वीरगञ्जमा भारतीय मारिएपछि ओलीलाई मोदीको फोन

२०७२ कार्तिक १६ सोमबार
नाका खुलाएर आपूर्ति सहज गर्न ओलीको आग्रह
काठमाडौं : नेपाली सीमा नाकाबन्दीमा उत्रेका आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक भारतीय नागरिक मारिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेका छन् ।

बिहारमा जारी चुनाव प्रचारका क्रममा नेपाली सीमानजिकै रहेका भारतीय प्रम मोदीले दशगजा क्षेत्रबाट आन्दोलनकारीलाई धपाइएको तथा आफ्ना एकजना नागरिक मारिएकोमा गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।


प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण पोस्ट्लाई दिएको जानकारी अनुसार वीरगञ्जमा सोमबार बिहान भएको घटनाबारे अनुसन्धान थाल्न पनि मोदीले फोनमा आग्रह गरेका थिए ।

‘मोदीले फोन गरेर वीरगञ्जमा आन्दोलनकारी धपाइएको तथा प्रहरीसँगको झडपमा आफ्ना नागरिक मारिएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो’, दाहालले भने, ‘प्रहरीसँगको झडपमा आफ्ना नागरिक मारिएको घटनाको अनुसन्धान गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।’

फोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले आन्दोलनका क्रममा भएको झडपमा मारिएका व्यक्ति भारतीय भएकोबारे शुरुमै थाहा नभएको जनाउँदै शान्तिपूर्णरुपमा बसेका प्रहरीमाथि आक्रमण भएपछि बाध्य भएर गोली चलाउनुपरेको जवाफ दिएका छन् ।

‘शान्तिपूर्णरुपमा सुरक्षाका लागि प्रहरी त्यहाँ बसेका थिए’, ओलीको भनाइए उधृत गर्दै दाहालले भने, ‘आन्दोलनकारीहरुले सुरक्षामा खटिएका प्रहरी, प्रहरी कार्यालय र सरकारी कार्यालयहरुमा आक्रमणमा गरेपछि प्रहरीले बाध्य भएर गोली चलाएको हो ।’

फोन सम्वादका क्रममा प्रम ओलीले भारतीय नाकाबन्दीका कारण देखिएको समस्या सुल्झाउन पनि मोदीलाई आग्रह गरेका थिए ।

प्रम ओलीले नाकाबन्द भएर पेटोलियम पदार्थ र उपयभोग्य सामान आपूर्तिमा असहजता आएर देखिएको समस्या सुल्झाई सहज बनाउन आग्रह गरेका प्रेस सल्लाहकार दाहालले बताए ।

भारततर्फ कुनै अवरोध छैन : मोदी
नेपालका प्रधानमन्त्री केपी ओलीलार्इ करिब अाधा घन्टा फोन गरे‌को जानकारी ट्वीटरबाट दिँदै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा आपूूर्ति हुने बस्तुमा भारततर्फबाट कुनै अवरोध नगरेको दाबी गरेका छन् ।

मोदीले नेपालमा देखिएको अहिलेको समस्या नेपाली नेताहरुले वार्ता र संवादबाट समाधान गर्न सक्षम रहने उल्लेख गर्दै नेपालको अहिलेको समस्याको समाधान चाँडो भन्दा चाँडो निस्कनुपर्ने जिकिर गरेका छन् ।annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget