कार्तिक ३०, २०७२- नाकाबन्दीका कारण उत्पन्न इन्धन संकटलाई मध्यनजर गर्दै साझा यातायातले मन्त्रीहरुलाई साझा बसमा मन्त्रालय लाने लैजान प्रस्ताव गरेको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखि यस्तो प्रस्ताव गरेका हुन् ।
साझाले मन्त्रीहरूका लागि २ वटा बसहरुले बिहान ८ बजे मन्त्री निवास पुल्चोकबाट सिंहदरबार पुर्याउने र साँझ ४ बजे मन्त्री क्वाटर पुर्याउन लिन जाने प्रस्ताव गरेको हो ।
‘नेपाल सरकारका माननीय मन्त्रीज्यूहरुले प्रयोगमा ल्याएका सवारी साधन तथा सुरक्षाका लागि सञ्चालित सवारी साधनहरुमा प्रयोग हुने इन्धनको समेत बचतका लागि संस्थाले कदम चालेको हो,’ पत्रमा भनिएको छ । साझाले शनिबार पत्र पठाएको भए पनि सरकारले यसको कुनै जवाफ दिएको छैन ।
kantipur
Post a Comment