‘माथिको आदेश’ भन्दै सुनौली भन्सारमा पुनः कडाइ
तिहारपछि केही खुकुलो हुँदै आएको सुनौली नाकामा भारतीय पक्षले ‘माथिको आदेश’ भन्दै पुन कडाइ गरेको छ।
सुनौली भन्सार अधिकृत केशवराज ओलीका अनुसार भारतीय पक्षले माथिको आदेश भन्दै नाका पुन कडाइ गरेको हो।
सुनौली नाकामा हिजो बेलुका ५ वजेदेखि नै नाकामा लाइनमा रहेको गाडी नेपाल पठाउन भारतीय पक्षबाट इन्कार गरिएको बताए। ‘हिजो बेलुकादेखि आज दिउँसो ४ वजेसम्म जम्मा १७ वटा मात्र मालवाहक गाडी नेपाल प्रवेश गरेको छ’ आलीले भने।
भित्रिएका गाडीमध्ये इन्धन बोकेका गाडी एउटा पनि नरहेको उनले बताए। भारतीय पक्षसँग कुरा गर्दा ‘यसको लागि माथि नै कुरा गर्नुहोस् हामीबाट केही हुन सक्दैन’ भन्दै जवाफ दिएको उनले बताए। यसअघि सुनौली नाकाबाट नै दुई दिनमा ६० बुलेट ग्यास, ३४ टयाङ्कर डिजेल ट्याङ्कर नेपाल प्रवेश गरेका पनि उनले जानकारी दिए।
setopati
Post a Comment