सुत्केरीको जिउमा हराएको सियो १५ दिन पछि भेटियो

जाजरकोट–नायकवाडा ६ तोलखानकी शोभा सिंहलाई जिल्ला अस्पताल जाजरकोटमा सुत्केरी गराउदा बच्चा निस्कने बाटो शल्यक्रिया गरेपछि टाका लगाउने क्रममा १५ दिन अघि शरीरमा हराएको सियो आइतबार फेला परेको छ।

नेपालगन्जस्थित नर्सिङहोममा उनको अप्रेसन गरेर हराएको सियो तानिएको हो। गत कातिक १ गते सुत्केरी बच्चाको आसन अप्ठेरो भएका कारण योनीद्वार खुकुलो बनाउन अप्रेसन गरिएको भाग सिलाउँदा शरीरमा सियो हराएको थियो। चिकित्कसकको लापरवाहीका कारण चिरेको भागमा टाका लगाउँदा १५ दिन देखि शरीरमै सियो हराउँदा शोभाको अवस्था गम्भीर बनेको थियो।

जिल्ला अस्पताल जाजरकोटमा शोभाको शरीरमा हराएको सियो चिकित्सक र नर्सहरुले टाका खोलेर पनि फेला पार्न नसकेपछि उनलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला विकास समितिको गाडीमार्फत मंगलवार नेपालगन्ज नर्सिङहोममा लगिएको थियो। नर्सिङहोममा भर्ना गरेको ४ दिन पछि शोभाको पाठेघर मुन्तिरको भागवाट दुई हप्ता देखि हराएको सियो भेटिएको शोभाका श्रीमान भुवन शाहले बताए। उनले शोभाको शरीरबाट सियो फेला परेको र उनको आइसियुमा उपचार भइरहेको बताए।

इन्धन अभावका कारण शोभालाइ समयमै सुविधा सम्पन्न अस्प्तालमा पुरयाउन सकिएको थिएन । जिल्ला अस्पतालको एम्बुलेन्स नाम मात्रको भएर प्रयोगमा नआउँदा आफूले निकै सास्ती पाएको भुवनले बताए । 'आपत परेको बेला न अन्य सार्वजनिक गाडी पाइयो न अस्पतालको एम्बुलेन्स नै,' उनले दुखेसो पोखे । जिल्ला अस्पतालमा एम्वुलेन्स वर्षमा तीन महिना पनि धौ धौ चल्ने गरेको र ड्राइभरको जागिर भने सुरक्षित रहेको अस्पतालका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।nagariknews

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget