भारतीय दूताबास नजिकै रहेको सांग्रिला होटलमा बुधबार भएको मिटिङमा तराई मधेसमा भइरहेको आन्दोलनप्रति सदभाव राख्ने नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि नागरिक समाजका अगुवाकै हैसियतमा बोलाइएको थियो ।
स्रोतका अनुसार भारतीय राजदूत रायले आफूहरु परिस्थिति सहज बनाउनेतर्फ लागेको भए पनि भारतलाई तथानाम गालीगलौज र मोदीको पुत्ला जलाउने जस्ता काम भएको भन्दै आक्रोस पोखेका थिए ।
भारतको झण्डा र मोदी पुत्ला जलाउने तथा भारतविरोधी गतिविधि गरेर नेपालको पनि केही नहुने उनको भनाइ थियो ।
छलफलका क्रममा डा. भगवान कोइरालाले मानवीय संवेदनाको विषय भएको भन्दै औषधी किन रोक्नुहुन्छ भन्दै राजदूतलाई प्रश्न गरेका थिए । तर, राजदूतका सट्टा दूताबासका अधिकारीहरुले औषधी अभाव भएको भए रिरुटिङ वा एयर लिफ्ट गरेर भए पनि पठाउने भन्दै नेपाल सरकारसँग आफूहरुले पटक-पटक सूची मागेको तर, अहिलेसम्म उपलब्ध नगराएको जवाफ दिएका थिए ।
लगत्तै पूर्व राजदूत विजयकान्त कर्णले आफूहरुले पनि कांग्रेस र एमाले नेताहरुलाई भेटेर सीमामा रोकिएका औषधीका गाडीहरुको सूची दिनुस्, हामी ल्याइदिन्छौैं भनेको तर, सूची नदिएको सुनाएका थिए ।
भारतीय राजदूतसँगको लन्च मिटिङमा सहभागी अधिकांशले तराई मधेसको समस्यालाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने र भारतसँग कूटनीतिक रुपमा सम्वाद गर्नुपर्नेमा जोड दिएका छन् ।
भारतीय राजदूत रायसँगको लन्च मिटिङबारे सोध्दा अधिवक्ता झाले भने, नागरिक समाजका अगुवाहरुसँग छलफल भएको हो ।’
तर, के के छलफल भयो भनेर उनले खुलाउन चाहेनन् ।
onlinekhabar
Post a Comment