हाल भारतमा सरकार चलाइरहेको पार्टी ‘बि जे पी’ को सहयोगी पार्टी ‘शिव सेना’ आमिर खानको विरुद्धमा कडा रुपमा उत्रिएको छ । हालै एक कार्यक्रममा आमिरले भारत असहिष्णु बन्दै गइरहेको विचार व्यक्त गरेपछि शिवसेनाले आमिरलाई थप्पड हान्नेलाई प्रति थप्पड एक लाख भारु दिने घोषणा गरेको छ ।
शिवसेनाका पञ्जावका अध्यक्ष राजीव टन्डनले आमिरलाई झाप्पड हाने पैसा दिने घोषणा गरेका हुन् ।
फिल्म ‘दंगल’ को सुटिङका क्रममा आमिर हाल लुधियानाको र्याडिसन ब्लु होटलमा बसेका छन् । शिवसेनाले उक्त होटलको बाहिर उनको विरुद्धमा प्रदर्शनसमेत गरिसकेको छ । प्रदर्शनका क्रममा उनीहरुले आमिरलाई अपशब्द शब्द प्रयोग गर्दै नाराबाजी गरेका थिए । उनको तस्वीर पनि जलाइएको छ ।
सरकारले आमिरको सुरक्षा बढाएको छ । आमिर आफैं पनि आफ्नो सुरक्षामा संवेदनशिल भएको बताइन्छ।
Post a Comment