मधेसी मोर्चाले भन्यो- चिया विस्कुट खाने काम मात्रै भयो, यो त सडकमा पनि पाइन्छ

– विमल योगी
काठमाडौं, २ मंसिर । आज भएको सरकार मधेसी मोर्चाको वार्ता विना निष्कर्ष टुङ्गिगएको छ ।
वार्तामा एमाले एमाओवादी र आन्दोलनरत मधेसवादी दलका नेताहरु सहभागी थिए । वार्ता सकिएपछि सुरुमा बाहिर निस्किएका मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि प्रश्नको ओइरो लाग्यो ।
पहिलो प्रश्न पत्रकार ऋषि धमलाले सोधे– भित्र के–के वार्ता भयो ? जवाफमा उपेन्द्रले वार्ता भन्दा चिया र विस्कुटको गफबाट सुरु गरे । उनले भने- भित्र चिया र विस्कुट खाएर गफ गर्ने काम मात्रै भयो, वार्ता सार्ता केही भएन् । चिया विस्कुट त सडकमा पनि पाइन्छ ।
उनले चिया विस्कुट खान मात्रै नबोलाउन सरकारी वार्ता टोलीलाई आग्रह समेत गरे ।
त्यसपछि उनले आज वार्तामा मधेसी मोर्चाले राखेको मागबारे ठोस प्रस्ताव नआएको, सरकारी पक्ष गम्भीर नभएको बताए । उनले भने– ‘हाम्रो मागमा सरकार इमान्दार भएन्, गम्भीर भएन्, समस्या यहीनेर छ ।’
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget