नेपाली सेनाले गर्यो अर्को महत्वपूर्ण काम,चिन जोड्ने सडक बनाउदै नेपाली सेना

काठमाडौँ, नेपाली सेनाले रसुवाको स्याफ्रुबेंसी–मैलुङ क्षेत्रको सडकको ट्रयाक खोल्ने कामलाई तीव्ररुपमा अगाडि बढाएको छ । यो सडकको निर्माणपछि नुवाकोटबाट बेत्रावती हुँदै त्रिशूली नदीको किनारै किनार स्याफ्रुबेंसी पुग्न सकिन्छ ।




नेपाली सेनाको मैलुङ–स्याफ्रुबेंसी सडक निर्माण कार्यदलका प्राविधिक प्रमुख तथा सेनानी इन्जिनियर सञ्जय केसीका अनुसार २ दशमलव १ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । जसमध्ये एक किमी डबल लेनको बनाउने कामसमेत सम्पन्न भइसकेको छ ।यो सडक बनेपछि रसुवाको धुन्चे नपुगी सोझै रसुवागढी छोटो दुरीमा पुग्न सकिने रसुवाका सांसद जनार्दन ढकालले बताए ।नुवाकोट–बेत्रावती–मैलुङ्ग–स्याफ्रूबेसी सडक निर्माण कार्यको कार्य प्रगतिबारे ब्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीसहितको एक टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।

सेनाले नेपाल सरकारबाट ४ किलोमिटर सडक खन्ने अनुमति पाएकोमा हाल २ दशमलव १ किमी सडक खन्ने कार्य सम्पन्न गरेको छ ।

गत वैशाख १२, १३ र २९ गतेको विनासकारी भूकम्पपछि बन्द रहेको नुवाकोटको मनकामना गाविसको शान्तिबजारदेखि रसुवाको हाकु गाविसको मैलुङसम्मको सडक खोल्ने कार्य नेपाली सेनाले तीब्ररुपमा अघि बढाएको हो ।यो सडक निर्माणलाई छिटो सकेर नेपाल–चीन प्रवेशको नाका रसुवागढीलाई व्यवस्थित गरिनुपर्ने निरीक्षण टोलीका प्रमुख तथा ब्यबस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले वताए ।निर्माणाधीन उक्त सडकक्षेत्रको भ्रमणमा सांसद, सेना, राष्ट्रिय योजना आयोगका अधिकारीहरु, सरकारी प्रतिनिधि र पत्रकार सहभागी थिए ।

हालसम्म साढे तीन किमी सडकको पहिरो पन्छाउने कार्य सम्पन्न भइसकेको छ । १० किमी लामो उक्त सडक डेढ महिनाभित्र मर्मत सम्भार र पहिरो पन्छाइ मैलुङसम्म यातायात सञ्चालन गराउने तयारी भइरहेको छ ।व्यवस्थापिका संसदको विकास समितिको टोलीले नेपाली सेनाद्वारा निर्माण भई रहेको बेत्रावती–मैलुङ्ग–स्याफ्रूबेंसी सडक निर्माणको कार्य प्रगतिको अनुगमन गर्दा भूकम्पको पीडामा पनि सडकको ट्र्याक खोल्ने काम भइरहेको निष्कर्ष निकालेको छ ।सो सडकको निर्माणले देशकै विकासमा टेवा पुग्ने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget