सुनसरी घटनाको छानबिन गरी एसएसबीलाई कारवाही गर्न युवा संघको माग

बारा, १० मंसिर । नेकपा एमाले निकटको युवा संघ नेपाल बाराले नेपालको सुनसरी जिल्लामा हतियार सहित प्रवेश गरी बुधबार बिहानको समयमा गोली चलाउने भारतीय सशस्त्र सीमा बल एसएसबीको कार्यको घोरभत्र्सना गर्दै त्यसको अन्तर्राष्ट्रिय रुपमै छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
बिहीबार युवा संघ नेपाल बाराका प्रचार बिभाग प्रमुख अनिता साहले जारी गरेको एक बिज्ञप्तिमा यस्तो माग गरिएको छ । एसएसबीको गोली लागि घाईते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको व्यवस्था मिलाउँन सरकारसंग अनुरोध समेत गरिएको छ ।
सिमावर्ती जिल्ला सुनसरीको हरिपुरमा भारतीय सीमा सुरक्षा वल एसएसबीले हतियार सहित प्रबेश गरि गोली चलाएको थियो । एसएसवीको गोली लागि स्थानीय चार जना युवाहरु घाईते भएका छन् ।
स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव एसएसवीको गोलि प्रहारबाट घाईते भएका छन् । उनीहरुको धरान स्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भईरहेको छ ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget