ज गरे उनीहरुले काठमाडौं नै जाउ भनेपछि लिएर आएँ ।
etajakhabar
Post a Comment