वीरगञ्ज घटनाको प्रभावः रौतहटमा हालसम्मकै विशाल बिरोध जुलुश प्रदर्शन

रौतहट–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच सकारात्मक बार्ताको शुरुआत भएको १२ घन्टा नबित्दै बिरगंजमा आन्दोलनकारी माथी भएको दमनको बिषय लिएर आसपासका जिल्ला समेत तातिएको छ ।
पर्सा आसपासका बारा र रौतहटका आन्दोलनकारी समेत आक्रोसित बनेका छन् ।
बिरगंजमा भएको घटनाक्रमको प्रभावस्वरुप रौतहटमा संयुतm लोकतान्त्रिक मधेशी मोर्चाद्धारा झण्डै ८० दिनदेखि जारी आमहडताप्रती एैक्यवद्धता जनाउदै गोपाल सेवा समिति रौतहटले आज गौरमा जुलुस प्रर्दशन गरेका छन् ।
नयाँ वस पार्क देखि शुरुभई नगर परिक्रमा गर्दै सरकारको विरोधमा चर्को नारा सहीत हजारौं सहभागीरहेको जुलुस नेपाल भारतको मितेरी पुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा पुर्व सभासद बब्न शिंह,सदभावनाका केन्द्रिय सदस्य योगेन्द्र यादव लगायतका नेताहरु बिरगंजमा प्रहरी दमनको बिरोध गर्दै सरकारको यस्तै गतिबिधी रहेमा आफुहरु चुपलागेर नबस्ने चेतावनी दिएका छन ।
युवाहरुले लठी,पराठा जुलुस प्रर्दशन गरिरहेको जुलुशमा शिक्षक , व्यापारी , किसान , मजदुर , डाक्टर , बुद्धजीवी , समाजसेवी ,लगायतका यदुवशीहरु सहभागी रहेको थियो ।
१० हजार भन्दा बढीको सख्यामा रहेका यदुवशीहरु नयाँ वस पार्कमा जम्मा भई गौर नगर तर्फ जुलुस निक्ले पछी हिंसामा परिणत हुने आशंकामा गौर बासी आतंकित भएका थिए । तर प्रहरी प्रमुख र नेताहरुको सुझबुझका कारण हालसम्म कै सबभन्दा बढी जनसहभागीता रहेको जुलुस शान्ति पुर्णरुपमा सम्पन्न भएको एस्पी प्रधुमन कार्कीले बताएका छन् । कार्यक्रम गोपाल सेवा समिति रौतहटका अध्यक्ष हेमाकान्त यादवको सक्रियतामा सम्पन्न भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget