ओली सरकारका उपप्रधानमन्त्री नै सरकारको विरुद्धमा

२९ फागुन, काठमाडौं ।
उपप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले नाकाबन्दीले धेरै नेपालीलाई शिक्षा दिएको बताएका छन् । उनले नाकाबन्दीबाट सिकेर नेपालले आगामी दिनका लागि तयार हुनुपर्ने बताएका हुन् ।
चापागाउँस्थित जनभावना क्याम्पसको रजत महोत्सव समारोहमा शुक्रबार उनले सरकारको काम अझै सन्तोषजनक हुन नसकेको स्वीकार गरेका छन् ।

उनले भने, ‘काम गरिहरहे पनि अझै जनताले चाहेजसरी हुन सकेको छैन ।’ उनले प्रभावकारी ढंगबाट काम गर्न सरकार लाग्नुपर्ने उनले बताएका छन् । यस वर्ष भएको आर्थिक नोक्सानी हटाउनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
नाकाबन्दीले एकभन्दा बढी छिमेकीसँग सम्बन्ध बनाउनुपर्ने देखाएको उनले बताएका छन् । उनले भने, ‘भूपरिवेष्ठित मुलुक भएकाले पनि हामीले धेरै देशसँग सम्बन्ध विस्तार गर्न खाँचो छ ।’ नेपालले विश्वमा पुग्नका लागि बाटो खोज्न जरुरी भएको नाकाबन्दीले सिकाएको छ ।
मुलुकको आर्थिक विकासमा लाग्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘उत्पादन बढाउँदामात्रै मुलुक समृद्ध बन्न सक्छ ।’nepaliheadlines

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget