नाकाबन्दीले जनता भोकभोकै मर्दै, सरकार ठूलालाई सुविधा बाँड्दै, क-कसले लिए सुविधा ?

काठमाडौं, १ मंसिर । भारतीय नाकाबन्दीले मुलुकको आर्थिक अवस्था ऋणात्मक हुन पुगेका बेला सरकारले कानुनी मापदण्डै नबनाई निवर्तमान भीभीआईपीहरू पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र पूर्वसभामुखलाई आजीवन विलासी गाडी सुविधा दिएको छ ।
मुलुक आर्थिक संकटमा परेका कारण भूकम्पपीडितलाई घर बनाउन २र२ लाख रुपैयाँ दिने निर्णयसमेत कार्यान्वयन गर्न नसकिरहेको सरकारले भीभीआईपीहरूलाई चालक, इन्धन र मर्मत खर्चसहित विलासी गाडी सुविधा दिएको कान्तिपुर दैनिकले छापेको छ ।
सर्वोच्च अदालतले कानुन नबनाई भीभीआईपीहरूलाई कुनै सुविधा नदिन दिएको निर्देशन उल्लंघन गर्दै सरकारले पूर्वराष्ट्रपति रामवरण यादलाई सचिवालयसहितको आवास र गाडी सुविधा दिएको छ ।
पूर्वउपराष्ट्रपति परमानन्द झालाई चालक र इन्धनसहितको गाडी सुविधा दिएको छ ।
पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वगृहमन्त्रीसम्मका पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन गाडीलगायत सुविधा दिन गरिब मुलुकको अर्थतन्त्रले धान्न नसक्ने आवाज चर्को रूपमा उठेपछि यसअघि सरकारले उनीहरूलाई सुविधा दिने भनी गरेको निर्णय फिर्ता भएको थियो ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मुलुकको गिर्दो अर्थतन्त्रको पर्वाहै नगरी पहिलो चरणमा निवर्तमान पूर्वविशिष्ट पदाधिकारीहरू यादव, झा र नेम्वाङलाई आजीवन गाडीलगायत सुविधा दिएको हो ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget