December 2015

काठमाडौं, १७ पुस । राजनीतिक चहलपहलमा शून्यसरह बसेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भित्रभित्रै आफ्नो सांगठनिक र विभिन्न क्रियाकलापलाई तीव्रता दिँदै आएको रहस्य खुलेको छ ।
राजधानीलगायत मुलुकका विभिन्न जिल्लाहरूमा आफ्ना गतिविधिलाई ‘विप्लव’ माओवादीले भूमिगत शैलीमा अपनाउँदै आएको छ । प्रहरी प्रशासनले दुःख दिने डरले ‘विप्लव’ माओवादीले आफ्ना गतिविधिहरूलाई गुपचुप गर्ने गरेको हो ।

स्रोतका अनुसार ‘विप्लव’ माओवादीले नाकाबन्दीको फाइदा उठाएर कालोबजारी र भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको अन्तिम तयारी गरेको छ ।
विशेष गरेर दैनिक उपभोग्य सामाग्री, ग्यास र तेलमा भएको अनियमितता एवम् कालोबजारीविरुद्ध अभियान सुरू गरेको नेकपा माओवादी उच्च स्रोतले जनायो ।
‘नाकाबन्दीको नाममा फाइदा उठाएर कालोबजारी गर्नेहरूको लामो सूची तयार पारिएको छ’, स्रोतले भन्यो, ‘जनताले अब आफै कारबाही गर्छन् । कारबाही पनि सुरू भइसकेको छ ।’
भारतीयलाई सहयोग गरेका कारण डिस होम प्रालिलाई कारबाही गरेको उदाहरण दिँदै ‘विप्लव’ माओवादी स्रोतले भन्यो, ‘अब कारबाही अलि ठूलै हुनेछन् । सरकारले कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सकेन । जनता आफै कारबाहीमा उत्रनु परेको छ ।’
प्रधानमन्त्री केपी ओलीले कालोबजारी र भ्रष्टाचारलाई संरक्षण गरेको माओवादीको आरोप छ ।
माओवादीले विशेष गरेर ग्यास कम्पनी र ग्यास वितरण गर्ने डिलरहरूलाई उच्च निगरानीमा राखेको छ । जनतालाई सहज रुपमा ग्यास उपलब्ध नगराइए हदैसम्मको कारबाही गर्ने माओवादी स्रोतले बताएको छ ।
नेपाल आयल निगमका कर्मचारीहरू तस्करसँग मिलेर तेल र ग्यासमा कालोबजारी गरेको प्रमाण पाएको जनाएको माओवादीले ती कर्मचारीहरूलाई छिट्टै कारबाही गर्ने चेतावनी दिएको छ ।
माओवादीले नाकाबन्दी भएर मुलुकको आर्थिक अवस्था जरजर भएका बेला बैंकहरूमा पैसा थुप्रने क्रम बढेको सूचना आफूहरूले पाएको उल्लेख गरेको छ । त्यस्ता व्यापारी र व्यक्तिको सूची पनि धमाधम संकलन भइरहेको स्रोतले जनायो ।
भारतीय पक्षलाई अहिले पनि सहयोग गरिरहेको भन्दै माओवादीले डिस होम प्रालि र त्यसका सञ्चालकलाई उच्च निगरानीमा राखेको जनाएको छ । ‘राष्ट्रियताका पक्षमा नदेखिएको र अटेर गरेको डिस होमलाई फेरि पनि कारबाही हुन्छ’, विप्लव माओवादी उच्च स्रोतले भन्यो ।
धादिङ, काठमाडौं र बनेपामा रहेका ग्यास उद्योग कम्पनी र खाद्य सामाग्रीको आयात र विक्री वितरण गर्ने व्यापारी एवम् ठूला गोदामलाई निगरानीमा राखेको स्रोतको भनाइ छ ।
विभिन्न जिल्लामा व्यक्तिका घर जग्गा कब्जा गरेर आलोचित बन्दै आएको ‘विप्लव’ माओवादीका केन्द्रीय नेताहरू अधिकांश उपत्यका बाहिर छन् । केही नेताहरू राजधानीमा बसेर आफ्नो राजनीतिक कार्य गोप्य रुपमा गर्ने गरेको खुलेको छ ।
dainiknepal

चितवन, पुस १७ । तेस्रो राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा नेपाल अन्डा उत्पादक सङ्घले आज भरतपुर अस्पतालका बिरामी, कुरुवा र सर्वसाधारणलाई अन्डा वितरण गरेको छ ।
अस्पताल परिसरमा अन्डाको महत्वको विषयमा आयोजित कार्यक्रममा अन्डा वितरण गरिएको हो । सो अवसरमा पाँच हजारवटा अन्डा वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले अन्डा मानव स्वास्थ्यका लागि महत्वपूर्ण पोषक भएकाले उपयोगका लागि सबैसँग आग्रह गरे ।
सो अवसरमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशरराज भूर्तेल, पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेल, अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेललगायतले अन्डाको विषयमा आमजनतामा जनचेतना जगाउन सके आत्मनिर्भर भई व्यवसाय टिकाउन सकिने र कम मूल्यमा जनताले पोषक तत्व प्राप्त गर्ने बताए ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले अन्डाको सेतो भागमा प्रोटिनको मात्रा अत्यधिक हुने बताए । उनले भने, ‘अन्डाको सेतो भागमा ओमेगा थ्री पाइन्छ । जुन अन्य गेडागुडीमा समेत पाइँदैन । ओमेगा थ्रीले स्नायुको कोषिकाको विकास गर्दछ ।’
कार्कीका अनुसार, अन्डाको पहेँलो भागमा क्यारोटिन हुन्छ, जसले आँखाको तेज बढाउने गर्दछ ।
नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ५४ वटा अन्डा उपभोग गर्ने गरेको तथ्याङ्क छ । (रासस)
imagekhabar

बर्दिया, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोेइरालाले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।
काँग्रेस र नेपाल प्रेस युनियन बर्दियाले यहाँ गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले भन्नुभयो–“पार्टीभित्र रहेको भागबन्डालाई समाप्त पारी युवा लक्षित कार्यक्रम मार्फत मधेस–तराई लगायत समग्र मुलुकको विकासका लागि मै सभापतिमा उम्मेदवारी दिने तयारीमा लागिपरेको छु । ”
उहाँले आफू सभापति भएमा मुलुकको आर्थिक समृद्धिका लागि वैदशिक लगानी पर्याप्त मात्रामा भित्र्याउने जानकारी दिनुभयो । नेत्री कोइरालाले संविधान संशोधन प्रस्तावले मधेसको सम्पूर्ण समस्या हल गर्ने भएकाले नाकाबन्दी तत्काल खोल्न मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो । रासस,


काठमाडौं ।

केही वर्ष यता नेपालमा अंग्रेजी नयाँ वर्षलाई नयाँ ढंगले मनाउने चलन चलेको छ । कसले शुरुवात गरेको भन्ने स्पष्ट नभएपनि सामाजिक सञ्जाल लगायतका माध्यमबाट यस पटक ‘टोपी दिवस’ निक्कै चर्चित बन्यो ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा यतिबेला नेपाली ढाका/ भादगाउँले टोपी लगाएका युवक युवती देखि ससाना केटा केटी र प्रवुद्ध नागरिकका तस्विर भाइरल बनिरहेका छन् ।

‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका शुक्रबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ । आज विहान काठमाडौंको माइतीघर मण्डलामा केही युवक तथा युवतीहरुले नेपाली टोपी लगाएर अन्तराष्ट्रिय टोपी दिवसको सार्वजनिक कार्यक्रम नै प्रदर्शन गरे ।



नेपाली पोषाक र टोपीमा सजिएका ती युवा युवतीले मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’, ‘हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’ तथा ‘नेपाली म, नेपाली पन, राष्ट्रिय पोशाक जगेर्ना’ ‘हाम्रो अभियान’ जस्ता नारा लेखिएका प्लेकाड बोकेका थिए ।

मरिण (सिन्धुली): सिन्धुलीको कपिलाकोट-३, धमिलेमा सुरु भएको सिन्धुली मरिण महोत्सवमा गायक नवीन पौडेलले गीत गाउँदा कृषि विकास मन्त्री हरिबोल गजुरेल छमछम नाचे। पौडेलले 'यस्तै हुन्छ भन्ने भा लाउने थिइन माया' बोलको गीत गाउँदा महोत्सव उद्घाटन गर्न पुगेका मन्त्री नाचे।

 यसपछि वैदेशिक रोजगारका सिलसिलमा खाडी मुलुक पुगेका युवाका दुखद प्रसंग समेटिएको गीत सुनाउँदा दर्शकका आँखा रसाए। गाउँका अधिकांश युवा रोजगारका लागि घर छाडेर हिँडेका मरिण क्षेत्रका दर्शकमाझ पौडेलले 'कालो बादल नीलो आकाशमा, गयम आमा जाहाजमा फर्केऔं बाकसमा...' बोलको गीत गाउँदा दर्शक रोएका थिए।


भूकम्पले घरबार गुमाएका स्थानीय समुदायको अग्रसरतामा आयोजना भएको महोत्सवमा गायक पौडेलले विदेशमा रगतपसिना बगाउनुभन्दा स्वदेशमै कला, संस्कृति र कृषि उत्पादनको संरक्षण र आधुनिकीकरण गर्ने हो भने रोजगारीको प्रशस्त सम्भावना भएको बताए।

अर्का गायक माधव थापाले 'सिन्धुलीको जुनारको रस, माया भए काखैमा आऊ बस...' बोलको गीतबाट सिन्धुलीको प्रख्यात उत्पादन जुनारको चर्चा गरे। उनले
सिन्धुली जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म जुनारको महत्व बुझाउन सके हजारौं कृषकको आयआर्जनको राम्रो सम्भावना बन्ने थापाले गीतमार्फत नै प्रचार गरे।

'कला, संस्कृति, धार्मिक, ऐतिहासिक, हाइड्रोपावर र वनजंगलको संरक्षण गरौं, आन्तरिक पर्यटन उद्योग व्यापार तथा कृषिमा आधारित माछा र तामाको प्रवद्र्धन गरौं' भन्ने मूल नाराका साथ आयोजित महोत्सवले भूकम्पका कारण घरबार गुमाएर टेन्ट र टहरामा बस्ने पीडितलाई थोरै भए पनि मन भुलाउने बाटो बनाइदिएको छ।

सात दिनसम्म चल्ने महोत्सवमा कलाकारहरू रोज मोक्तान, बद्री पंगेनी, रामजी खाँड, शिव हमाल, राधिका हमाल, मीना लामा, माधव थापा, डिजराज पौडेल, दिनेश काफ्ले, यादव देवकोटालगायतको प्रस्तुति रहने बताइएको छ।
annapurnapost

दुबई, पुस १७ । विश्वभर नयाँ वर्ष २०१६ को स्वागत भइरहँदा दुबईमा भने एउटा प्रख्यात होटलमा आगलागी भएको छ । नयाँ वर्षको स्वागतका लागि विशेष कार्यक्रम आयोजना भइरहेको समयमा ‘एड्रेस होटल’ मा आगलागी भएको हो ।
उक्त होटल विश्वकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’ नजिकै छ ।
आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार आगोको ज्वाला एक हजार फिटभन्दा माथि उठेको थियो ।
आगलागीमा १४ जना घाइते भएको जनाइएको छ । आगो नियन्त्रणका लागि कयौं दमकल परिचालन गरिएको थियो । (एजेन्सी)
imagekhabar

 १० मिनेटमा मोदीले नेपालको विषयमा गरे यस्तो तीन ट्वीट
१७ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विषयमा महिनौं पछि ट्वीटरमा नेपालको बारेमा लेखेका छन् । उनले नेपालीहरुलाई नयाँ वर्ष २०१६को शुभकामना समेत दिएको उल्लेख गरेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्दै मोदीले भारत भ्रमणको निम्तो र नाकाबन्दी खुल्ने संकेत दिए लगत्तै मोदीले नेपालबारे ट्वीट गरेका हुन् ।purbelinews

सँधै चलचित्रको पर्दामा देखिएका महानायक राजेश हमाल आफूलाई शैक्षिक सामग्री र झोला दिन आफ्नै गाउँ आइपुग्दा विद्यार्थीहरु मुखामुख गर्न थाले ।  सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने किवट गाउँ गोल्चेमा हमाल आउने खबरले सँयौको संख्या स्थानियहरु उपस्थित भएका थिए । भुईचालोले अति प्रभावित बनाएको गुम्बा गाविसको सबै विद्यालयका विद्यार्थीलाई सामग्री दिने एक कार्यक्रमका लागि त्यहाँ पुगेका राजेशसँग फोटो खिच्नका लागि विद्यार्थीले स्थानीयले मात्रै हैन विद्यालयका शिक्षकले समेत घेरे ।
जिल्लाको शैक्षिक विकासमा झण्डै ५ वर्षदेखि क्रियाशील हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप(हेल्प)ले राजेशलाई यो गाउँ ल्याउने अवसर जुटाएको हो । गुम्बा ७ स्थित क्यालिङथाङ विद्यालयबाट झोला र शैक्षिक सामग्री वितरण सुरु गरिएको थियो । हमालले झण्डै शतप्रतिशत तामाङ समुदायको बाहुल्य रहेको गाउँका सबै विद्यालयमा वितरण गरिने सामग्रीमा उनले वियरको बोतलमा राखेको छ्याङ छर्किएर सगुन गरेका थिए।
विद्यालयमा उपस्थित भएका विद्यार्थीलाई चिटिक्क परेको रातो झोला र शैक्षिक सामाग्री वितरण गरेपछि उनलाई स्थानीयले आफ्नो घरमा पाकेको सबैभन्दा मिठो भोजन चाख्न लगाएका थिए । राजेशले गुम्बा गाउँमा पुगेर चौरीको दुध पनि पिए ।

केही समय गाउँ घुमेका हमालले हेल्पले बालबालिकाका लागि ल्याएको कपडासमेत हस्तान्तरण गरे । गाउँमा रहेका विद्यार्थी तथा अभिभावकलाई हमालले भने, ‘तपाईंहरुको गाउँमा आउन पाउँदा सार्‍है खुसी छु।’ उनले गुम्बा गाउँ आफूले सोचेभन्दा धेरै सुन्दर भएको बताए ।कार्यक्रममा झोला वितरण गर्दै उनले सबै विद्यार्थीलाई राम्ररी पढेर ठूलो मान्छे हुनुपर्छ भन्दै सम्झाएका थिए ।
जिल्लाका विशेषगरी जनजाति र सिमान्तकृत बालबालिकाले बीचैमा पढाई छाड्न थालेपछि शेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप(हेल्प)ले विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न यसरी शैक्षिक सामग्री बाँड्न थालेको थियो ।
जिल्लाका विकट गाउँका विद्यालयमा ९० प्रतिशत जनजाति बालबालिकाहरु विद्यालय नियमित उपस्थित नहुने गरेको पाइएपछि जिल्ला शिक्षा कार्यालयको समन्वयमा विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थिति नियमित गराउन झोला र शैक्षिक सामग्री बितरण सुरु गरिएको हो । ‘जसरी हुन्छ’ विद्यालयमा विद्यार्थी आकर्षित गर्ने तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमको जुक्तिपछि हेल्पले यसरी झोला र शैक्षिक सामग्री बाँड्न थालेको हो ।

जिल्लाको शैक्षिक विकासमा सहयोग गर्दै आएको हेल्पले यसअघि पनि जिल्लाका धेरै विद्यालयमा सामग्री वितरण गरिसकेको छ । संस्थाका कार्यकारी निर्देशक जिमी लामाका अनुसार यसअघि माझी र दनुवार जातिको बाहुल्यता रहेको भीमटारस्थित भीमेश्वरी माविका १ हजार ३ सय विद्यार्थी, नारायण निमावि इचोकका ४ सय ३३ विद्यार्थी, सातकन्या निमावि गुन्सा, टाङसुङ निमावि इचोकलगायत विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरि सकिएको छ ।

 प्रियंकालाई अमिताभले चिठी पठाए, निर्देशकले भने ‘तिमी जस्तो काली फिल्ममा चल्दैन’
मुम्बई । हालै बजारमा चर्चित रहेको बलिउड फिल्म ‘बाजीराव मस्तानी’ मा नायिका प्रियंका चोपडाले गरेको अभिनयको प्रसंसा गर्दै बलिउड बादशाह अमिताभ बच्चनले चिठी नै लेखे ।
प्रियंकाले भने आफ्नी आमाले सो चिठी सुरक्षित राखेको भन्दै पछि पढ्ने बताएकी छिन् । त्यसो त, उनको भुमिका र अभिनयलाई लिएर धेरैले प्रसंशा गरेका छन् ।   अनौठो के भने, आफ्नै अभिनय रहेको सो फिल्म प्रियंकाले अहिलेसम्म नहेरेको बताएकी छिन् । सन्जय लिला भन्साली निर्देशित फिल्म ‘बाजीराव मस्तानी’ मा मात्रै होइन, प्रियंकाले आफ्नो एक दशक भन्दा लामो फिल्मी करिअरमा अन्य फिल्महरुमा आफ्नो क्षमता पुष्टि गरिसकेकी छिन् ।   यही चर्चाकै शिलशिलामा प्रियंकाले भने आफ्नो रुप–रंगको विषयमा निर्माता÷निर्देशकहरुले सुरुका दिनहरुमा गरेको टिप्पणी हालै सार्वजनिक गरेकी छिन् ।
उनले आफू रंगभेद्को शिकार बनेको पनि बताएकी छिन् । प्रारम्भिक दिनहरुमा निर्माता÷निर्देशकहरुले उनलाई काली भएकाले फिल्ममा नचल्ने टिप्पणी गरेको पनि प्रियंकाले खुलाएकी छिन् ।   पहिलो पटक देख्ने निर्माताहरुले उनलाई भनेका थिए, ‘तिमी काली छ्यौ । फिल्ममा सुकिलाहरुको बोलबाला छ ।’   निर्माताहरुको यही टिप्पणी प्रियंकाका लागि संघर्षको नयाँ आयाम बन्यो । त्यसो त, सन् २००० मा मिस वल्र्ड बनेपछि मात्रै उनलाई बलिउडमा भर्याङ भेटियो ।
purbelinews

काठमाडौं: एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरूलाई कुनै पनि समयमा सरकारबाट फिर्ता गर्ने चेतावनी दिएका छन्।

पार्टीको ३ नम्बर प्रदेशको दुईदिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।दाहालले दलका मन्त्रीहरूलाई फिर्ता हुनका लागि मानसिक रूपमा तयार हुन निर्देशन दिए पनि यसको समयसीमाबारे भने केही उल्लेख गरेनन्।
annapurnapost

काठमाडौं – नेकपा (एमाले) भित्र एक जना यस्ता मान्छे छन्, जो आफूलाई राज्यका सबै पदमा पुग्नै पर्ने र कमाउ धन्दा चलाउनै पर्ने मनसाय राख्छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष उनैलाई चाहिन्छ । नेपाल राष्ट्र बैंकको गभर्नर उनैलाई चाहिन्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष फेरि उनै बनेका छन् । ती व्यक्ति हुन् डा. युवराज खतिवडा । उनी यतिखेर आयोगको उपाध्यक्ष छन् । उनी गभर्नर पनि भए, एमालेका लागि भन्दै उनले लखनऊ लूट समेत मच्चाए । संविधानसभाको दोस्रो निर्वाचनमा पदको दुरूपयोग गरेर उनले खड्ग ओलीलाई रु.१ करोड रूपैयाँ चुनाव खर्च भनेर उपलब्ध समेत गराए । अख्तियार दुरूपयोग अनुसन्धानले छानबिन गर्ने मेसो पाएपछि अख्तियारका केही हाकिमलाई बोलाएर उनले रकम नै दिएर थामथुम समेत पारे ।

यतिखेर उनै ओलीको कृपाले खतिवडा आयोगको उपाध्यक्ष बनेका छन् । पछिल्लो पटक ओलीले मनलाग्दी तवरले मन्त्रिपरिषद् विस्तार गरेपछि उनै खतिवडा आफूलाई अर्थमन्त्री बनाउनु प¥यो । अर्थसम्बन्धी ‘अ’ समेत थाहा नभएका विष्णु पौडेलसँग मेरो हाइट मिलेन भन्दै उनले मन्त्री बनाउन र नबनाए राजीनामा दिने भन्दै धम्की दिएका छन् । संविधानको संक्रमणकालीन व्यवस्था अनुसार नै आफूलाई मन्त्री बनाउनुपर्ने खतिवडाको बालहठ देखिएको छ ।
उनले प्रधानमन्त्री रहेका ओलीलाई मन्त्री बनाउने भए बनाऊ होइन भने छारस्ट गर्छु भन्दै धम्की दिने गरेका छन् । एक एमाले नेताका अनुसार प्रम ओलीसँग उनको पछिल्लो भेटका अवसरमा म उपाध्यक्ष छाड्छु अर्को एमालेलाई बनाऊ भन्दै अर्थमन्त्री बनाउन भनेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
ratopati

संसारका सबैभन्दा मोटा व्यक्ति एन्ड्रेस मोरेनोको गत शुक्रबार निधन भएको छ। मेक्सिकोको ओब्रेगन शहरमा बस्ने ३८ वर्षिया मोरेनोको मृत्यु हृदयघातबाट भएको उनको परिवारले बताएको छ। उनको तौल ४ सय ५० किलो थियो। हृदयघात भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ।

मोटोपनका कारण उनलाई ओछ्यानबाट उठ्न पनि गाह्रो हुने गथ्र्यो। दुई महिनाअघि मात्र उनको तौल कम गर्ने शल्यक्रिया गरिएको थियो।

लगातार उनको तौल बढ्दै गएपछि पछिल्लो समय उनी हिँडडुल गर्न सक्दैन थिए। करिब दुई हप्ताअघि मात्र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो अटोग्राफ भएको टीसर्ट पठाएका थिए र मोरेनोको तौल कम गराउन सहयोग गर्ने बताएका थिए।setopati

–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।

–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।




–दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
–घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ ।
–बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।
–आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।
–आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।
–बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।
–पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।
–प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
–भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
–ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।
–तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।
–हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ ।
–केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।
–गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।
–गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।\
–घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।
–खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।
–काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।
—एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ । -स्वास्थ्य खबरपत्रिका

मुटुको रोग लागेको हो होइन भन्ने पत्ता लगाउन विभिन्न प्रकारका जटिल जाँच गराउनुपर्छ भनेर बिरामीलाई निक्कै चिन्तित बनाएको हुन्छ । आत्तिनु पर्दैन, यो रोगको सजिलोसंग निदान गर्ने तरिका पनि छन् । एउटा नाप्ने फित्ता महत्वपूर्ण साधन हुन सक्छ । अमेरिकी मुटु संघको बैठकमा हालै प्रस्तुत भएको एक प्रतिवेदनमा ठुलो कम्मर हुनु हृदयाघातको वा मुटुको रोगलाई छिटो निम्त्याउनु हो भनी जोड दिइएको छ ।

मुटु रोग विशेषज्ञहरु धेरै देशमा मृत्युको अग्रणी कारण बनेको मुटुको रोग लाग्ने सम्भावना बुझ्नका लागि कोलेस्टेरोलको स्तर, रक्तचाप, मोटोपन, अरु जाँचहरु नियमित रुपमा गराइरहन्छन् । मुटुको रोगबाट मृत्यु
हुनाको प्रमुख कारण धूमपान र उच्च रक्तचाप हो भने त्यसपछि मोटोपन पनि हो । शरीरमा जम्मा भएको बोसो र हृदय रोग लाग्ने एउटा महत्वपूर्ण संकेत हो भनी तथ्यांकहरुले देखाएका छन् । बोसो बीचमा रहेको स्याउको आकारको पेट पिँधमा फैलिएको आरुको आकारको पेटभन्दा खतरनाक हुनछ ।

फ्रान्समा सन् १९६७ देखि १९८४ सम्म हृदयाघात वा मुटुसंबन्धी रोगबाट मृत्यु हुने सात हजार प्रहरीमा यो रोगको अध्ययन गरिएको थियो । उक्त अध्ययनमा कम्मरको गोलाई र शरीरको उचाइको अनुपातमा तौल कति रहेछ भन्ने पनि अभिलेख गरिएको थियो । शरीरको उचाईको अनुपातमा तौलको सूची (बिएमआई) कुनै व्यक्ति धेरै मोटो वा असाध्यै मोटो छ कि छैन भनी जान्न प्रयोग रिने सूची हो । यसअध्ययनले पेटको घनत्व बढी भएकालाई मुटुसंबन्धी रोग लागेको र चाँडो मृत्यु भएको तथ्य देखाएको थियो । यसबाट के प्रष्ट हुन्छ भने बढी तौल भएपनि कम्मरको गोलाई कम भएका मानिसलाई अकस्मात मृत्यु हुने डर कम हुन्छ । पुरुषका लागि ३७ इन्च गोलाई अन्तिम सीमा हो भने महिलाका ३३ इन्च हो । यसभन्दा बढी भए हृदयाघात हुने जोखिम बढ्छ ।

४५ वर्ष र सोभन्दा माथिका अमेरिकन वयस्क मानिसमा उनीहरुको कम्मर तथा गर्धनको गोलाई, तौलको मापन र पाखुरा तथा तिघ्राको छालाको बाक्लोपनबारे एक अनौठो खालको अध्ययन गरिएको थियो । यस अध्ययनले पनि जसको शरीरको बीचमा बोसो जमेको हुन्छ उसलाई विशेष प्रकारको मुटुको रोगबढी लाग्ने कुरा पक्का हो भने देखायो । यो रोगलाइ चिकित्साशस्त्रमा ‘लेफ्ट भेन्ट्रिकुलर डायस्टोलिक डिस्फङसन’ भनिन्छ । यो मुटु ठीक तरिकाले र राम्रोसंग चलेको छ/छैन भनी मापन गर्ने विधि हो ।

पाँच वर्षको अन्तरालमा मृत्यु भएका मान्छेका शवको शारीरिक बनोटको विश्लेषण गर्दा यस अध्ययनले कमजोर डायस्टोलिक फङसन र ठुलो कम्मर भएकालाई मृत्युको खतरा बढी हुन्छ भन्ने पत्ता लगाएको थियो र तौल, उचाई र शरीरको पिण्डको सूची लिनुको साटो अब कम्मर र गर्धनको गोलाईको नाप लिनु बेस हुन्छ भन्ने निचोड निकालेको थियो । केही वर्षपहिले तेस्रो अध्ययन पूरा भएको थियो । यसलाई ‘इन्टर हार्ट स्टडी’ नाम दिइएको थियो । यस अध्ययनलाई हृदयाघात हुने जोखिमका कारण के के हुन् भन्ने पत्ता लगाउन अहिलेसम्म भएको सबैभन्दा ठुलो अनुसन्धनात्मक योजनाका रुपमा लिइएको छ । यो अध्ययन नेपाललगायत ५२ मुलुकमा गरिएको थियो । नेपालमा यसलाई चाहिने तथ्यांक त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालबाट लिइएको थियो । यस क्रममा शरीरको समग्र तौल अथवा बिएमआई को जाँच गर्नुभन्दा कम्मर र नितम्बको अनुपात लिनु जरुरी छ भन्ने स्पष्ट भएको थियो ।

कम्मर र नितम्बको अनुपात कसरी नाप्ने ?

कम्मरको नाप लिँदा नाइटोदेखि गोलाई नाप्नुपर्छ ।
नितम्बको नाप लिँदा आफ्नो नितम्बको सबैभन्दा बढी फैलिएको भाग नाप्नुपर्छ ।
अनुपात कति हुनुपर्छ त ? पुरुषको ०.९ भन्दा कम र महिलाको ०.८ भन्दा कम ।
यदि यो अनुपात बढी छ भने आफ्नो तौल नियन्त्रण गर्न सुरु गरिहाल्नुपर्छ ।

तौलको व्यवस्थापन

स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई (सेन्टिमिटर) मा १०० घटाउने । त्यसपछि आउने प्रतिफल नै आफ्नो वाञ्छित तौल हुन्छ । यो भनेको यदि आफ्नो उचाई १७० सेन्टिमिटर छ भने त्यसमा १०० घटाइदिनुहोस्, बाँकी ७० केजी तपाईंको हुनुपर्ने तौल हो । उदाहरणका लागि यदि कसैको उचाई १६७ सेमि छ र उसको तौल ८८ केजी छ भने उसको हुनुपर्ने तौल बढीमा ६७ केजीमात्र हो । यसको मतलब उसको २१ केजी तौल बढी छ र उसले त्यो २१ केजी बढी तौल घटाउने लक्ष्य लिइहाल्नुपर्छ । तौल व्यवस्थापन भनेको खाने र अरु बानीको व्यवस्थापन हो, जसले तौल घटाएर केही रोग लाग्ने जोखिम घटाउँछ ।

साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हँुदैं जान्छ । यस्तो घट्ने क्रम कम गर्नका लागि शारीरिक गतिविधि बढाउँदैं लैजानुपर्छ । हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं । त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशिल हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।

प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् । तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । २५ हजारभन्दा बढी स्वयम्सेवक र अनुसन्धानकर्ताले एउटा अध्ययनबाट के पत्ता लगाए भने शारीरिक तौलभन्दा तन्दुरुस्ती मृत्युको सशक्त भविष्यवाणीकर्ता हो । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ ।

युवाहरुले प्रत्येकदिनजस्तो ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ । नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैंन । खाना छाड्नेले त्यसपछिको खाना खाँदा धेरै खाने सम्भावना बढी हुन्छ । जहिले जहाँ पायो त्यहाँ खाएको भन्दा योजनाबद्ध तरिकाले समय समयमा खाएको खाना बढी सन्तुलित हुन्छ । डा. रावत नर्भिक अस्पतालमा कार्यरत छन् । उनले कार्डियोलोजीमा डिएम गरेका छन् ।
osnepal

 सन् २०१६ मा कति बलियो तपाईको भाग्य ? (बार्षिक राशिफल)
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यस राशिलाईशनिको अढैयाले अनिष्ठताको प्रवलता भए पनि वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक mesh नबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला । सनातनतर्फ सुख पाइएला । दाम्पत्य जीवन मधुर बन्दै जाला । दाजुभाई/दिदिबहिनीबाट
सदासयता प्राप्त होला । इष्टमित्र पनि सहयोगी होलान् । खेतीपाती पशुपंक्षीपालन व्यवसाय, जग्गाजमिनले फाइदा नै गराउला । बौद्धिकताको सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल बन्ला । राजनीतिबाट पाइने उच्च सम्मानको हवसरले मन गद्गद बलाउला । व्यापार व्यवसायबाट उन्नतीमार्ग बिस्तार होला । भाग्यशक्ति मजबुत होला ।रोगव्याध प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने प्रगतिले सकारात्मक असर पुर्याउन नसक्ला । इमान्दारीताको अभावले गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
अनेकखाले दुर्घटना लगायतका दैवी विपत्तीमा पनि सामान्य बढोत्तरीकै योग छ । खर्च असिमनतालाई धान्न मुश्किल पर्ला । वैदेशिक रोजगारले जीवन संचालनमा धेरै ठूलो मद्दत गर्न नसक्ला । पूर्वार्द बढी सफल रहला ।
स्वामी: मंगल, रत्न: मुगा, शुभरंग: रातो
वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यस राशिलाई ग्रहस्थिति अनुसार सुख दु:ख बराबर भोग्नुपर्ने सामान्य अबस्था रहन सक्छ । बौद्धिक स्थिति सामान्य रहला । पठनपाठन लगायतका कार्यहरुमा अवरोध आईपर्ला । मनमा निराशाले डेरा जमाउला । दाम्पत्य सम्बन्धमा खटपट आउला । सन्तानबाट सुख पाउन कठिन नै होला । वैदेशिक कामबाट खासै सन्तुष्टि नपाइएला । व्यापार व्यवसाय पनि सफल हुन नसक्ला । वाणीको नम्रताले समाजमा प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला । धर्मकर्मको भावना जागृत भईरहने हुनाले अनेकौं तिर्थाटनको समय आउला । भाग्यशक्ति सन्तुलित किसिमको रहनाले आमाबाबु एवम् दाजुभाई दिदीबहिनीको सामिप्यता घटिहाल्ने दखिदैन । राजनीतिबाट समाजमा प्रभुत्व अनुभुति होला । नोकरीमा ख्याति योग्य कार्यको प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा परिचित बनाउला ।
रोगव्याधको प्रकोप नियन्त्रणमा आउनाले मन स्वच्छ बनाउला । दैवीय दुर्घटना लगायतका विपत्तिहरुमा कमी आएको महसुस होला । खेती किसानीको कामले र पशुपंक्षीको व्यवसायले जीवन संचालन मद्दत पुर्याउला ।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिलाई ग्रहस्थितिले घाम छायाँको दृष्टान्तानुसार शुभाशुभ सबै प्रकारले युक्त रहला । वाणीमा आउने विनम्रता र शिष्टताले केही सजिलो महसुस गराउला । भाग्यशक्ति बलियो होला । बौद्धिक स्थिति उच्चतहमा आसिन हुनाले परीक्षा, प्रतियोगिताहरु सफल बन्लान । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सुखमय बन्ला । दाजुभाई/दिदिबहिनीहरुबाट सहयोग नै होला । दुर्घटना लगायत दैविय विपत्तिमा पनि कमीकै आभाष होला । व्यापार व्यवसाय सप्रदै जानाले आम्दानी पनि बढी रहला । वैदेशिक रोजगारको माध्यमबाट धेरै थोरै सामान्य आर्जन भईरहला । मौसमी रोगव्याधको प्रकोपले स्वास्थ्य बिग्रदा शरीर आलश्य बन्दै जाला । ईष्टमित्र नजिक पर्न नचाहने होलान् । आमा बाबुको सामिप्यता घट्दै गएको अनुभूति होला । सन्तानबाट पनि सुखसन्तोष नपाइएला ।
शत्रुहरुको सक्रियता बढ्दै जाला । पशुपंक्षीपालनमा अवरोध आउला । राजनीतिमा कदर पाउन मिश्किलै होला । नोकरीमा अपहेलनाको शिकार हुनुपर्ला । जग्गा जमिनको कारोबार खासै हितकारी हुन नसक्ला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिलाई विशेषत सामान्य भन्दा केही सुधारात्मक वातावरण परिस्थिति देखिएला । दैविय विपत्ति karkatलगायतका दुर्घटनामा न्यूनता छाउला । बौद्धिक परिस्थितिमा आउने सुधारले पढाई लेखाई लगायत अन्य जटिलता पनि निष्कर्षमा पुग्ला । व्यापारिक गतिविधि चरमोत्कर्षमा पुग्दाको आनन्द होला । खेती किसानी र पशुपंक्षीपालन व्यवसाय जीवन संचालनमा मद्दतगार सावित होला । वाणीको प्रभावकारीमा महत्वपूर्ण कामले प्रगतिमार्ग बिस्तार गर्ला । आमा बाबुको आशिर्वाद कायमै र दाजुभाई/दिदिबहिनीको सदासयताले गर्दा राम्रै स्थितिको सिर्जना होला । इष्टमित्रहरुको सहानुभुति
नहोला भन्ने छैन । सामाजिक क्रियाकलापको रुचीले राजनीतिमा विशेष झुकाव रहला । नोकरीबाट सम्मानित हुने अवसर आउला। भाग्यशक्ति त्यति उर्वर नबन्नाले आँटेको कामले पूर्णता पाउन नसक्ला ।
मनमा पाप पलाउनाले धर्मकर्म प्रतिको लगाव क्रमश: घट्दै गएको अनुभूति होला ।
सन्तानहरु आज्ञाकारी बन्न नसक्दा खासै सुख नपाइएला । वृहस्पतिले प्रतिकुल वातावरण देखाउनाले खासै सन्तोषपूर्ण नरहला।
स्वामी: चन्द्रमा, रत्न: मोती, शुभरंग: सेतो
सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यस राशिलाई यो वर्ष शनिको अढैया दशाले खासै उपलब्धीमुलक होला भन्न सकिदैन । आमाबाबुको आशिर्वाद घट्ला । इष्टमित्रहरुको सदासयतामा कमीकै आभास पाइएला । बोलीमा आकर्षण घट्दै गएको महसुस होला । दुर्घटना लगायत दैवीविपत्तिमा कमी आउला । स्वास्थ्यमा बेला बेलामा समस्या देखिएला । कृषिजन्य कार्य र पशुपक्षीपालन व्यवसाय त्यति प्रत्युदपादक नहोला । असिमित ढंगबाट खर्च बढ्दा मनमाव्याकुलता छाउला ।
भाग्यशक्ति सामान्य अवस्थाको होला । पतिपत्नीबीच राम्रो समझदारीले दाम्पत्य जीवन सुखमय रहला । सन्तानबाट सुखै पाइएला । दाजुभाई तथा दिदिबहिनीको सम्बन्धले सन्तोष बढाउला । जग्गाजमिन सम्बन्धि कारोबारले सम्पन्न बनाउला । धार्मिक गतिबिधिमा मन उघृत भइरहनाले देश विदेशका अनेकौ तिर्थाटनको अबसर मिल्ला । शत्रुको झन्झटिलो व्यवहारले निकास पाउला । सेवा क्षेत्रमा ठुलो उपलब्धी हुन नसक्ला । राजनैतिक परिस्थितिले समाजमा रवाफिलो बनाउला । बौद्धिकताको वृद्धिले पठनपाठन सफल बन्ला ।
स्वामी: सूर्य, रत्न: माणिक्य, शुभरंग: रातो
कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यस राशिलाई सामान्य लाभ तथा हानिको योगले भरिएको छ । सामान्य रोगव्याधको प्रकोपले शारीरिक kanya अबस्था आलश्य बन्ला । गर्दै आएको कामाबाट त्यति सन्तोष हुने लक्षण देखिदैन् । दाजुभाई, दिदिबहिनीको वास्ता घट्न सक्छ । पति पत्नीबीचको तनाबले जीवनमा निराशा छाउला । व्यपार व्यवसाय मध्यम रहला । आम्दानीलाई खर्चले धान्न मुश्किलै होला । पशुपक्षींपालन व्यवसायबाट पनि आर्जन मार्गमा सुधार नआउला । समग्रमा भन्नुपर्दा आर्थिक सन्तुलन नबिग्रेला । वाणीको प्रभावमा पनि महत्वपूर्ण कामले निकास पाउला । भाग्यशक्तो मजबुत रहदा मनोवान्छित कार्यले पूर्णता पाउला । बौद्धिक स्थितिको सुधारले परीक्षा, प्रतियोगिताहरुमा सफलता दिलाउला । आमाबाबुको सउ्भाव अटुट रुपमा पाइएला । इष्टमित्रहरु पनि सहयोगी भावका होलान् ।
सन्तानबाट सुख शान्तिमा बढोत्तरी होला । दैविय दुर्घटनामा न्युनता आउला । पापका क्रियाकलापले मनमा दिग्भ्रमित बनाउला । धार्मिक गतिविधिले समाजलाई सद्मार्गमा डिर्याउदै लगेको अनुभव गराउला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस राशिलाई साढे सातको दशाले गर्दा उल्लेखनिय समय ल्याउला जस्तो देखिदैन । वाणीको असावधानीले tula अनावश्यक झण्झटको सामना गराउला । शत्रु खुलेरै प्रतिष्ठा गिराउनमा अग्रसर होलान् । रोगव्यधको प्रकोपले शारीरिक समस्याहरु नहोलान भन्न सकिदैन । व्ययभार अत्यधिक हुनाले मनमा निराशा छाउला । जग्गा जमिन व्यवसायले आर्थिक संकट हटाउन नसक्ला । चौपायाबाट पनि आम्दानीको क्षेत्र सन्तोषजनक नबन्ला ।
बौद्धिकताको बृद्धिले पढाई लेखाई सफल बन्दै जाला । भाग्यशक्ति मजबुत रहनाले मनले आँटेको काम सफल होला । आमाबाबुको आशिर्बाद कायमै रहला । पतिपत्नीको सम्बन्ध प्रेमयुक्त होला । इष्टमित्रको सदासयता घट्ने अबस्था नआउला । अशक्त प्रतिको भावना सकारात्मक ढंगको होला ।
धार्मिक यात्राको अवसर आइरहनाले धर्म प्रति स्नेह रहला । दैविय दुर्घटना लगायतका विपत्तिहरुमा न्यूनता छाउला। राजनैतिक गतिविधिले प्रतिष्ठित स्थानमा पुर्याउला । नोकरीमा उचित मूल्याङकनले मानसिक शान्ति उचित तबरको होला।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यस राशिलाई मध्यम देखिन्छ । साँढे सातको दशाले राम्रो अवस्था नआए पनि सामान्य अवस्था आइरहला ।
brishchikभाग्यशक्ति उचित स्थानमा रहनाले सोचविचार लाई विकसित गराउला । दाजुभाई, दिदिबहिनीको सहयोगले निरन्तरता पाउला । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सफल बन्ला । थुप्रै तिर्थयात्राको अवसर आउला । धार्मिक कार्यक्रमहरुको महत्वले समाज सुशोभित होला । व्यापार व्यवसाय उच्चता देखिनाले आर्थिक समृद्धि बढ्ला । दैविय दुर्घटनामा न्यूनताको महसुस हुनेछ । शत्रु परास्त हुँदै जालान् । नोकरीमा गरिने आफ्नो कार्यले प्रगति गराउला । राजनीतिमा पनि बर्चश्व आफ्नै रहनाले समाजमा धाक रबाफ बढ्दै जाला ।
बौद्धिक परिस्थिति ह्रासोन्मुख बन्ला । पढाईलेखाईमा बितृष्णा जाग्ला । वैदेशिक रोजगारीबाट पनि प्रगति हुन नसक्ला।
पशुपक्षीपालन र खरतीपाती लगायतबाट उन्नती हुने छाँट छैन । जग्गाजमिनले खासै फाइदा नगर्ला । स्वास्थ्यमा सबलताको अभावले अनेकौं प्रकारका दुख झण्झट आदिको सामना गर्नुपर्ला।
स्वामी:मंगल, रत्न: मुंगा, शुभरंग: रातो
धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिलाई यो वर्ष अद्यसाँढे सातको दशाले अशुभ भए पनि गुरु(वृहस्पति) ले अनुकूलता ल्याउला । बोलीको मधुरताले dhanuआवश्यक उपलब्धि हाँसिल गराउनमा मद्दत गर्ला । भाग्यशक्ति राम्रै अवस्थाको होला । कृषिजन्य र पशुपक्षी पालनबाट आम्दानी फराकिएला । व्यापार व्यवसायले उन्नति पथ विस्तार गर्ला । जग्गाजमिनको कारोबारले पनि राम्रै आर्जन गराउला । दाजुभाई तथा दिदिबहिनीबाट बेला बेलामा उचित प्रोत्साहन पाइएला । पतिपत्नी बीचको मधुरताले दाम्पत्य जीवन सफल बन्ला । अनेकौं तिर्थाटनको अबसरले धर्म कर्म प्रतिको रुचिले झनै तिब्रताले लेला । दैवीय दुर्घटनामा पनि कमी आउला । आफ्नै सीप र कौशलले सम्पन्न कार्यक्रमहरुले सफल बन्दै जालान् ।
आमाबाबुको सद्भावमा कमी आउला । इष्टमत्रहरु सहयोगी बन्न हिच्किचाउन थाल्लान् ।
नोकरीमा अपजस आउनाले मनमा खिन्नता छाउला । राजनीतिबाट त्यति फाइदा होला जस्तो लाग्दैन् । मौसमी लगायतका रोगव्याधको प्रकोपले शारीरिक संरचनामा आघात पुर्याउला । खर्च असिमित रुपमा बढ्दै जाला ।
स्वामी: बृहस्पति, रत्न: पुष्पराज, शुभरंग पहेंलो
मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो सालमा मकर राशिलाई शुभ अशुभ मिश्रित प्रकारको फलप्रदायक बन्ला। भाग्यशक्ति खस्किदै गएको अनुभुति होला। makarआँटेको कामले पूर्णता नपाउँदा मन ब्यग्र होला । शत्रुहरु प्रतिष्ठा गिराउन लागि पर्लान् । रोगव्याधको प्रकोपलाई नियन्त्रणमा असक्षम बढ्ला। पापीय मनोवृतिको उन्मादमा धर्मकर्म प्रतिको अरुचिले मनमा चञ्चलता ल्याउला ।
भोलीको प्रभावमा महत्वपूर्ण कार्य सफल बन्ला । आमाबाबुको सामिप्यता नघट्ला । दाम्पत्य जीवन पतिपत्नी बीचको प्रगाढताले सफल बन्ला । दाजुभाई, दिदिबहिनीको सद्भाव पाइएला । सन्तानबाट पनि सुख णै होला । व्यापार व्यबसायमा राम्रो उन्नती होला । खेतीपातीको कामले प्रगति गर्ला । पशुपक्षीपालनबाट जीवरस्तरमा बढोत्तरी ल्याउला । जग्गाजमिन सम्बन्धि कार्यले पनि समुन्ति नै गराउला ।
नोकरीमा ख्याति बढ्ने योग पनि नभएको होइन । राजनीतिमा आफ्नो वर्चश्वको वृद्धिले सर्वत्र रवाफ रहला । बौद्दिक परिस्थिति अब्बल दर्जाको रहनाले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरु सफल बन्दै जालान्।
स्वामी: शनि, र्तन: नीलम, शुभरंग: कालो
कुम्भ राशि – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो राशिलाई शुभ अशुभ दुबै किसिमको फलादेशले युक्त मिश्रित अवस्थाको होला । वाणिको प्रभावमा मनोkumbhaवाञ्छित कार्यहरु सफल होलान् । आमाबाबुको शुभेच्छा अटल रहला । दाजुभाई दिदिबहिनीको सद्भाव नघट्ला । सन्तानबाट सुख होला । इष्टमित्रबाट शान्ति होला । दुर्घटना लगायत दैविय विपत्तीमा न्यूनता आउला । रोगव्याधको प्रकोप नियन्त्रित अबस्थाको होला । शत्रु निस्तेज बन्दै जालान् । बौद्धिक विकासले अध्ययन अध्यापनमा सफलता झल्केला । कृषि कार्य र पशुपक्षींपालन ले जीवनस्तरमा सुधार ल्याउला । वैदेशिक रोजगारले अर्थतन्त्रमा ठुलै बदलाभको संभावना देखाउला । व्यर्थको व्ययभारमा नियन्त्रण क्षमता बढ्ला । शत्रु परास्त होलान। रोगव्याध प्रकोप नियन्त्रणमा क्षमता बढ्ला ।
भाग्यशक्ति कमजोर प्रवृत्तिको देखिएला ।
पति पत्नीबीचको सम्बन्ध सफल बन्न नसक्नाले दाम्पत्य जीवन कष्टकर होला । धर्नप्रति वितृष्णा जाग्ला । राजनैतिक गतिविधिले उच्चतहमा पुर्याउन नसक्ला । नोकरीमा खुट्टा तान्ने प्रवृत्तिको शिकार भइएला । भूमिबाट उन्नति हुन नसक्ला ।
स्वामी: शनि, रत्न: नीलम, शुभरंग: कालो
मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो राशिलाई यो वर्ष कतै सफल त कतै बाधाले सन्तोषजनक अबस्था णै होला जस्तो लाग्छ । भाग्यशक्तिको प्रवलताले minआँटेको कामले पूर्णता पाउला। आमाबाबुको स्नेह नघट्ला। दाजुभाइ, दिदिबहिनीबाट सदाशयता प्राप्त भईरहला । पतिपत्नी बीचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन बन्ला। इष्टमित्रहरु पनि सहयोगी भावमा देखिएलान् । व्यापार व्यवसायले ठूलो उपलब्धि दिन नसक्ला । धार्मिक गतिविधिले अनेकौं तिर्थस्थलहरुको भ्रमण गराउला । रोगव्याध प्रकोप नियन्त्रणमा दक्षताको विकासले उचित प्रोत्साहन पाउला । बौद्धिकताको बृद्धिले परीक्षा प्रतियोगिताहरु लगायत अन्य क्षेत्रमा समेत सफलता मिल्ला । दैवीय दुर्घटना लगायत विपत्तिहरुमा कमी आउला । बोल्दा निकै होस पुर्याउनुपर्ला । अन्यथा संकटको अबस्था निम्तेला । नोकरीमा खिचातानीको शिकार हुनुपर्दा निराशाको बादलले ढाक्ला ।
जग्गा जमिनको कारोबारले पनि अर्थतन्त्र सुधार्नमा त्यति मद्दत नगर्ला । राजनैतिक गतिविधि आफू अनुकुल नदेखिनाले राजनीतिबाट लाभ हुन नसक्ला । व्ययभार अधिक बढ्नाले पनि आर्थिक सन्तुलन नबिग्रेला ।
स्वामी: वृहस्पति, रत्न: पुष्पराज, शुभरंग: पहेंलो

१६ पुस, काठमाडौं । सेवाग्रहीसँग घुस लिँदा-लिँदै मीनभवनस्थित यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल पक्राउ परेका छन् । घुस लिनासाथ अख्तियारको फन्दामा परेपछि पोखरेलले घुस लिएको १ लाख ८० हजार रुपैयाँ तत्कालै मिल्काएका थिए ।
अख्तियार दुरुपयउोग अनुसन्धान आयोगको टोलीले विहीबार निर्देशक पोखरेललाई १ लाख ८० हजार रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको छ ।

विद्युतीय मोटरसाकइकल भित्राउने एभन साइकल कम्पनीलाई भन्सार छुटका लागि सिफारिस मागेबापत पोखरेलले घुस मागेका थिए ।
इलेक्ट्रिक सवारी भित्राउँदा दिइने छुटका लागि यातायात व्यवस्था विभागले सम्बन्धित भन्सार कार्यालयलाई सिफारिससहित अनुमति दिनुपर्ने व्यवस्था छ । आयातकर्ता कम्पनीले सहजै पाउनुपर्ने सुविधा दिन नमान्दै पाखरेलले घुस मागेका थिए ।
नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएको विद्युतीय मोटरसाकइकलका लागि छुटको सिफारिस गरेबापत पोखरेलले घुस लिएका हुन् ।

कुल ३६ वटा विद्युतीय मोटरसाइकल भित्राउनका लागि अनुमति दिन पोखरेलले प्रतिमोटरसाइकल ५ हजार रुपैयाँका दरले घुस लिएका थिए । अख्तियारले घुस मागेको पूर्वसूचनाका आधारमा पोखरेललाई पक्राउ गरेको हो ।
अख्तियारको टोली पुगेको थाहा पाउनासाथ निर्देशक पोखरेलले आफूले लिएको घुस रकम कार्यालयको बाहिरपटि्ट राखिएको सोफामा फ्याँकेका थिए ।
पोखरेलले त्यो रकम कसरी सोफामा आयो भन्नेबारे अनभिज्ञता जनाए । उनले आफूले घुस नलिएको भन्दै पटक-पटक आरोप इन्कार गरेका थिए ।
अख्तियारको टोलीले आयोगलाई असहयोग गरेमा थप कारवाही भोग्नुपर्ने चेतावनी दिएपछि उनले बल्ल घुस लिएको स्वीकारेका हुन् ।
दिउँसो २ बजे यातायात व्यवस्था विभाग पुगेको टोलीसमक्ष उनले झण्डै एक घण्टासम्म घुस नलिएको दाबी गरेका थिए । तर, अन्तिममा स्वीकार गर्न बाध्य भए ।
onlinekhabar


पुस १६, २०७२- कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमणका बेला आफुले भारतीय नेतहरुससंग कुनै सहमति नगरेको दावी गरेका छन् ।

विहीवार साँझ विराटनगर विमानस्थलमा संवाददाताहरुले भारतसंग तपाईले के सहमति गर्नु भएको थियो भन्ने प्रश्नमा नेता देउवाले भने, 'मैले कुनै सहमति गरेको हैन भारतमा विभिन्न नेताहरु संगको भेटमा हिन्दुराज्यका बारेमा उनीहरुले चासो देखाएका थिए, तर त्यसका लागि दुई तिहाइ चाहीन्छ भन्ने कुरापनि उनीहरुलाई थाहा थियो ।'

संविधान बन्नुअघिका भ्रमणमा भारतले हिन्दुराज्यबारे कुरा गरेको तर मुलुक धर्म निरपेक्षतामा गइ सकेको  आफूले जानकारी गराएको देउवाले बताए ।

सरकार आफ्नै बोझले ढल्ने दोहोर्‍याउँदै नेता देउवाले भने, 'सरकार राम्रोसंग चलेकै छैन् ।' संविधानमा छुटेका कुरालाई पुनः मधेसी दलहरुको सहमतिमा संसोधन गर्ने तयारी भइ रहेकाले अव वार्ता चाडै सफल हुने वताए । 'सहमती नजिक पुगेका छौ,' देउवाले भने, 'सिमाङकनमा पनि अब कुरा मिल्छ ।'

संवाददाताहरुले तपाई आसन्न कांग्रेस महाधिवेशनमा सभापतिको उमेद्वार हो नि ? भन्ने प्रश्नमा देउवाको उत्तर थियो 'तपाईहरुले के लाग्छ म उमेद्वार बन्छु कि बन्दीन होला ।' पार्टी भित्र कृयाशील सदस्यताको विवादलाई आयोगले दिएको प्रतिवेदनलाई हु बहु पालना गरी समाधान गर्नु पर्ने देउवाको भनाइ थियो । शुक्रवार यहाँ हुने नेपाल महिला संघको अञ्चल स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन देउवा आएका हुन् ।

ekantipur

फोटो :समाचार प्रतिनिधी फोटो
मोवाइलमार्फत सम्पूर्ण समस्या समाधान

काठमाडौं:  किसानको लागि सरकारले प्रविधिमैत्री खुशीको खबर ल्याएको छ । सरकारले किसानका लागि निः शुल्क  ‘किसान सिमकार्ड’ को सुविधा ल्याउने तयारी गरेको छ ।


सरकारले पहिलो चरणमा सिमकार्ड वितरण गरेपछि मोबाइल सेटपनि दिने तयारी गरेको छ । सम्भवतः किसानहरुले यो सुविधा आगामी चैतदेखि उपभोग गर्न पाउनेछन् ।

सरकारले खाद्यान्न, तरकारी, तेलहन, दलहन, मल तथा बिषादी, मौसम, खेती प्रविधि, बजारलगायतका बिषयमा आवश्यक जानकारी उपलब्ध गराउन किसानलाई निः शुल्क किसान सिमकार्ड उपलब्ध गराउने तयारी गरेको हो ।

त्यति मात्रै होइन्, विश्व बैंकको सहकार्यमा कार्यान्यनमा आएको कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना (एमिस्) ले बनाएको हाम्रो कृषि एप पनि उक्त मोवाइलमा उपलब्ध हुनेछ ।

कृषि विकास मन्त्रालयका प्रवक्ता डा. श्यामकिशोर साहका अनुसार ले चालु आर्थिक वर्षमा यो सुविधा कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना लागू भएको २५ जिल्लाका पाँच हजार पाँच सय किसानको हातमा पुर्‍याउन लागेको हो ।

‘यो सुविधा हामी तेश्रो चौमासिकको पहिलो महिनादेखि कार्यान्वयनमा ल्याउने तयारी गरेका छौं’, प्रवक्ता साहले भने,‘ यो प्रविधिको सहयोगमा नेपाली किसान मौसम र तापक्रमसम्बन्धमा पूर्व जानकारी लिएर त्यहीअनुसारको खेती पाति गर्न सक्षम हुनेछन् ।’ यो सुविधा प्रदान गर्न मन्त्रालय र नेपाल टेलिकमबीच बिहिबार दुई पक्षिय सम्झौता भइसकेको छ ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत शिवनन्दनप्रसाद साहका अनुसार पहिलो चरणमा यो सुविधा धनकुट्टा, सुनसरी, सिराहा, काभ्रे, बारा, रुपन्देही, बाँके र जुम्लाका किसानले यो सुविधा उपभोग गर्न पाउनेछन् ।

यसैगरी दोश्रो चरणमा संखुवासभा, झापा, मोरंग, सप्तरी, महोत्तरी, चितवन, सुर्खेत र कैलाली र तेश्रो चरणमा दार्चुला, डोटी, रुकुम, दांग, मुस्तांग, कास्की, पाल्पा, धादिङ्ग र दोलखाका किसानले यो सुविधा पाउनेछन् ।

मन्त्रालयले यो सुविधाअन्तर्गत एउटा जिल्लाका ५० जना किसान सदस्य रहेको समूहलाई २० हजार रुपैयाँ पर्ने एक थान इण्ड्रोइड स्मार्टफोन, एक थान किसान सिम र सिममा सय रुपैयाँको ब्लालेन्स सुविधा, एक थान रेनगज उपकरण (बर्षा नाप्ने यन्त्र) र एक थान थर्मोमिटर (तापक्रम नाप्ने यन्त्र) निः शुल्क उपलब्ध गराइनेछ ।

यि सबै सामाग्रीको करिब ४० हजार मूल्य पर्छ । किसानले पाएको मोवाइल र सिममार्फत आवश्यक जिज्ञासा र समाधान पनि निस् शुल्क प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै समूहमा आवद्ध नभएका किसानले भने जिल्ला कृषि विकास र जिल्ला पशु सेवा कार्यालयको सिफारिशमा सोही कार्यालयबाट सय रुपैयाँ व्यालेन्स सुविधा भएको किसान सिम निः शुल्क रुपमा लिन पाउनेछन् ।

२५ जिल्ला वाहेकको हकमा भने अहिलेलाई एनएएमआईएस डट जिओभी डट एनपीमार्फत कृषिसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको प्रवक्ता साहले जानकारी दिए । मन्त्रालयले कृषिसम्बन्धी आवश्यक जानकारी लिनका लागि टोल फ्रि नम्बर १६६००१७७७७९ को पनि व्यवस्था गरेको छ ।
annapurnapost

प्रधानमन्त्री ओलीको गृह जिल्ला भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार झापाका दर्जनौ औपचारीक कार्यक्रममा सहभागी भएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि आफू निर्वाचित झापा क्षेत्र नम्बर ७ का दर्जनौं कार्यक्रममा एकै दिन सहभागी भएको यो पहिलो हो।
बिहीबार बिहान दमक गणतन्त्र चौक आयोजित पूर्वपश्चिम राजमार्ग राष्ट्रिय सरसफाई अभियान अन्तर्गत हातमा कुचो लिएर सहभागी भए। दमकमै निर्माण हुन लागेको दुईवटा आकासे पुलको उनले सोहि कार्यक्रममा शिलान्यास समेत गरे। धरमपुर पाँचगाछी सडक खण्डमा पर्ने कमलखोलामा निर्माण भएको कमलपुलको रिवन काटेर उद्घाट्न गरे।
त्यसैगरी प्रधानमन्त्री ओलीले बिहीबार दमक वहुमुखी क्याम्पसको ३५ औं वार्षिक उत्सव तथा छैठौ क्याम्पसभाको उद्घाटन गरे। सोही क्रममा क्याम्पसलाई जग्गा दान गर्ने दाता स्वगीर्य डम्बरवहादुर अधिकारीको अर्धकद्को शालिक अनावरण गरे।
उनले झापाको दमकलाई हरित नगरीको रुपमा विकसित गर्न आफू प्रतिवद्ध भएको उद्धघोष गरे। उनले दमक चिसापानि सडकलाई वहुवर्षे योजना अन्र्तगत सालिन्य स्तर बृद्धी कालोपत्रे गरिने बताए। प्रधानमन्त्री ओलीले दमक मधुमल्ला जोड्ने बाटोलाई पनि आफूले ध्यान दिएको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘अब रतुवा र मावा नदीको पाता फर्काएर दुवैतिर बाँध बाँधेपछि नदी कटानको समस्याबाट स्थानीय मुक्त हुन्छन्।’
यसैबीच उनले कुनैपनि हालतमा जातीय आधारमा राज्य सम्भव नहुने र नेपाल नटुक्रने ठोकुवा गरे। ‘जातै पिच्छे राज्य हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो विकराल परिस्थितिबाट जातीय राज्य हुनबाट नेपाललाई जोगाउन बुद्धीमानि हुनेछ।’
देशभित्रको समस्या देशभित्र समाधान गर्न आफू तयार रहेको ओलीले बताए। मधेसमा आन्दोलनरत दललाई लक्षित गर्दे उनले भने, ‘कसैले भड्काउदैमा, चिढ्याउँदैमा मुलुकको समस्या समाधान हुन्न, त्यस्ता कु तत्वसँग होसियार रहनुपर्छ। लोकतन्त्रमा असहमति र बिमति राख्न पाईन्छ तर संविधानसभाभित्र दुई तिहाई मतसंख्यामा पारित भएको नेपालको संविधानलाई अव सवैले स्विकार गरेर अघि वढ्नुको बिकल्प छैन।’
कार्यक्रममा पार्टी महासचिव इश्वर पोख्रेल, सचिव एबम् प्रचार प्रसार बिभाग प्रमुख योगेश भट्टराई, संविधानसभाका निवर्तमान अध्यक्ष सुवाशचन्द्र नेम्बाङ, कानुन मन्त्री अग्नि खरेल लगायतको उपस्थिति थियो।
setopati

१६ पुस, दमौली ।

पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्डमा पर्ने तनहुँको घाँसीकुवा गाविस–५ स्थित मुसेखोलामा आज ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घाँसीकुवा–८ छिर्कनेका मोटरसाइकल चालक २१ वर्षीय सुरज थापा, सोही ठाउँका अर्का २० वर्षीय सन्दिप कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





मोटरसाइकलको पछाडि बस्ने सन्दिपको घटनास्थलमै र चालक सुरजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेका ना ५ ख ७५२३ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको ग १० प ७४६२ नम्बरको मोटरसाइकललाई उक्त ठाउँमा ठक्कर दिँदा दुर्घटना भएको थियो ।
nepaliheadlines

भारत सरकारले लामो समयदेखि भारतमा संगीत कर्म गर्दै आएका चर्चित पाकिस्तानी गायक अदनान सामीलाई नयाँ वर्षदेखि लागू हुने गरी भारतको नागरिक्ता प्रदान गरेको छ। भारत सरकारको गृह मन्त्रालयले अदनानलाई मानवियताको आधारमा भारतको नागरिक्ता प्रदान गरिएको जनाएको छ। भोलि शुक्रबार जनवरी १, २०१६ बाट उनी वैधानिकरुपमा भारतको नागरिक बन्नेछन्।
१५ वर्ष अगाडी भिजिट भिसामा भारत छिरेका अदनान त्यस यता भिसा अवधि बढाउँदै भारतमा नै बसिरेहेका छन्। ४६ वर्ष यी गायकले गत मे २६ मा आफूलाई मानवियता आधारमा भारतको नागरिक्ता दिन आवेदन गरेका थिए। त्यसअघि पनि उनले नागरिक्ताका लागि आवेदन दिएको भएतापनि भारत सरकारले नागरिक्ता दिन अस्विकार गर्दै आएको थियो।
पाकिस्तानको लाहोरमा जन्मिएका अदनानसँग हाल  रहेको पाकिस्तानको राहदानीमा भारतमा बस्ने ३ महिनाको भिसा अनुमति बाँकी छ।  यसै वर्षको मे २६ मा मिति सकिएको भिसालाई पाकिस्तानले नविकरण नगरे पछि उनले २७ मे मा मानवियताको आधारमा नागरिक्ता पाउँ भन्दै निवेदन दिएका थिए।
सामीका 'कभि तो नजर मिलाओ' र 'लिफ्ट करा दे' गीत सन् २००० को दशकमा चर्चामा थिए। यसै वर्ष उनले 'बंजरगी भाइजान'को लागि गाएको 'भर दो झोली मेरी' पनि हिट भएको थियो।

Royal Massacre - Nepal (Raja Birendra ko Hatyakanda)






Birendra succeeded to the Nepalese throne on 31 January 1972 after the death of his father, King Mahendra. On his ascension he was effectively

an absolute monarch as he inherited a country where political parties were banned and he ruled through a system of local and regional councils known as panchayats.


[6] Birendra resented the absolute monarch tag maintaining that he presided over a democracy in which representatives to the assembly were indirectly elected and saying that his poor and backward country could not afford a democracy


based on party politics and that it needed firm and decisive government.[9] His first trips abroad as king were to India in October 1973 and China two months later

[10] as he believed that Nepal, sandwiched between the two Asian powers, should have good relations with both.[11

 फेसबुक म्यासेन्जरमा थाहा नभएका सुविधाहरु!
हामीले च्याट गर्नको लागि फेसबुकको म्यासेजिङ एप म्यासेन्जर प्रयोग गर्छौँ। म्यासेन्जरले च्याटका साथै भ्वाइस र भिडियो कलको सुविधा पनि दिएको छ। तर यी सुविधा बाहेक फेसबुक म्यासेन्जरका अरु पनि सुविधा रहेका छन् जसका बारेमा धेरै प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ।
म्यासेन्जर एपका माध्यमले आफ्नो बैकं एकाउन्टबाट पैसा पनि ट्रान्सफर गर्न सकिन्छ। पैसा ट्रान्सफर गर्ने तरिका निकै सजिलो रहेको छ। थम्ब आईकन (Thumb Icon) सँगै रहेका तीन बटा डट्स (Dots) मा क्लिक गर्नु पर्ने हुन्छ। त्यसपछि पेमेन्ट विकल्प आउँछ। हामी पठाउन खोजेको रकम राख्नु पर्ने हुन्छ। रकम राखी सकेपछि आफ्नो भिजा कार्ड, मास्टर कार्ड वा डेबिट कार्ड एड गर्नु पर्ने हुन्छ। फेसबुकले यस सेवाको कुनै अतिरिक्त चार्ज लिँदैन। तर यसका लागि फेसबुकसँग बै‌कको सहकार्य हुनपर्छ।
च्याटका साथै लोकेशन पनि सेयर गर्न सकिन्छ। यसका निम्ति म्यासेन्जर एपको दाँया तिर रहेको तीनवटा डटहरुमा क्लिक गर्नु पर्ने हुन्छ र त्यसपछि लोकेशन सेट गर्न सकिन्छ। आफ्नो हालको (current) लोकेशन पनि सेयर गर्न सकिन्छ र म्यापमा पनि लोकेशन ट्याग गर्न सकिन्छ।
म्यासेन्जरको वेब एपका बारेमा धेरै कम प्रयोगकर्ताहरुलाई जानकारी छ। म्यासेन्जर एपलाई डेस्कटपमा पनि प्रयोग गर्न सकिन्छ। यसको लागि messenger.com मा लग इन (Log In) गर्नुपर्ने हुन्छ।
मोबाइल फोनमा म्यासेन्जर एप प्रयोग गर्नको लागि फेसबुक एकाउन्ट जरुरी छैन। प्रयोगकर्ताहरु आफ्नो फोन नम्बरको माध्यमबाट पनि साइन इन (Sign In) गर्न सक्छन्। म्यासेन्जर एकाउन्ट मोबाइल एप र वेबसाइट दुवैबाट बनाउन सकिन्छ।
म्यासेन्जरमा आउने नोटिफिकेसनलाई म्युट (Mute) पनि गर्न सकिन्छ। यसका लागि कुनै व्यक्ति वा ग्रुपमा क्लिक गरेर नोटिफिकेशनलाई म्युट गर्न सकिन्छ र कति समय सम्मको लागि म्युट गर्ने भनेर पनि विकल्प हुन्छ।
purbelinews

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था विभागका एक उपसचिवलाई कार्यालयमा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ गरेको छ ।

यातायात व्यवस्था बिभागका प्राबिधिक निर्देशकसमेत रहेका नबिनकुमार पोखरेललाई अख्तियारको टोलीले एक लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।


उनले एभोन साइकिल्स लिमिटेडको ईलेक्ट्रिक स्कुटर ल्याउन नेपालगन्ज भन्सार कार्यालयका लागि यातायात व्यवस्था विभागबाट सिफारिस बनाउँदा प्रति स्कुटर ५ हजार रुपैयाँका दरले घुस लिएको खुलेकोछ ।

आयोगको टोलीले घुस लिइरहेको सूचना पाएपछि यातायात व्यवस्था विभागको नयाँबानेश्वरस्थित कार्यालयमा छापा मारेर घुस रकम लिइसकेको सो परिमाणको रकमसहित पोखरेललाई पक्राउ गरेको हो ।

उनलाई अख्तियारको टंगालस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
annapurnapost

काठमाडौ, १६ पुष । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले मधेसी मोर्चाले नाकाबन्दीसहितका आन्दोलनका कार्यक्रम फिर्ता नलिए मोर्चाका शिर्ष नेताहरुको पोल खोलिदिने चेतावनी दिएकी छिन ।
आईतावर हिमालय टेलिभिजनमा प्रशारण हुने ‘ धमलाको हमला’ कार्यक्रमको लागि ऋषि धमलासँगको
कुराकानीमा उनले भनिन,‘  उपेन्द्र महतो, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्र यादवको मधेसमा केही छैन । यीनीहरुले केही गर्न सक्दैन । मलाई उपेन्द्रले फोन गरेर गिरिजाप्रसाद कोइरालाले गरेको सहमति कार्यान्वयन भएन तपाई के हेरेर बस्नु भाको छ भनेर सोधे । मैले भने के सम्झौता भएको थियो । उनले आठ बुँदे कुरा गरे । मैले आठ बुँदेमा के के छ भनेर सोधे । उनले केही जवाफ नै दिन सकेनन । आठ बुँदेमा के छ मलाई पनि थाहाँ छैन भनेर उम्किए । यादवले समावेशी समानुपातिक, जनसंख्याको कुरा मात्रै गरे । अब पनि आन्दोलन फिर्ता लिएर नाका नखोले सबैको पोल खोलिदिन्छु । को कहाँबाट सञ्चालित छन सबै मलाई थाहाँ छ । ’
सुजाताले आगामि महाधिवेशनमा पार्टी नेतृत्वको चयन सर्वसम्मतमा नहुने दावी गर्दै पार्टी सभापतिको लागि जो सुकै मैदानमा आए पनि आफू प्रतिष्पर्घा गर्न तयार रहेको स्पष्ट पारिन ।
उनले भनिन,‘ सुशील दाले सक्नु हुन्न । उहाँ विरामी हुनु हुन्छ । उहाँलाई स्वास्थ्यले साथ दिदैन । सक्रिय रुपमा कार्य गर्न पनि सक्नु हुन्न । उहाँले अब मलाई सहयोग गर्नु पर्छ । कोइराला परिवारमा सुशील दापछि को मै हुँ । म पार्टी हाक्न सक्छु, ममा क्षमता छ । समय अुनसार काम गर्न सक्ने दुरदृष्टि पनि छ । टिम पनि छ । यूवा पुस्ता, महिलाको समर्थन मलाई छ ।’
सुजाताले सुशील कोइरालाले समर्थन गरेपछि आफूले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई भेटेर अब आफूलाई समर्थन गर्न आग्रह गर्ने जानकारी पनि दिईन ।
उनले चीनसँग आफ्नो राम्रो सम्बन्ध भएको र चीनले बोलाईरहने भएकोले बारम्बार आफू चीन जाने गरेको बताउँदै नेपाल र चीनवीचको सम्बन्ध अझै राम्रो र बलियो बनाउनु पर्ने तर्क गरिन ।
reportersnepal

काठमाडौं, पुस १६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकार, प्रतिपक्षी र मधेसी मोर्चालाइ एकजुट हुन आग्रह गरेका छन् ।

विहीबार राजधानीमा ‘राष्ट्रिय जीवनमा बीपी’ नामक पुस्तकको विमोचन गर्दै उनले संविधान संशोधनमार्फत् अघि बढ्न सबैलाई आग्रह गरे ।

उग्र राष्ट्रवाद त्यागेर लोकतान्त्रिक पद्धतिबाट समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले वर्तमान परिस्थिमा बीपीको राष्ट्रिय मेलमिलापको नीतिको अहिले पनि आवश्यकता रहेको बताए ।

यस्तै, नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीको आँखामा सत्ताबाहेक अरु कुनै कार्यक्रम नरहेको आरोप लगाए ।
imagekhabar


फोटो :फाइल फोटो
जनकपुरधाम : संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले छिट्टै काठमाडौंस्थित खस आर्यहरुको सत्तामा हमला गर्न सिंहदरबार घेराउ गरिने बताएका छन् ।

बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता यादवले ‘हिडौं मधेसी घेरौं सिंहदरबार, लेउ आफ्नो अधिकार’ भन्ने अभियान संचालनको सोचमा आफुहरु रहेको बताए ।

मधेस आन्दोलनको सम्बन्धमा राज्यले पटक पटक अफवाह फैलाउँदै नकारात्मक प्रचार गरिराखेको उनले आरोप लगाए । ‘मधेस आन्दोलन जारी रहेसम्म सीमानाका बन्द रहनेछन्’, उनले भने, ‘तराई–मधेस आमहड्ताल लगायतका कार्यक्रमहरु जारी नै रहनेछन् ।’


उनले तराई, हिमाल र पहाडमा रहेका शोषित, उत्पीडित र अपहेलित जनतालाई एक भई राज्यको जातीय विभेद विरुद्ध लड्न समेत आग्रह गरेका छन् ।

अहिलेको आन्दोलन मधेसको अधिकारको लागि मात्र नभई समग्र राज्यबाट वहिष्करण र विभेदमा पारिएकाहरुको अधिकारको लागि रहेकाले यसमा सबैले सहयोग गर्न उनले आग्रहसमेत गरे ।

सरकारले पटक पटक वार्ताको नाटक गरेपनि आफैँ वार्ता भाडेर मोर्चालाई बद्नाम गर्ने काम गर्दै आएको बताए ।

मधेसी मोर्चा वार्ताविरोधी नरहेपनि एकातर्फ शान्तिपूर्ण आन्दोलन गरिराखेका जनतामाथि बर्बर दमन गर्ने र अर्कोतर्फ वार्तामा आउन आह्वान गर्नु सरकारको दोहोरो नीति रहेको यादवको भनाइ थियो ।
annapurnapost

 नेपाली पोसाक दिवस पुस १७ गते मनाइने
काठमाडौँ, १६ पुस । नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै श्रद्धावान् नेपाल नामक संस्थाले नेपाली पोसाक दिवस–२०७२ पुस १७ गते आयोजना गर्ने भएको छ ।
संस्थाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विगत तीन वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवस मनाउँदै आएको जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष स्वामी राजानन्दले विदेशी संस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली वेशभूषा र संस्कृतिको जगेर्नाका लागि संस्थाले अङ्ग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवसका रुपमा मनाउन लागेको बताउनुभयो ।
नेपालमा बहुजाति, बहुभाषी, बहुसंस्कृति र आफ्नै छुट्टै मौलिकता रहेकाले सबै जातजाति र भाषाभाषीका मानिस मिलेर आ–आफ्नो मौलिकपन र राष्ट्रियताको जगेर्नाका लागि सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पुस १७ गते शुक्रबार विभिन्न झाँकीका साथ भृकुटीमण्डपमा उक्त दिवस मनाइने बताइएको छ ।
purbelinews

बर्दिया, पुस १६ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पाँच विकास क्षेत्रलाई नै प्रान्त मान्न सकिने बताएकी छन् ।

विहीबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा उनले सीमांकनको कुनै विवाद नै नरहेको र सबैले स्वीकार गरेको पाँच विकास क्षेत्रलाई नै प्रान्त बनाउनुपर्ने बताइन् ।

मधेसी दलहरुको आन्दोलन अस्पस्ट रहेको भन्दै उनले तराई–मधेस आन्दोलन मधेसी मोर्चाको हातबाट बाहिर गैसकेको जिकिर गरे ।
imagekhabar

केही दिनअघि सेतोपाटीमा छापिएको सरकारको कुबुद्धीले नाकाबन्दी लम्बियो शीर्षकको समाचारमा छापिएको तस्विरलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न आधारहिन कुराहरू पोष्ट भएकोमा मलाई अत्यान्त दुःख लागेको छ।
म टिकाराम खनाल, गोरखा जिल्ला बक्राङ गा.वि.स. ५ निवासी, स्थानीय लक्ष्मी प्रा.वि.को प्र.अ हुँ। गाउँमा गा.वि.स. सचिव नभएकाले प्रअको हैसियतमा भूकम्पबाट पीडित जनताको राहतको लागि भनी ल्याईएको सामाग्री (कम्बल) पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट मैले बुझिलिएको हुँ। भूकम्प बाट बढी प्रभावित तथा गरीबलाई छुट्याएर वितरण गर्नू गराउनू हुन मैले नौ वटै वडा संयोजकहरुलाई तत्कालै भनेको थिए। यद्यपी मैले बाबुराम भट्टराईसँग लिएको उक्त सामाग्रीको तस्विरलाई लिएर सामाजिक सञ्जालहरूमा झुठा र कपोकल्पीत टिकाटिप्पणी प्रति खेद ब्यक्त गर्दछु।
सरकारी सेवामा रहेर सामाजिक भलाईको निम्ति काम गर्दा फोटोको वास्तविक सत्यतालाई छोपेर निन्दनीय तवरले चरित्र हत्या गर्ने घृणित शैलीको घोर आपत्ती व्यक्त गर्दछु।

काठमाडौं, पुस १६ । शिवसेना नेपालले राजधानीको पाशुपत क्षेत्रमा अबदेखि दैनिक दुई घन्टा निःशुल्क भोजन गराउने भएको छ ।

भूकम्पपीडित, सडक बालबालिका, असहाय बृद्धबृद्धालाई निःशुल्क भोजन गराउने शिवसेना नेपालले जनाएको छ ।

निःशुल्क भोजन खुवाउने कार्यक्रममको पूर्वयुवराज पारस शाहले विहीबार थालनी गरे ।

इन्धन अभावका कारण सर्वसाधारणलाई खाना पकाउन समस्या भएको भन्दै शिवसेनाले निःशुल्क भोजन गराउन थालेको हो ।
imagekhabar

काठमाडौं, १६ पुस । संसदमा संविधान संशोधनको प्रस्तावमा आज पनि सैद्धान्तिक छलफल जारी छ । कांग्रेस सरकारको पालामा दर्ता भएको तथा अहिलेको सरकारले अगाडि बढाएको संविधान संशोधन प्रस्तावमा विगत तीन दिनदेखि सैद्धान्तिक छलफल हुँदै आएको छ । यो प्रस्तावले आफूहरूको माग सम्बोधन नहुँनेभन्दै मधेसी मोर्चा र थारु सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
संसदको बैठकमा संविधान संशोधनको प्रस्तावमा सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले तराई मधेसका जनताको माग सम्बोधन गर्नका लागि संशोधन प्रस्ताव ल्याइएको बताउनुभयो । उहाँले अधिकारको माग गर्दै तराई मधेसमा जारी आन्दोलनले गर्दा जनताले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले वर्तमान सरकार आफ्नो सत्ता टिकाउने खेलमा लागेको बताउनुभयो । सांसद ढुङ्गानाले वर्तमान सरकार समस्याको समाधान गर्न नचाहेको आरोप लगाउनुभयो । ‘मधेसका जनताका अधिकार सम्बोधन गर्नै पर्छ । यो संशोधन प्रस्तावले पनि मधेसी जनताका अधिकार समेट्दैन’, उहाँले भन्नुभयो, ‘सुशील कोइराला सरकारको पालामा दर्ता भएको संविधान संशोधन प्रस्तावालई एमालेका अध्यक्ष केपी ओलीले मान्नु भएन । अहिले समस्याको समाधान त्यही विधेयकले गर्दैछ ।’
सरकार कालोबजारी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाउनु भएका कांग्रेस सांसद ढुङ्गानाले भन्नुभयो, ‘संविधान संशोधनको प्रस्तावलाई पारित गर्नुपर्छ ।’
एमालेका सांसद राजेन्द्रप्रसाद पाण्डेले संविधान संशोधनको अहिलेको व्यवस्थाले नपुगे पछि थप गर्न सकिने बताउनुभयो । कांग्रेसकै पालामा दर्ता भएको संविधान संशोधन प्रस्तावमा कांग्रेसकै सांसदहरूले विरोध गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
झापा, सुनसरी र मोरङका जनताले दुई नम्बर प्रदेशमा जान नचाहेको बताउनुभएका सांसद पाण्डले भन्नुभयो, ‘पूर्वमा मात्रै होइन पश्चिमका कैलाली, कञ्चनपुर जिल्लाका जनताहरू पनि अर्को प्रदेशमा जान चाहँदैनन् । आन्दोलनकारीले यो कुरालाई पनि बुझ्नु पर्छ ।’
उहाँले आन्दोलनकारी दलहरूलाई सहमतिमा आएर संसदबाट समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आन्दोलन फिर्ता लिनुस् । यहीबाट समाधान खोजौँ ।’
एकीकृत माओवादीका सांसद अमनलाल मोदीले संविधान संशोधनको प्रस्तावले आन्दोलनकारीका धेरै माग पूरा हुने बताउनुभयो । ‘जनताका अधिकार संविधान संशोधनको प्रस्तावले धेरै माग पूरा गर्छ’, उहाँले भन्नुभयो, ‘यो प्रस्तावलाई पारित गरेर थप अधिकारका लागि संघर्ष गर्दै जानुपर्छ । आन्दोलनकारीले पनि बुझ्न जरुरी छ ।’
कांग्रेसका सांसद नगेन्द्रकुमार कुमालले आफूले संविधान संशोधनको प्रस्ताव राख्दा जातिवादी र साम्प्रदायिक भएको आरोप लागेको स्मरण गर्नुभयो । उहाँले सबैलाई अधिकार दिनुपर्ने आफ्नो आग्रहलाई अहिले आएर संविधान संशोधन गरेर दलहरूले केही भए पनि स्वीकार गरेको बताउनुभयो ।
संसदमा मधेसी र थारु सांसदको नारावाजी यथावत
संसदको बैठक सुरू हुनेवित्तिकै मधेसी मोर्चा र थारु सांसदहरूले नारावाजी र घेराउ गरेका छन् । उनीहरूले आफूहरूले उठाएका मागलाई पूरा गर्न माग गरेका छन् । मधेसी र थारु सांसदहरूको नारावाजी र घेराउका बीच संसदको बैठक चलेको छ । मधेसी र थारु सांसदहरूले आफूहरूका अधिकार नसमेटिएको भन्दै सदनमा अबरोध गर्दै आएका छन् ।
dainiknepal

१६ पुस, काठमाडौं । पार्टीका वरिष्ठ हस्तीहरुलाई पन्छाउँदै सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालयमा पुगे एमाओवादी नेता शक्ति बस्नेत । उनले गृहमन्त्रालय सम्हाल्दा अपरिपक्व र अनुभवहीनलाई ठूलो जिम्मेवारी दिइएको भनेर टिप्पणीहरु पनि नभएका होइनन् ।
सपथग्रहणको अघिल्लो दिनमात्रै प्रचण्डले बस्नेतलाई भनेका थिए, ‘गृह मन्त्रालय तपाईंले सम्हाल्नुपर्ने अवस्था आएको छ है ।’ बस्नेत स्वयमका लागि यो आशै नभएको जिम्मेवारी थियो । तर, उनले दृढतापूर्वक प्रचण्डको प्रस्ताव स्वीकारे । ‘पार्टीले दिएको जुनसुकै जिम्मेवारी स्वीकार्ने मनस्थितिमा थिएँ,’ बस्नेत भन्छन्, ‘मन, वचन र कर्मले जिम्मेवारी निभाउन प्रयत्नशील छु ।’
गृहमन्त्री बस्नेतमाथि केही आरोपहरु लागेका छन् : जस्तै- मधेसमा बढी बल प्रयोग गरेको, आन्दोलनकारीमाथि प्रहरीले ताकीताकी गोली हानेको, नाका खुलाउन नसकेको, भूकम्प प्रभावितको कोटामा छोराछोरी चीन पठाएको इत्यादि । यिनै विषयमा पुल्चोकस्थित मन्त्री निवासमा बस्नेतसित गरिएको कुराकानी :

इतिहासकै एउटा कठिन कालखण्डमा तपाई गृहमन्त्रीजस्तो पदमा पुग्नुभयो । यो तीन महिनाको अनुभव कस्तो रह्यो ?
निश्चय नै यो मुलुकको निम्ति एउटा चुनौति र सम्भावनाले भरिएको क्षण हो । मुलुकका निम्तिमात्रै नभएर एउटा व्यक्तिको जिम्मेवारीको प्रश्नमा पनि अवसरसँगै चुनौतिहरु मिसिएका हुन्छन् । गृह मन्त्रालयजस्तो संवेदनशील र जिम्मेवार मन्त्रालयको नेतृत्व गरिरहेको नाताले मैले यसलाई चुनौतिपूर्ण अवसरका रुपमा ग्रहण गरेको छु । मैले यो मागेर लिएको मन्त्रालय होइन, परिस्थितिजन्य कारणले मेरो पोल्टामा आइपर्‍यो र मैले चुनौति स्वीकारेँ ।
जहाँसम्म अनुभवको प्रश्न छ, यो तीन महिनालाई हेर्दा विभिन्न परिस्थितिको सघनखालको अनुभूति गरेको छु । केही गर्नका निम्ति उत्प्रेरणाहरु प्रशस्त छन् । विशेषगरी जनताको तप्काबाट साथ र सहयोग छ । यति अप्ठेरो परिस्थितिका बाबजुद जनताले धैर्यधारण गरेर बस्नुभएको छ । सरकारप्रति र मन्त्रालयहरुप्रति सहयोग र सहानुभूतिको भावना नै पाएको छु ।
विगतमा पेट्रोलियम पदार्थको मूल्य थोरै तलमाथि हुँदा सडकमा टायर बल्ने, चक्काजाम हुने अवस्थाहरु आउँथे । तर, आज यति उच्चस्तरको संकटका बावजुद जनताले धैर्यधारण गरेर बस्नु भनेको सरकारका निम्ति ठूलो प्रेरणाको चीज हो ।
संविधान निर्माणपछि देश नयाँ अवस्थामा प्रवेश गरेको छ । जनताका नयाँ इच्छा-आकांक्षाहरु जागृत भएका छन् । संविधान बनेपछि देशले काँचुली फेर्छ भन्ने सबैको आशा थियो । तर, मान्छेका सोच्ने र काम गर्ने तौरतरिकाहरु परम्परागत नै छन् ।
नयाँ आकांक्षा तथा काम गर्ने तौरतरिका पुरानै हुँदा निकै ठूलो अन्तरविरोध उत्पन्न हुँदोरहेछ । यस्तो अन्तरविरोधले अघि बढौं भन्ने मान्छेलाई पनि खुट्टा तानिरहेको महसुस हुँदोरहेछ ।
यति हुँदाहुँदै पनि मुलुक नयाँ ढंले अगाडि बढ्न सक्छ भन्ने दृश्य देखिएको छ । यो सम्भावनामा टेकेर अघि बढ्न सकिन्छ भन्ने आत्मविश्वास मभित्र छ ।
सरकार देशमा छ भने उसले आफ्नो न्यूनतम दायित्व पूरा गर्नैपर्छ । माथि वार्ता भइरहेको छ भनेर तल प्रहरीले आफ्नो आँखा अगाडि भएका हिंसात्मक क्रियाकलापलाई टुलुटुलु हेरेर बस्न मिल्दैन
तपाईले अलिकति अमूर्त कुरा गर्नुभयो । यो सरकारका विषयमा र तपाईंकै विषयमा पनि विभिन्न खालका टीका-टिप्पणीहरु भइरहेका छन् । यसबाट कत्तिको हतास र विचलित हुनुभएको छ ?
मैले निराश हुनुपर्ने अवस्था विल्कुलै देखेको छैन । जनताको निकै ठूलो हिस्सा सरकारकै साथमा छ । जनताकै अर्को सानो हिस्साको असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने तत्कालीन चुनौति हाम्रो सामु छ । यसमा सरकार इमान्दार प्रयत्न गरिरहेको छ ।
एउटा गृहमन्त्रीका रुपमा मधेस आन्दोलनलाई हेर्ने तपाईंको दृष्टिकोण के हो ? यसलाई तपाई कति प्रतिशत शान्तिपूर्ण र कति हिंसात्मक मान्नुहुन्छ ?
यो विशुद्ध शान्तिपूर्ण आन्दोलन हो भनेर ढुक्कसित भन्न सक्दिँन । आन्दोलनको चरित्रमा प्रश्न गर्ने प्रशस्त ठाउँ छन् । शान्तिपूर्ण आन्दोलनको सीमाभन्दा अगाडि बढेको तर, युद्धको रुप नलिएको अवस्था हो ।
सबैले देखिराखेको कुरा नै हो, ठाउँ-ठाउँमा प्रहरी कार्यालयमाथि हमला भएका छन् । सुरक्षाकर्मीलाई निशाना बनाइएको छ । सरकारी कार्यालयहरु, निजी सम्पत्तिहरु तोडफोड भएका छन् । म गृहमन्त्री भएर होइन, एउटा सामान्य नागरिकको आँखाले हेर्दा पनि शान्तिपूर्ण मान्न सकिँदैन ।
आन्दोलनको सुरुवात नै जब पेट्रोल बमबाट हुन्छ भने त्यसलाई के मान्ने ? यसले शान्तिपूर्ण आन्दोलनभन्दा विशिष्ट अवस्था देखाउँछ । यद्यपि, मधेस आन्दोलनका कतिपय राजनीतिक मुद्दाहरु छन् । ती मुद्दाहरुमा सघन छलफलको आवश्यकता सरकारले महसुस गरेको हो ।
एजेन्डाहरु राजनीतिक प्रकृतिका हुँदाहुँदै पनि गतिविधिहरु फरक ढंगले आउनु चिन्ताको विषयका रुपमा लिएको छु ।
तर, मधेस आन्दोलनमा अत्यधिक बल प्रयोग भयो भनेर आरोप लगाउनेहरु पनि त छन् नि ?
मैले माथि नै भनेँ कि, उहाँहरुको आन्दोलन शान्तिपूर्णभन्दा विशिष्ट प्रकारको छ । तर, अपेक्षा चाहिँ के गर्नुहुन्छ भन्दाखेरि हामीलाई शान्तिपूर्ण आन्दोलनका रुपमा मात्रै सरकारले व्यवहार गरोस् । उहाँहरुको अपेक्षा र व्यवहारबीचको अन्तरालले समस्या उत्पन्न भएको हो । आन्दोलनले हिंसात्मक रुप ग्रहण गरेको अवस्थामा त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो ।

हिजो युद्ध गरेर आएको पार्टीको नेताले गृहमन्त्री भएपछि यस्तो कुरा गर्न मिल्छ र भन्ने प्रश्न पनि उठाइएला । यसमा मेरो भनाइ के छ भने हिजो हामी युद्धमा छँदा सरकारले पनि युद्धकै व्यवहार गरेको थियो । आज उहाँहरु घोषित युद्धमा हुनुभएको भए, हाम्रो व्यवहार पनि अर्कै हुन्थ्यो होला । पूरै शान्तिपूर्ण आन्दोलनमा भएको भए सरकारले बलप्रयोग गरेको गुनासो अर्थपूर्ण हुन्थ्यो होला । शान्तिपूर्ण आन्दोलनभन्दा पृथक प्रस्तुति उहाँहरुको भइसकेपछि सरकार र सुरक्षा निकायले पनि जनधनको सुरक्षाका लागि आफ्नो ड्यूटी निभाउनुपर्ने हुन्छ ।
यद्यपि हामी बल प्रयोगबाटै समस्या समाधान गर्ने बाटोमा हिँडेका छैनौं । राजनीतिक एजेन्डाहरुलाई छलफल र सम्वादको माध्यमबाटै निष्कर्षमा पुर्‍याउने कुरालाई प्राथमिकतामा राखेका छौं ।
सुरक्षा निकायलाई बल प्रयोगको सन्दर्भमा सरकारको मार्गनिर्देशन चाहिँ के छ ?
सरकारले दुई कुरामा ध्यान केन्द्रित गरेको छ । एउटा, मुलुकको आपूर्ति व्यवस्थालाई अवरोध तुल्याउने गरी प्रदर्शन हुन नदिने र राजमार्ग सुचारु गर्ने ।
दोस्रो, सुरक्षा निकायलगायत सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षाका साथै व्यक्तिको जिउधनको रक्षाको प्रश्नमा सम्झौता नगर्ने । तपाईं अहिले राजमार्ग सुचारु गर्ने प्रसंगमा प्रहरीको उपस्थिति पाउनुहुन्छ । सार्वजनिक सम्पत्ति तोडफोडको प्रयास हुँदा प्रहरीको उपस्थिति पाउनुहुन्छ । व्यक्तिको जिउधनमाथि खतरा भएमा प्रहरीको उपस्थिति पाउनहुन्छ ।
यदि यति पनि गर्न नमिल्ने हो भने देशमा किन सरकार चाहियो ? किन प्रहरी चाहियो ? किन बन्दूक चाहियो ? सरकार देशमा छ भने उसले आफ्नो न्यूनतम दायित्व पूरा गर्नैपर्छ ।
माथि वार्ता भइरहेको छ भनेर तल प्रहरीले आफ्नो आँखा अगाडि भएका हिंसात्मक क्रियाकलापलाई टुलुटुलु हेरेर बस्न मिल्दैन । आफ्नै सुरक्षालाई जोखिममा राख्न मिल्दैन ।
सुरक्षा निकाय परिचालनका विषयमा दुईथरि दृष्टिकोणहरु पाएका छौं । आपूर्तिको सहजता र यातायात सुचारु गर्नका लागि सुरक्षा निकायको जति हस्तक्षेप हुनुपर्थ्यो त्यति हुन नसकेको गुनासोहरु जनताको तप्काबाट आएका छन् । शान्ति सुरक्षामा खलल पुर्‍याउने तत्वहरुलाई नियन्त्रण गर्न सुरक्षा निकायले अहिलेभन्दा कडाइका साथ प्रस्तुत हुनुपर्छ भन्ने आकांक्षा उहाँहरुको छ ।
अर्कोतर्फ, अहिले जे-जति घटनाहरु भएका छन्, त्यसमा आवश्यकताभन्दा बढी बल प्रयोग भयो भन्ने आरोप लाग्ने गरेको छ । मेरो विचारमा अघिल्लो दृष्टिकोण वस्तुपरक र सही हो ।
सरकारले आवश्यकताभन्दा पनि कम बल प्रयोग गरेको छ भन्ने कुरा मैले स्वीकार्नैपर्छ । वार्ता र संवादबाटै समस्या समाधान गर्ने भनिएकाले कतिपय विषयमा सम्झौता गरिएको पनि हुन सक्छ । यसलाई सरकारको कमजोरीको रुपमा बुझ्नुभएन । यो त सदासयता मात्रै हो ।
तपाईले कम बल प्रयोग गरेको भन्नुभयो, कतिपय घटनामा प्रहरीले ताकी-ताकी टाउकोमा गोली हानेको आरोप पनि आन्दोलनकारीले लगाउने गरेका छन् नि ?
हामीले कतिपय घटनाको समीक्षा पनि गरिरहेका छौं । यसलाई कसरी हेर्नुपर्छ भने कतिपय भिडन्तहरु राति ११ बजे, १० बजे हुने गरेका छन् । अन्धकारमा भिडन्त हुँदा सोचेभन्दा फरक परिणाम आउन सक्छ । अँध्यारोमा गोली हान्दा ताकेकै ठाउँमा लाग्छ भन्ने ग्यारेन्टी हुन्न ।
अवश्य पनि गोली हान्दाखेरिका पूर्वशर्तहरु हुन्छन् । आन्दोलन शान्तिपूर्ण छ भने एकैचोटि गोली हान्न मिल्दैन र हानिएको पनि छैन ।
सुरुमा सम्झाई बुझाई गर्ने, त्यसपछि लाठीचार्ज, अश्रुग्यास, हवाई फायर र त्यतिले पनि नियन्त्रणमा लिन नसकेमा गोली चलाउने हो । तर, सबै घटनामा यसरी कोर्ष पूरा गर्न सम्भव हुन्न । आन्दोलनकारीले सुरुमै पेट्रोल बम प्रहार गर्छन्, कसरी सम्झाई बुझाई गर्ने अनिमात्रै लाठीचार्ज गर्ने ? यस्तोमा आत्मरक्षाका लागि पनि गोली चलाउनुपर्ने हुन सक्छ ।
पेट्रोल बम र ढुंगामुढा छल्दै गोली चलाउँदा पोजिसन लिने अवस्था पनि नरहन सक्छ । सामान्य अवस्थामा घुँडामाथि किन लाग्यो भन्ने प्रश्न जायजै लाग्छ । तर, हामीले घटनाक्रमको विश्लेषण गरेर मात्रै निश्कर्षमा पुग्नुपर्ने हुन्छ । ज्यान हत्केलामा राखेर हाम्रा सुरक्षाकर्मी हिंसाविरुद्ध लडिरहेका छन् । उनीहरुको भूमिकाको सह्राना गर्नुपर्छ ।
वीरगञ्ज नाका आन्दोलनकारी हटाएर खाली गरायौं । तर, परिस्थिति झनै बिग्रियो । अरु नाकाबाट पनि सामान आपूर्ति नहुने अवस्था सिर्जना भयो । यो घटनाबाट नाकाबन्दी हो कि होइन भन्ने कुरा छर्लङ्ग भयो।
अब नाकाबन्दीको कुरा गरौं । सरकार भन्छ, भारतले नाकाबन्दी गर्‍यो । तर, भारतले भन्छ, सीमामा आन्दोलनकारी बसेकाले सामान आपूर्तिमा अवरोध भयो । हामी सीमानाकाबाट आन्दोलनकारीलाई खाली नगराएर भारतलाई बहाना त दिइरहेका छैनौं ? के हाम्रा सुरक्षाकर्मीले सीमाबाट आन्दोलनकारीलाई हटाउन सक्दैनन् ?
हामीले प्रयासै नगरेको होइन । कुनै एक दिन, मलाई याद भएसम्म कात्तिक १६ गते हुनुपर्छ, हामीले वीरगञ्जको नाकाबाट आन्दोलनकारी हटाएर खाली गरायौं । तर, परिस्थिति झनै बिग्रियो । अरु नाकाबाट पनि सामान आपूर्ति नहुने अवस्था सिर्जना भयो । त्यसैले त्यो प्रयास खेर गयो ।
यद्यपि, त्यस घटनाबाट सरकारले र देशले धेरै कुरा बुझ्ने मौका पायो । नाकाबन्दी हो कि होइन भन्ने कुरा छर्लङ्ग भयो, किनकि नाका खाली गराउँदा पनि उताबाट सामान आएन ।
हालै मात्र बिराटनगर र नेपालगञ्जका घटनाहरु पनि सुन्नुभयो होला । हामीले आफ्नो ठाउँबाट मिहेनत गरिरहेका नै छौं । तर, यसो गरिरहँदा हाल जारी वार्ता र संवादको प्रक्रियालाई नकारात्मक प्रभाव नपरोस् भन्नेतर्फ पनि हामी सचेत हुनुपर्नेछ । त्यसैले पनि अलिकति लचकता अपनाएका हौं ।
बिराटनगरमा नाका खुलाउने क्रममा राजेन्द्र महतो घाइते भएका छन् । तर, तपाईंले मानवअधिकार आयोगमा बयान दिँदा नेपाली प्रहरीले पिटेको होइन भन्ने दाबी गर्नुभयो । खास भएको के हो ?
सर्वप्रथम त म के भन्न चाहन्छु भने, राजेन्द्र महतो भनेको आन्दोलनरत मधेसी मोर्चाको एउटा प्रमुख नेता हुनुहुन्छ । यता वार्ता र संवादको प्रक्रियाबाट समाधानको दिशामा गइरहेका बेला उहाँ नाका अवरोध गर्न पुग्नु दुःखद कुरा हो । यसबाट पनि मधेसी मोर्चामा रहेको विरोधाभास प्रकट भएको छ ।
जहाँसम्म, उहाँ घाइते हुनुभएको विषय छ, हामी अनुसन्धानकै क्रममा छौं । यद्यपि अहिलेसम्म आएको सूचनाअनुसार नेपाली प्रहरीले पिटेर उहाँ घाइते हुनुभएको होइन । सीमा नाकामा धर्ना बस्नेहरुलाई प्रहरीले हस्तक्षेप गरेर हटाएपछि भागेर भारतीय सीमानातर्फ गएर ढुंगा हान्ने क्रम भयो ।
महतो पनि भारतीय सीमाभित्रै घाइते भएपछि एम्बुलेन्स चढेर आउनुभएको हो । उताको सीमाबाट ढुंगा हान्नेहरुमाथि भारतीय प्रहरीले पहिलोपटक त्यहाँ लाठीचार्ज गरेको हो । उहाँ लाठीचार्जबाट घाइते हुनुभएको हो अथवा आन्दोलनकारीकै ढुंगा लागेर भन्ने एकिन भइसकेको छैन । अहिले उहाँको शरीरमा गम्भीर चोटपटक नरहेको र अवस्था सामान्य रहेको विवरण हामीकहाँ आइरहेको छ ।
तर, राजेन्द्र महतोलाई नेपाली प्रहरीले लाठी हानिरहेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । के तपाईंले हेर्नुभएको छैन ?
त्यो भिडियो मैले पनि हेरेको छु । त्यसको आधिकारिकताको विषयमा अध्ययन भइरहेको छ । विगतमा हामीले देखेका छौं, विदेशमा खिचिएका भिडियोहरुलाई पनि नेपालको भनेर भ्रम छर्ने काम भएको छ । यो भिडियोमा राजेन्द्र महतोको अनुहार देखिएको छैन ।
पेट्रोल बम र ढुंगामुढा छल्दै गोली चलाउँदा पोजिसन लिने अवस्था पनि नरहन सक्छ । हामीले घटनाक्रमको विश्लेषण गरेर मात्रै निश्कर्षमा पुग्नुपर्ने हुन्छ
मन्त्री भएपछि पार्टीभित्रै र बाहिरबाट पनि विभिन्न विषयमा तपाईंलाई आलोचनाको निशाना बनाइएको पाइन्छ । यसको कारण के हो ?
यसमा म धेरै बोल्न चाहन्न । यस्ता कुराहरु समयक्रममा आफैं प्रष्ट हुँदै जालान् भन्ने विश्वास लिएको छु । यतिमात्र भन्नु छ, जतिबेलासम्म जिम्मेवारी लिन्छु, इमान्दारीतापूर्वक देश र जनताको हितमा काम गर्छु । आफ्नो निजी स्वार्थलाई भुलेर काम गर्छु ।
हो, कहिलेकाँही सोच्छु, किन ममाथि (आक्रमण) भइरहेको छ ? दुःख पनि लाग्छ । कतिपय विषयलाई अतिरञ्जित बनाउने काम भएको छ भने कतिपय कपोलकल्पित विषयको प्रचारवाजी पनि भएको छ । यस्ता कुराहरु खण्डन गर्दै हिँडेर साध्य पनि छैन ।
कतिपय पत्रिकाले योसम्म लेखे कि मैले आत्महत्या गर्ने धम्की दिएर गृहमन्त्री पद पड्काएँ । यस्तो हजार प्रतिशत झूट कुराको कसरी खण्डन गरुँ म ? मेरो दिमागको एउटा कुनामा पनि नभएको कुरा समाचार बनेर आएको देख्दा आश्चर्य लाग्छ ।
फेरि पनि, सार्वजनिक ओहदामा बसेका मान्छेहरुका विषयमा टीकाटिप्पणी हुनु आफैंमा अस्वाभाविक होइन । नेपाली समाजले बुझिसकेको छ कि, सबै टिप्पणीहरु यथार्थसम्मत हुँदैनन् । म आफ्नो ठाउँमा ठीक छु भने ढीलो चाँडो सबैले कुरा बुझ्ने नै छन् ।
तर, भूकम्पपीडितको कोटामा आफ्नी छोरी र प्रचण्डकी नातिनीलाई चीन पठाएर त तपाईंले गल्ती गरेकै हो नि होइन र ?
यस विषयमा मैले आत्मालोचना गरिसकेको छु । यद्यपि, यसलाई अत्यन्त अतिरञ्जित ढंगले उछालियो भन्ने लाग्छ मलाई । म मन्त्री भएपछि नै चाइनाबाट निमन्त्रणापत्र आएको थियो । त्यसमा भूकम्पपीडित नभनेर ‘भूकम्प प्रभावित क्षेत्रका १५ देखि ३० वर्षका युवायुवती’ भनिएको थियो ।
अब कसलाई पठाउने भनेर निर्णय लिने सन्दर्भमा पनि म प्रत्यक्ष संलग्न रहिँन । अन्य महत्वपूर्ण कामका सूचीहरु भएकाले यो मेरो प्राथमिकताको कुरा भएन । सचिवालयका साथीहरुले लिस्ट बनाउनु भो ।
भूकम्प प्रभावित क्षेत्र भनेपछि काठमाडौं पनि पर्छ र काठमाडौंका अस्थायी बासिन्दा पनि पर्छन् भन्ने बुझाइ रह्यो । त्यसैअनुसार लिष्ट बनेको हो । यद्यपि, त्यो लिष्टमा हाम्रा छोराछोरी नराखिएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ ।
मैले जानेबेलामा मात्रै लिस्ट हेरेँ । त्यतिबेला कसैको नाम काटेर अर्कोलाई राख्न सकिने सम्भावना थिएन । हाम्रा छोराछोरी नपठाउन भने सकिन्थ्यो । तर, कोटा खाली राख्नुभन्दा पठाउँदा ठीक होला भन्ने मान्यता रह्यो । अध्यक्षले प्रचण्डले पनि अन्तिममा नै थाहा पाउनुभएको हो । उहाँले पनि केही गर्न सक्ने अवस्था रहेन ।
यसमा मेरोतर्फबाट भएको कमजोरी म स्वीकार्छु । तर, यसलाई बाहिर यति ठूलो प्रकरण बनाइयो कि मानौं मैले ठूलो देशद्रोह नै गरेँ । राज्यविरुद्ध अपराध नै गरेँ । यो अतिरञ्जनाले चाहिँ ममाथि अन्याय भएको महसुस हुन्छ ।
प्रधानमन्त्रीले १० दिनभित्रमा स्थिति सहज हुने बताउनुभएको छ । के भारतले नाकाबन्दी खोल्ला त ?
आजका दिनमा हेर्दा निर्वाचन क्षेत्र र समानुपातिक-समावेशी विषयलाई संविधान संशोधनका माध्यमबाट सम्वोधन भइसकेपछि, अनि सीमांकनको विषयलाई संयन्त्रबाट हल गर्ने भनिसकेपछि आन्दोलन गरिरहनुको औचित्य देखिँदैन ।
पछिल्लो समय भारतले पनि नाकाहरुमा अवरोध पन्छाउन सकारात्मक भूमिका खेल्न थालेको संकेत देखाएको छ । जोगवनी नाकामा गरिएको लाठीचार्जलाई यही अर्थमा लिन सकिन्छ । मोर्चाका एक प्रमुख नेताले १९ गतेदेखि आन्दोलनको विषयमा पुनर्विचार हुन्छ भन्नुभएको छ । भनेपछि, स्थिति सकारात्मक बन्दैछ भनेर बुझौं ।
मधेस आन्दोलनका सन्दर्भमा कुरा गर्दा एकातर्फ तपाईंको एमाओवादी पार्टी छ, जो मधेस आन्दोलनका एजेन्डाहरुप्रति सहानुभूति राख्छ । अर्कोतर्फ प्रधानमन्त्री र उनको दल एमाले छ, जो मधेस आन्दोलनप्रति कठोर दृष्टिकोण राख्छन् । तपाईं कतै यी दुई पक्षको चेपुवामा त पर्नुभएको छैन ?
त्यति ठूलो अन्तराल छ जस्तो मलाई लाग्दैन । संविधान संसोधन गरेर समाधान गर्न सकिने कतिपय विषयहरुको हकमा सरकारमा रहेका पार्टीहरुको बीचमा असमझदारी छैन ।
दोस्रो, सीमांकनसित सम्वन्धित विषय छ । यसमा आन्दोलनकारी पक्षहरु तथा सरकारमा रहेका पार्टीका बुझाइ अलि फरक छन् । मेरो विचारमा अहिले सीमांकनको विषयमा देखिएका असमझदारीहरु वस्तुतः जनताकै बीचका असमझदारी हुन् । जनताको एउटा हिस्साले तेर्साे प्रदेश माग्छ भने अर्को हिस्साले ठाडो प्रदेश बनाउँ भन्छ । जनताकै बीचको अन्तरविरोध भएका कारणले त्यसको समाधान गर्ने विधि मैत्रीपूर्ण बनाउनुपर्छ । सबैको निम्ति मान्य हुनुपर्ने उपाय अवलम्वन गर्नुपर्छ ।
यसमा सबैलाई स्वीकार्य संयन्त्र, राजनीतिक समिति वा संसदीय समिति बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको छ । सहज समाधानको उपाय यही हो । सरकारमा सहभागी पार्टीहरु कसैको पनि यसमा आपत्ति छैन ।
यो वा त्यो पक्षको दबावमा झुकेर निर्णयमा पुग्नेभन्दा पनि सबैलाई स्वीकार्य समाधानको विधि बनाउनुपर्छ । त्यसैले मलाई धेरै ठूलो दवाबमा पर्नुपर्ने अवस्था नै छैन ।
प्रधानमन्त्री केपी ओलीलाई मधेसविरोधी र सहमतिको वाधकका रुपमा चित्रण गर्ने फेसन चलिरहेको छ देशमा । तपाईंले गृहमन्त्री भएर उहाँसँग काम गर्न कत्तिको अप्ठेरो छ ?
सबै व्यक्तिका निजी स्वभाव र शैलीहरु आ-आफ्ना हुन्छन् । अभिव्यक्तिको शैलीमा फरकपना हुन्छ । प्रधानमन्त्रीको सवालमा कुरा गर्दा उहाँको पनि आफ्नो किसिमको स्वभाव र शैली होला । यद्यपि, अहिलेको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा सारभूत रुपमा हामीबीच अन्तरविरोधको अवस्था छैन ।
भूकम्पपीडित नभनेर ‘भूकम्प प्रभावित क्षेत्रका १५ देखि ३० वर्षका युवायुवती’ भनिएको थियो । भूकम्प प्रभावित क्षेत्र भनेपछि काठमाडौं पनि पर्छ र काठमाडौंका अस्थायी बासिन्दा पनि पर्छन् भन्ने बुझाइ रह्यो । त्यसैअनुसार लिष्ट बनेको हो
प्रधानमन्त्री स्वयम् संसदमा पेश भएको संविधान संसोधन प्रस्ताव पारित गर्ने दिशामा अगाडि बढ्नुभएको हो । सीमांकनको विषयमा तीन महिनाभित्र संयन्त्र निर्माण गरेर समाधान निकाल्ने प्रस्ताव मन्त्रिपरिषदबाट पारित भइसकेको छ । यदि प्रधानमन्त्री यसमा सहमत हुनुहुन्थेन भने यो कसरी सम्भव थियो ? हामीले बोलीभन्दा पनि व्यवहारलाई हेरेर मूल्यांकन गर्नु उपयुक्त हुन्छ ।
अहिलेको समस्याको समाधान वार्ता र संवादको माध्यमबाट खोज्ने सन्दर्भमा नै निर्वाचन क्षेत्र, समानुपातिक-समावेशी प्रतिनिधित्वका विषयहरु आएका हुन् । सीमांकनलाई एउटा उपयुक्त विधिबाट समाधान गर्ने विषयमा पनि आधारभूतरुपमा नै एकता छ ।
अहिलेको संविधान संसोधन प्रस्तावलाई त आन्दोलनकारी शक्तिले खारेज गरिसकेका छन् । अब यहाँभन्दा अगाडि बढ्ने सवालमा तपाईंहरु एकमत हुन सक्नुहुन्छ ?
उहाँहरु (मोर्चा) यो विषयमा एकदमै असहमत भएको जस्तो देख्दिँन । खाली उहाँहरुलाई आशंका यो हुन सक्छ कि अहिले सहमति भएका कुराहरु लागू हुने हुन् कि होइनन् ।
त्यसोभए आन्दोलनकारीलाई विश्वासमा लिएर संविधान संसोधन फटाफट गर्न केले रोकेको छ त ?
संविधान संशोधनमा सरकार र मधेसी मोर्चाको मात्रै प्रश्न होइन । यसको अभिन्न पक्ष भनेको प्रमुख प्रतिपक्षी कांग्रेस पनि हो । कांग्रेसले नमान्दासम्म सरकारले मात्रै चाहेर संसोधन हुन्न । किनकि संविधान संशोधनलाई दुई तिहाई बहुमत चाहिन्छ । कांग्रेस एक्लैसित एक तिहाइभन्दा बढी सीट छ । अहिले आएर संसोधन प्रस्ताव अघि बढाउन कांग्रेसको कारणले केही ढिलाइ भइरहेको छ । यता ढिलाइ हुँदा आन्दोलनकारीतर्फ आशंकाहरु बढिरहेको अवस्था पनि छ ।
तपाईंको विचारमा मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागहरु जायज र पूरा गर्न सकिनेखालका छन् कि छैनन् ?
११ बुँदे माग सबै जायज लागेको भए म पनि आन्दोलनमै हुन्थें होला । यद्यपि, वार्ता र सम्वादको फ्रेममा गइसकेपछि ‘गिभ एन्ड टेक’को कुरा आउँछ । लेनदेन त गर्नैपर्छ । ‘गिभ एन्ड टेक’कै क्रममा सरकारले संविधान संसोधन र सीमांकनका लागि संयन्त्रको कुरा अघि सारेको हो । अब उहाँहरुले पनि केही त्याग्न तयार हुनुपर्छ । आफूले सबै जित्नुपर्छ भन्ने मानसिकतामा मात्रै वार्तामा बसेर हुन्न ।
onlinekhabar

पुस १६, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सिधै भ्रमण निम्तो दिएका छन् । मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ । तर, पारवहन सहज भएपछिमात्रै नयाँदिल्ली आउने ओलीले स्पष्ट पारेका छन् ।

ओलीको चीन भ्रमणका लागि तयारी भइरहँदा नयाँदिल्लीबाट निम्तो आएको हो । बालुवाटार निकट स्रोतका अनुसार भारतीय राजदूत रञ्जीत रेले पनि प्रधानमन्त्रीको सरकारी निवासमै गएर भारत भ्रमणको कार्यक्रमबारे छलफल गरेका थिए ।

ओलीको चीन भ्रमणको प्रबन्ध मिलाएर दुई दिनअघिमात्रै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र कानुन मन्त्री अग्नि खरेल बेइजिङबाट फर्केका थिए ।

मोदीले तीन महिनायता ओलीसँग सिधा सम्वाद गरेको यो तेस्रोपटक हो । यसअघि प्रधानमन्त्री निर्वाचित भएकै दिन र नेपाल प्रहरीको गोलीबाट वीरगन्जमा भारतीय युवकको मृत्युभएपछि फोन गरेका थिए । प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि अहिले गृहजिल्ला झापामा छन् । उनी धरमपुरमा एक कार्यक्रम उदघाटनमा रहेकाबेला मोदीको फोन आएको थियो ।

बिहीबार बिहान १०.३५ बजे भएको टेलिफोनमा संवाद करिव २० मिनेट चलेको थियो । मोदीले सुरुमै प्रधानमन्त्री ओलीलाई नयाँ वर्ष २०१६ को शुभकामना दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई दिएका थिए । वार्तामा प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

वार्तामा प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल-बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन गरे । जवाफमा मोदीले आफु सदैव आपूर्ति व्यवस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताएका थिए ।

मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको पुरानै कुरा दोहोर्‍याए ।

प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई 'एयरलिफ्ट' गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गरे ।

जनकपुर, १६ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनमा केही नेताले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाउनुभएको छ ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम लिँदै उहाँले ‘मेरै नेतृत्वमा आन्दोलन, नाकाबन्दी र झडप भएको हो’ भन्ने भनाई सस्तो प्रचारबाजी र मधेसमा ‘हिरो’ बन्ने दाउ भएको बताउनुभयो ।
वीरगञ्ज नाकामा धर्ना बस्दै आएका सदभावना पार्टीका अध्यक्ष महतो गत शनिबार बिराटनगर रानी भन्सार नाकामा धर्ना दिने क्रममा प्रहरीसँग भएको झडपमा महतो घाइते हुनुभएको थियो । महतो अहिलेसम्म अस्पतालमै हुनुहुन्छ ।

तर, मधेसी मोर्चाका नेता यादवले भने वीरगञ्ज नाका महतोकै कारण अवरुद्ध भएको भन्नु गलत भएको बताउनुभयो । ‘यो प्रचार नै गलत छ । सस्तो लोकप्रियताको मात्र कुरा हो’ उहाँले एक अन्तरवार्तामा भन्नुभयो- ‘वीरगञ्जमा राजेन्द्र महतो जानुअघि पनि बन्द थियो । अहिले उनी छैनन्, तैपनि बन्द छ । वीरगञ्जमा बढी शक्तिसंघीय समाजवादी फोरमको छ, यो सबैलाई थाहा छ ।’
बिराटनगरमा पनि आफ्नै पार्टी बलियो रहेको भन्दै यादवले महतो गएकाले बिराटनगरमा ठूलो झडप भयो भन्ने कसैले तपाई भनोस् नभनोस् मपाई भने जस्तो मात्र भएको बताउनुभयो ।
‘महतोजी एक दिन जानु भो, त्यसकारण ठूलो झडप भयो भन्ने होइन’ उहाँले भन्नुभयो- ‘हाम्रो पार्टीकी नेतृ रेणु यादव जाँदा झडप भयो, म गएँ, झडप भयो । सबैभन्दा धेरै लडाइँ विराटनगर नाकामा भएको छ ।’
/dainiknepal

२०७२ पौष १६ बिहीवार
फोटो :टिपरको ठक्करबाट ज्यान गुमाएका सन्दीप कुवँर । तस्बिर : पवन पौडेल
तनहुँ : पृथ्वी राजमार्ग अन्तरगत तनहुँको घाँसीकुवा गाविसस्थित मुसेखोला नजिकै भएको सडक दुर्घटनाम भारतीय सेनामा कार्यरत एक युवाको ज्यान गएको छ ।

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार भारतीय सेनामा कार्यरत घाँसीकुवाकै स्थानीयबासी सन्दीप कुवँरको ज्यान गएको हो ।

मुसेखोलास्थित पृथ्वी राजमार्गमा ना५ख ७५२३ नम्बरको टिपरले ग१०प७४६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भारतीय सेनामा कार्यरत कुवँरको घटनास्थलमै मृत्यु भएको हो ।


दुर्घटनामा कुवँरसँगै मोटरसाइकलमा सवार स्थानीयबास सुरज थापा गम्भीर घाइते भएका छन् । दुर्घटनापछि मृतकका परिवारले दोषीमाथि कारबाही माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका छन् ।
annapurnapost

काठमाडौं– पाँच दिनअघि विराटनगरस्थित जोगबनी नाकामा जबरजस्ती धर्नामा बस्न खोज्दा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा सुधार आउन नसकेको दाबी गर्दै पार्टी र परिवार स्रोतले उनलाई थप उपचारको लागि दिल्ली लैजाने तयारी गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य उपेन्द्र यादवले महतोको सुगर र ब्लड प्रेसर उच्च रहेको भन्दै प्रहरीसँगको झडपका क्रममा लागेको चोटको हालसम्म कुनै उपचार हुन नसकेको बताए ।
‘५ दिनसम्म चिकित्सकहरुको उपचार सुगर र ब्लड प्रेसर नियन्त्रण गर्न मै केन्द्रित रहेको छ । टाउको र खुट्टामा लागेको चोटको मह्लमपट्टी लगाउनु बाहेक थप उपचार हुन सकेको छैन’ यादवले भने । आज बिहानमात्रैको रिपोर्टमा महतोको ब्लड प्रेसर १९० र सुगर ३५० आएको जानकारी दिँदै अहिले ब्याक पेनिङको समस्या पनि आएको बताए ।
‘प्रेसर र सुगर नियन्त्रणमा नआउँदै ब्याक पेनिङको समस्या निम्तियो’, उनले भने, ‘यसो रिपोर्ट आउँन बाँकी छ । पाँच दिनसम्म पनि अवस्था ठीक हुन नसकेपनि अब हामीले बाहिर लैजाने विषयमा सोचेका छौं ।’
स्रोतका अनुसार पार्टी नेताहरुले अस्पताल प्रशासनलाई ठीक हुने या नहुने स्पष्ट जवाफ दिन बेलुकासम्मको समय दिएका छन् । चिकित्सकहरुले चित्तबुझ्दो जवाफ नदिएको अवस्थामा भोली नै दिल्ली लगिने छ ।
अस्पतालमै रहेका महतोसँगै रहेका एक सहयोगीका उनले चिकित्सकको सल्लाहअनुसार झोलिलो र सामान्य खाना खाइरहेका छन् । यस्तै टाउकोको चोटका कारण उन उठ्न सक्दैनन् भने बलजफ्जी उठ्न खोजे रिंगटाले सटाउने गरेको छ ।
महतोको विराटनगरस्थित गोल्डन अस्पतालमा उपचार भइरहेको छ ।
ratopati

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget