चीन पुगेर फर्केका मन्त्री पुनले भने, ‘अब चीनबाट मागेजति तेल र ग्याँस आउँछ’

काठमाडौँ – वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताएका छन् ।

चीन भ्रणमणबाट स्वदेश फर्किएपछि मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चीन, बङ्गलादेशलगायतका मित्रराष्ट्रसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको जानकारी दिए ।

उनले नेपाल–चीनबीच भएको सम्झौतालाई मूर्तरुप दिन दुई देशबीच व्यापारिक सम्झौताका लागि भोलि मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गर्ने बताए ।

चीन भ्रमणमा आफूले त्यहाँका उच्च अधिकारीसँग अनौपचारिक छलफल गरेको र त्यसले सकारात्मक वातावरण तयार गरेको बताउँदै उनले भने, “आवश्यकताअनुसार सुलभ मूल्यमा इन्धन उपलब्ध गराउन चीन सहमत भएको छ । त्यसतर्फ जाने प्रतिनिधिमण्डलले सबै प्रक्रियाको टुङ्गो लगाउनेछ ।”

पेट्रोलियम पदार्थका अतिरिक्त विकल्पका रुपमा उच्च गुणस्तरको खाना पकाउने ग्यास पनि आयात गर्न सकिने भएकाले त्यससम्बन्धमा अध्ययन भइरहेको उनले स्पष्ट पारे ।

मन्त्री पुनले भने, “उच्च हिमाली क्षेत्रबाट गुणस्तरीय ग्यास आयात गर्न अप्ठ्यारो नपर्ने चिनियाँ प्राविधिकले बताएका छन् । सोहीअनुरुप अध्ययन गरिनेछ ।”

इन्धन आयात गर्दा चीन सरकारले लगाउने स्थानीय कर छुट दिन सहमत भएको उल्लेख गर्दै उहाँले भारत र चीनबाट इन्धनको मूल्यमा खासै अन्तर नहुने उल्लेख गरे ।
बङ्गलादेशबाट इन्धन आयात गर्दा भारतको अवरोध भएमा हवाई मार्ग पनि प्रयोग गर्न सकिने विकल्प रहेको बताउँदै उहाँले भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहनको अधिकार प्रयोग गरेर भए पनि आयात गरिने दाबी गरे ।

उनले कालोबजारी नियन्त्रण गर्दै इन्धनलगायतका अत्यावश्यक सामग्रीको पारदर्शीरुपमा उपभोक्तासमक्ष सहजरुपमा पु¥याउन गृह प्रशासन, स्थानीय निकाय र आयल निगमबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget