तपाईँहरु वार्तामा नबस्ने हो ?
हामी वर्तामा बस्ने तयार छौ । आतंकमो छाँयामा बार्ता कसरी हुन्छ । सरकारले वार्तामा बोलाएको छ । तर, वातावरण खोइ बनाएको ? हामीले भनेका छौं , संविधानको प्रक्रिया रोकौ, सेना ब्यारेक पठाऔं , गोली हान्ने काम बन्द गरौं , विगतमा भएको सम्झौता लागु गरौं जस्ता शर्त छ ।
सरकारले बार्ता गर्न वतावरण बनाए कहाँ बार्ता गर्नु हुन्छ ?
हामी अब काठमाँडौमा कुनैपनि हालतमा बार्ता गर्दैनौं । त्यहाँ जाल झेल गरेर मधेशी जनतालाई ठग्ने र झुक्याउने काम भएको छ । अब मधेशकै भूमिमा मात्र बार्ता हुन्छ ।
संविधान त बन्नै लागिसक्यो, तपाईहरु कहिलेसम्म आन्दोलन गर्नु हुन्छ ?
गणितीय अंकबाट संविधान जारी हुन्छ भने हामी जारी भएको संविधान मान्दैनो । बन्न लगोको संविधान उत्पीडित जनताहरुको संविधान होइन् । कागजको खोष्टा हो । यो संविधान कोइराला, ओली र दाहालको मात्रै बनि रहेको छ । आम जनताको संविधान बनेकै छैन ।
यसभन्दा पहिला भएको आन्दोलनमा सरकारले थारु र मधेशी जनतासँग सम्झौता गरेको थियो । तर, सम्झौता अनुरुप संविधान बनाउन नेपाली कांग्रेस , नेकपा एकाले र माओवादीले बनाउन मानेका छैनन् । कयौ मधेशीले सहादत दिए तर खसवादीहरुले त्यसको अवमूल्यण गरेको छ । अबको जारी आन्दोलनमा हामी आरपारको लडाइ लड्छौ । अधिकार प्राप्त नहुनजेलसम्म आन्दोलन जारी नै रहन्छ ।
आन्दोलनबाटै समस्याको समाधान हुने हो र ?
अघि नै भनिसकेँ, हामी वार्तामा बस्न चाहन्छौं । तर, वार्ताको लागि सरकारले वातावरण पनि बनाउनु पर्यो । मधेशी जनताले आफ्नो अधिकारको लागि आफै सहादत दिइरहेका छन् । जो अधिकार लिन्छ । त्यसैले गोली खानु पर्छ । अधिकार लिन सहज छैन् । अधिकार राज्यले दिन मान्दैन भने खोसेरै लिनु पर्छ ।
तपाईँहरु सरकारमा हुदाँचाहिँ किन आफ्ना माग लागू गर्नु भएन नि ?
हामी सरकारमा रहँदा त्यतिखेर संविधान निर्माण बहुमतबाटै परित हुन्छ भन्ने माहौल थिएन । सहमतिमै संविधान बन्ने भएकाले हामी आफ्नो माग सम्वोधन हुनेमा ढुक्क थियौं ।
सरकारसंविधान जारी गरि दिपावली मनाउने तयारीमा छ, तपाईँहरु चाहिँ के गर्नुहुन्छ ?
सरकारले संविधान जारी गरेर दिपावली मनाउँछ भने , हामी मधेशी जनताहरुको अधिकार विहिन संविधानको कागज रुपी खोष्ठालाई जलाउछौं । विरोध र आन्दोलन अझ शसक्त बनाउछौं ।
जारी मधेश आन्दोलनलाई सत्ता पक्षले अपराधी क्रियापलापमा सहभागि भएकाहरुको सहभागिमा भइरहेको छ, भन्छ नी ?
शान्तिपूर्ण तरीकाले आन्दोलन गर्ने जनतामाथि गोली चलाउने सरकार नै छ । निहता जनतालाई ठाउँमा गोली हानि ठाउँका ठाउँ मार्ने सरकार नै हो । अनि हामी कसरी अपराधी क्रियाकलपा गरिरहेका छौं त ? आरोप लगाउने सरकार नै गोली चलाएर आन्दोलन दवाउने सरकार नै अपराध गरिरहेको छ । लखौं जनता सडकमा छ । के जनताहरु राज्य संग अधिकार माग्दा अपराधी भयो । जनताले आफ्नो अधिकार लिन जागिसकेका छन् । मधेशी जनतालाई भोटर करदताको रुपमा राज्यले मात्र प्रयोग गरिरहेको छ ।
लामो बन्दले गरिवहरुको रोजी रोटी खोसिएको छ । देश र जनतालाई कहिलेसम्म दुःख दिने तपाईहरु ?
आज चार दिन भोकै बसेर भएपनि अधिकार संविधानमा लेखाउने समय पनि त छ ।
तपाईँहरुले मुख्य नाका बन्द गर्ने धम्की दिएको सुनिएको छ, वास्तविकता के हो ?
हाम्रो मोर्चाले निर्णय गरि सकेको छ । राजधानीको मुख्य नाकाहरु बन्दा गरि काठमाँडौमा सुति रहेको सत्ता पक्षहरुको दाना पनी बन्द गछौं । अधिकार प्राप्त नभए सम्म सडक छाड्दैनौ । काग्रेस, एमाले र माओवादीलाई मधेशबाट जिताएर पठाएकाहरुले आफ्नो जनताहरुले अधिकार माग्दा गोली बर्षाई रहेको छ । सत्ता पक्षमा पनि मधेशबाट मधेशी नेताहरु नै जिताएर पठाएका छन् । अब उनीहरुले मधेशी जनताको अधिकार संविधानमा सुनिश्चित गराएनन् भने, मधेशी जनताले उनीहरुलाई पनि छाड्दैनन् ।
अन्त्यमा, समस्या समाधानको बिन्दुचाहिँ के होे ?
कहिल्यै पनि जनताको हार हुदैंन । ढिलो चाँडौ जित नै हुन्छ । अहिले शुशील कोइराला, केपी शर्मा ओली र प्रचण्ड यि तीन राजाहरु जन्मेमा छन् । २४० बर्षे राजसत्ता अन्त्य गर्ने यि जनताहरुलाई पनि मधेशी जनताहरुले ज्ञानेन्द्र शाह जस्तै सत्ता खोसेर तह लगाउँछ । मधेशसंग सत्ता पक्षले गद्दारी गरको छ । केपी शर्माले प्रधानमन्त्री , प्रचण्डले राष्ट्रपति बन्ने सपना देखेकाले हतारमा मधेशी जनताहरुको अधिकार विहिन संविधान जारी हुदैंछ ।
यसभन्दा अगाडि सरकारसँग भएको वार्ताको कार्यान्वयन गरे, सेना फिर्ता गरे, कफ्र्यु फिर्ता लिए हामी मधेशको कुनै पनि स्थानमा वार्ता गर्न तयार छौं । राजनीतिक बार्ताबाटै समस्याको समाधान खोजिनुपर्छ भन्नेमा हामी सहमत छौं ।ratopati
Post a Comment