काठमाडौं, कार्तिक ३० । केही दिन यतादेखि विराटनगर जोगबनी नाका खुकुलो रहँदै आएकोमा मंगलबारबाट यस नाकामा आवात जावत गर्ने सवारीहरु निर्वाध रुपमा आवतजावत गरिरहेका छन् । करिब डेढ महिनादेखिको नाकाबन्दी पछि भारतले पहिलो पटक यस नाकाबाट सहजै सवारीलाई नेपाल प्रवेश गर्न दिएको हो ।
विराटनगर भन्सार कार्यालयका अनुसार आज नाकाबन्दी अगाडीको समय जस्तै चहलपहल छ र भारतीय पक्षले सबै प्रकारका गाडीलाई सहज छोड्ने गरेको छ। मंगलबार विराटनगर जोगवनी नाका भएर पेट्रोलियम पदार्थका गाडी, ग्यासका बुलेट र अन्य मालबाहक सवारी पहिलेको तुलनामा नै आइरहेको भन्सार प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार इन्डियन आयल कर्पोरेशनले अहिले तेलमा कडाइ हटाएपछि अहिले तेल भरेर केही समयमा नै ट्यांकरहरु फर्किन थालेका छन् । केही दिन यता यो नाकामा केही सहजता भएपनि भारतप्रति नेपालीको शंका भने ज्यूँका त्यूँ नै छ । किनकी भारतले अघिल्लो पटक पनि केही सहज गराएर केही समय पछि लगत्तै नेपाल भित्रिने सवारीमा अवरोध पुर्याउन थालेको थियो । त्यसैले यो नाकाबन्धी हो या अव सहज हुन्छ भन्नेमा नेपाली जनता अझै आश्वस्त हुन सकेका छैनन् ।
etajakhabar
Post a Comment