१६ कात्तिक, बीरगञ्ज ।
बीरगञ्जको शंकराचार्य गेट नजिकै एक प्रदर्शनकारी गोली लागेर मारिएका छन् ।
प्रहरीले बलजफ्ती नाका खुलाएको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले चलाएको गोली लागि उनी मारिएको बताइएको छ ।
बीरगञ्ज नाका फेरि अवरुद्ध, आन्दोलनकारीले कब्जामा लिए ५ सय गाडी
आन्दोलनकारी मारिएपछि भिड झनै उग्र बनेको छ । लामो समय देखि शान्त रहेको बीरगञ्ज सोमबार विहान प्रहरीले सीमानाकाबाट आन्दोलनकारीका पाल हटाएपछि तनावग्रस्त बनेको हो ।
रक्षाकर्मीको हस्तक्षेप भन्दै केही बेर धर्नास्थल मितेरी पुल छाडेका मोर्चाका कार्यकर्ता पुन जम्मा भएर प्रर्दशन गरिरहेका छन् । उता भारतीय कस्टम कार्यालयले पनि रक्सौलतर्फबाट कुनै पनि मालवाहक सवारी साधनलाई वीरगंजतर्फ आउन दिएको छैन ।
भारतसँगको सिमावर्ती बिरगञ्ज, रक्सौल नाकामा पछिल्लो ४० दिनयता धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई सुरक्षाकर्मीले हटाएर नेपालमा रोकिएका भारतीय सवारी साधनलाई सिमापार पठाएको थियो । तर अहिले अवस्था तनावग्रस्त छ ।
दशगजा क्षेत्रमा धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई बिहान करिब ५ बजेतिर नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी हटाएपछि भारतीय गाडी रक्सौल पठाइएको थियो ।
नाकामा अवरोध हटाए लगत्तै भारतीय सीमा सुरक्षा बल एसएसवी समेतको सहयोगमा नेपाली सीमा क्षेत्रमा रोकिएर रहेका करिब १ सय ३० वटा भारतीय सवारीलाई भारततर्फ पठाइएको थियो ।
Post a Comment