नेपालमा सेवा गरिरहेकी म्यागी डोयन बनिन् 'सिएनएन हिरो-२०१५'

मंसिर २, २०७२- नेपाली बालबालिकाको सेवामा सक्रिय अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो बन्न सफल भएकी छन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।

१० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको आधारमा डोयनलाई विजेता घोषणा गरिएको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे वापत हरेकले पाउने थप १० हजार डलर पाउने छिन् ।

गएराति न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा सीएनएन होस्ट एन्डरसन कुपरले डोयनलाई हिरोको रुपमा घोषणा गरे।

अवार्ड ग्रहण गर्दै डोयनले भनिन्, ‘समय खेर नफालौं। यदि तपाईं शिक्षित र फुर्सदिलो हुनुहुन्छ भने तपाईंले शक्ति र संकल्पलाई समाज बदल्न प्रयोग गर्नुहोस् । बालबालिका र सभ्यताका लागि यो नै उपहार हुनेछ।’

गायिका एवं अभिनेत्री भिक्टोरिया जस्टिसले डोयनलाई सम्मान प्रदान गरिन्।

नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् ।

विभिन्न कारणले बाआमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आएकी छिन् । सुर्खेत, वीरेन्द्रनगर, भैरवस्थानमा उनले कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छन्।

ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget