‘अति भो’ भन्दै अब युवा संघले मधेसी मोर्चालाई तराईबाट ‘धपाउने’

काठमाडौं, ३० कात्तिक । आन्दोलनका नाममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ‘अराजकता’ले सीमा नाघेपछि अब त्यसको प्रतिकार हुने भएको छ ।
सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मधेसी मोर्चाको आन्दोलनमा सशक्त प्रतिकार गर्ने घोषणा गरेको हो ।
आइतबार मोरङको झुर्कियामा एमाले सांसद ऋषिकेश पोखरेल, केन्द्रीय सदस्य महफुज आलम तथा जिल्ला सचिवालय सदस्य रामलाल शाहमाथि मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेका थिए ।
सो घटनाको विरोध गर्दै युवा संघले कडा प्रतिकार गर्ने चेतावनी दिएको हो । युवा संघका केन्द्रीय सदस्य विष्णू पोखरेलले घटनाका संलग्न मधेसी मोर्चाका नेता कार्यकर्तालाई कारवाही नभए सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘हामीहरुले मोर्चाको कुनै पनि कार्यक्रम विथोलेका छैनौं, उहाँहरुमाथि आक्रमण पनि गरेका छैनौं । विनाकारण हामीमाथि जाइ लाग्ने ? यदि आक्रमणकारीलाई कडा कारवाही भएन् भने मोर्चाको आन्दोलनमै युवा संघले सशक्त प्रतिकार गर्छ ।’ आवश्यक परे तराईबाटै मधेसी मोर्चाको नामनिशान मेटाउन पनि पछि नपर्ने उहाँको कडा चेतावनी छ ।
मधेशी मोर्चाको आक्रमणको बिरोधमा एमालेको विरोध प्रदर्शन

मधेसी मोर्चाको कुटाईबाट घाइते एमाले नेता रामलाल शाह
यसैबीच मधेसी मोर्चाका कार्यकर्ताले गरेको आक्रमणको बिरोधमा नेकपा एमालेले आज मोरङको सिजुवामा बिरोध प्रदर्शन गरेको छ ।
एमाले मोरङ क्षेत्र नम्बर १ को आयोजनामा सिजुवा ८ आम्बारी चोकमा भएको प्रदर्शनमा हिजो सांसद ऋषिकेश पोखरेल, एमाले केन्द्रीय सदस्य महफुज आलम तथा जिल्ला सचिवालय सदस्य रामलाल शाहमाथि भएको आक्रमणका दोषीलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग गरिएको थियो ।
विरोध प्रदर्शनमा बोल्दै एमाले नेताहरुले जनतालाई नयाँ संबिधानका विषयमा जानकारी दिने अभियानमा मधेशी मोर्चाका कार्यकर्ताद्धारा योजनापूर्वक आक्रमण भएको भन्दै उनीहरु संबिधान बिरोधी भएको आरोप लगाएका छन् । एमालेले आक्रमणमा संलग्नलाई पक्राउ गरि भएको क्षतिपुर्तिको माग गरेको छ ।
विरोध कार्यक्रममा क्षेत्र भरिका एक हजार बढी एमाले नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । एमाले क्षेत्रिय कमिटिले हिजो झुर्कियाको पैयामारी प्राविमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा संबिधानको अन्र्तरवस्तुका बारेमा कार्यकर्तालाई जानकारी दिने कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सांसद पोखरेल, केन्द्रीय सदस्य आलम तथा जिल्ला सचिवालय सदस्य शाहलाई मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्दै आक्रमण गरेका हुन् ।
ढुंगाले लागेर सभासद चढेको बा १३ च ३१४० नम्बरको बोलेरो जीपका सिसा फुटेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget