January 2016

'नेपालमा मधेसीमाथि दोस्रो दर्जाको नागरिक सरह व्यवहार भैरहेको छ।' 'नायाँ संविधानमा समेत मधेसीलाई दोस्रो दर्जाको नागरिक बनाइएको छ।'



भारतकाे राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले बिहारका सहरहरुमा आयोजना हुने गरेका नेपालको मधेसका विषयमा गर्ने गरेका भाषणका केही अंश हुन् माथिका।

असमानता र बिभेद रहेसम्म मधेसमा लडाईं चलिरहन्छ। तर, मधेसीको लडाईंलाई आफुले साथ दिइरहने सिंह बताउँदै आएका छन्। मधेस नेपालको मामिला हो, तपाईहरुले किन हस्तक्षेप गर्नुपर्यो ? पत्रकारको जिज्ञासा रहने गर्दछ। 'हाम्रो २४ लाख छोराछोरीको विवाह मधेसमा भएको छ। मधेसीको रगत बग्दा हाम्रो मन र मुटु दुख्छ। कारण नाताकुटुम्बको सम्बन्ध छ। हाम्रो मधेससँग,' भावनात्मक अभिव्यक्ति दिँदै सिंहको प्रतिक्रिया रहने गरेको छ।

'हामी भारत सरकार जस्तो मधेस आन्दोलनको हकमा बेखबर रह्न सक्दैनौं। दिल्ली र काठमाडौंको हवाई सम्बन्ध छ। मधेससँग हाम्रो जमीन नै जोडिएको छ। नाताकुटुम्ब, सांस्कृतीक, विहेवारीजस्ता सम्बन्ध छन्। मधेसीको दुखबारे हामी बेखबर बस्ने सवालै आउँदैन,' सिंह भन्छन्, 'हामीले कुनै हस्तक्षेप गरेका छैनौं । सचाइको पक्षमा भैरहेको निसाफको लडाईंलाई साथ, सहयोग र समर्थन गरिरहेका छांै। मधेसीले अधिकार नपाएसम्म हामी सहयोग गरिरहन्छौं।'

अब बिहारको यात्रा सकेर २०, २१ र २२ फर्वरीमा दिल्लीमा मधेसी नेता, भारतीय नेता र वुद्धिजिवि अधिकारबादीलाई सहभागी गराएर मधेसबारे वृहत बहस गराउने उनले योजना सुनाए। भारत सरकारलाई मधेसका बारेमा मुख खोल्न र पञ्चको भूमिका खेल्न दवाव दिने कार्यक्रमको उदेश्य रहेको पनि उनले खुलाए। जनकपुर, वीरगन्ज हुँदै काठमाडौंसम्म मधेस सम्वाद यात्रासम्मको योजाना रहेको सिंहले बताए ।
nagariknews

एजेन्सी : भारतको तमिलनाडुस्थित चेन्नईमा सेल्फी लिने चक्करमा एक  युवाले ज्यान गुमाएका छन् ।

आइतबार साँझ लिकमा दौडिरहेको रेललाई ब्याकग्राउन्डमा राखेर देना सुकुमार नामका १६ वर्षीय किशोरले सेल्फी लिइरहेका थिए । त्यही क्रममा उनले सन्तुल गुमाएपछि रेलको मुनि लड्न पुगे ।


सेल्फी लिने रहरमा हुने लापरवाही खतारनाका हुँदै गएको छ ।यसको खुलासा एक मिडिया रिपोर्टमा गरिएको छ ।

 रिपोर्टका अनुसार दुनियाँभरमा सेल्फीबाट ज्यान गुमाउनेमा सबैभन्दा धेरै भारतमा रहेका छन् । यो आँकडा दैनिक बढिरहेको छ ।

पछिल्लो दिनमा 'द वासिंगटन पोस्ट' को रिपोर्टमा दाबी गरिए अनुसार सन् २०१५ मा भारतमा कयौं मानिस खतारनाक तरिकाले सेल्फी लिने कोशिस गरिरहेका छन् ।

जसका कारण सेल्फी लिनेहरुको ज्यान गइरहेको छ । दुनियाँभरमा सेल्फीका क्रेजी २७ मानिसको ज्यान सन् २०१५ मा गएको छ । जसमा १५ बढी मृत्यु भारतमा भएको छ ।

९ जनवरीमा मुम्बईको बान्द्रा स्ट्यान्डमा सेल्फी लिने क्रममा दुईजनाको ज्यान गयो । त्यसपछि पुलिसले मुम्बईका १५ पिकनिक स्थललाई 'नो सेल्फी जोन' बनाइदिएको छ ।
annapurnapost

१८ माघ, काठमाडौं । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले भारतसामू १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो । नेपालका लागि सन्दिप सुनारले ३७ रज बनाए भने आरिफ शेखले २६ रनको योगदान दिए ।onlinekhabar

माघ १८, २०७२- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तत्काल सरकार नढल्ने दाबी गरेका छन् ।

‘मुलुक गम्भीर अवस्थामा रहेको यो बेला सरकार ढाल्ने होइन,’ धनकुटा आएका गच्छदारले कान्तिपुरसित कुरा गर्दै भने, ‘बरु सरकारलाई सहयोग गर्ने समय हो ।’ उनले कांग्रेस महाधिवेशनपछि सरकार ढाल्ने कसरत सुरु हुने भनाई हल्लामात्र भएको बताए ।

उपप्रधानमन्त्री गच्छदारले मधेसी मोर्चाको आन्दोलनको औचित्य सकिएको भन्दै संवादमा आउन आग्रह गरे । ‘अब आन्दोलनको आवश्यकता र औचित्य छैन,’ उनले भने, ‘निर्णायक वार्ताका लागि आउनुस्, समस्य टुंग्याऊँ ।’

गच्छदारले संविधान संशोधन भएसँग मोर्चाका माग सम्बोधन भएको उल्लेख गर्दै सिमांकनका विषयलाई पनि छलफलबाट निकास दिन सकिने उल्लेख गरे ।

गच्छदार छिन्ताङ– ९ को आदर्श उच्च माविको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी हुन धनकुटा आएका हुन् ।



kantipur

काठमाडौं, १८ माघ । पाँच महिनादेखि अघोषित नाकाबन्दी गरिरहेको भारतले नेपालमाथि अर्काे हस्तक्षेप गर्ने धम्की दिएको छ ।
संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको सहभागितामा आइतबार भारतको विहारस्थित मुुजफरपुरमा भारत–नेपाल मैत्री संघद्धारा आयोजित ‘मधेस आन्दोलन मे हमारी भूमिका विषयक’ कार्यक्रममा भारतका एक केन्द्रीय मन्त्रीले नेपालमाथि नांगो हस्तक्षेप गर्दै सिंहदरबार घेर्ने चेतावनी दिएका हुन् ।
कार्यक्रमका प्रमुख वक्ता रहेका भारतीय सरकारका पूूर्व केन्द्रिय मन्त्री डा. रघुुबंश प्रसाद सिंहले केपी ओली सरकारले मधेसी मोर्चाको माग पुरा नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी दिए । उनले भने– मधेसी जनतामाथि ओली सरकारले गोली बर्षाउदा हाम्रो मुटु दुखेको छ । सरकारले दमन बन्द गरेर मधेसी मोर्चाको माग पुरा गरोस् । होइन् भने हामी भारतीय जनता काठमाडौं पुगेर सिंहदरबार घेर्न बाध्य हुन्छौं ।’
उनले मधेस आन्दोलनमा हिन्दुस्तानका हरेक जनताको समर्थन रहेको बताउँदै आन्दोलनलाई निष्कर्षमा पुुर्याएर छाड्ने प्रतिवद्धता समेत जनाए छन् । उनले मधेससँग रोटी बेटीको सम्बन्ध रहेको बताउँदै मधेसी मोर्चाले राखेको ११ बुँदै माग केपी ओली सरकारले सम्बोधन गर्नुपर्ने धारणा राखे ।
लालु यादब नेतृत्वको राष्ट्रिय जनता दलका उपाध्यक्ष समेत रहेका सिंहले सिमा क्षेत्रमा हुने कालोबजारी रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरे । उनले केहि दिन अगाडी दिल्ली पुुगेका नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको कुरामा परेर प्रधानमन्त्री मोदी नाकाबन्दी खुुकुुलो पारेको समेत बताएका थिए ।
कार्यक्रममा सहभागी भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादब लगायतका नेताहरु पनि आ–आफ्नो मन्तव्य राखेको थियो । उनीहरुले मधेसमा जारी आन्दोलन सफल पार्न भारतीय नेताहरुसँग विशेष आग्रह गरेका थिए ।
पछिल्लो समय नेपालसँग सिमा जोडिएको भारतीय गाउँ शहरमा राष्ट्रिय जनता दलले मधेस आन्दोलनमा सघाउन अभियान नै चलाएको छ । हालसम्म ३२ भन्दा बढी भारतीय सहरमा मधेसबारे बहस यात्रा नामक कार्यक्रम सम्पन्न गरिसकेको छ ।
dainiknepal

Wath the ree Live Streaming of India vs Nepal, ICC Under-19 World Cup match at Shere-e-Bangla Stadium in Mirpur on Monday. The IND vs NPL U19 World Cup match will be telecast on Star Sports 1/HD. The match can be watched online as well. The free live streaming of IND U19 vs NPL U19 will be available on the official website of starsports.com
.

Both India U19 and Nepal U19 will be eyeing to Group D as they face each other in last league match. Both the teams have qualified for the quarterfinals. New Zealand U19 and Ireland U19 are the teams these two defeated to book a place in next round.

१८ माघ, काठमाडौं ।

नेपालको अण्डर १९ टिम यतिबेला क्रिकेट पावर राष्ट्र भारतको समकक्षी टिमसँग भिडिरहेको छ । बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली टोली पूर्ण आत्मविश्वास र विजय लक्ष्य सहित मैदानमा छ ।

हुन त नेपालले ओपनर सहित ४ विकेट गुमाइसकेको छ । यद्यपी नेपालको मनोबल कायम राख्न सकेमा भारतीय टिमलाई नेपालले हराउन सक्ने विश्लेषकहरु बताउँछन् । मिडललाइन ब्याट्सम्यान वा अलराउण्डर चम्किएमा नेपालल नतिजा आफ्नो पक्षमा पार्न सक्छ ।

यु-१९ विश्वकप- नेपाल र भारतको बिच खेल लाइभ भिडियो

अघिल्लो खेलमा केही नेपाली मिडलाइन ब्याट्सम्यानहरुको राम्रै ब्याटिङ देखिएको थियो । त्यकारण अझै पनि भारतसँग जितको सम्भावना कायमै छ । मानसिकरुपमा भारतलाई नेपाललाई भन्दा बढी दवाव छ ।

नेपाल भारतलाई हराएर समूह विजेता बन्ने दाउमा छ। जारी प्रतियोगितामा नेपालले न्युजिल्याण्ड जस्तो बलियो ठानिएको टोली र आयरल्यान्डलाई सहजै हराएर मनोबल उच्च पारेको छ।

पहिलो खेलमा नेपालले न्युजिल्यान्ड टोलीलाई ३२ रनले पराजित गरेको थियो। दोस्रोमा आयरल्यान्डविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो।

त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो। चार टोली सम्मिलित ‘समूह डी’मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन् ।

नेपाल र भारत दुवै अघिल्ला दुई खेल जितेर क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । सोमबारको भिडन्तले समूहविजेताको निर्क्यौल गर्नेछ ।


यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा १६ ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा ४८ रन बनाएको छ । नेपाल दबाबमा देखिएको छ ।
सन्दीपले ५६ बलमा ३ चौका हानेर २९ रन बनाएका छन् ।
kathmandutoday.

यू १९ विश्वकप क्रिकेटमा नेपालले अहिले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्देै छ । टस हारेर ब्याटिङ गरिरहेको नेपालले ११.३ ओभरको खेल सकिदा २ यकेट गुमाएर २७ रन बनाएर खेलीरहेको छ ।

इनिङको पहिलो ओभरमै ओपनर सुनील धमलालाई शून्य रनमा गुमाएको नेपालले सातौं ओभरमा योगेन्द्रसिंह कार्कीलाई ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको छ ।नेपालको इनिङ अर्का ओपनर सन्दिप सुनार १५ रन बनाएर क्रिजमा छन ।
.news24nepal

८ वर्ष लामो अध्ययन पछि क्यान्सर विरुद्ध फल पत्ता लाग्यो

८ वर्ष लामो अध्ययन पछि क्यान्सर विरुद्ध फल पत्ता लाग्यो
==========
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।


यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।

यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ ।

काठमाडौँ : बंगलादेशमा भइरहेको यु–१९ विश्वकपको क्वार्टरफाइनलमा पुगिसकेको नेपाल र भारतको क्रिकेट टोली समूहको शीर्ष स्थान पाउनका लागि आज लिग चरणको अन्तिम खेल खेल्दैछन्। नेपालले यो
प्रतियोगितामा खेलेका खेलहरुमध्ये पहिलो खेल आज टेलिभिजनमा लाइभ प्रसारण हुँदैछ।  विश्वकपका ४८ खेलहरुमध्ये २० वटा खेलमात्र आइसिसीले टिभीमा लाइभ गर्दैछ। नेपालको यही खेल लाइभ हुने सूचीमा छ। दोस्रो चरणका खेलहरुमा को-को खेल्ने तय भइनसकेकोले बंगलादेश वा नामिबियासँग नेपालले खेल्ने क्वार्टरफाइनल लाइभ हुने नहुने निश्चित छैन। भारत र नेपालबीचको खेल भने आइसिसीले लाइसेन्स दिएको स्टार स्पोर्टसको च्यानल १ र स्टारस्पोर्टस् एचडी १ मा लाइभ हुनेछ। त्यसैगरी स्टारस्पोर्टसले इन्टरनेटमा पनि यसको लाइभ स्ट्रिमिङ गर्नेछ।

१८ माघ,काठमाडौं । यू १९ विश्वकप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले पहिलो ओभरमै एक विकेट गुमाएको छ ।
ओपनर सुनिल धमला शून्य रनमै आउट भए । उनले २ बल सामना गरेका थिए । धमलालाई अभेस खानले आउट गरेका हुन् ।
पहिलो बलमै सन्दिप सुनार झण्डै गोल्डेन डकआउट भएका थिए । आयरल्याण्डविरुद्धको खेलमा पनि नेपालका ओपनर गोल्डेन डकआउट भएका थिए ।
onlinekhabar

बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ सुरु गर्दैछ ।
बाक्लो हुस्सु लागेको र पिच चिसो भएकाले निर्धारित समयभन्दा केही ढिलो खेल सुरु हुँदैछ ।
नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा छिमेकी राष्ट्र भारतको सामना गरेको हो ।

खेल नेपाली समय अनुसार अहिले पौने नौ बजेबाट सुरु भएको हो । समूह चरणका अन्य दुई खेलमा नेपालले टेष्ट मान्यता राष्ट्र न्यूजिल्याण्डलाई ३२ र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा यसअघि नै पुगिसकेको छ । नेपाल र भारतवीचको अहिलेको खेलले समूह डीको विजेता र उपविजेता टुंगो लगाउनेछ ।
न्यूजिल्याण्ड र आयरल्याण्डलाई पराजित गरेको नेपाल भारतविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिएको छ । भारत यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तीनपटकको विजेता हो । समूह डीमा नेपाल र भारतले समान चार–चार अंक बटुलेका छन् । झिनो रनरेटमा भारत शीर्ष स्थानमा छ ।
नेपालले भारतविरुद्ध दुई पटक प्रतिस्पर्धा गरेको छ जसमा नेपालले भारतलाई हराउन सकेको छैन । सन् २००० को यू–१९ विश्वकपमा नेपाल भारतसँग ८ विकेट र सन् २०१४ को यू–१९ एसिया कपमा ९ विकेटले पराजित भएको थियो ।
news24nepal

१८ माघ, काठमाडौं । नेपालले यू-१९ विश्वकपमा सोमबार भारतसित प्रतिस्पर्धा गर्नुअघि बलिङ प्रशिक्षक विनोद दास ‘फ्ल्यास ब्याक’मा पुगेको हुनुपर्छ । उनले बिर्सेका छैनन् होला सन् २००० को विश्वकप, जब नेपाल पहिलोपटक क्वाटर फाइनलमा पुगेको थियो र भारतसित पराजित भएको थियो । सो विश्वकपमा नेपाली टिमका कप्तान थिए उनी ।
उक्त विश्वकपमा नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा भाग्यको ठूलो हात थियो । समुह चरणमा नेपालका प्रतिस्पर्धिहरु थिए, दक्षिण अफ्रिका, पाकिस्तान र केन्या । अत्यन्त कठिन समुहका बीचबाट कसरी नेपाल छनोट भयो त क्वाटरफाइनलका लागि ?
नेपाल र दक्षिण अफ्रिका
नेपालको पहिलो म्याच शक्तिशाली दक्षिण अफ्रिकासित थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको दक्षिण अपि|mकाले स्कोरबोर्डमा २ सय ९५ रन जोड्यो । विनोद उक्त म्याचमा १० ओभर बलिङ गर्दै ५४ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । दक्षिण अफ्रिकाका ज्याक रुडोल्फ एक्लैले १५६ रन बनाए । ग्रेम स्मिथलेले ७४ रन बनाए । यी तिनै स्मिथ हुन् जो पछि लामो समयसम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टिमका कप्तान रहे ।
२९६ रनको चुनौति नेपालका लागि पहाड सरह थियो । दक्षिण अफ्रिकी बलरहरुका सामु नेपालको ब्याटिङ सुरुमै लड्खडयो ।  १२ ओभरमा २४ रन बनाउदा नेपालको चार विकेट गएको अवस्थामा इन्द्रदेवताले नेपालमाथि ‘कृपा’ गरे । वर्षाका कारण खेल स्थगीत भयो र दक्षिण अफ्रिका नेपालसित अंक बाँड्न वाध्य भयो ।
नेपाल र पाकिस्तान
नेपालको दोस्रो म्याच थियो पाकिस्तानसित । हसन राजाको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा इमरान नजिर, मोहम्मद सामी, इमरान फरहात, दानिस कानेरिया जस्ता खेलाडीहरु थिए । तर सो म्याच एक बल पनि नफ्याकिकन वर्षा का कारण रद्द भयो र नेपालले फेरि एक अंक पायो ।
नेपाल र केन्या
उक्त प्रतियोगीतामा दक्षिण अफ्रिका अभागी सावित भयो । समुह चरणमा उसले चार वटै म्याचहरु स्थगित भएर अंक बाँड्नुपर्‍यो । दुई अंक बटुलिसकेको नेपालका लागि केन्याको म्याच निर्णायक थियो । नेपाल र केन्यामध्ये जसले जिते पनि क्वाटरफाइनलमा जाने अवस्थामा नेपालले केन्यालाई पराजित गर्‍यो ।
केन्यालाई हराउन नेपालको बलिङ जिम्मेवार थियो । पहिलो ब्याटिङ गरेको नेपालले ४४ ओभर खेलेर आफ्नो खातामा एक सय ७ रन मात्र जोड्न सक्यो । त्यसमा ४८ अतिरिक्त रन सामेल थिए । नेपालका तीन ब्याट्सम्यानहरुले मात्रै दोहोरो अंक छुन सके ।
तर, नेपाली बलरहरुले झिनो योगफलको रक्षा गर्न सफल भए । नेपालले केन्यालाई ९३ रनमा अलआउट गरिदियो जसमा मुख्य भूमिका निभाएका थिए उनै विनोद दासले । उनले ९.५ ओभरमा २५ रन दिएर तीन विकेट लिए । महबुब आलमले ६ ओभरमा ३६ रन दिएर ३ विकेट लिएका थिए ।
केन्यासितको जितपछि नेपाल क्वाटरफाइनलमा पुग्यो भने दक्षिण अफ्रिका प्लेट च्याम्पियनसीपतर्फ धकेलियो ।
क्वाटरफाइनलः भारत र नेपाल
मोहम्मद कैफको कप्तानीमा रहेको भारत उपाधिको प्रवल दावेदार थियो । भारतीय टोलीका मुख्य हतियार युवराज सिंह थिए ।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्‍यो । ४४ ओभरसम्म टिक्दै नेपाली ब्याट्सम्यानहरुले एक सय १ रनको योगफल खडा गरे । नेपालका लागि किरण अग्रवालले २९ र सन्दिप श्रेष्ठले २१ रन बनाएका थिए । भारतको जवाफी ब्याटिङका क्रममा विनोद दासले पहिलो बलमै विकेट लिए । मनिष शर्मालाई उनले आफ्नै बलिङमा क्याच आउट गराए । तेस्रो नम्बरमा आएका कप्तान कैफले अर्द्धसतक हान्दै टिमलाई जितसम्म डोर्‍याए । नेपालको विश्वकप यात्रा यसरी समाप्त भयो ।
आखिरमा सो विश्वकपको उपाधि पनि भारतले नै कब्जा गर्‍यो । फाइनलमा उसले सेमिफाइनलमा अष्ट्रेलियालाई र फाइनलमा श्रीलंकालाई हराएको थियो ।
onlinekhabar

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

काठमाण्डु, १८ माघ– नेपालका प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार भारत जाँदैछन् । उनलाई भारतले भ्रमणको निम्तो दिएको हो । क्षेत्रीले मंगलबार भारतका विदेशमन्त्री सुष्मा स्वराज र रक्षामन्त्री मनोहर पारिकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सबै भेटवार्तामा नेपाली सेनालाई हतियार, गोलीगट्ठा उपलब्ध गराउन आग्रह गर्ने र नेपालको वर्तमान परिस्थितिबारे सेनाको धारणाबारे स्पष्ट पार्ने उनको तयारी छ । भारतले गरेको अघोषित नाकाबन्दीयता भारतबाट गोलीगट्ठा नआउँदा सेनाको तालिम र विकास निर्माण कार्यमा नै अप्ठ्यारो परेको सैनिक अधिकारीहरूको गुनासो छ ।
‘प्रधानसेनापतिलाई विश्वासमा लिएर सेनासँग निकट सम्बन्ध कायम गर्ने र विशेषगरी तराई मधेसमा भविष्यमा पनि सेना परिचालन नहुने वातावरण बनाउने भारतको सोचाइ देखिन्छ,’ क्षेत्रीका निकटस्थ एक उपरथीले भने, ‘तराईको विषय राजनीतिक र ल एन्ड अर्डरसँग सम्बन्धित भएकाले यसमा सेनाको भूमिका हुँदैन भन्नेमा हामी स्पष्ट छौँ, भारतलाई यसमा आश्वस्त पारिरहनु जरुरी छैन ।’ नयाँ पत्रिका दैनिकबाट



करिब १६ वर्षपछि १९ वर्षमुनि यु–१९ विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।

बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।



त्यस्तै प्रतियोगितामा नेपाल र भारत दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै क्वाटर फाइनलको यात्रा तय गरेका हुन् । अब दुवै टोलीले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार विहान पौने ९ बजेबाट सुरु हुनेछ।

‘समूह डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।

नेपालले पहिलो खेलमा न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्डविरुद्धको खेलमा आठ विकेटको जित हासिल ग¥यो । त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो । चार टोली सम्मिलित ‘समूह डी’मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन् ।

Aditya Dahal's Prediction towards Nepal India U19 Cricket MatchLegspinner Sandeep Lamichhane's 5 for 27, which included a hat-trick, set up Nepal Under-19s' eight-wicket win over Ireland Under-19s, taking the side into the quarter-finals.

Ireland opted to bat first and found their openers back in the pavilion by the 18th over with the score at 42 for 2. Lamichhane then stepped up to carve out the middle order. He dismissed Gary McClintock in his first spell before returning to take a hat-trick in the 32nd over. Lorcan Tucker was caught out at midwicket off the fourth ball of the over; Lamichhane then had Adam Dennison caught behind and bowled Fiachra Tucker for a duck to complete his hat-trick. He took the wicket of William McClintock in his next over to complete his five-for reducing Ireland to a hapless 83 for 7. Harry Tector's unbeaten 30 pushed the Ireland score past 100 to a total of 131 for 9. Lamichhane's feat was the 12th instance of a hat-trick in Under-19 ODIs and fifth in the Under-19 World Cup.

Nepal needed 25.3 overs to wrap up the chase. They lost opener Sandeep Sunar off the first ball of the innings. Yogendra Singh Karki's unbeaten 61 and his unbroken, 77-run partnership for the third wicket with Aarif Sheikh sealed the win.

India Under-19s joined Nepal in the quarter-finals after a comprehensive 120-run win over New Zealand Under-19s in Mirpur. Fast bowler Avesh Khan made the key strikes for India, picking up the first four wickets to leave New Zealand 16 for 4 chasing 259. There was no way back for New Zealand, and they were eventually bowled out as early as the 32nd over, with left-arm spinner Mahipal Lomror grabbing a five-wicket haul. Lomror also contributed a handy 45 with the bat.

Sent in to bat, India slipped to 19 for 2 before Rishabh Pant and Sarfaraz Khan put them back on track with an 89-run stand for the third wicket. Pant made 57 off 83 balls, and Sarfaraz was beginning to look dangerous with a series of boundaries all around the ground when he fell for 74 (80b, 9x4) in the 34th over, leaving India 156 for 4. It was 165 for 5 soon after, but sensible batting from Armaan Jaffer (46) and Lomror steered India to a total of 258 for 8.

आईसीसी यू–१९ विश्वकपमा दाबेदार भारतको सामना गर्दा नेपाल दबाबरहित हुनेछ । यो भनाइ नेपालका प्रशिक्षक जगत टमाटाको हो । नेपाल र भारत दुवै अघिल्ला दुई खेल जितेर क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । सोमबारको भिडन्तले समूहविजेताको निर्क्यौल गर्नेछ ।




बंगलादेशमा भइरहेको प्रतियोगितामा न्युजिल्यान्डमाथि ३२ रनको जित हात पारेको नेपालले त्यसपछि आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । भारतले आयरल्यान्डलाई ७९ र न्युजिल्यान्डलाई १ सय २० रनले हराएपछि नेपालसँगै एक खेलअगाडि नै नकआउट चरण पुगेको थियो ।

झन्डै ६ महिनादेखि भारतले गरेको ‘अघोषित नाकाबन्दी’ का कारण भोग्नुपरेको पीडाका कारण पनि धेरै नेपालीले यस खेललाई प्रतीक्षित खेलका रूपमा लिएका छन् । तर नेपालका प्रशिक्षक टमाटा राजनीतिक संकटप्रति खेललाई तान्न खोज्दैनन् । तर पनि उनले कूटनीतिक हिसाबमा भारतसँगको खेललाई जोडे ।


‘सौरभ खनाल हाम्रा निकै महत्त्वपूर्ण खेलाडी थिए । उनी चोटका कारण अन्तिम समयमा खेल्न सकेनन् । पहिलो खेल हामीले उनै सौरभका लागि खेलेका थियौं, दोस्रो खेल हाम्रा लागि निकै महत्त्वपूर्ण थियो । जितेमा क्वाटरफाइनल पुग्थ्यौं । त्यसैले टिमका लागि खेल्यौं, तेस्रो खेल नेपाली जनताका लागि खेल्नेछौं,’ टमाटाले बंगलादेशबाट भने ।भारतसँगको खेलमा उनी ढुक्क देखिन्छन् ।-कान्तिपुरबाट

चोरी गरेरै रामेछापका केशव खड्काले ललितपुर टीकाथलीमा घर बनाएका छन्। उनले आफ्ना सहयोगी परिचालन गरेर चोरी गर्दै आएका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

खड्का समूहले धनी र विदेशीको घर छान्दै चोर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले लामो समयदेखि चोरी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए। सहयोगी कुमार भन्ने रघुनाथ बस्नेतसहित खड्कालाई महानगरीय प्रहरी परिसर ललितपुरले शनिबार पक्राउ गरेको छ भने अरू फरार छन्।

पछिल्लोपटक खड्का समूहले सानेपास्थित डा. सन्तोष शाक्यको घरबाट १० लाख ८० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको थियो। सोही घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको दर्जनौँ चोरी खुलेको हो। ६ वटा ठूला चोरी खुलिसकेको र थप अनुसन्धान जारी रहेको डिएसपी दयानिधि ज्ञवालीले बताए।

उनीहरूले ०६५ देखि चोरी गर्दै आएको प्रहरीले जनाएको छ। १५ मंसिर ०७१ मा झम्सीखेलस्थित रमा केसीको घरबाट पाँच लाख ८६ हजार, एकान्तकुना बस्ने विदेशी नागरिक एमोस स्टोल्जफसको डेराबाट २२ वैशाख ०६६ मा दुई लाख ८० हजार र ३ साउन ०६६ मा दुई लाख ५८ हजारबराबरको धनमाल, २० चैत ०६५ मा सानेपामा विदेशी नागरिक माइबल बेस्टनको घरबाट एक लाख ९१ हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ।
setopat

आजको पञ्चाङ्ग
वि.सं. २०७२ माघ १८ गते सोमबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी ०१ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :— ११३६, (पोहेलागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०० बजे र सूर्यास्त : साँझ ०५:४६ बजे
माघ कृष्णपक्षको अष्टमी तिथि, साँझ ०७:०६ बजेसम्म, त्यसपछि नवमी तिथि,
स्वाती नक्षत्र, दिउँसो ११:२६ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त),
गण्ड योग, बेलुका १०:०० बजेसम्म, त्यसपछि बृद्धि योग,
तैतिल करण, साँझ ०७:०६ बजेसम्म त्यसपछि गर करण,
आनन्दादि योग : छत्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : पूर्व,
आजको व्रत÷पर्व : गोरखकाली पूजा,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि),
२० गते : अन्नप्राशन(पास्नी), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो), पुराणश्रवण,
२१ गते : षट्तिला एकादशी व्रत, शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर),
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । ज्ञान र सिप बाँडेर जस लिने समय हो । मुखमा सरस्वती बसेको दिन छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । नयाँ जोस र जाँगर पलाउने छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यात्रामा झमेला आउनसक्छ, त्यसैले सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ, तर नवम भावमा रहेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । अभिभावकको स्वास्थ्य र मानसिकतामा सामान्य प्रभाव पर्न सक्छ । कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ । किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् ।
घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ ।


यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः
१. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।
२. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।
४. घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।
५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।

६. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।
७. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।

८. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

काठमाडौं, माघ १७ - सोमबारदेखि लोडसेडिङ बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार बेलुकी सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ९१ घण्टा लोडसेडिङ हुनेछ ।


यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो । तर प्राधिकरणले घोषित समयभन्दा पनि दैनिक एक–ढेड घन्टा बढी लोडसेडिङ गर्दै आएको थियो । प्राधिकरणले निकालेको नयाँ तालिका अनुसार अब हरेक दिन १३ घण्टा बत्ती आउने छैन ।

 नदीमा पानीको सतह घटेकाले विद्युत उत्पादन बढ्न नसकेको तथा विद्युतको माग बढेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

काठमाडौं – भारत अर्थात् विश्व क्रिकेटको महाशक्ति राष्ट्र । अहिले वानडेबाहेक अन्य संस्करणमा ऊ शीर्ष स्थानमा छ । भारतीयका लागि क्रिकेट धर्म हो । क्रिकेटर भगवानसरह मानिन्छन् ।
यता, नेपाल विश्व क्रिकेटमा भर्खरै उदाउँदै गरेको राष्ट्र । नेपालमा क्रिकेट भर्खरै बामे सर्दै गरेको अवस्थामा छ । नेपालमा क्रिकेटका नाममा अनावश्यक राजनीति हुन्छ र खेलाडीहरुले न्यूनतम सुविधा समेत पाउँदैनन् । तर यी सबै समस्याका बाबजुद सोमबार नेपालले तीन पटकको यु–१९ विश्वविजेता भारतको सामना गर्दा समर्थकहरुले निश्चित जीतकै अपेक्षा गर्नेछन् । नेपाली टिम पनि जीत हासिल गर्दै इतिहास रच्न चाहन्छ ।
भारतमै क्रिकेट सिकेर नेपालको राष्ट्रिय टोलीमा पर्याप्त योगदान गरेका अनुभवी खेलाडी 143521शक्ति गौचन यो खेल नेपाली क्रिकेटका लागि टर्निङ प्वाईन्ट हुनसक्ने बताउँछन् । उनी भन्छन्–‘ मेरो व्यक्तिगत कुरा गर्नुपर्दा यो खेल नेपाली क्रिकेटका लागि टर्निङ प्वाईन्ट हुनसक्छ । अभ्यासमा क्रममा गत जुन महिनामा राष्ट्रिय टोली भारतको धर्मशाला पुग्दा मलाई धेरैले सोधे, ‘क्या नेपाल भी क्रिकेट खेल्ता हैँ ?’ शक्ति यो मान्न तयार छैनन् कि भारतीयहरुलाई नेपालले क्रिकेट खेलेको जानकारी छैन् । उनी भन्छन्–‘हाम्रो स्तर देखेर भारतीय जनताले खिसी उडाएका हुन् । तर, हामी आफैले यु–१९ मा खेल्दा पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाजस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हरायौँ । बंगलादेशमा भएको टी २० विश्वकपमा हाम्रो प्रदर्शन राम्रो थियो । त्यति हुदाँ हुदैँ पनि भारतीय जनता हाम्रो स्तरलाई हेपेर कुरा गरिरहेका छन् ।’
शक्तिलाई थुप्रैपटक भारत जाँदा स्थानियहरुले नेपालका सम्बन्धमा सोध्छन् र प्रश्न राख्छन् –‘क्या नेपाल भी वल्र्डकप खेल्ता हैँ ?’ नेपालले खेल्छ होइन जित्छ भन्ने देखाउन पनि भारतलाई हराउनु जरुरी रहेको शक्ती बताउँछन् । भन्छन्–‘नेपाल विजयी हुन सके कम्तिमा पनि ५० प्रतिशत भारतीय जनतालाई नेपालले क्रिकेट खेल्छ होइन राम्रो खेल्छ भन्ने विश्वास हुनेछ ।’ यसै वर्ष हुने टी २० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोली छनोट हुन नसक्दा शक्तिलाई खल्लो लागेको छ । –‘टी २० विश्वकप खेल्न पाएको भए राष्ट्रिय टोलीले नै नेपालीहरुले क्रिकेट खेल्छन् भनेर भारतीयलाई देखाउने थियो किनकी प्रतियोगिताको आयोजक भारत थियो । प्रमाणित गर्नका लागि हामीले गुमाएको मौकालाई सदुपयोग गर्ने अवसर अहिलेको यु–१९ टोलीसामू छ ।’
फतूल्लाह रंगशालामा न्युजिल्याण्डविरुद्ध सुरुआती खेलमा विजय हासिल गरेसँगै नेपालको क्रिकेट टोली अहिले विश्वको नजरमा छ । यु–१९ विश्वकपमा सन् २००८ पछि पहिलो पटक टेस्ट राष्ट्रलाई पराजित गर्दा नेपाली खेलाडीहरु बधाईको हकदार बनेका छन् । नेपाली टिममा उपकप्तान आरिफ शेखले भनेका छन्–‘सबैतीरबाट प्रशंसाका शब्दहरु आएका छन् । प्रधानमन्त्री केपी ओलीले समेत फोन गर्नुभयो । हामीलाई भोलीको म्याचका लागि शुभकामना दिनुभएको छ ।’
नेपालले यसअघि शनिबार आयरल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो । खेलमा नेपाल पुरै हाबी देखियो । आयरल्याण्ड विरुद्धको ८ विकेटको जीतसँगै नेपालले सन् २००० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेर नयाँ इतिहास राखिसकेको छ । नयाँ यस अर्थमा किनकी यसअघि सन् २००० मा दोस्रो चरणमा पुग्दा नेपालले केवल १ खेलमा मात्रै जीत हासिल गरेको थियो । त्यो पनि एशोसियट राष्ट्र नामिबिया विरुद्ध । त्यतिबेला टोलीमा उप–कप्तान रहेका राजु बस्न्यात भन्छन्– ‘ नेपालले नामिबिया विरुद्ध जीत हासिल ग¥यो । त्यसपछि दक्षिण अफ्रिकाले हाम्रो विरुद्ध राम्रो स्कोर खडा गरेपनि एक्कासी पानी पर्दा खेल प्रभावित भयो । वर्षात्का कारण पाकिस्तान विरुद्धको खेल सुरु नै हुन पाएन । त्यस्तै, दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल पनि वर्षाकै कारण प्रभावित हुदाँ हामी एउटै जीतले दोस्रो चरणमा पुग्यौ ।’ यसपटक नेपालले सुरुआती दुई खेल जितेको छ ।

प्रेसरमा नखेल्न शक्तिको सुझाव
नेपाली टोलीका अनुभवी खेलाडी शक्ति गौचनले नेपाली खेलाडीहरुलाई भारत विरुद्धको खेलमा विना दबाब मैदान उत्रन सुझाव दिएका छन् । रातोपाटीसँगको कुराकानीमा शक्तीले भनेका छन्–‘ ठूलो टिमको प्रेसर लिनु राम्रो होइन । हामीले अहिले प्रतियोगितामा जस्तो खेलिरहेका छौँ , त्यही नै राम्रो छ । त्यस्तै खेलेर भारतलाई जित्ने हो ।’ बंगलादेशको पिच स्पिनर फ्रेन्ड्ली रहेका कारण नेपालका बलरहरुसामु भोली खेल आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हुने शक्तीको बुझाई छ । उनी भन्छन्–‘आयरल्याण्डविरुद्ध सन्दीप लामिछानेले एक्स्ट्रा खेल देखाए । त्यसपछि टोलीको मनोबल बढेको छ । यही मनोबलका साथ खेल्ने हो ।’ उनी न्युजिल्याण्ड विरुद्ध २ सय ३८ रनको स्कोर खडा गर्दै नेपाली ब्याटस्म्यानहरुले आफ्नो क्षमता प्रमाणित गरिसकेको बताउँछन् । ‘ आयरल्याण्ड विरुद्धको खेलमा पनि नेपालले केवल दुई विकेट गुमाएर लक्ष्य भेट्यायो जबकी छनोट चरणमा यही आयरल्याण्डले हामीलाई कडा चुनौती दिएको थियो । यस्तै ब्याटिङ भारत विरुद्ध पनि हुनुपर्छ ।’
ratopati

मेरो राजनीतिक मृत्युको घोषणा गर्छु: गगन थापा
हाम्रो नेतृत्वसँग जोखिम लिने क्षमतै छैन: लीलामणि पौड्याल
राजनीतिले समाजका सबै पक्षलाई प्रभावित गरेजस्तै समाजले पनि राजनीतिलाई प्रभावित गरेका हुन्छ। राजनीतिक नेतृत्वको केन्द्र एउटा मात्र हुँदैन। समग्र नेपालको नेतृत्व भनेर एउटा व्यक्ति वा समयको मात्र आलोचन गर्न सकिँदैन। हामीले विजयलाई स्थायित्व गर्न सकेका छैनौँ। जीत्न जान्ने तर जीतलाई स्थायित्व दिन सक्ने सामूहिक नेतृत्व आउन सकेन। यो सामूहिक असफलताका लागि हामी सबै दोषी छौं।
नेतृत्व याचना गरेर होइन दाबी र खोसेर ल्याउने हो। केही दिन कुर्नुहोस खोसेर लिन्छौं। खोसेर लिँदा आनन्द अनुभव हुन्छ। केही दिन कुर्नुहोस। नागरिकले दलको नेतृत्व यस्तो भए हुन्थ्यो भन्ने अपेक्षा राखे पनि यो पार्टीको सदस्यको नियन्त्रणमा रहेका दल हुन न कि नागरिकको नियन्त्रणमा होस्। अहिलेको दलको चरित्र भत्काएर नागरिकसँगको सम्बन्ध स्थापित नगरेसम्म यो पूरा हुन सक्दैन।
हामी गहिराईमा नपुगी व्यक्तिको आचरणमात्रै हेरी निर्णय गर्छौं। चमत्कारिक व्यक्ति मात्रै खोज्छौं। हामी सबै विषयको हल गर्न सिंगो दलको संरचना कसरी बनेको विषयमा ध्यान दिन सक्दैनौं। पेटन र क्लाइटको सम्बन्ध नभत्काइ हुँदैन।
व्यक्तिको आफ्नो नैतिक आचरण र चरित्रको सीमा हुन्छ। त्यो भित्र रहेर मात्र आफ्नो भूमिका निर्वाह गर्छ। नेपालको दलका सदस्य बन्ने संरचना नभत्काई एकैचोटी कहि पनि परिवर्तन आउँदैन।
राजनीतिक प्रणालीले कस्तो परिणाम दिन्छ भन्ने समाजको सापेक्ष ज्ञानमा भर पर्छ। शासकीय स्वरुप बदलिएको भए त्यो बुझाइ ठिक ठान्थेँ। तर, अहिलेको पद्धति मिलेर खाने प्रणाली हो। यो कहिले यता कहिले उता हुन्छ, अगाडि बढ्दैन।
लिलामणीजीको नैतिक बल र क्षमता उच्च छ तर उहाँ मुख्यसचिव भएर काम गर्दा यति परिवर्तन भयो भन्ने ठाँउ छैन। हाम्रो कर्मचारी तन्त्रको संरचना नफेरी लिलामणीजीबाट मात्रै धेरै अपेक्षा गर्न सकिँदैन। हामीले संविधान बनाउँदा शासकीय स्वरुप बदल्न सकेएको भए आधारभूत रुपमा केही परिवर्तन हुने थियो। तर मिलेर खाने शासकीय प्रवृत्ति बनेको छ अहिले।
नयाँ शक्ति भनिरहनु भएको छ बाबुरामजीहरु। पार्टी नयाँ खोल्न पाइन्छ तर शक्ति हुन त जनमतले वैधानिकता दिनुपर्ने हुन्छ। नयाँ बन्न लागेको पार्टीलाई नयाँ शक्ति भन्दिने? यो बनेर आउँदा यो नयाँ शक्ति भयो भने सबैलाई थ्रेट होला। तर कसैले दाबी गर्दैमा सबैले नयाँ शक्ति भन्न मिल्दैन।
परिवर्तनका लागि जोखिम लिनु आवश्यक छ। त्यसका लागि सोच, संकल्प, सुझबुझ, साहस हुनुपर्छ। जोखिम लिने स्पेस बनाउन भन्दा त संरचना बदल्नुपर्छ। मैले आफ्नो राजनीतिक मृत्युको घोषणा गरेँ, मेरो अबको १५ वर्षको आयु राजनीतिमा छ। यो जोखिम मैले लिएँ। यो समयभित्र मैले जोखिम लिने हो, बाँकी परिणामले देखाउला।
अहिलेको अवस्थामा सफल हुने नहुने सफलताको मानक के होला? सफल भएमा अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। अहिलेको स्वार्थ समूहबाट गएर म जस्ताले आफ्नो दलको आधारभूत संरचना भत्काएर नागरिकको दल बनाउने हो।
यो बहसमा मैले के गरेँ म कस्तोभन्दा पनि अहिले सतहमा देखिएका कुरामा मात्रै रह्यौं भने कहिँपनि पुग्न सकिँदैन। हाम्रो भूमिकामा हाम्रो सीमा के छ भन्ने कुरा पनि हेर्नुपर्छ। हामी सबै कुरामा नया ढंगले प्रश्नको समाधान खोज्नु पर्छ। किसुनजीले एक पटक अर्न्तवार्तामा म रक्सी खानका लागि सांसद हुन खोजेको भनेका थिए। त्यतिबेला दोष किसुनजीको होइन।
लिलामणी पौड्याल
हामी जस्तो छौं, नेतृत्व त्यस्तै हुन्छ। उसलाई नेतृत्वमा पुर्‍याउन जस्ले जस्तो भूमिका खेल्छ त्यसैअनुसारको नेतृत्व हुन्छ। त्यो नहुँदा ऊ नेता रहँदैन। नेतृत्वको असफलता अहिले भएको जानेबुझेको समुदायले अपेक्षा गरेअनुसार नै काम गरेर नै नेता भएको हो। अहिलेको नेतृत्वले पनि उसलाई पुर्‍याएको समूहको अपेक्षा अनुसार काम गर्छ अनि कुरा देशको गर्ने? अहिलेको नेतृत्व छनौट गर्ने अनि नतिजा अर्कै आयो भनि भन्न मिल्दैन। सिंहदरबारमा पुगेको नेतृत्वले आफूलाई पुर्‍याएकेा समुदायको अपेक्षा पूरा गरिरहेको छ। जुन जनताले उसलाई पठायो उसको अपेक्षा पूरा गरिरहेको छ। गगनले आफ्नो समूहको अपेक्षा पूरा गरिरहनु भएको छ। यो अपेक्षा व्यक्तिगत छ। पूरा नगरे ऊ नेता रहँदैन।
कर्मचारीको भूमिका पक्कै पनि छ, उहाँहरुले नेताले जे चाहेको त्यहि गरिदिनु भएको छ। एउटा मन्त्रीले २२ वटा पूल हाल्न चाहे, कर्मचारीले त्यहि गरेको हो।
कर्मचारीतन्त्र र राजनीतिमा राजनीतिमुनिको उपप्रणाली कर्मचारी तन्त्र हो। राजनीतिक दलले लिने निर्णयको प्रणालीले गगनजस्ता व्यक्ति मात्रै बसेर निर्णय प्रक्रियामा सुधार ल्याउन सकिँदैन। भलै तलदेखि निर्वाचन गर्ने भनिए पनि परम्परागत प्रणालीभित्र सम्भव हुँदैन।
सिंहदरबारभित्र गएर पनि धेरै ठूलो परिवर्तन सम्भव छैन। कर्मचारीको पनि अलिकति क्षमता भएको नेताले त्यो क्रसचेक गर्नसक्छ। मन्त्रीलाई कति घुमाउँछ भन्ने मन्त्रीकै क्षमतामा भर पर्छ। धेरै उत्तरदायित्व राजनीतिज्ञले लिनु पर्छ। उसले नेतृत्व लिएर कमजोरी हटाउने र तलको खराबीलाई सुधार्ने काम गर्नुपर्छ। कर्मचारीजति सबै असल वा मन्त्रीजति सबै असल अर्को पक्षचाहिँ सबै खराब होइन। दुवै पक्षले आफ्नो स्वार्थमा मिलेर काम गरे राष्ट्रिय स्वार्थमा काम नगर्ने वा कहिलेकाहिँ दुइपक्षबीच द्वन्द्व हुनसक्छ।
समस्याकेा जड संरचनमा र अपेक्षा व्यक्तिगत छ। व्यक्तिगत ध्यान, बुद्धिबाट उसको सिमा, पद्धति नहेरी अपेक्षा पूरा भएन भने आलोचना गर्ने पद्धति छ। मैले पाँचजना प्रधानमन्त्रीसँग नजिक बसेर काम गर्ने मौका पाएँ। हाम्रो राजनीतिक नेतृत्वमा जोखिम मोल्ने क्षमताको कमी छ। त्यसैले शासकीय पद्धतिमा सुधार नगरी परिवर्तन सम्भव छैन। राजनीतिक दलको पद्धतिमा दलको नेता प्रधानमन्त्री भएपछि म दलको नेता भन्दा देशको प्रधानमन्त्री हुँ भन्ने नसोची गुटको नेता नै ठान्ने समस्या छ। पाँच जना प्रधानमन्त्री बनेपनि पछाडिबाट चलाउने तत्व एउटै छ तर नेतृत्वसँग जोखिम लिने क्षमतै छैन। जोखिम नमोली धेरै ठूलो परिवर्तन सम्भव छैन।
एक प्रधानमन्त्रीको कालमा एक मन्त्रीले गर्नै नहुने काम गर्नुभयो। उहाँलाई हटाउन प्रधानमन्त्रीले पत्र पठाएर राष्ट्रपतिलाई दिए पुग्छ। दलको नेतालाई अर्को व्यक्ति पठाउ, त्यसले गलत काम गरेको छ भने हुन्छ। तर उहाँले त्यो जोखिम लिनै सक्नु भएन र प्रभावकारी सरकार चलाउन सक्नुभएन। जोखिम मोल्ने भनेको साना साना जोखिमको अभ्यासबाट हुने हो। नेतृत्व निर्माणका लागि तलैदेखि अभ्यास गरी आउनु पर्छ। यो सबै क्षेत्रको नेतृत्वमा लागू हुन्छ। जोखिममा फेल पास दुवै हुनसक्छ।
अहिले जुन मुलधारका राजनीतिक दल, संरचना र निर्माण विधिलाई जोड्ने आधार बिस्तापित गरी नयाँ बन्छ भन्ने विश्वास बनेको छैन। तल दलमा मानिस किन लागेको छ भने उसको आफ्नो स्वार्थ छ। समाजको स्वार्थ भए एउटा कुरा हो तर व्यक्तिगत स्वार्थमा लागेको व्यक्तिले वर्षौँदेखिको सम्बन्ध, स्वार्थ छाडी नयाँ शक्तिमा हामफाल्ला कि भन्ने लाग्दैन। गगनले जोखिम मोल्ने भने पनि अहिलेको नेतृत्व विकासको विधि प्रक्रिया, कार्यशैली र व्यवहारले मेरो जीवन कालमा कुनै नयाँ र फरक नेतृत्व आउला जस्तो लाग्दैन। नेतृत्व निर्माणको विधि के हो भन्नेकुरा नै अस्पष्ट छ।
म पनि यहि समाजको भाइभतिजो हूँ। भ्रष्टाचार गरी कमाएको सम्पतिलाई प्रतिष्ठा ठान्ने अनि भ्रष्टाचार मुक्त समाज बनाउने कुराले हुँदैन। जीवनपर्यन्त यो अभियानमा लागिरहनु पर्छ। त्यसले मात्रै भ्रष्टाचार रोक्न सकिन्छ। मैले मात्र होइन मैले अरुलाई पनि आफ्नो क्षमताले रोक्न सक्नु पर्छ।
(पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’मा ‘नेतृत्वको संकट’ शीर्षकमा भएको बहसमा वक्ताद्वयले प्रस्तुत गरेका विचारको सम्पादित अंश। सो बहसमा पत्रकार सुधीर शर्माले सहजकर्ता बनेका थिए।)
साभार श्राेत ः सेताेपाटी

वीरगन्ज, १७ माघ । प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
वीरगन्जमा पक्राउ पर्नेमा भारत रक्सौल-१२ निवासी सलमान भाइ उपनाम भएका देवेन्द्रकुमार सोनार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा लुकाइरहेको अवस्थामा प्रतिबन्धित २८ ग्राम खैरो हेरोइनसहित प्रतिबन्धित लागुऔषध नर्फिन ११०, डाइजोपाम ११० र फेनारगन ११० गरी कुल ३३० थान इन्जेक्सनसहित उनलाई वीरगन्ज–१९ नगवाबाट शुक्रबार पक्राउ गरिएको हो ।
सीमावर्ती भारतीय सहर रक्सौलमा लागुऔषध खरिद गरेर नेपाल भित्र्याउन लागेका अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका सोनारलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले बताउनुभयो ।
भारतका मुजफ्रपुर र मोतिहारीलगायतका विभिन्न ठाउ“बाट लागुऔषध खरिद गरी रक्सौलमा सोनारले सञ्चालन गर्दै आएका मा“ दुर्गा ड्रग एजेन्सीमा भण्डारण गर्ने र त्यहा“बाट वीरगन्ज, हेटाँैडा, पोखरा, भक्तपुर र काठमाडौँलगायतका सहरमा पठाउने गरेको दाबी प्रहरीको छ । रासस

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।

आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
- यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।

अदुवा पृथ्वीमैै सबैभन्दा बढी स्वस्थकर  बस्तु हो । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ ।
दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ ।
अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।
सामुद्र पार गर्दा हुने स्वास्थ्य समस्यादेखि क्यान्सरका विरामीलाई केमोथोरापी गर्दा समेत अदुवा उपयोग हुन्छ ।
विशेष गरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ । अदुवाको उपयोग बारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ । अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो ।
मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ ? अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ । दैनिक दुई ग्राम अदुवाको धुलो ११ दिनसम्म खाँदा माशंपेशीको दुःखाई कम गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । अदुवाको तेल लगाएर नुहाँउदा तत्कालै प्रभाव नपरे पनि बिस्तारै निको हुँदै जाने चिकित्सकहरुको विश्वास छ ।
अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ । अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ । यसै वर्ष गरिएको एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो ।
महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।
अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ । अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने यसअघिको अध्ययनले पुष्टि गरिसकेको छ ।
तपाईन्लाई भोक लागेको छैन ? यदि तपाईलाई खानामा रुची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।
अदुवाले हामीले खाएको खानाबाट प्राप्त हुने आधारभूत पोषणलाई शरिरमा सोस्न सहयोग पु¥याउछ ।
यसले शरिरका स¥साना रक्त प्रबाह नलिलाई खुलाइदिन्छ ।
उकुसमुकुस वा वाकवाकी भइरहन्छ ? अदुवा चपाउनुहोस । विशेषगरी महमा मिसाएर अदुवा चपाउँदा वान्ता आउने समस्या समाधान गर्छ ।
पेट डुम्म र उकुसमुकुस वा फुलेको अनुभव भइरहेको छ ? तत्कालै आधा चम्चा अदुवाको धुलो मन तातो पानीमा राखेर खानुहोस् ।
बारम्बार पेट दुख्छ भने अदुवा चपाउदा फाइदा गर्छ ।
यदि तपाईको भर्खरै शल्यक्रिया भएको छ भने खोकी र वाकवाकीबाट बच्ने अचुक औषधी अदुवा हुन सक्छ ।
घाँटी दुख्ने र नाक सकसक भएर श्वास रोकिएमा अदुवा चिया खानुहोस् ।
बारम्बार खोकी, रुघा, वा चिसोबाट बच्ने एक मात्र उपयोगी बस्तु हो अदुवा ।
swasthyakhabar

मरिच हामीले दैनिक जीवनमा प्रयोग गर्ने औषधीका गुणले भरिपूर्ण एक अत्यावस्यक पदार्थ हो। मरिचलाई हामी चियामा, तरकारीमा मसलासँग मिसाएर, त्यस्तै अन्य परिकारहरूमा समेत प्रयोग गर्ने गर्छौ। हामीमध्ये धेरैले यसलाई तातो बनाउने कामका लागी नै चिया, तरकारी र अन्य खानामा प्रयोग गर्छौ।


 मरिचले शरिरलाई तातो मात्र होइन् अन्य धेरै फाइदा समेत दिने गर्छ हाम्रो शरिरलाई। हाम्रो शरिरका केही रोगलाई समेत ठिक पार्न मरिचको प्रयोग गर्नु राम्रो हुन्छ। मरिच केही यस्ता गुणहरू जुन तपाईको स्वास्थ्यलाई प्रत्यक्ष लाभ गर्दछ ती यस्ता छन् :



१- आँखाको तेजमा असल : गाईको ध्यूमा एघार दाना मरिच खराउनु, रातो भएपछी झिकेर चोलो पारी वेसरी चपाई खाई घ्यू पिउनू। यो क्रम केही दिन चलाए आँखाको तेज(ज्योति) बढ्दछ।

२- ग्रीष्म-ज्वरमास: मरिच र तुलसीको पात बराबर राखेर बेसरी पिस्ने र मरिचको दाना जत्रै गोली बनाएर चार/चार गोली दिनको तीन पल्ट खाए ग्रीष्म ज्वरो हराउँछ।

३- आँखा दुखेमा: घ्यू दश ग्राम, देशी चीनी पन्ध्र ग्राम, मरिच एघार दाना पिसेर चाट्ने गरे आँखा दुख्ने निको हुन्छ।

४- रूघाखोकीमा: दुई ग्राम मरिच र एक ग्राम विरेनूनको धूलो पारेर बिहान बेलुका खानाले रूघा खोकी निको हुन्छ।

५- रक्त/प्रदर, स्वेत/प्रदर: पीपलको बोक्राको खरानी ५ ग्राम, मिश्री दश ग्राम र मरिच तीन दाना बासी पानीसित खाए केही दिनमा रक्त प्रदर र स्वेत प्रदर ठीक हुन्छ।

६- बढि निन्द्रामा: मरिच चबाउनु बा मरिचको धूलो सुर्मा लगाए जस्तै आँखामा लगाए निन्द्रा हराउँछ।

७- बालकको मूर्च्छामा: पाँच ग्राम मरिच महसित चटउने गरे बालकको मूर्च्छा निको हुन्छ।

८- पक्षघात: लकवामा मरिचका चूर्ण बनाएर मिश्रीसित खाए पक्षघातमा लाभ हुन्छ।

९- कामजोरमा: ती ग्राम मरिच २० ग्राम घ्यू पिसेर मालिश गरे जाडो भएर आउने कामजरो ठिक हुन्छ।

१०- अतिसार(पखाला)मास: एक ग्राम मरिच, आधा ग्राम हीङ र चौथाई ग्राम अफिम पिसेर जीरा पखला आराम हुन्छ।

१०० वर्ष बाँच्नको लागि के के गर्नुपर्ला ? कस्तो जीवनशैली बाँच्नुपर्ला ? कस्तो खानेकुरा खानुपर्ला ? अवश्य सजिलो छैन सय वर्ष बाँच्न । तर हाम्रो हरेक दिनको सही दिनचर्या र खानपानले यो सजिलै प्राप्त गर्न सकिन्छ । कम्तीमा पनि यी पाँच सब्जि तथा फलको सेवन दैनिकरुपमा हुने हो भने हामी धेरै स्वस्थ हुनसक्छौं । यस्तो गर्दा मुटुको बिरामी, हृदयाघात र क्यान्सरलाई टाढा राख्न सकिन्छ ।


हेल्थ वेबसाइटका अनुसार यदि हामी हप्तामा दुई वा तीनपटक माछा खान्छौं भने यसले हाम्रो स्वास्थ्यलाई लामो सयमसम्म स्वस्थ राख्न सहयोग गर्दछ । यसले हाम्रो आयू पनि बढाउँछ । माछाहरुमध्ये पनि सोलमन माछा सबैभन्दा राम्रो हुन्छ । यसमा पाइने ओमेगा ३ फ्याटी एसिडले पेटको जलन सम्बन्धी बिरामीलाई टाढै राख्दछ ।


हरेक दिन कम चिल्लो भएको दहीको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । एक शोधका अनुसार यसमा रोग प्रतिरोधात्मक क्षमता अत्यधिक हुन्छ ।



भारतको राष्ट्रिय क्यान्सर इन्स्टिच्यूटका अनुसार दिनमा कम्तिमा पनि २५ ग्राम फाइबरयुक्त खानेकुरा खानाले कुनै पनि रोगबाट मर्ने सबै कारण कम हुन्छ ।


 क मुट्ठी सुख्खा फलहरु जस्तै काजु, बदामलगायत खानाले पनि १०० वर्ष बाच्ने इच्छा पूरा गर्न सजिलो हुन्छ । यसले मुटुको रोगको खतरालाई कम गर्दछ ।




आउने वर्षलाई हरेक व्यक्तिले गत वर्ष भन्दा राम्रो र उपलब्धीपूर्ण होस् भन्ने कामना गर्छन् । तपाईं पनि यहि सोच्दै हुनुहुन्छ र आउने वर्षलाई धनको दुःखबाट मुक्त गर्न चहानुहुन्छ भने यी १० गल्ति नगर्नुहोस् ।

१. महिलासँग दूश्मनी नलिनुहोस् । सन् २०१६ को सुरुवात शुक्रबारबाट हुँदैछ । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।

२. देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

३. यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।

४. जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसाग छलफल गरेर मात्रै फैसला गर्नुहोस् ।

५. विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् । विहान उठेर दुवै हात जोडेर देवी लक्षिमको ध्यान गर्नुहोस् ।

६. गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । बुधबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।

७. बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।

८. शनिबारको दिन मदिरा सेवनबाट जोगिनुहोस् ।

९. सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।

१०. परिवारमा बहिनी र छोरीलाई अपशब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ

राजुकाजी शाक्यलार्इ प्रशिक्षकको जिम्मेवारी
अखिल नेपाल फुटवल संघ एन्फाले भारतको गुहाटीमा हुने १२ औँ साग फुटबलमा भाग लिने खेलाडीको छनोट गरेको छ। तर बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जिताउँदा टोलीको प्रशिक्षक रहेका बालगोपाल महर्जन र गोलकिपर प्रशिक्षक उपेन्द्रमान शाक्यलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरिएको छ।

टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी राजुकाजी शाक्यलाई दिइएको छ भने गोलकिपरको प्रशिक्षकमा मृगेन्द्र मिश्र र व्यवस्थापकमा विराटजंग शाहीलाई जिम्मेवारी दिइएको छ।

एन्फाले आइतवार विराज महर्जनको कप्तानीमा २३ सदस्यीय युवा फुटबल टोलीको घोषणा गरेको हो। एन्फाले घोषणा गरेको राष्ट्रिय फुटबल टोलीमा यसअघि बंगबन्धु गोल्डकप खेलेका खेलाडीलाई नै समावेश गरिएको छ।
घोषित टोलीका गोलकिपरहरुमा विकेश कुथु, एलन न्यौपाने र अमृत चौधरी छन् ।

यस्तै डिफेन्डरहरुमा आदित्य चौधरी, अनन्त तामाङ, कप्तान विराज महर्जन, दिनेश राजबंशी, मनबहादुर तामाङ र कमल श्रेष्ठ रहेका छन्। मिडफिल्डरमा बिक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ र प्रकाश बुढाथोकी  रहेका छन्।

यस्तै स्ट्राइकरहरुमा अन्जन विष्ट, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुनिल बल र सुमन लामालाई समावेश गरिएको छ।
गुहाटीमा हुने फुटबल प्रतियोगीतामा नेपाल भुटान र बंगलादेशसँगै समूह बीमा परेको छ।

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण नगर्ने भएका छन् ।
मधेसका माग सम्बोधनका लागि संविधान संशोधन गरेको सातादिन वितिसक्दापनि नाकाबन्दी नखोलेपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा नजाने मनस्थितीमा पुगेका छन् ।
नाकाबन्दी नखोली भारत गए नराम्रो हुने भन्दै पार्टी र सरोकारबालाको दबाबपछि ओली भारत भ्रमणमा नजाने मनस्थितीमा पुगेको एमाले नेताहरु बताउँछन् ।
नाका नखुलेसम्म भारत भ्रमणमा नजाने कुरा चलिरहँदा नेकपा एमालेका चर्चित युवा नेता सूर्य थापाले प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्न सक्ने दाबी गरे । उनले भने- नाकाबन्दी नखुली भारत नजाने पक्षमा प्रधानमन्त्री आफै हुनुहुन्छ । हामीले पहिला चीन जानुस् भनेर सुझाव दिएका छौं । सायद उहाँ पहिला चीन जानुहुन्छ ।
नेता थापाले तत्काल भारत भ्रमण स्थगित हुनसक्ने सम्भावना बढेको बताए । ‘प्रधानमन्त्रीलाई भारत र चीनको निमन्त्रणा एकसाथ प्राप्त भएको हो’ एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले भने- ‘भारतले परिस्थिति अनुकूल बनाएन भने प्रधानमन्त्री पहिले चीन भ्रमणमा जानुपर्छ र जानुहुन्छ ।’
नाकाबन्दी नखुल्दासम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने प्रधानमन्त्री ओली आफैंले सार्वजनिक अभिव्यक्ति दिइसकेकाले वीरगञ्ज नाका सहज नभई उनी भारत नजाने थापाको ठोकुवा छ । उनले भने- ‘अहिले नै नाकाबन्दी खुल्ने अवस्था देखिएन्, पहिला भ्रमण चीनबाटै हुन्छ ।’
भारत भ्रमण किन रोकियो ?
सूर्य थापा
सूर्य थापा
नेता थापाले भारतले भ्रमणको निम्तो दिएर वातावरण नबनाएकाले स्वभाविक रुपमा प्रधानमन्त्री ओली पहिला चीन भ्रमणमा जाने स्पष्ट पारे । उनले भने– भारतले भ्रमणको निम्तो त दियो । तर, वातावरण बनाएन् । सीमा नाका सहज बनाएन् । भारत भ्रमणमा गएर सम्बन्ध सामान्यीकरण गर्ने, सम्बन्धलाई नयाँ उचाई दिने हिसाबले प्रधानमन्त्री तयार हुनुभएको थियो । तर, त्यसअनुसार अवस्था सहज बनाइएको देखिएन् । त्यसकारण स्वाभिमान र राष्ट्रिय हितलाई हेरेर उहाँ चीन जाने मनस्थितीमा पुगिसक्नुभएको छ ।’
संविधान संशोधन हुँदासमेत भारतले परस्थिती र सम्बन्ध सहज बनाउन नचाहेको र बहानाबाजी गरिरहेको नेता थापाले बताए ।
‘भारतले सहज वातावरण नबनाएकाले भ्रमणको कार्यसूची अनुसार स्वभाविका रुपमा चीन भ्रमणमा जाने प्रक्रिया अगाडि बढ्न सक्छ । चीन भ्रमणका एजेण्डा तयार छन् । गृहकार्य भइरहेको अवस्थामा चीन गएर टंकप्रसाद आचार्यपछि प्रधानमन्त्री ओलीले सम्बन्धलाई नयाँ उचाई दिनेछन् । चीन भ्रमणमा विभिन्न सम्झौता गरी भारतसँगको निर्भरता घटाउनु प्रधानमन्त्रीको मुख्य एजेण्डा हुनेछ ।
dainiknepal

काठमाडौँ, १७ माघ । एकीकृत नेकपा(माओवादी)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग(वाइसिएल)ले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका लागि १४ हजार कार्यकर्ता परिचालन गर्ने भएको छ ।
एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरेर वाइसिएलले गत वैशाख १२ गतेको गोरखा भूकम्पबाट बढी प्रभावित भएका १४ जिल्लामा एक हजारका दरले कार्यकर्ता परिचालन गर्न लागेको हो ।
मुलुकभरका कार्यकर्तालाई अभियानात्मक रुपमा परिचालन गर्ने र पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यका साथ कार्यकर्ता परिचालन गर्न लागिएको वाइसिएलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित जनतालाई पुनःनिर्माणमा सहयोग गर्ने, घर तथा आवास निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ अभियानको रुपमा पुनःनिर्माणको काम गर्ने लक्ष्य राखिएको अध्यक्ष शर्माको भनाइ छ ।
यस्तै सातवटै प्रदेशमा स्वास्थ्य शिविर चलाउने, सामाजिक अभियानका रुपमा मालपोत, नापी, स्वास्थ्य सङ्घसंस्था, यातायात कार्यालय एवम् जिल्ला विकास समितिमा स्वयम्सेवक कार्यकर्ताका रुपमा टोली परिचालन गर्ने वाइसिएलले घोषणा गरेको छ ।
यस्तै आगामी तीन महिनाभित्र पुनःनिर्माण तथा नवनिर्माणमा सहयोग गर्ने उद्देश्यले तीन हजार बढी युवालाई सीपमूलक तालिम दिने कार्यक्रम पनि वाइसिएलले घोषणा गरेको छ । वाइसिएलका महासचिव रामप्रसाद सापकोटाले युवा पलायन रोक्न र भूकम्पछिको पुनःनिर्माणलाई सहयोग गर्ने उद्देश्यले प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मीलगायतका तालिम दिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार वाइसिएलले नेता तथा कार्यकर्ताको उपचारका लागि भन्दै रु एक लाख कार्यकर्ता संरक्षण कोषसमेत खडा गरेको छ । उक्त कोषलाई बढाउँदै लैजानेसमेत जनाएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त एवम् आयुक्तको सम्पत्ति विवरणसमेत सार्वजनिक गर्न वाइसिएलले आग्रह गरेको छ । रासस

काठमाडौं, माघ १७ । ग्लोबल आइएमई बैंकले बंगबन्धु गोल्डकप फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ ।
आज राजधानीमा कार्यक्रम गरी बैंकले बिजेता खेलाडी, प्रशिक्षक तथा फिजियोलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको शान बढाउने खेलाडीहरुलाई सम्मान गर्न पाउँदा गर्ब लागेको बताए ।
राष्ट्रिय टोलीका कप्तान बिराज महर्जनले यस्ता सम्मानले आफुहरुलाई आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने बताए ।
imagekhabar

भोलिबाट अदालतमा सुनुवाई हुने
एजेन्सी : हिन्दु धर्मावलम्बीका लागि भगवान राम आदर्श पुरुष हुन् । तर, यिनै आदर्श पुरुषविरुद्ध अदालतमा मुद्दा परेको छ ।


बिहारको सीतामढीस्थित व्यवहार न्यायलयमा वकील चन्दन सिंहले आइतबार भगवान रामविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

सन् २०१२ मा एउटा हिन्दी फिल्म ओ माई गड (ओएमजी) आएको थियो । जसमा कान्जी भाइ नामका मानिसले भगवानविरुद्ध मुद्दा हालेका थिए ।

यो फिल्मले त व्यंग्य मात्रै गरेको थियो । तर अहिले भने भगवानविरुद्ध वकीलले मुद्दा नै दर्ता गराएका हुन् ।

उनले हिन्दु धर्मावलम्बीले धेरै आस्था गरेर पूजा गर्ने राम भगवानविरुद्ध हालेपछि अदालतले सोमबार सुनुवाईका लागि दुबै पक्षलाई बोलाएको छ ।

यो घटना बिहारको सीतामढीस्थित प्रमुख न्यायिक अधिकारी श्याम बिहारीको अदालतमा दर्ता भएको हो ।

यो मुद्दा दर्ता गराउने व्यक्ति स्थानीय वकील ठाकुर चन्दन सिंह हुन् । उनले राम भगवानबाट महिलामाथि उत्पीडन भएको जिकिर गरेका छन् ।

एक धोबीको कुरा सनेकै भरमा भगवान रामले आफ्नी पत्नी सीतालाई घरबाट निकालेको दाबी वकीलले गरेका छन् । यस्तो गरेर रामले पत्नि सीतामाथि अत्याचार गरी वनवास पठाएको उनको दाबी छ ।

मुद्दा दर्ता गराउने वकील चन्दनले मिथिलामा जन्मिएकी सीतामाथि अयोध्याका राजाले अन्याय गरेका थिए । सीतालाई न्याय दिलाउनका लागि यो मुद्दा दर्ता गरिएको उनको तर्क छ । 'मेरो उद्धेश्य केबल सीतालाई न्याय दिलाउनु हो', उनले भनेका छन्, 'कुनै धर्म या कसैको भावनामाथि ठेस पुर्याउनु मेरो उद्धेश्य होइन ।'

चन्दन सिंहले स्त्रीमाथि उत्पीडनको श्रृंखला त्रेता युगबाटै शुरु भएको बताए । 'जबसम्म त्रेता युगका नारीलाई न्या मिल्दैन, तबसम्म कलियुगका नारीले न्याय पाउँदैनन्', उनले भनेका छन् ।

यी वकीलले भगवान रामको विवेकमाथि पनि प्रश्न उठाउँदै यसबारे बहस हुनुपर्ने पनि माग गरेका छन् ।
annapurnapost

१७ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्न सक्ने एमालेका एक नेताले बताएका छन् । नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने बताएका ओलीले वीरगञ्ज नाका खुल्ने संकेत नदेखेपछि चीनतर्फ नजर लगाउन थालेका छन् ।

सूर्य थापा
‘प्रधानमन्त्रीलाई भारत र चीनको निमन्त्रणा एकसाथ प्राप्त भएको हो, एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले अनलाइनखबरसँग भने- ‘भारतले परिस्थिति अनुकूल बनाएन भने प्रधानमन्त्री पहिले चीन भ्रमणमा जानुपर्छ र जानुहुन्छ भन्ने मलाई लाग्छ ।’
नाकाबन्दी नखुल्दासम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने प्रधानमान्त्री ओली आफैंले सार्वजनिक अभिव्यक्ति दिइसकेकाले वीरगञ्ज नाका सहज नभई उनी भारत नजाने थापाले ठोकुवा गरे ।
गत मंगलबार बालुवाटारमा आयोजित सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले नाका सहज नभएसम्म भारत नजाने स्पष्ट पारेका थिए ।
एमाले नेता थापाका अनुसार भारतसँगै चीनले पनि एकै दिन भ्रमणको निम्तो दिएको हुनाले भारतभन्दा पहिले प्रधानमन्त्रीले चीन भ्रमण गर्ने सम्भावना छ ।
थापाले अनलाइनखबरसँग भने- ‘चिनियाँ राजदूत असोज २४ गते फूलको गुच्छा लिएर प्रधानमन्त्रीलाई बधाइ दिन जाँदा नै चीन भ्रमणको निम्तो प्राप्त भएको हो । चिनियाँ राजदूत प्रधानमन्त्रीसँगै भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् बधाइ एवं भ्रमणको निम्तो दिएका हुन् ।’
पहिले चीन जान पार्टीको सुझाव
स्रोतका अनुसार नेकपा एमालेका नेताहरुले आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई वीरगञ्ज नाका नखुलेको अवस्थामा भारतको भ्रमण गर्नुभन्दा चीन भ्रमण गर्न सुझाएका छन् ।
नाका सहज नभएको अवस्थामा चीन भ्रमणमा गएर प्रधानमन्त्रीले महत्वपूर्ण सम्झौताहरु गर्न उपयुक्त हुने बहस एमालेभित्र सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी छवि रहेको र नाकाबन्दी नखुलेकै अवस्थामा दिल्ली जाँदा उनीमाथि स्वदेशमा आलोचना हुन सक्ने एमाले नेताहरुले आँकलन गरेका छन् ।
पछिल्लोपटक संविधान संशोधन गरिसकेको अवस्थामा पनि वीरगञ्ज नाका नखुलेपछि यथास्थितिमा भारत जान प्रधानमन्त्रीले मन नगरेको एमाले स्रोतले बतायो ।
ओलीको अडान र धोका
प्रधानमन्त्री केपी ओली आफ्नो वचन र अडानमा दृढ भएका कारणले पनि उनले आफ्नो पहिलो भ्रमण चीनबाटै सुरु गर्न सक्ने एमाले नेताहरुको दाबी छ ।
भारतले पटक-पटक नाका खोल्छु भनेर विश्वासघात गरेको भन्दै प्रधानमन्त्री ओलीले चित्त दुखाएका छन् । बालुवाटारमा पत्रकारहरुसँग समेत ओलीले यस्तै गुनासो व्यक्त गरेका थिए ।
वीरगञ्ज नाका कहिले खुल्छ प्रधानमन्त्रीज्यू भन्ने पत्रकारको प्रश्नमा ओलीले दुई/चार दिनमा खुल्ने बताएका थिए । तर, आज ६ दिन बितिसक्दा पनि नाका खुलेको छैन । तीन दिन अगाडि पाँचवटा सवारी साधन खुलेको वीरगञ्जमा फेरि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरिरहेका छन् ।
प्रधानमन्त्रीले पहिले पनि नाका चाँडै खुल्छ भन्नुहुन्थ्यो, अब दुईचार दिनमा खुल्छ भन्ने के प्रमाण छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका थिए कि आफूले मित्रहरुलाई विश्वास गर्ने गरेको तर, आफ्नो विश्वासमा कहिलेकाँहि धोका हुने गरेको छ ।
कसले बन्द गर्दैछ वीरगञ्ज नाका ?
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणको पूर्वशर्त वीरगञ्ज नाकालाई बनाएका छन् । यसको अर्थ वीरगञ्ज नाका भारतले अवरुद्ध गरेको हो भन्ने प्रधानमन्त्रीको निश्कर्ष देखिन्छ ।
यद्यपि प्रधानमन्त्री ओलीले नाका कसैले नभई अघोषित रुपमा बन्द भएको र अघोषितरुपमै खुल्ने बताएका थिए । संविधान संशोधनपछि मधेसका प्रायः सबै जिल्लामा सवारी साधन र पसल व्यवसायहरु सहजरुपमा चल्न थाले पनि वीरगञ्ज नाका अझैसम्म सहज हुन सकेको छैन ।
सरकारी अधिकारीहरुले भारतले नाकाबन्दी गरेको र उसैले खोल्नुपर्ने बताए पनि मधेसी मोर्चाका कार्यकर्ताहरु नाकाको धर्नामा सहभागी हुँदै आएका छन् ।
मोर्चाका नेता महन्थ ठाकुरले नाकाबन्दी हठाउनेबारे मोर्चाको बैठक बसेर यसमा पुनर्विचार गर्न सकिने बताएका छन् । भारतीय अधिकारीहरुले भने सुरुदेखि नै आफूहरुले नाकाबन्दी नगरेको एकोहोरो तर्क गर्दै आइरहेका छन् ।
भारतमा तयारी, चीन चुपचाप
प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्ज नाका सहज नभई भारत भ्रमणमा जान्न भने तापनि उता दिल्लीमा चाँहि ओलीको भ्रमणबारे चर्चा परिचर्चा सुरु भैसकेको छ । तीन दिनअघि भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा नेपाल मामिला र ओलीको भ्रमणका विषयमा पनि कुरा उठेको थियो ।
प्रधानमन्त्रीले भारत जान्न भने पनि उनको भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल भ्रमणको तयारीका लागि भारत जान लागेको अवस्था छ । भारतले यही फेबु्रअरीमा ओलीलाई दिल्लीमा स्वागत गर्ने तयारी गरेको छ । तर, उनको चीन भ्रमण मार्चमा मात्रै हुने गरी गृहकार्य भइरहेको छ ।
नेपालका प्रधानमन्त्रीको चाहनाअनुसार चीन भ्रमणको तिथि तय हुन गाह्रो छ । र, यसका लागि चिनियाँहरुका तर्फबाट साइत जुर्नुपर्ने हुन्छ, जुन साइत मार्चअगावै जुर्ने सम्भावना कमै छ ।
onlinekhabar

काठमाडौँ, १७ माघ । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।
बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।
त्यस्तै प्रतियोगितामा नेपाल र भारत दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै क्वाटर फाइनलको यात्रा तय गरेका हुन् । अब दुवै टोलीले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘समूह डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।
dainiknepal

काठमाडौं, माघ १७ । सरकारले देशभरका नगरपालिका क्षेत्रको सात सय किलोमिटर सडकमा सौर्य बत्ती जडान गर्ने भएको छ ।
स्थानीय विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम थालिएको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री कमल थापाले यो आर्थिक वर्षमा सरकारको एक अर्ब रुपैयाँ र स्थानीय निकाय र जनताको ४२ करोड गरी जम्मा एक अर्ब ४२ करोड रुपैयाँको लगानीमा सडकमा सौर्य बत्ती जडान गरिने जानकारी दिए ।
यसका लागि प्रारम्भिक चरणमा झण्डै १० हजार पोल निर्माण गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । सरकार, स्थानीय निकाय र जनताको साझेदारीमा एक महिनाभित्रै सौर्य बत्ती जडान थालिने र पहिलो चरणमा महानगरपालिकाका सडकहरुमा सौर्य बत्ती जडान गर्ने तयारी गरिएको छ ।
महानगरपालिका क्षेत्रमा सरकारले ६० प्रतिशत, स्थानीय निकायले २५ प्रतिशत र उपभोक्ताले १५ प्रतिशत लागत बेहोर्ने गरी कार्यक्रम संचालन गर्न लागिएको हो ।
यस्तै, उपमहानगरपालिकामा सरकारले ६५ प्रतिशत, स्थानीय निकायले २० र उपभोक्ताले १५ प्रतिशत र अन्यमा सरकारले ७० प्रतिशत, स्थानीय निकायले १५ प्रतिशत र जनताले १५ प्रतिशत लागत बेर्होने गरी सौर्य सडक बत्ती जडान गर्न लागिएको हो ।
सौर्य बत्ती जडानपछि प्राधिकरणको मूल ग्रिडबाट प्रयोग भइरहेको करिब ६ मेगावाट विद्युत बचत हुने अपेक्षा गरिएको छ ।
imagekhaba

१७ माघ, जनकपुरधाम ।

जनकपुरमा नेपाली कांग्रेसको अधिवेशन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले विथोल्न खोजेपछि झडप भएको छ ।



अधिवेशनको बिरोधमा मधेशी मोर्चाका स्थानीय नेता कार्यकर्ताले कांग्रेस नेता चढेको गाडी तोडफोड गरि आक्रमण गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र दुई राउण्ड हवाई फायर समेत गरेको छ ।

मधेशका अधिकाँश स्थानमा मधेशी मोर्चाले अवरोध गरेपछि कांग्रेसले भने अधिवेशन गोप्यरुपमा गर्न थालेको छ ।
nepaliheadlines

तपाईंलाई अस्पताल गइरहनुपर्छ, रुघाखोकीजस्ता स–साना रोगले सताइरहने गर्छ भने तपाईंको रोगप्रतिरोधी क्षमता कमजोर छ भन्ने बुझ्नुपर्छ । रोगप्रतिरोधी क्षमता बढाउन यस्ता खाना खानुपर्छ
चिकेन सुप

रुघाखोकी लागिरहने गर्छ भने चिकेन सुप दिनहुँ खाने बानी बसाल्नुस् । किनकि, यसले रुघाखोकी लगाउने भाइरस र ब्याक्टेरिया हटाउनुका साथै तपाईंको शरीरमा पानीको अभाव हुन दिँदैन ।
दही
दहीमा शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइन्छन्, जुन शरीरको रोगप्रतिरोधी क्षमता बढाउन सहयोगी हुन्छ ।
ग्रिन टी
चिया, कफीको तलतल छ भने आजैदेखि ग्रिन–टीको बानी बसाल्नुस् । ग्रिन टीमा भाइरसहरूलाई नष्ट गर्ने गुण हुन्छ । यसले तपाईंलाई आरोग्य प्रदान गर्छ ।
जौ
जौका परिकार खाने गरेमा शरीरमा बेटा–ग्लुक्यान नामक विशेष खालको फाइबरको मात्रा बढ्न जान्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
च्याउ
जौमा जस्तै च्याउमा पनि बेटा–ग्लुक्यान पाइन्छ । च्याउ खाइरहने मानिसलाई क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
कुखुराको छाती
प्रोटिनका अनेक फाइदामध्ये शरीरको रोगप्रतिरोधी क्षमता बढाउनु पनि एक हो । प्रशस्त मात्रामा प्रोटिन पाइने खानामा कुखुराको छाती पनि पर्छ । त्यही भएर रोगप्रतिरोधी क्षमता बढाउन चाहनेले कुखुरा खाँदा छाती छान्ने गर्नुपर्छ ।
माछा
माछामा भिटामिन, खनिज र प्रोटिनको मात्रा उच्च हुन्छ र बोसो ज्यादै कम । त्यही भएर माछा खाएर रोगसँग लड्ने शक्ति सञ्चय गर्न सकिन्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा भिटामिन ए, सी र ई पाइन्छन् । साथै, यसमा विभिन्न खाले एन्टिअक्सिडेन्ट पनि पाइन्छन् । रोगसँग लड्ने क्षमता बढाउन ब्रोकाउली खाइरहने गर्नुपर्छ ।
लसुन
लसुनले तरकारीको स्वाद बढाउने काम त गर्छ नै, विभिन्न सरुवा र दीर्घकालीन रोगबाट जोगाउन पनि यसले मद्दत गर्छ । साथै, यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउन पनि सहयोग गर्छ । यसमा पाइने एलिसिन नामक तŒवले शरीरको रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्छ ।
अदुवा
रुघाखोकी लागिरहन्छ भने अदुवा खाने गर्नुस् । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले चिसोजन्य रोगबाट जोगाउन मद्दत गर्छ । भात खाँदा अदुवाको टुक्रा लिने र चिया, तरकारी, चटनी आदिमा अदुवा हाल्ने बानी बसाउनु फाइदाजनक हुन्छ ।
बदाम
बदाममा भिटामिन सी र ई प्रशस्त्र मात्रामा पाइन्छन्, जसले चिसोका कारण लाग्ने अथवा सर्ने रोगबाट जोगाउन मद्दत गर्छन् ।
बेसार
बेसारले रुघाखोकी, ज्वरोजस्ता स–साना रोग लागिरहने मानिसलाई फाइदा पु¥याउँछ । दूधमा बेसार हालेर केही बेर तताई खाने गर्नुपर्छ ।

यु-१९ विश्वकपः भारतलाई हराउने सुरमा नेपाल
काठमाडौं— करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ।

बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली टोली पूर्ण आत्मविश्वास र विजय लक्ष्य सहित मैदानमा उत्रिनेछ। प्रतियोगितामा नेपाल र भारत दुवै टोलीको गणितीय तथ्याङ्क खासै फरक छैन। दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका हुन्। प्रतियोगितामा दुवै टोली अपराजित छन्। 'समूह डी'मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन्।

नेपाल भारतलाई हराएर समूह विजेता बन्ने दाउमा छ। जारी प्रतियोगितामा नेपालले न्युजिल्याण्ड जस्तो बलियो ठानिएको टोली र आयरल्यान्डलाई सहजै हराएर मनोबल उच्च पारेको छ।

पहिलो खेलमा नेपालले न्युजिल्यान्ड टोलीलाई ३२ रनले पराजित गरेको थियो। दोस्रोमा आयरल्यान्डविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो।

त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो। चार टोली सम्मिलित 'समूह डी'मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन्। रासस
nagariknews

१७ माघ, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको आसन्न राष्ट्रिय सम्मेलनमा ओली पक्षले नवीना लामालाई अध्यक्षको उम्मेद्वार बनाउने औपचारिक टुंगो लगाएको छ ।

एउटै गुटबाट अध्यक्षको दौडमा रहेका ऐन महर र नवीना लामामध्ये नवीना अध्यक्षको उम्मेद्वार बन्ने निश्चित भएको हो । महर महासचिव बन्ने सम्भावना छ ।
अखिलका पूर्वअध्यक्षहरु भानुभक्त ढकाल, खिमलाल भट्टराई, माधव ढुंगेल लगायतको पहलमा महर पछि हटेका हुन् । महासचिवमा महरको नाम आए पनि रश्मी आचार्य र उनीवीच सहमति जुटाउने प्रयास भइरहेको छ ।
ओली पक्षले आइतबार नै नयाँ बानेश्वरबाट उम्मेद्वारी घोषणा गर्नेभएको छ ।
माधव नेपाल पक्षले भने दीपक गौतमलाई अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । नेता योगेश भट्टराईको पहलमा नेपाल पक्षले गौतमको प्यानल घोषणा गर्ने तयारी गरिरहेको छ ।
-onlinekhabar


काठमाण्डु, १७ माघ – आइसिसी अन्डर नाइन्टिन वल्र्डकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो प्रवेशसँगै नेपालको सामना क्रिकेटको महाशक्ति भारतीय टोलीसँग हुँदैछ । यो प्रशंगले भारतीय मिडियालाई पनि तरंगित पारेको छ ।
किनभने भारतीय मिडियो यो विषयमा जानकार छ कि नेपालमाथि भारतले ज्यादति गर्दै नाकाबन्दी गरिरहेको छ । संविधान जारी गर्नुअघि भारतले नेपालसँग राखेको सात स्वार्थ सार्वजनिक गरेको द इन्डियन एक्सप्रेसले लेखेका छ, ‘ ओपनिङ खेलमै नेपालले न्यूजिल्याण्डलाई स्तब्ध बनायो । त्यो सफलतापछि नेपाली युवा टोलीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फोन गरेर बधाई दिए र थप सफलताको कामना गरे ।’
इन्डियन एक्सप्रेसले अगाडि लेख्छ, ‘शनिबार नेपालले आएरल्याण्डलाई लज्जास्पद पराजयको स्वाद चखायो । यो नेपाली टोलीका लागि सम्भवतः उत्कृष्ट प्रस्तुती पनि हो ।’
भारतले नेपालमा नाकाबन्दी गरेको अस्वीकार गर्दै आएको भए पनि भारतीय मिडिया भने भारत सरकारको भनाइमा सहमत छैनन् । ‘नेपालले यसपटक दुई खाले संकट झेल्यो, एउटा हो अप्रिल महिनाको भूकम्प र अर्को हो म्यानमेड अघोषित नाकाबन्दी ।’ इन्डियन एक्सप्रेसले लेखेको छ, ‘भूकम्पले नेपालको एक मात्रै क्रिकेट मैदानमा रहेको नेट सुविधामा क्षति पुर्यायो ।’
‘नेपालमा डिजेल प्रतिलिटर ४५० देखि ५०० रुपैयाँमा बिक्री भइरहेको छ । नाकाबन्दीका कारण हरेक वस्तुको मूल्य बढेको छ । यसको असर क्रिकेटमा पनि परेको छ । सिंगल अभ्यासका लागि धेरै बल आवश्यक हुन्छ । तर नेपालमा त्यही क्रिकेट बलको मूल्य पनि अकासिएको छ । नेपाली क्रिकेटका कोही पदाधिकारी यदि भारत आए भने पक्कै पनि बक्सा भरेर क्रिकेटको बल किनेर लैजानेछन् ।’ काठमानडु टुडे बाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget