अब चिनियाँ सेना पाकिस्तानमा तैनाथ हुने, भारतको अप्ठेरो बढ्यो

 काठमाडौं, ३० फागुन । चीनले चाँडै नै पाकिस्तानमा आफ्ना सैनिक तैनाथ गर्ने तयारी गरेको छ ।
यी सैनिकलाई चीन–पाकिस्तानको करिब ३ हजार किलोमिटर लामो आर्थिक मार्गमा तैनाथ गरिनेछ । जसले बलुचिस्तानको ग्वादर पोर्टबाट चीनको शिनजियांग प्रान्तको सीमानालाई जोड्छ ।
भारतीय पत्रिका अमर उजालाका अनुसार भारतीय सुरक्षा एजेन्सीहरुले केन्द्र सरकार र गृह मन्त्रालयलाई यो विषयमा जानकारी गराइसकेका छन् । सुरक्षा एजेन्सीहरुले भनेको छ कि यो आर्थिक मार्गमा चिनियाँ सैनिकका साथै पाकिस्तानी सेनाका जवान पनि तैनाथ रहनेछन् । यो हाइवेमा पाकिस्तान आफ्ना तीन स्वतन्त्र इन्फैंट्री बिग्रेड र दुई अतिरिक्त आर्टिलरी रेजीमेन्टलाई तैनाथ गर्दैछ । यसमा एक ब्रिगेडमा तीन रेजीमेन्ट हुनेछन् र हरेक रेजीमेन्टमा करिब १ हजार सैनिक हुनसक्छन् ।
जून आर्थिक राजमार्गमा यी सैनिकलाई तैनाथ गरिँदैछ त्यो पाकिस्तानको बलुचिस्तानको ग्वादर पोर्टबाट शुरू भएर मकरन, लाहौर र इस्लामाबाद हुँदै पाक शासित कश्मीरको गिलगित–बाल्टिस्तानलाई जोड्दै चीनको शिनजियांग प्रान्तको काशगर पुगेर सकिनेछ । यो मार्ग करिब ३ हजार किलोमिटर लामो छ ।
चिनियाँ राष्ट्रपतिले पहिले नै गरेका थिए संकेत

चीन–पाकिस्तान इकोनमिक करिडोर (सीपीईसी)मा चिनियाँ सैनिक तैनाथ गर्ने पहिलो चरणको प्रक्रिया डिसेम्बर २०१६ (यसै वर्ष)भित्र पुरा हुने गृहकार्य गरिएको छ । यसका साथै चीनको पहुंच भारतीय महासागरहरु र अन्य क्षेत्रसम्म हुनेछ ।
यो करिडोरको सबैभन्दा बढी फाइदा चीनले पाउनेछ । यसबाट चीनले सजिलैसँग खाडी देशहरुबाट कच्चा तेलको आयात गर्न सक्छ । यति मात्रै होइन् यो करिडोर बन्दा खाडी देशहरुबाट चीनको दूरी १२ हजार किमीबाट घटेर एक चौथाई मात्रै रहेनछ ।
चिनियाँ राष्ट्रपति शी जिनपिंगले गन वर्षको अप्रिलमा पाकिस्तानको भ्रमण गरेका थिए । यसैबेला उनले पाकिस्तानमा हाईवे निर्माणका लागि ४६ अर्ब डलर खर्च गर्ने घोषणा गरेका थिए ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget