सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग, कांग्रेसको असली चरित्र देखियो : यादव

काठमाडौं, मंसिर १० । आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दबाएर मात्रै समाधान गर्न खोजेको आरोप लगाएका छन् ।

व्यवस्थापिका–संसदको विहीबारको बैठक अवरुद्ध भएपछि बाहिरिनेक्रममा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसी, जनजाति र खस क्षेत्रीसमेतले अधिकारको माग गरिरहेको तर सत्तारुढ पक्षले ‘साम्प्रदायिक नश्लवादी’ सोचले काम गरिरहेको टिप्पणी गरे ।

उनले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गरे ।

भारतका एक सांसदले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले सरकारका उपप्रधानमन्त्रीहरुले नै गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै जवाफ दिए–‘नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।’

भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आइ नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उनले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको प्रतिक्रिया दिए ।

‘कांग्रेसको असली चरित्र देखियो’
यादवले पत्रकारलाई प्रतिक्रिया दिँदैगर्दा छेउमा रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेसी दलले आफ्नो सत्ता मात्र खोसेको नभइ प्रमुख प्रतिपक्षी दलको हैसियत पनि खोस्न खोजेको भनी टिप्पणी गरे ।

जवाफमा यादवले भने–‘आज कांग्रेसको असली चरित्र देखियो ।’

ती दुई दलबीच संसदको विहीबारको बैठकमा को पहिले बोल्ने भन्नेमा विवाद भएको थियो । रासस
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget