पोखरामा भारतीय खसीबोका बहिस्कार

कात्तिक १५
पोखरा–पोखराका खसीबोका व्यावसायीहरुले भारतवाट आयात हुने खसीबोका वहिस्कार गर्ने घोषणा गरेका छन् ।
व्यवसायीहरुले भारतले अघोषित नाकावन्दी गरेर नेपालीलाई दुःख दिएको भन्दै वैठक नै वसेर भारतीय खसी वोका वहिस्कारको निर्णय गरेका हुन् । पोखरामा भारतवाट आयातित खसी वोकाले यहाँको वजारको ५० प्रतिशत माग धानेको व्यवसायीहरुको भनाई छ ।

भारतवाट आयातित खसी वोकाहरुको मासु नेपाली उपभोक्ताको लागि सस्तो समेत मानिएको पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानवहादुर श्रेष्ठले वताए । सस्तो मासु हुँदा हुँदै पनि भारतले नेपालमा नाकावन्दी गरेर दुःख दिएपछि महंगै परेपनि नेपालकै खसी वोकाको मासुको कारोवार पोखरामा गरिने उनले वताए ।

कास्कीमा विशेष गरी नेपालका पश्चिमी क्षेत्रवाट ल्याईएका खसी वोकाको मासुको कारोवार हुँदै आएको छ । त्यसका अलावा भारतीय खसी वोकाको कारोवार पनि कास्कीमा हुँदै आएको थियो ।

अव भारतवाट दैनिक आयात हुने करिव ३५ हजार किलो मासु पोखरा नल्याईने भएपछि यहाँका व्यवसायीलाई फाईदा हुने व्यवसायीहरुको भनाई छ । कास्कीमा खसी, कुखुरा, राँगा र वंङ्गुरको मासु वढी खपत हुने गरेको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ ।
कास्कीमा मासु जन्य कारोवार दैनिक करोडको हाराहारीमा भएपनि यहाँ व्यवस्थित वधशालाको अभाव छ । व्यवस्थित वधशाला नहुँदा यहाँका उपभोक्ताहरुले रोगी मासु उपभोग गर्न वाध्य भएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाको भनाई छ ।
पोखरामा रहेका झण्डै ८ सय मासु व्यवसयी मध्ये १० प्रतिशत पसल र व्यवसायी आचार संहितामा रहेको पोखरा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
पोखरामा खसीको मासु भन्दै वाख्रीको मासु विक्री गर्ने गिरोह समेत सक्रीय रहेकोले यसलाई निरुत्साहीत गर्नु पर्ने जिल्ला पशुसेवा कार्यालय कास्कीका पशु चिकित्सक फडिन्द्र ढकालले वताए ।
पोखरामा दैनिक खपत हुँदै आएको ७० हजार किलो मासुको परिमाण भूकम्प सँगै आधा घटेको व्यवसायी राम अतहरले वताए । पछिल्लो समयमा भारतले लगाएको नाकावन्दीका कारण ग्याँस नपाएपछि पोखरामा मासुको माग समेत घटेको कास्की खसी तथा कुखुरा व्यवसायी समितिका निवर्तमान अध्यक्ष प्रेमप्रसाद ठाकुरको भनाई छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget