चितवनका जनताले भने- एक छाक खान तयार छौं तर, भारतसँग झुक्दैनौं

– शिशिर सिंखडा
चितवन, ३० कात्तिक । भारतको नाकाबन्दीले पछिल्लो समय गाउँ गाउँ नेपालीमा पनि स्वाभिमानको भावना बढ्दै गएको छ ।
यसैक्रममा पूर्वी चितवनको कालिका नगरपालिका – ६ रेडक्रसग्राममा आयोजित कार्यक्रमका वक्ताहरुले भारतले गरेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय सन्धी सम्झौता विपरीत भएको भन्दै भोकभोकै बस्नु परेपनि राष्ट्रियताको सवालमा भारतसँग नझुक्ने उद्घोष गरेका छन् ।
‘नेपालीहरु राष्ट्रियताको लागि एक छाक खाएर बस्ने छन्, भारतसँग झुक्ने छैनन्’ भन्दै कार्यक्रमका वक्ताहरुले सरकार भारतसँग नझुकी राष्ट्रियताको सवालमा अडिग रहन समेत आग्रह गरे ।
नेकपा (एमाले) कालिका नगरपालिका जुटपानीद्वारा आयोजित तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य कृष्ण प्रसाद खनालले देश र जनताको लागि सरकार कहिल्यै पनि घुडा नटेक्ने बताउँदै सार्वभौमसत्ता सम्पन्न नेपालीको छिमेकी राष्ट्रले गर्ने हस्तक्षेप अन्तर्राष्ट्रिय रुपमै आलोचित रहेको बताउनुभयो ।
एक सिलिण्डर ग्यास र इन्धनको लागि भारतसँग राष्ट्रियता साट्न नसक्ने खनालको भनाई थियो । नेकपा (एमाले) जिल्ला अध्यक्ष जेएन थपलियाले यो सरकार र प्रधानमन्त्री मर्न तयार छ तर भारतसँग झुक्न तयार नभएको बताउनुभयो । छिमेकीको नाममा हेप्ने, चेप्ने काम हुन्छ भने त्यो हाम्रो लागि सह्य हुने छैन त्यसका लागि हामी अन्तर्राष्ट्रिय रुपमा एक छाक खाएर लड्न तयार छौं, थपलियाले बताउनुभयो ।
नेकपा (एमाले) देशको नेतृत्व गरिरहेको अवस्थामा राष्ट्रियताको सन्दर्भमा कतिपनि नहिच्किचाई अगाडि बढ्ने थपलियाको कथन थियो ।
कार्यक्रममा चितवनका स्थानीयहरु जयचन्द्र लालचौधरी, गोपीश्रेष्ठ, विनोद रेग्मी, सहदेव लकान्द्री, विमला लामा, शिक्षक पूर्ण बहादुर पुरी, स्थानीय पञ्चबहादुर लामा, धु्रव रायमाझी, भिष्म खनाल लगायतले राष्ट्रियताका लागि भोकै बस्न तयार रहेको तर, भारतसँग नझुक्ने उद्घोष गर्नुभएको थियो ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget