भूकम्पको डरले धादिङमा विद्यालय बन्द

२०७२ फाल्गुन ३० आईतवार
परकम्पले हल्लाउँदा विद्यालयमै रुवाबासी
धादिङः आइतबार बिहान गएको परकम्पका कारण धादिङ सदरमुकामका विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा पठनपाठन सुरु भएको एक घन्टा नबित्दै धादिङ नै केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूडको परकम्पका कारण विद्यालय बन्द गर्नुपरेको हो ।


आइतबार गएको भूकम्पका कारण धादिङबेसी सदरमुकामका विद्यालयका पठनपाठन स्थगित गरिएको छ ।

परक्मपले हल्लाएपछि सदरमुकाम धादिङबेंसीस्थित नीलकण्ठ उच्च माध्यमिक विद्यालय र बालमन्दिर माविसहितका विद्यालयको पठनपाठन आइतबारका लागि स्थागित गरिएको हो ।

नजिकै केन्द्रबिन्दु बनाएर गएको परकम्पले कडा धक्का दिएपछि विद्यालयमा हाजिर भइसकेका विद्यार्थीहरु आत्तिएका थिए । परकम्पले हल्लाएपछि विद्यार्थीहरु आत्तिएर रुन थालेका थिए । त्यसपछि विद्यार्थीहरुकै आग्रहमा पठनपाठन स्थगित गरिएको ती विद्यालय प्रशासनले जनाएका छन् ।

‘परकम्पले हल्लाएपछि सबैजना निस्केर रुन थाल्यौँ’, नीलकण्ठ उमाविका छात्रा रश्मी बानियाँले भनिन्, ‘डर लागेपछि आजको पढाइ रोकेर सबै विद्यार्थी घर गएका हौं ।’
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget