मधेशी मोर्चाका कार्यकर्ताद्धारा एमाले सभाषद् पोखरेलमाथि आक्रमण

मधेशी मोर्चाका कार्यकर्ताद्धारा एमाले सभाषद् पोखरेलमाथि आक्रमण
मोरङ, २९ कार्तिक । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर १ का एमाले सांसद ऋषिकेश पोखरेल र केन्द्रीय सदस्य महफुज आलममाथि मोरङको झुर्कियामा आईतबार आक्रमण गरेका छन् ।
एमाले क्षेत्रिय कमिटिले झुर्कियाको पैयामारी प्राविमा आज शुभकामना आदान प्रदान तथा संबिधानको अन्र्तरवस्तुका बारेमा कार्यकर्तालाई जानकारी दिने कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सांसद पोखरेल र केन्द्रीय सदस्य आलमलाई मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्दै आक्रमण गरेका हुन् ।
ढुंगाले लागेर सभासद चढेको बा १३ च ३१४० नम्बरको बोलेरो जीपका सिसा फुटेको छ । सभासद पोखरेल र केन्द्रीय सदस्य आलम भने सकुशल छन् । आक्रमणबाट एमाले जिल्ला सचिवालय सदस्य रामलाल साहलाई भने सामान्य चोट लागेको छ । आफुहरु माथि मधेशी मोर्चाका नेता विनोद सिंह, उदय यादव र हरि शाहले नेतृत्व गरेको ४०/५० जनाको समुहले आक्रमण गरेको एमाले क्षेत्रिय सचिव गोपी चापागाईले जानकारी दिनुभयो ।
उनीहरुलाई कारबाहीको माग गर्दै एमालेले इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी समेत दर्ता गराएको छ । एमाले मोरङका अध्यक्ष महेश रेग्मीले घटना निन्दनीय भएको बताउनु भयो । घटनामा संलग्न मोर्चाका कार्यकर्ता अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच आक्रमणको बिरोध गर्दै एमालेले सोमबार सिजुवाको आम्बारी चोकमा बिरोध प्रदर्शन गर्ने भएको छ । आक्रमणकारीलाई कारबाहीको माग गर्दै एमाले क्षेत्रिय कमिटिको आयोजनामा बिरोध प्रदर्शन गर्ने क्षेत्रिय सचिव चापागाईले जानकारी दिनुभयो ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget