सिन्धुपाल्चोकमा ५.३ रेक्टरको भूकम्प गयो –

। सिन्धुपाल्चोकलाई केन्द्र बनाएर भूकम्पको पराकम्पन गएको छ । बिहीबार(आज) बिहान १० बजे ५ दशमलव ३ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
आज महसुस गरिएको धक्का गत वैशाख १२ गतेको भूकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको निम्लुङ आसपासलाई केन्द्रविन्दु बनाएर पराकम्पन गए पनि त्यसले राजधानी काठमाडौंलाई समेत हल्लाएको थियो ।
पराकम्पनपछि राजधानी र आसपासका बासिन्दा घरबाहिर निस्किएका थिए । गत वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि चार म्याग्नेच्युटमाथिका ४ सय ११ वटा पराकम्पन गइसकेको केन्द्रले जनाएको छ ।imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget