पेरिसमा हमला गर्ने आईएसआईएस कति शक्तिशाली छ ?

काठमाडौं – आईएसआईएसको पुरा नाम स्लामिक स्टेट अफ इराक एण्ड सिरियाहो । अहिले यसलाई आईएस अर्थात केवल इस्लामिक स्टेट भनेर चिनिन्छ । खाडी मूलुक र अफ्रिकी मूलुकमा आईएसको ठूलो सञ्जाल बिस्तार भइसकेको छ । इराक र सिरियाका थुप्रै भागमा कब्जा जमाएको आईएस इजिप्ट, नाईजेरिया लगायतका थुप्रै अफ्रिकी देशमा समेत आफ्नो प्रभूत्व स्थापित गर्न सफल छ । अहिले आईएससँग अन्य थुप्रै
संगठनहरु जोडिएका छन् । सन् २००६ मा आईएस आतंककारी संगठन अलकायदासँग जोडिएको थियो । बिन लादेनको हत्यापछि आतंकवादको अन्त्य हुने पश्चिमा विश्वले गरेको दाबी विपरित आईएसको प्रभाव दिन प्रतिदिन बढ्दो छ । इराकमा सद्धाम हुसेनको शासन अन्त्य भएपछि विकसित संकक्रमणका बीच आईएस शक्तिशाली बन्दै गएको हो । आईएससँग झन्डै ४० हजार सैनिक रहेको बताइएको छ । त्यसबाहेक आईएसमा अन्य थुप्रै व्यक्ती सहभागि छन् । इराक, सिरिया र अन्य देश समेत गरेर आईएसमा दुई लाखभन्दा बढी व्यक्ति संलग्न रहेको बताइएको छ । सन् २०१४ को जूनमा आईएससँग १५ हजार सैन्य दस्ता रहेको अनुमान लगाइएको छ । एक वर्षभित्र यो संख्या बढेर ४० हजारको आसपास पुगेको बताइन्छ । यद्यपि, एक कुर्दिस नेताले उक्त संख्या २ लाखसम्म पुगेको दाबी गरेका छन् ।
आईएस विद्रोहीहरुले इराक, सिरिया र अफ्रिकी देशहरुमा आफ्नो राज्य घोषणा गर्न थालेपछि यो संख्या बढेको अनुमान लगाइएको छ । विभिन्न तेल खानीहरु आफ्नो नियन्त्रण लिएपछि आईएसलाई सैन्य दस्ता बढाउन सहज भएको छ । आईएसका लडाकूहरुले राम्रो पारिश्रमिक समेत पाउने आश्वासन नेतृत्वले दिने गरेको छ । त्यसैले आईएसमा आबद्ध हुने सैन्य लडाकू केवल सिरिया र इराकका मात्रै छैनन्, पश्चिमा देशका थुप्रै व्यक्तिहरु समेत आईएसमा आबद्ध छन् ।
आइएसको संगठन
इस्लामिक स्टेटका मूख्य संगठन बकर अल बगदादी यस संगठनका प्रमुख हुन् । बगदादीकै नेतृत्वमा आईएसभित्र विभिन्न संघहरु छन् । यसमध्ये सल्लाहकार समितिलाई सबैभन्दा प्रमुख मानिन्छ । यस संगठनमा ९ देखी ११ जना सदस्य रहन्छन् । सबै सदस्यलाई अबु बकर अल बगदादीले नै नियुक्त गर्छन् । यस संघको प्रमुख अबु अरकन अल एमिरी हुन् । बकर अल बगदादीको निर्देशनलाई यस संघले आफ्ना सदस्यमाझ पुर्याउने काम गर्छ । दोस्रो संगठन भनेको सैन्य बल अर्थात मिलिटरी काउन्सिल हो । यस संगठनको नेतृत्व बकर अल बगदादीले नै गरेका थिए । यस संघमा रहेका थप तीन सदस्य सद्दाम हुसैनको पालामा इराकी सेनाका उच्चपदस्थ अधिकारी थिए । अहिले वालेद जसिमले यस संगठनको नेतृत्व गरिरहेका छन् । अर्को धार्मिक काउन्सिल हो । बकर अल बगदादीको नेतृत्वमा यस काउन्सिलमा ६ सदस्य छन् । यसले नीति नियम निर्धारण गर्छ ।
आइसएससँग हतियार
आईएसआईएसको हतियार र त्यसको श्रोत प्रायः हतियार इराकी र सिरियाली सेनाबाट लुटिएका छन् । सन् २०१४ मा आईएसले इराकी सेनाका थुप्रै हतियार लुटेको थियो । आईएसले अन्य विद्रोही संगठनहरुसँग समेत हतियार खरिद गर्ने गरेको छ । आइएस विद्रोहीहरुलाई ब्रिटिस र अमेरिकी खुफिया एजेन्सीहरुले शुरुवातमा हतियार उपलब्ध गराएको थियो । यसको उदाहरण स्वीडिस नागरिक बेहरलिन गिल्डोको मुद्दाबाट पुष्टि हुन्छ । उनलाई पक्राउ गरेर मुद्दा चलाउँदा ब्रिटिस खुफिया एजेन्सीहरुले नै उनको समूहलाई पैसा उपलब्ध गराइरहेको खुलेको थियो ।
अमेरिकी सेनाले प्रयोग गर्ने एम १६ राइफल्ससहित थुप्रै हतियार समेत आईएस विद्रोहीले लुटेका छन् । आईएससँग स्थानिय रुपमा नै बनाईने थुप्रै बम, एन्टी ट्यांक मिसाइल्स् र लन्चर्स तथा एन्टी एयरक्र्फाट हतियार छन् । यसबाहेक आधूनिक हतियारहरु सिरियाली तथा इराकी सेनाबाट कब्जामा लिईएको छ ।
आईएस विद्रोहीसँग अत्याधूनिक ट्यांकरदेखी एन्टी एयरक्र्याट मिसाइल्स, एमआईजि २१, एयर टु सरफेस मिसाइल्स तथा विभिन्न हतियारका साधन छन् । विशेषगरी सोभियत संघमा बनाइएका दर्जनभन्दा बढी ट्यांक आईससँग छन् । आईएसले इराकी सेनाले प्रयोग गर्ने ३० वटा सोभियत टी ५५ टंयाकक र दशवटा ती ७२ ट्यांक कब्जामा लिएको थियो । त्यस्तै सेल्फप्रोपेल्ड आर्टीलरी तथा बिएमपि २ फाइटिंग भेहिकल आईएससँग छ । सिरिया र इराकमा अमेरिकी सेना र यस गठबन्धनका अन्य सैनिकलाई लक्षित गरेर उनीहरुे थुप्रैपटक हमाला गर्ने गरेका छन् । सन् २०१४ मा आईएसले एउटा भिडियो पोस्ट गर्दै आईएस पाइलटले एमआईजी उडाएको दाबी गरेको थियो । एमआईजी २१ को ककपिटमा आईएसका लडाकू उभिएको तस्विर समेत सार्वजनिक भएको थियो । सिरियाका स्थानियहरुले पनि थुप्रै पटक आईएसको विमानलाई देखेको दाबी गरेका छन् । अल जराहमा रहेको सिरियाली एयरफोर्सलाई एलिप्पोबाट आईएसले नियन्त्रण लिएको पनि अरेबिक न्युजले समाचार प्रशारण गरेको थियो । त्यतिबेला ६ वटा विमान आईएसको नियन्त्रणमा पुगेको उक्त साइटको दाबी थियो ।
सबैभन्दा धनी आतंकवादी संगठन
आईएसको आर्थिक क्षमता आईएस संसारकै सबैभन्दा धनी आंतकवादी संस्था हो । सन् २०१४ सम्म यसले सिरियामा ६ देखी ८ वटा तेलखानीमा कब्जा जमाएको थियो । त्यस्तै इराकको विभिन्न तेलखानी पनि आईएसको कब्जामा छ । पेटोलियन पर्दाथको बिक्रीबाट उठ्ने रकम आईएसको प्रमुख स्रोत हो । आईएसले दैनिक थुपै्र मिलियन डलर तेलको बिक्रीबाट मात्रै उठाउने गरेको बताइएको छ । अन्य स्रोतहरु विभिन्न आपराधीक क्रियाकलाप, स्थानियबाट उठाएको कर र मानिसहरुलाई सुरक्षाको प्रत्याभूति दिने नाममा संकलित चन्दा हो । धनीहरुबाट चन्दा र गैर मुस्लिमबाट उठाइएको कर आईएसको अर्को आर्थिक स्रोत हो । सन् २०१४ मा अवस्था निकै कमजोर हुदाँ समेत आईएसले दैनिक १ मिलियन अमेरिकी डलर तेल बिक्रीबाट कमाउने गरेको तथ्य सार्वजनिक भएको थियो । सैन्य दस्ताको वृद्धीसँगै आईएसको आर्थिक स्रोत पनि बढेको छ । सुरुआतमा आईएसले अरबका धनी व्यक्तिहरुसँग चन्दा उठाउँदै आएको थियो । विशेषगरी अल कायदाका समर्थक धनी व्यक्तीहरुले आईएसलाई चन्दा दिदैँ आएका थिए । खाडी मूलुकका धनाढ्यहरु यसरी आईएसलाई चन्दा दिनेमा अघि थिए । सिरियामा आईएस गठन हुदाँ इराकको प्रमुख संगठनले सिरिया शाखालाई आर्थिक सहयोग गरेको थियो । यसको पुष्टि गर्दै अल नस्र्रा फ्रन्टका प्रमुख अबु महोमद्ध अल जुलानील्े अबु बकर अल बगदादीले कठिन समयमा गरेको आर्थिक सहयोग भूल्न नसकिने बताएका थिए । अलकायदासँग सम्बन्ध टुटेपछि आईएसले धनाढ्यहरुबाट चन्दा पाउन छाड्यो । त्यसपछि आफ्नो कब्जामा रहेका क्षेत्रबाट आईएसले रकम संकलन सुरु गर्यो । बैँक लूटपाट, लागू पदार्थको बेचबिखन तथा अन्य आपराधीक क्रियाकलाप गरेर आईएसले रकम संकलन landkarte_nach_demn_kalifatvorstellungen_der_isisथालेको थियो । अहिले आईएसले थुप्रै पैसा जम्मा गरिसकेको छ । त्यसैले चन्दा संकलन गर्नु जरुरी छैन् । रिचार्ड ब्यारेटले सन् २०१४ को मध्यतिर आईएसको सम्पत्ति १ दशमलव ३ बिलियनदेखी २ बिलियन अमेरिकी डलर हुनसक्ने बताएका थिए । जून २०१४ मा अब्दूलरहमान अल बिलावीको घरबाट सार्वजनिक भएको गोप्य डकुमेन्टमा आईएसँग ८ सय ७५ मिलियन अमेरिकी डलर नगद रहेको र बाँकी अचल सम्पत्ति रहेको उल्लेख थियो । त्यस्तै मोसुलमा रहेको केन्द्रिय बैँक तथा अन्य वित्तिय संस्था लुटेर आईएसले ४ सय ३० मिलियन डलर थप कमाएको रिर्पोट पनि सार्वजनिक भएको थियो । इराक र सिरियामा आईएसको पेटोलियन पदार्थमाथिको नियन्त्रण पूर्वी सिरियामा सन् २०१३ देखी सन् २०१४ सम्म आईएसले प्रमुख तेल तथा ग्याँसका खानीमाथि कब्जा जमायो । सन् २०१४ को जुलाईसम्म आईएसले अल ओमरका थुप्रै खानी कब्जामा लिइसकेको बताइएको थियो । सन् २०१४ मा इराकमाथि आक्रमण गरेपछि आईएसले थप खानी कब्जामा लियो । अहिले आईएसले इराक र सिरियामा अधिकांश खानी कब्जामा लिइसकेको छ । सिरियामा ६ र इराकमा ७ तेलखानी आईसको नियन्त्रण रहेको बताइएको छ । सिरियाको मोसुलमा मात्रै प्रतिदिन दुईवटा तेलखानीबाट दैनिक १६ हजार ब्यारेल तेल उत्पादन हुन्छ । सिरियामा ४५ प्रतिशत ग्याँसको खानी आईएसको कब्जामा छ । आईएसले अन्य ग्याँस खानी कब्जाका लागि समेत प्रयास गरिरहेको छ । आईएसको अनुमानित संकलन विभिन्न तथ्यहरुले आईएसले दैनिक करोडौँ डलर इन्धनको बिक्रीबाट कमाउने गरेको बताएका छन् । मासिक १ सय मिलियनभन्दा बढी इन्धनको बिक्रीबाट मात्रै संकलन हुने गरेको छ ।
खर्च त्यतिकै
तर अमेरिका तथा यसअन्तर्गतका गठबन्धनका सेनाहरुसँग भिडन्त गर्ने क्रममा आईएसले उत्तिकै खर्च समेत गर्ने गरेको छ । आईएसको अनुमानित खर्च एजेन्सीहरुले जनाएअनुसा आईएसले २५ हजार सेनालाई सन् २०१४ सम्म मासिक तलब उपलब्ध गराउँदै आएको थियो । सेनाको तलब २ सयदेखी ६ सय अमेरिकी डलरसम्म थियो । सेनाको देश तथा परिवारको संख्या हेरेर तलब घटबढ हुनसक्ने प्रावधान आईएसको छ । आईएसले आफ्ना सेनाका लागि खाद्यान्न तथा लत्ताकपडा लगायतका समान समेत निशुल्क उपलब्ध गराउँदै आएको छ । सेनाको प्रशासनमा काम गर्नेहरुले ३ सयदेखी २ हजारसम्म मासिक तलब लिने गरेका छन् सिरिया र इराकमा कब्जा गरेका भूभागमा विभिन्न भौतिक पूर्वाधार बनाउन तथा आफ्नो संगठन बलियो बनाउन आईएसले ठूलो खर्च गर्ने गरेको छ । सञ्चार र अन्य विविध शिर्षकमा समेत आईएसको खर्च हुने गरेको छ । राष्टिय संरचनामाथि आईएसको नियन्त्रण तेल र ग्याँस मात्रै भएर अन्य थुप्रै क्षेत्रमा आईएसको नियन्त्रण छ । आईएसले उत्तरी सिरियास्थित एलिप्पो र अल राकमा तीन हाइडोपावर प्लान्ट र एक थर्मल पावर प्लान्ट कब्जामा लिएको छ । त्यसपछि मोसुलमा बैँक नै आईसको कब्जामा छ । आफ्नो प्रचारका लागि विभिन्न सोभिनियर निकालेर आईएसले प्रोपोगान्डा गर्ने गरेको छ । आईएसका नाममा थुप्रै फेसबुक पेज समेत खोलिएको सिएनएनले जनाएको छ ।
तथ्यांकमा आईएसआईएस
१३ हजार स्वयाकर माइल्स : सन् २०१४ को तथ्यांक अनुसार इराक र सिरियाको झन्डै १३ हजार स्वायर माइल्स क्षेत्र आईएसले आईएसको कब्जामा छ । यो झन्डै युरोपेली राष्ट बेल्जियमको भूभाग बराबर हुन्छ । यसबाहेक झन्डै ३५ हजार स्वायर माइल्स क्षेत्रमा आईएसको नियन्त्रण छ । जून लगभग जोर्डन बराबरको हुन्छ ।
१ हजार ९ सय २२ : सन् २०१४ को जून महिनामा इराकमा १ हजार ९ सय २२ जनाको हत्या आईएसले गरेको थियो । सन् २००७ को मेइपछि इराकमा यतिधेरैको हत्या भएको यो पहिलो पटक थियो ।
३०–५० : ३० हजारदेखी ५० हजारसम्म सैनिकहरु आईएसमा आबद्ध भएको अनुमान गरिएको छ ।
५ : इस्लामिक स्टेट प्रत्यक्ष रुपमा ५ राष्ट्रसँग दुश्मनी राख्छ । इराक, इरान, लेबनान, सिरिया र टर्की ति राष्टहरु हुन् ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget