फ्रान्सका राष्ट्रपति भन्छनः ‘आइएसलाई ध्वस्त पारी छाड्छौं’

काठमाडौं, मंसिर १ । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्दले सिरिया आतंकवादको सबैभन्दा ठूलो कारखाना भएको बताएका छन् ।
पेरिसमा आतंकवादी आक्रमणपछि राष्ट्रपति ओलान्दले संसद्लाई सम्बोधन गर्दै आइएसलाई ध्वस्त पारि छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
सिरियाका विषयमा अन्तर्राष्ट्रिय समुदायले आपसी सहयोग बढाउन अपील गर्दै उनले सिरिया आतंकवादीको सबैभन्दा ठूलो कारखाना बनिरहेको र यसलाई अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताए ।
आतंकवादीहरुसँग लड्न अन्तर्राष्ट्रिय एकता आवश्यक रहेको ओलान्दको भनाई थियो । शुक्रबार पेरिसमा इस्लामिक अतिवादी समुह आइएसले गरेको आतंकवादी आक्रमणमा १ सय २९ जनाको मृत्यु भएको थियो ।
फ्रान्सेली राष्ट्रपतिले पेरिसमा गरिएको आतंकवादी आक्रमणको जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच टर्कीमा भएको जी–ट्वान्टी देशको बैठकमा नेताहरुले आतंकवादको अन्त्यका लागि ठोस कदम चाल्ने प्रतिबद्धतासमेत जनाएका छन् । (एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget