March 2015

11:12:00 PM ,
काठमाडौं । सुगर मानव शरीरमा एक प्रकारको रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार सुगर बढु्नु स्वास्थ्यका लागि हानिकारक छ । यसकारण संगठनले गाइडलाइन्स जारी गरेको छ ।
यो गाइडलाइन्स (सुझाव) मा सुगरको मात्रा बढी हुने समयमा देखिने लक्षणका बारेमा देखाइएको छ । सुगरको खास कारण अस्वस्थता पनि हो । तर विश्व स्वास्थ्य संगठनले मिठो जुसहरु, गुडको सिरप, लगायतले सुगर कम गर्छ ।
बच्चाहरुले डब्लुएचओका अनुसार यदी तपाई चिल्लोपदार्थ ६ टेबल स्पून शुगर आफ्नो भोजनबाट कम गर्ने हो भने सुगर आफै घट्नेछ ।
फलफूल, तरकारी र दूधमा धेरै चीनी प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । यो तत्वहरुमा सुगर धेरै हुँदैन् । यसमा पोषक तत्वहरु धेरै हुन्छन् ।
दैनिक शरीरमा खपत हुने शक्तिमा १० प्रतिशत फ्री शुगर सेवन कम गरेमा तौल बढी भएको, मोटोपन र दाँतमा लाग्ने रोगबाट कम हुन्छ ।
जूस र दूधमा पनि सुगर हुन्छ । तर त्यसमा पोषण पनि धेरै हुन्छ । जसकारण त्यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाहेक अन्य खानेकुराहरुमा भएको सुगरले तपाईलाई असर गर्छ ।
सुगर कम गर्न चाहनेले खानामा विशेष ध्यान दिनुपर्छ । सोडा, चकलेट खानु हुदैन् । बजारमा पाइने यस्ता वस्तुहरुमा सुगर धेरै हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मीठा चलकेट धेरै खाने वच्चा तथा युवाहरुलाई मानसिक रुपमा पनि सुगरले असर पार्छ । तसर्थ सुगर घटाउन माथिको तरिका अपनाउ । एजेन्सीको सहयोगमा

10:44:00 PM ,
नयाँ दिल्ली, फागुन २९ – निकै चर्चित कोरियोग्राफर गीता कपुरलाई पुलिसले पक्राउ गरेको छ । गीताले आफ्नो कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको आरोप लागेको छ । मोटरसाइकलमा सवार मानिसको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
खबरका अनुसार घटना वर्सोवा मेट्रो स्टेशनमा बिहान करिब ५ बजे भएको बताइएको छ । आफ्नो कारमा भएकी गिताले अचानक नियन्त्रण गुमाइन् र अगाडिबाट आएको मोटरसाइकललाई ठक्कर दिएकी छिन् ।   मोटरसाइकलमा सवार निसार नुरमोहम्मद (३७) लाई भारतको कोकिलाबेन धीरुभाइ अम्बानी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । घटनापछि उनलाई पक्राउ गरि कोर्टमा पेश गरिएको छ जहाँ उनलाई जमानतमा रिहा गरिएको छ । स्रोतः टाइम्स अफ इण्डिया

तपाइँ अरुको नजरमा राम्रो बन्न चाहनु हुन्छ भने तपाइँले धेरैकुरामा ध्यान दिनु पर्छ । तपाइँसँग ब्यवहारको ढंग छैन भने मान्छेहरुले तपाइँलाई माया होइन घृणा गर्छन् ।



सामान्य जीवन जिउने मानिसले भन्दा अतिरिक्त श्रम गर्न तयार हुने र मेहनती ब्यक्तिले मात्र जीवनमा सफलता पाउन सक्छ ।





जे गर्नु हुन्छ राम्रोसँग गर्नुस्ः

जीवनमा सफल पाउने पहिलो शुत्र हो जे गरिन्छ मजाले गर्नु । कुनै पनि काममा पुरै डुवेर सो काम गर्नु नै सफलताको शुत्र हो ।
अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्‍याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् ।




हरेक काममा सफलताः

अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ । सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन ।

सफलताका तीन सिँढी

- निरन्तर परिश्रम ऊर्जा कायमै
- सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ
- सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस्

यी तीन कुरालाई सन्तुलनमा राख्ने ब्यक्ति सँधै सफल हुन्छ ।

6:14:00 AM ,
एजेन्सी ।बलिउड अभिनेता सलमान खानलाई कहिलेकाँहि प्लेब्वाइ भनेर पनि चिनिन्छ । उनका प्रेमिका को को बने भन्ने हिसाव राख्न समेत गाह्रो छ । बलिउडका समकालीन सुन्दरीहरुको नाम कुनै नै कुनै रुपमा सलमानसँग जोडिन्छ नै ।
यस्तै कुनै बेलाकी चर्चित सलमानकी प्रेमिका थिइन् क्याट्रिना कैफ । क्याट्रिनासँगको लामो समयको संगतपछि उनीहरुको ब्रेकअप भएको थियो ।तर अहिले आएर सलमानले क्याट्रिनाको नाममा खाएको कसमले भने बलिउडमा हल्ली खल्ली भएको छ । खासमा सलमानले क्याट्रिनासँग जीवन विताउने कसम खाएका होइनन् उनले क्याट्रिनासँग फिल्म नखेल्ने कसम खाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

क्याट्रिनालाई बलउडमा प्रवेश गराउने र सफल बनाउने श्रेय सलमानलाई जाने गरेको छ । सलमान र क्याट्रिनाले फिल्म पनि खेलेका छन् । तर अव भने सलमान र क्याट्रिनाको जोडी देख्न नपाइने हो कि भन्ने जस्तो देखिएको छ ।क्याट्रिनाको विषयमा सलमानले यस अघि धेरैपटक विवाद जन्माइसकेका छन् । सलमानले रणबीर कपुर र क्याट्रिनाबीचको सम्बन्धका विषयमा गरेको टिप्पणीले पनि बलिउडमा राम्रै चर्चा पाएको

5:39:00 AM ,
२८ फागुन, काठमाडौं ।


सुनचाँदीको मूल्यमा पुनः एकपटक गिरावट आएको छ । विहीबार सुनको मुल्यमा बुधबारको तुलनामा ४ सयले गिरावट आएको हो । सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन तोलाको ५० हजार १०० रुपैयाँ पुगेको छ । बुधबार यो मूल्य ५० हजार पाँच सय रुपैयाँ थियो ।



चाँदीको मूल्यमा पनि १० रुपैयाँले गिरावट आएको महासंघले जनाएको छ । विहीबार चाँदी तोलाको ६ सय ७० रुपैयाँमा विक्री वितरण भएको छ ।

4:19:00 AM ,
बियरलाई मात्रा मिलाएर सेवन गर्नाले शरीरलाई धेरै नै फाइदा पुर्याउने एक अध्ययनले देखाएको छ । डेली मेलमा प्रकाशित समाचार अनुसार बियर पिउँदै खेल खेल्ने पुरुषको आयु लामो हुन्छ ।
बियर पिउँदै काम गर्ने पुरुष अन्य पुरुषको तुलनामा सक्रिय हुने र उनीहरुको सामाजिक जीवन समेत राम्रो हुने हुँदा यसको सकारात्मक असर आयुमा पर्ने निश्कर्ष अनुसन्धानकर्ताहरुले निकालेका हुन् । खेल खेल्दै बियर पिउने पुरुषलाई तनाब कम हुने र उनीहरुलाई रोग पनि कम लाग्ने एक अध्ययनले देखाएको छ । बियर नपिउने र एकान्तमा रमाउने पुरुष रोगी हुने र उनीहरुको आयु समेत छोटो हुने अनुसन्धानकर्ताको दावी छ

4:08:00 AM ,
आजकाल श्रीमान् श्रीमतीको व्यस्त जीवनका कारण उनीहरुको प्रेम बिस्तारै कम हुने गर्दछ र उनीहरु बिचको सम्बन्ध कतै अन्धकारतिर धकेलिएको हुन्छ । सम्बन्धमा नैराश्यता र प्रेमको कमीले बिस्तारै श्रीमान् श्रीमतीबिच थुप्रै झगडा हुने गर्दछ जुन वैवाहिक सम्बन्धको लागि सहि होइन । सम्बन्धमा हुने खटपटले उनीहरुको सेक्स लाइफमा पनि असर गरिरहेको हुन्छ ।
केहि गरेपनि यदि श्रीमान श्रीमती बिचको सम्बन्धमा सुधार नआएको खण्डमा उनीहरुले वास्तु शास्त्रको साहरा लिनसक्नुहुन्छ र आफ्नो सेक्स लाइफ र वैवाहिक जीवनलाई रम्रो बनाउन सक्छन् । यसका लागि तपाईंहरुले निम्नलिखित वास्तु टिप्स अपनाउनुपर्ने हुन्छ । लभ बर्डस्ः यदि तपाईंहरुको वैवाहिक जीवनमा खटपट आइरहेको छ भने तपाईं आफ्नो बेडरुममा लभ बर्डस् राख्न सक्नुहुन्छ किनभने यी दुबै प्रेमको प्रतिक हो जसले तपाईंहरुको बिचमा निकटता ल्याइदिनेछ । निलो अथवा गुलाबी रङको पर्दा र बेडसिटः यी दुबै रङले मायाको सफ्ट लुकलाई देखाउनेछ जसले सेक्स लाइफलाई उत्साहित गर्नमा मद्दत गर्दछ । ह्याङ्गिङ ल्याम्पः यदि तपाईंको बेडरुममा ह्याङ्गिङ ल्याम्प साउथ–वेस्ट दिशामा भएमा थाहा पाउनुहोस् तपाईंहरुको बिच प्रेममा कहिले पनि कमी आउँदैन । तपाईंको बेडरुममा यदि झुमर छैन भने आज नै किन्नुहोस् । सेरामिक बाउलः सेरामिक बाउलले पनि सकिन लागेको प्रेममा नयाँ उर्जा भर्ने काम गर्दछ । सफा–सुग्घरः यदि तपाईंको बेडरुम निकै सफा–सुग्घर र चमकदार छ भने यसको नतिजा तपाईंले आफैँ देख्नुहुन्छ ।

2:08:00 AM ,
हाम्रो जीवनको बारेमा बुढा पाकाहरुले भनेका कतिपय कुराहरु वैज्ञानिक पनि छन् । पछिल्लो समयमा बुढा पाकाहरुले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई कसैले पनि वास्ता गर्दैनन् ।
तर, यहाँ यस्तै मान्यताको चर्चा गरिएको छ, जुन उठ्ने बित्तिकै गर्नु निकै अशुभ मानिन्छ । बिहान उठ्ने बित्तिकै गर्ने नहुने ५ कामहरु :

सहवास नगर्नुस् :
बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् ।
ऐना नहेर्नुस् :
बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्रादे दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।
बाँदरको नाम नलिनुस् :
बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ ।बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।
तेलको भाँडो र सियो धागो नहेर्नुस् :
उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ ।
घर फोहोर नराख्नुस् :
विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ ।। बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

1:59:00 AM ,
फागुन २८ । पर्साको सुवर्णपुरमा सुस्त मनस्थितिकी एक युवती बलत्कारको शिकार भएकी छन् । सुवर्णपुर गाविस–१ की ३० वर्षीया युवतीलाई सो गाविस–६ का ४६ वर्षीय राम प्रसाद न्यौपानेले बलत्कार गरेका हुन् ।

बुधबार दिउँसो साँढे २ वजे तिर खेतमा घाँस काट्न गएकी उनलाई न्यौपानेले बलत्कार गरेका हुन् । बलत्कारको आरोप लागेका न्यौपानलेलाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडित युवतीका अभिभावकले दिएको उजुरीको आधारमा न्यौपानेलाई पक्राउ गरिएको प्रहरी चौकी सुर्वणपुरले जनाएको छ ।

न्यौपानेले बलत्कार गरेको स्वीकार गरिसकेको प्रहरी सहायक निरीक्षक मोहन भुजेलले बताए । पीडित युवतीको उजुरीको आधारमा खोजतलासका क्रममा उनलाई बिहीबार बिहान दुई बजे गाँउकै खोला नजिकबाट पक्राउ गरिएको भुजेलले बताए ।

 न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए । पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको निगरानीमा नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बेला बेलामा विभिन्न कारणले चर्चामा आउन माहिर मानिने मोडल तिर्सन बुढाथोकी पछिल्लो समयमा चलचित्र सगैं केहि म्युजिक भिडियोको छायांकनमा व्यस्त छिन् । बलिउडकी पुनम पाण्डे समेत भनेर कहलिएकी तिर्सना बेला बखतमा आफ्नै नग्न फोटोसुट गरेर पनि विवादमा आइरहेकी हुन्छिन् । उनैं तिर्सना बुढाथोकीसँग गर्नु भएको कुराकानी –

१.तिर्सना बुढाथोकीलाई बलिउडकी पुनम पाण्डे भनिन्छ नी ? 
 म पुनम पाण्डे होइन,म तिर्सना बुढाथोकी हुँ । मलाई पुनम पाण्डे भनेर दिएको नाम पत्रकार मित्रहरुले र मेरा फ्यानहरुले हो । मलाई बलिउडकी पुनम पाण्डे भनेर अर्थात पुनम पाण्डेसँग तुलना गरेर म चिनिन पाउदाँ निकै खुसी छु ।

२.बेला बेलामा नग्न फोटोसुट गरेर बिबादमा आइरहनु हुन्छ,मोडल भएर त्यस्तो गर्न मिल्छ ? 
बेला बेलामा नग्न फोटोसुट गरेर बिबादमा आउन कसलाई पो मन हुन्छ र । त्यस्ता फोटो सुट गर्ने र त्यस्ता हर्कतहरु मोडलहरुले नै त गर्ने हो ? चर्चामा आउन र नाम कमाउन नग्न फोटो सुट गर्ने मोडलहरु मध्य म पनि पर्छु ।

३.तिर्सनालाई सेक्सी गर्ल भनिन्छ नी ? हो र ? 
मलाई खुसी लाग्यो । मलाई अरुले सेक्सी गर्ल भन्दा निकैनै खुसी हुने गर्छु । संसारमा दुई थरीका अथवा दुई किसिमका यूवतीहरु हुन्छन् एउटा व्यूटिफुल गर्ल र अर्को सेक्सी गर्ल र मलाई सेक्सी गर्ल मनपर्छ । म सेक्सी गर्ल पनि हुँ । मलाई सेक्सी गर्ल जति भनेपनि पचाउन सक्छु र मलाई अझ भनुन जस्तो लाग्छ ।

3४.अहिलेसम्म तपाईले केहि म्युजिक भिडियो र केहि चलचित्रमा पनि अभिनय गर्नु भएको छ । तपाईलाई कस्तो चलचित्रबाट अफर आयो भने अंग प्रदर्शन गर्न तयार हुनुहुन्छ ?
 सबैले बसेर हेर्न मिल्ने खाल्को फिल्महरु हुनुपर्छ र दर्शकहरुले चलचित्र रुचाउने खाल्को हुनुपर्छ यदि त्यस्तो चलचित्रबाट अफर आयो भने अंग प्रदर्शन मात्र होइन बेड सिन दिन पनि तयार छु । म अंग प्रदर्शन र आइटम डान्सका लागी चलचित्र खेल्दिन चलचित्रको सबै पक्ष बलियो हुनुपर्छ र कथाले मागे जस्तो पनि दिन तयार छु ।

५.तिर्सनालाई बेला बेलामा बिबादमा आउन मन पर्छ हो ? 
बिबादमा आउन कसलाई पो मन पर्छ होला र । म आफैं चाहेर बिबादमा आउने गरेको छैन मलाई विवादमा ल्याउनेहरु अरुहरु नै छन् । मलाई ब्लाकमेलिङ्ग गरेर विवादमा ल्याइने काम गरिन्छ । तर म आफैंले चाहेर भने होइन ।

६.शरिरलाई तन्दुरुस्त राख्न सेक्स आबश्यक छ भन्नु हुन्छ,तपाईको शरिरलाई तन्दुरुस्त राख्न सेक्सनै आबश्यक हो ? 
हो मेरो शरिरलाई तन्दुरुस्त राख्न सेक्स नै आबश्यक छ र सेक्सले नै शरिरलाई तन्दुरुस्त राख्छ । सेक्स एउटा शरिरलाई मात्र नभएर हरेक मानसिकता,शाररिक दुबैलाई अति आबश्यक छ । सेक्सले माइन फ्रेस बनाउने काम गर्छ ।

७.अबको १० बर्षपछि तिर्सना बुढाथोकीलाई कस्तो अबस्थामा देखिन्छ ? 
अबको १० बर्षपछि त म बुढी भइसक्छु । सायद अबको १० बर्षपछि विश्वकै चर्चित व्यक्ति बन्छु र यहि मोडलिङ्ग क्षेत्रमै हुन्छु ।
>स्रोत/राष्ट्रिय खबरबाट

12:40:00 AM ,
 फागुन २८ । नेपालका १६ प्रतिशत महिलाले १५ वर्षमै पहिलोपटक यौनसम्पर्क राख्ने गरेको एक सरकारी अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अध्ययनमा यस्तो तथ्य पत्ता लागेको हो । सर्वेक्षण प्रतिवेदनले महिलाहरुको कम उमेरमै विवाह हुने गरेकाले १५ वर्षको उमेरमै १६ प्रतिशत महिलाले यौनसम्पर्क राखिसकेको र पुरुषहरुको हकमा भने दुई प्रतिशत पुरुषले मात्र १५ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क राख्ने गरेको देखाएको छ ।

‘१८ प्रतिशत महिलाको विवाह १५ वर्षको उमेरमा नै हुने गरेकाले पहिलोपटक यौनसम्पर्क राख्ने महिलाको प्रतिशत सानो उमेर देखिएको हो’ प्रतिवेदनमा भनिएको छ, ‘सरकारले विवाहवारी वीस वर्ष पारी भनेर कार्यक्रम चलाएको धेरै वर्ष भएपनि अझै पनि आधाभन्दा बढी महिलाको विवाह २० वर्षभन्दा कम उमेरमा हुने गरेको पाइएको छ ।’ मन्त्रालयले हरेक पाँच वर्षको अवधिमा जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ । सन् २०११ मा गरिएको यो अध्ययनले ५४ प्रतिशत महिलाले १८ वर्षको उमेरमा र ७२ प्रतिशतले २० वर्षको उमेरमा पहिलो यौनसम्पर्क राखिसकेको पनि देखाएको छ ।

यसैगरी पुरुषमा भने २५ प्रतिशतले १८ वर्षको उमेरमा र ४५ प्रतिशतले २० वर्षको उमेरमा पहिलो यौनसम्पर्क राख्ने गरेको देखाएको छ । ‘पहिलोपटक यौनसम्पर्क राख्ने महिलाको औसत उमेर १७.७ वर्ष रहेको छ भने पुरुषको औषत उमेर २०.५ वर्ष रहेको छ’ प्रतिवेदनमा भनिएको छ । अध्ययनले पुरुषको तुलनामा महिलाको विवाह सानै उमेरमा बढी हुने भएकाले पहिलो यौनसम्पर्कको उमेरमा फरक परेको जनाएको छ । प्रतिवेदनअनुसार नेपाली महिलामा पहिलो विवाह हँुदाको औसत उमेर १७.५ वर्ष र पुरुषको विवाहको औषत उमेर २१.६ वर्ष रहेको छ ।

महिलाको शैक्षिक यौग्यता बढ्दै गएपछि विवाह गर्ने उमेरमा पनि वृद्धि हुँदैं गएको सरकारी प्रतिवेदनमा उल्लेख छ । २५ देखि ४९ वर्षसम्मका महिला तथा पुरुषमा गरिएकोसो अध्ययनले प्रतिशित अशिक्षित महिलाले १६.६ वर्षको उमेरमा, माध्यमिक शिक्षा हासिल गरेका महिलाले १८.५ वर्षको उमेरमा विवाह गरेको र औषतमा ५५ प्रतिशत महिलाले १८ वर्षको उमेरमा नै विवाह गरेको देखाएको छ । सोही उमेर समुहका पुरुषमा १९ प्रतिशतले १८ वर्षको उमेरमा र विवाह गर्दाको औषत उमेर २१.६ वर्ष रहेको उल्लेख गरेको छ । महिलाको तुलनामा पुरुषको विवाह गर्ने उमेर ४ वर्षपछि रहेको अध्ययनले देखाएको छ ।

12:30:00 AM ,
कालो चिया अर्थात् ब्ल्याक टी संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजस्ता गुलियो पदार्थ हालेर पिउने चलन छ भने कुनै देशमा केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् भने भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केही मानिसले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् ।
कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ । बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ । के–के छन् त ब्ल्याक टीका फाइदा, जानौं ः
मुटु जोगाउँछ
मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ । यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ ।

डाइरिया रोक्छ
कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ ।
दम
तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ । यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ ।
पाचन समस्या हटाउँछ
यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन् ।
कोलेस्टेरोल घटाउँन मद्दत गर्छ
अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा जसले नियमित रुपमा कालो चिया सेवन गर्छ, उसमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ ।
स्तन क्यान्सर हुन दिँदैंन
ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ ।

11:54:00 PM ,
मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।





मृगौला जोगाउन के खाने ?

१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।



२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।


३ फूल गोभी 
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।



४ लसुन 
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।



५ स्याउ 
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।



६ स्ट्रबेरी 
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।



७ अण्डाको सेतो भाग 
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

एजेन्सी ।
इन्डोनेसियाको एक कम्पनीले घर किन्ने ग्राहकलाई आकर्षित गर्न अचम्मको योजना ल्याएका छन् । ती घर तयारी छन्, दुई बेडरुम छन् । पार्किङ पनि छ । माछा पाल्न सानो ताल पनि छ ।

विज्ञापनमा अनौठो शर्त पनि छ, यदि तपाई घरको मालिक्नीसँग विवाहका लागि सोध्न पनि सक्नुहुन्छ ।’

 विज्ञापनमा एक महिलाको तस्बिर पनि राखिएको छ । ती महिला विधवा हुन् । उनी ब्युटी पार्लर चलाउँछिन् ।
जावाद्वीपमा रहेको यस घरको मुल्य ७५ हजार अमेरिकी डलर तोकिएको छ । यसको मोलमोलाइ नहुने र गम्भीर ग्राहकका लागि मात्र स्वागत गरिन्छ भनेर उल्लेख गरिएको छ । विज्ञापन सार्वजनिक भएपछि उनीसँग भेट्न जाने सञ्चारकर्मीको भींड बाक्लिएको बताइएको छ ।

11:25:00 PM ,
काठमाडौं, २८ फागुन । राजधानीको डिल्लीबजार कारागारबाट मंगलबार उपचारका लागि आँखा अस्पताल लगिएका कैदी फरार हुनुको अनौठो रहस्य खुलेको छ ।
विगत ३ वर्षदेखि डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका सिन्धुपाल्चोकका पासाङ शेर्पा मंगलबार प्रहरीकै हातबाट भागेका थिए । सेक्स उत्तेजना थाम्न नसकेर उनी भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीकै मिलेमतोको शेर्पा श्रीमतीलाई भेट्न गएको खुलासा भएको हो ।
३ वर्षदेखि सेक्स गर्न नपाएपछि उत्तेजना उत्तेजना थाम्न नसकेर उनले प्रहरीलाई पैसा दिने भन्दै आफ्नै घरमा श्रीमतीलाई भेट्न गएको अनुसन्धानले जनाएको छ ।
उनले आफ्नी श्रीमतीसंग दुई घण्टा विताएको त्यसपछि घरको झ्यालबाट हतकडीसहित हाम फालेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त शेर्पा फरार भएपछि उनकी श्रीमतीलाई पक्राउ गरेको छ । श्रीमतीले प्रहरीलाई दिएको वयानमा शेर्पाले दुई घण्टा आफूसंग विताएको स्वीकार गरेकी छिन् ।
उनले दुई घण्टा आफूसंग दुई घण्टा विताएको र त्यसपछि पछाडीको झ्यालबाट हाम फालेर भागेको प्रहरीलाई वयान दिएकी छिन् ।
लागु औषध मुद्दामा १५ वर्ष जेल सजाय पाएका कैदी आँखा अस्पतालबाट नभई बौद्धस्थित आफ्नो डेराबाट फरार भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल लगिएका शेर्पालाई अस्पताल पुर्याएका प्रहरी हवल्दार र जवानकै सहयोगमा बौद्धस्थित उनको घरमा लगेको र त्यहाँबाट भागेका थिए ।
घटनाको छानबिन समितिका संयोजक एसएसपी सुरेशविक्रम शाहले शेर्पा भागेपछि शेर्पाकी श्रीमतीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताए ।
अस्पतालबाट घरसम्म पुर्याउने तीनै जना प्रहरी हवलदार चिकन्दर यादव, प्रहरी जवानद्वय करण महरा र खोमराज पंगेनीलाई हनुमानढोका कारागारमा राखिएको छ ।
फरार कैदी शेर्पा लागु औषध मुद्दामा ०६९ असोज २२ गते थुनामा लिइएको थियो । उक्त मुद्दामा उनले पाँच लाख जरिवाना तिरेका थिए भने १५ वर्षको कैद सजाय भोगिरहेका थिए । शेर्पाले अझै साढे १२ वर्षको कैद भुक्तान गर्न बाँकी छ ।

11:18:00 PM ,
२८ फागुन, काठमाडौं ।


‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ बिहीबार विश्व मिर्गौला दिवस मनाइदैछ ।

नेपालमा सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला उपचार केन्द्र काठमाडौँ वनस्थलीको आयोजनामा मिर्गौला दिवस मनाउन थालिएको हो ।

मिर्गौला स्वस्थ राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्नको लागि  वरिष्ठ मिर्गौला रोग विशेष एवम् कार्यकारी निर्देशक प्राडा ऋषिकुमार काफ्ले भन्छन्  धुमपानको आदत भएका, ५० वर्ष भन्दा बढी उमेर नाघिसकेका, मिर्गौलामा अन्य कुनै समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष मिर्गौला परीक्षण गर्नु आवश्यक छ ।



मिर्गौला रोग लागिसकेपछि उपचारमा अत्यधिक खर्च लाग्ने भएकाले समयमै मिर्गौला परीक्षण गरी रोग लागेको नलागेको जानकारी लिनुपर्ने बताउछन उनी । उनले खाना खाएको ३० मिनेटमा कम्तिमा १५ मिनेट हिडडुल गर्नुपर्ने, मोटोपनलाई हटाउनुपर्ने र सुविधा भोगी नबनी पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने बताए ।

नेपालमा कुल जनसङ्ख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिने उल्लेख गर्दै उनले त्यसमध्ये करिब १० हजार जना मिर्गौला रोगको अन्तिम अवस्थामा पुग्ने गरेको र करिब तीन हजार जना वार्षिक रुपमा थपिदै गएको अनुमान रहेको पनि बताए ।

11:09:00 PM ,
आमाले जंगलमा फालेको ११ महिने बच्चाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नवलपरासी गैडाकोट ३ की मिना पौडेल (परियार) ले जंगलमा छाडेका छोरा भिष्म पौडेललाई निमोनियाको गम्भीर संक्रमण देखिएको चिकित्स्कले बताएका छन् ।वालक झण्डै २० घण्टासम्म जंगलमा फालिएका थिए । वालकलाई अनकन्टार जंगलमा फालेर आमा प्रेमीसँग हिँडेकी छन् ।

पौडेलाई बुधबारदेखि मणिपाल अस्पालत पोखराको आइसियुमा राखेर उपचार भैरहेको छ तर स्वास्थ्यमा सुधार आउन नसकेको पौडेलको उपचारमा सलग्न चिकित्सकले जानकारी दिए ।

पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अधिकारीले बालक पौडेल पहिले  देखि नै निमोनियाको रोगी भएको र रातभर जंगलमा चिसो र बर्षाले रुझेका कारण संक्रमण बढेको बताउनु भयो ।

निर्दयी आमा मिना पौडेलका बिरुद्ध श्रीमान कृष्णबहादुर पौडेलले ११ महिने छोरालाई जंगलमा छाडेर मार्ने प्रयास गरेको किटानी जाहेरी दिनुभएको छ । आमाले  मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा मंगलबार दिउँसो छोरालाई छाडेर फलेबासमा प्रेमीलाई भेट्न गएकी थिइन् ।

प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टा पछि जीवित उद्दार गरेको थियो  ।
बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा डेरामा बस्दै आएकी मिनाले प्रेमीको विश्वास जित्न छोरालाई जंगलमा फालेर गएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रेमीले छोरा नभए स्वीकार गर्ने बताएकाले जंगलमा छाडेर हिँडेको मिनाले बयान दिएकी छन् ।

दलित समुदायकी मिना परियारले क्षेत्री समुदायका कृष्णबहादुर पौडेलसँग अन्तरजातीय प्रेम बिबाह गरेकी थिइन् । बिबाहपछि केटाको परिवारले हेला गर्न थालेकाले उनी माइती नजिक डेरामा बस्दै आएकी थिइन् ।

मिनाको प्रेमको विश्वासमा परेर आफुले परिवार र आफन्त छाडको कृष्णबहादुरको दावी छ ।

उहाँका  ५ वर्षीय छोरा किस्मत र ३ वर्षीय छोरा काले मामा घर बस्छन् ।
कृष्णबहादुर सवारीचालक हुन् ।

10:34:00 PM ,
सुन्दर दाँत र स्वस्थ गिँजा होस् भन्ने चाहनुहुन्छ? यी १० उपायहरू अपनाउनुहोस्।


१. भोजन आहारमा ध्यान दिनुहोला
तपाईँले जे खानुहुन्छ, त्यो कुरा दाँतमा गएर अड्किने गर्दछ। त्यसैले धेरै वाइन, कालो चिया अथवा चुरोट खानुभएको छ भने दाँत सफा रहन्छ भन्ने आस नगर्नुहोस्। तै पनि दाँत सफा र चम्किलो राख्न चाहनुहुन्छ भने दाँत फोहोर गर्ने खानेकुरा खाइसकेपछि अवश्य दाँत माझ्नुहोला।

डेन्टिस्टको सल्लाह अनुसार ब्लिचिङ्ग एजेन्टको नियमित प्रयोग गर्नुहोला। खानापछि एउटा स्याउ खान नबिर्सिनुहोला।



२. दाँत माझ्दा गुन्गुनाउनुहोला
अनुसन्धानको अनुसार हाम्रो दाँतलाई कमसेकम २ मिनेट जति माझ्दा पर्याप्त हुन्छ। त्यसैले दाँत माझ्दा घडी हेर्नुहोस् वा टाइमर राख्नुहोस् अथवा २ मिनेट लामो गीत गुन्गुनाउनुहोला।



३. टुथब्रसलाई पेन्सिलजसरी समात्नुहोला
के तपाईँले टुथब्रसले कार सफा गर्नु लाग्नुभएको हो र? हैन भने, पक्कै पनि धेरै मज्जाले नै ब्रस गर्नुहुँदैछ। अनुसन्धानको अनुसार, धेरै बल लगाएर दाँत माझ्नु, दाँत सफा गर्ने उपाय होइन।

ब्रस समात्ने उचित तरिका आफ्नो ब्रसलाई गिँजासँग ४५ डिग्रीको कोण बनाएर माझ्नु र बिस्तारै आरामले माझ्नु हो।

४. दिनहुँ एक कप चिया पिउनुहोला
चियामा हुने 'फ्लाभोनोइड्स' तथा अरू तत्वहरूले दाँतमा अड्किले ब्याक्टेरियाहरूलाई मार्दछ र दाँतलाई किराले खानबाट पनि बचाउँदछ।

५. ब्रस परिवर्तन गर्नुहोला
कम्तिमा २ महिनापछि आफ्नो पुरानो ब्रसलाई परिवर्तन गर्नुहोस्, नत्र फेरी आफ्नो दाँतको किटाणु आफ्नै दाँतमा सर्न सक्दछ।

६. जिब्रो सफा गर्नुहोला
दाँत माझ्दा सँधै जिब्रोलाई पनि सफा गर्नुहोला। दुर्गन्धित सास निकाल्ने मूख्य तत्व भनेको जिब्रोमा भएको फोहोरहरू हो। ब्रसले जिब्रोलाई घोट्नुभन्दा जिब्रेको प्रयोग गर्नु उचित हुन्छ।


७. चिनीको प्रयोग कम गर्नुहोला
यदि तपाईँ प्रौढ हुनुहुन्छ भने पनि चिनी भएको खानेकुराहरू कम खानुहोस्। चिनीको अधिकतम प्रयोगको कारण जिब्रोमा फोहोर जम्ने, दाँतमा लेउ लाग्ने र दाँत किराले खाने हुन सक्छ, त्यसैले चिनीयक्त खानेकुराको न्यून सेवन गर्नुहोला।

८. दाँतलाई सफा गर्ने खानेकुराहरू खानुहोला
स्याउको सेवन नियमित गर्दा दाँतमा भएको किटाणुहरूलाई नष्ट गर्दछ। गाँजर, काँचो र दुधिलो मकै पनि दाँत सफा राख्ने खानेकुरामा पर्दछ।

९. दाँतले चपाउने काम मात्रै गर्नुहोला
ब्यागमा सँधै बोटल ओपनर अथवा कैँची राख्नुहोस्। यदि तपाईँसँग सही साधन साथमा छ भने दाँतले बोटल खोल्ने दुस्प्रयास गर्नुहुँदैन।

१०. पानी नियमित र धेरै मात्रामा पिउनुहोला
जहाँ भएपनि पानीलाई साथमा राखनुहोस्। हरेक १\२ घन्टामा पानी पिउनुहोस्, यसले गर्दा दाँतमा फोहोर जम्न पाउँदैन।

मिठो मुस्कानसँगै सँधै सफा र स्वस्थ रहनुहोस्।

10:18:00 PM ,
काठमाडौं । पुरुषहरुले थाहा पाउनैपर्ने नयाँ जानकारी ! काम गर्ने विभिन्नस्थल वा कार्यालयमा महिला सहकर्मीलाई जिस्काउने वा गलत आशयको व्यवहार गर्दै हुनुहुन्छ भने, सचेत हुनुहोस् ।

महिला सहकर्मीमाथि यस्तो व्यवहार गरेमा तपाईलाई ६ महिना जेल र ५० हजारसम्म जरिवानाको सजायँ हुन सक्छ । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, ०७१ विहीबारदेखि नेपालभरि लागु भएको छ ।
महिलाहरुका लागि जानकारी ! यदि कार्यथलोमा कसैले उत्तेजक हाउभाउ देखाएर अप्ठेरो महसुस गरायो वा इशारा, संकेत वा प्रभावमा पारेर यौनजन्य गतिविधि देखाएमा तुरुन्त आफ्नो हाकिमसमक्ष उजुरी दिनुहोस् ।
उजुरी र सजायँ
कार्यथलोमा आफूमाथि यौनजन्य दुव्र्यवहार वा हिंसा भएको भनेर कुनै महिलाले उजुरी दिएको १५ दिनभित्र पनि हाकिमले आरोपितमाथि कारवाही नगरे प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिन सकिनेछ ।
महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालका अनुसार कार्यस्थलमा भएको हिंसा प्रमाणित भएमा पीडकलाई ६ महिना कैद वा रु ५० हजार जरिवाना वा दुबै सजायँ हुन सक्ने व्यवस्था ऐनमा रहेको छ ।
के-के गर्नु हुँदैन ?
व्यवस्थापिका संसदबाट पारित भई विहीबारदेखि लाागु भएको ऐनले कार्यस्थलमा यौनजन्य आशयले जिस्काएमा, हेरेमा, सोही प्रकारको प्रस्ताव राखेमा, पत्रिकामा यौनजन्य चित्र, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्रीको प्रयोग वा प्रदर्शन गरेमा त्यसलाई यौनजन्य दुर्व्यवहार मानेको छ ।
सहसचिव अर्यालले भनिन्-‘अब कार्यथलोमा कुनै महिलालाई पत्रपत्रिका वा कितावमा छापिएका अश्लिल चित्र, छाडा कुरा वा इमेल तथा सोसल मिडियामा आउने यौनजन्य सामाग्री देखाए पनि यौन दुर्व्यवहार मानेर कारवाही हुनेछ ।’
ऐनमा व्यवस्था गरिए अनुसार आफूसँगै काम गर्ने महिला वा किशोरीहरुसँग उनीहरुको इच्छा विपरित जिस्किने, गिज्याउने, ठट्टा गर्ने वा यौन अनुभूति जगाउने कुनै पनि हर्कत देखाउन वा गर्न पाइँदैन । सहसचिव अर्यालका अनुसार कार्यथलोमा महिलालाई शारीरिक र मानसिक रुपमा यौन उत्तेजना जगाउनेखालका क्रियाकलाप गर्न पाइँदैन ।
हाकिमले गिद्धे नजर लगाएमा..
कुनै पनि कार्यालय वा कार्यथलोमा आफ्नो पद, शक्ति वा अधिकार देखाएर कुनै किसिमको दबाव, प्रभाव र प्रलोभनमा पारी दुर्व्यवहार गरे त्यसलाई यौनजन्य हिंसा मानिएको छ । ‘हाकिमले गिद्धे नजर लगाएर हेरेमा वा हाउभाउ देखाएमा पनि उजुरी गर्ने निकाय जिल्ला प्रशासन छ’ राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदताराले भनिन् ।
नेपालमा सरकारी तथा गैरसरकारी कार्यालयहरुमा महिला कर्मचारीको उपस्थिति बढेसँगै उनीहरुमाथि यौन शोषण वा प्रत्यक्ष अप्रत्यक्ष यौनजन्य हिंसाका घटना बढ्न थालेकाले कानुन आवश्यक परेको अर्यालले बताइन् ।
कहाँ-कहाँ कानुन लाग्छ ?
कार्यथलो भन्नाले कहाँ कहाँ बुझ्ने त ? ऐनले नै यसमा प्रष्ट व्यवस्था गरेको छ । विद्यालय, कलेज लगायत शैक्षिक स्थल, अध्ययन अनुसन्धान गर्ने ठाउँ, कृषिजन्य काम गर्ने खेतबारी, निर्माण क्षेत्रसमेत कार्यस्थलमा पर्छन् ।
त्यस्तै  सार्वजनिक यातायात, सडक, व्यापार, घरेलु श्रम, पसल कामदार, स्वास्थ्य लागायतका स्थलहरुमा हुने यौनजन्य हिंसाको व्यवहारलाई यो ऐनले दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ ।
यस्ता घटना भएका ठाउँसँग सम्बन्धित महिला वा सेवाग्राहीले समेत उनीहरुको तर्फबाट सम्बन्धित ठाउँको प्रमुख व्यक्ति समक्ष सात दिनभित्र लिखित वा मौखिक गुनासो गर्न सक्नेछन् ।
सर्वोच्च अदालतले ११ वर्षअघि नै यस्तो कानुन बनाउन सरकारलाई निर्देशन दिएको थियो । ढिलै भए पनि महिलाको सुरक्षाका लागि एउटा कबच तयार भएको महिला अधिकारकर्मी चरिमाया तामाङले बताइन् ।
संसदबाट बिधेयक पारित भई राष्ट्रपतिबाट लालमोहर लागेको ३ महिना पुगेपछि ऐन व्यवहारमा लागु भएको हो ।

10:04:00 PM ,
मकवानपुर । गीतकार दिनेश सुवेदीले आफ्नै विद्यार्थीमाथि पटक पटक बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
कक्षा ४ मा अध्ययनरत एक छात्राले विद्यालय जान नमानेपछि घटनाको खुलासा भएको थियो । आक्रोशीत स्थानीयले सुवेदीलाई जुत्ताको माला लगाएर बजार घुमाउँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सुवेदीले ती बालीकालाई विभिन्न प्रलोभन देखाई बटक पटक यौन दुब्र्यावहार र बलात्कार गरेका थिए । नौ वर्षीया बालीकाले आफुलाई सुवेदीले पटक पटक यस्तो गरेको बताइन् ।
घटनाको विषयलाई लिएर स्थानिय र प्रहरीबीच दोहोरो भिडन्त समेत भएको छ । बारा स्थायी ठेगाना भएका सुवेदी स्थायी शिक्षकमा नाम निकालेपछि पालुङमा अध्यापनरत थिए ।
उनले रिलिजको तयारीमा रहेको हवल्दार सुन्तलीको तिमि १० इयरकी व्युटि…, जन्जीर फिल्मको एउटा सागिको भटभट…, हिम्मतवालीको मलाई पागल बनाउँथे…लगायतका गीत रचना गरेका छन् ।

9:51:00 PM ,
काठमाडौं । चर्चित गुण्डा नाइके चरीको हत्या पछि गुमनाम बनेका राजधानीका गुण्डा नाइकेहरु फेरी सलबलाउन थालेका छन् ।


गुण्डा नाइकेहरुले आफ्ना सहयोगी र समुहका अन्य सदस्यहरु मार्फत् चलखेल सुरु गरेपछि व्यावसायीहरु त्रसित भएका छन् । उनीहरुले स्थानिय प्रशासनमा उजुरी समेत गरीसकेका छन् ।

ठेक्का पट्टा लगायतका निर्माण क्षेत्रका काममा गुण्डा नाइकेहरुले चलखेल सुरु गरेका हुन् । उनीहरुले ठेकेदारलाई तर्साउने र हप्ता असुली गर्ने काम पुनः थालेको भन्दै निर्माण व्यावसायीले उनीहरुका विरुद्ध उजुरी हालेका छन् ।

उनीहरुले ठेक्काको टेण्डरमा अबरोध गर्ने देखि अबैध ढुकुटी सञ्चालन गर्ने सम्मका गतिविधिमा सक्रियता बढाएका हुन् । चरी हत्याकाण्डपछि गुण्डाहरु गुमनाम थिए ।
यो काण्ड सेलाउँदै जाँदा उनीहरुको सक्रियता बढेकाले प्रहरीलाई पनि उनीहरुको गतिविधि रोक्न हम्मे हम्मे परिरहेको छ । गुण्डा नाइकेहरुले राजनीतिक दलको कार्यकर्ताका रुपमा समेत काम गरिरहेकाले उनीहरुका विरुद्धमा कारबाही थाल्न प्हरीलाई राजनीतिक अबरोध छ ।

9:43:00 PM , ,
काठमाडौं, २८ फागुन । पूर्वयुवराज पारस शाह नेपाल फर्कने भएका छन् ।
यसअघि दसैं, तिहार वा बाबुआमाको जन्मदिमा पनि नेपाल नआएका उनी भान्जा पार्थक सिंहको व्रतबन्धमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।


भान्जा सिंहको व्रतबन्ध चैत १५ गते हुने भएको छ ।

लुङखाई कारागारमा रहँदा उनको मुद्दा फैसला हुने हो वा होइन भन्ने विषयमा निर्णय भइनसकेको अवस्थामा बहिनी प्रेरणाले व्रतबन्धको मिति तय गर्न सकेकी थिइनन् ।


तर, करिब दुई साताअघि नै अदालतले पूर्वयुवराज पारसको पक्षमा फैसला गर्ने लगभग जानकारी भइसकेपछि व्रतबन्धको मिति तय गरिएको छ ।

पारस जेलबाट छुटेर अदालतको प्रक्रिया अघि बढाएपछि परिवारमा खुसी छाएको छ ।
मामा पारस नभएदेखि यो वर्ष व्रतबन्ध नहुने अवस्था थियो ।

तर अदालतले मुद्दाको टुंगो लगाएका कारण पारस आउने पक्का भएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
हिन्दु परम्पराअनुसार व्रतबन्धमा भान्जाको कपाल, काट्नेदेखि वटुकले लगाउने सबै लुगा मामाले दिने चलन छ ।

9:34:00 PM ,
फेसबुक अकाउण्ट लगइन गर्नका लागि पासवर्ड चाहिन्छ । आफ्नो पासवर्ड गोप्य राखेपछि फेसबुक अकाउण्ट सुरक्षित रहन्छ र अरु कसैले खोल्न बिगार्न सक्दैन भनेर तपाइँ ढुक्क हुनुहुन्छ होला । तपाइँ हाम्रो फेसबुक अकाउण्ट कोही कोही मानिसहरुले पासवर्ड बिनै खोल्न सक्छन् भन्ने कुरा सायद थाहा छैन होला । तर हाम्रो फेसबुक अकाउण्ट खोल्नका लागि केही मानिसहरुलाई पासवर्ड नै चाहिँदैन र सिधै तपाइँ हाम्रो फेसबुक अकाउण्ट खोलेर हेर्न र चाहेको कुरा गर्न सक्छन् ।
आखिर को होलान् त त्यस्तो शक्तिशाली मानिस जसले पासवर्ड बिनै तपाइँ हाम्रो फेसबुक अकाउण्ट खोल्न सक्छन् ? अरु कुनै अनधिकृत व्यक्ति वा तेश्रो पक्षलाई त्यस्तो अधिकार हुने कुरै भएन । फेसबुकका केही कर्मचारीहरुले नै यस्तो गर्न सक्छन् । फेसबुकले आफ्नो केही कर्मचारीलाई जो कोही प्रयोगकर्ताको अकाउण्ट पासवर्ड बिनै खोल्ने सुविधा प्रदान गरेको हो ।
प्रविधि सम्बन्धि वेबसाइट भेन्चरबिटले यस्तो गोप्य तथ्यको खुलासा गरेको हो । फेसबुकका अनुसार पासवर्ड बिनै आफ्ना केही कर्मचारीलाई प्रयोगकर्ताको अकाउण्ट लगइन गर्ने सुविधा प्रदान गरिएको विषय निकै व्यवस्थित, गोप्य तथा सख्त अनुशासित उपभोक्ता सहयोग प्रणाली हो ।
यस्तो अधिकार पाएका आफ्ना कर्मचारीहरुले नियम उल्लंघन गरेको वा प्रयोगकर्ताको अकाउण्टमा कुनै गडबडी पूराएको तथा अनधिकृत काम गरेको पाइएमा तत्कालै निष्कासित गरिने प्रष्टिकरण फेसबुकले दिएको उक्त वेबसाइटले जनाएको छ ।
भेन्चरबिटले आफ्नो रिपोर्टमा फेसबुकका प्रवक्तालाई उधृत गर्दै भनेको छ, कुनैपनि व्यक्तिको फेसबुक अकाउण्टलाई खोल्ने स्वतन्त्रता केही तहमा प्रदान गरिएको हुन्छ र केही निर्धारित उद्देश्यका लागि यस्तो गरिन्छ ।
फेसबुकका सम्बन्धित कर्मचारीले निर्धारित कार्यसँग सम्बन्धित विषयका लागि प्रयोगकर्ताको अकाउण्ट खोल्न सक्छन् र सम्बन्धित कार्यका लागि आवश्यक सूचना मात्र प्राप्त गर्न सक्छन् ।
फेसबुक प्रयोगकर्ताको शंकास्पद व्यवहारको जाँचका लागि फेसबुकले यस प्रकारका दुइवटा सिस्टम स्थापित गरेको छ, जसबाट हरेक हप्ता फेसबुकले प्रतिवेदन तयार गर्दछ । फेसबुकका दुइ स्वतन्त्र सुरक्षा दलले उक्त रिपोर्टको पुनर्समिक्षा गर्छन् । यो कार्यमा संलग्न कर्मचारीहरुको अनुचित व्यवहार तथा नियम उल्लंघनलाई लिएर फेसबुकले निकै नै गम्भीर रबैया अपनाउने र अनैतिक काम गर्ने कर्मचारीलाई जागिरबाटै निकालिने फेसबुकले जनाएको छ ।

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्यार निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ ।

हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । तर ज्योतिष शास्त्र भने यस्तो कुरा राशि अनुसार फरक पर्ने दावी गर्छ । मान्छेको हरेक स्वभाव जस्तै प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक हुने ज्योतिष शास्त्रको भनाइ छ ।


यहाँ राशि अनुसार मानिसको प्रेम ब्यवहार कस्तो हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

मेष राशि
मेष राशिका मानिस आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । यो राशिका पुरुष शाहसी हुन्छन् र केटीहरु छिटो आकर्षित हुन्छन् । मेष राशिका ब्यक्ति हतारमा प्रेम गर्छन् । कामुक स्वभावका हुने भएका कारण यिनीहरु हतारमा शारीरिक सम्बन्ध राख्न खोज्छन् । हतारमा प्रेम गर्ने हुँदा यिनीहरुको प्रेम विछोडमा टुङ्गिन्छ ।

वृष राशि

वृष राशिका ब्यक्तिलाई उत्तम श्रेणीका प्रेमी मानिन्छ । वृष राशिका ब्यक्ति प्रेम सम्न्ध राख्न माहिर हुन्छन् । यिनीहरु पनि छिट्टै प्रेममा पर्छन् । भावुक स्वभावका हुने हुँदा यिनीहरुको प्रेम असीम हुन्छ । यो राशिका मानिसको बैबाहिक जीवन पनि सुखी हुन्छ ।

मिथुन राशि
यो राशिका ब्यक्तिका धेरै प्रेम सम्बन्ध हुन्छन् । त्यति मात्र होइन बहुविवाहको सम्भावना पनि हुन्छ । खासमा भन्दा यो राशिका ब्यक्ति प्रेमलाई खेलौना सम्झिन्छन् भन्दा पनि हुन्छ । यिनीहरु विवाहमा सन्तुष्ट हुँदैनन् ।

कर्कट राशि

ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका ब्यक्ति प्रेमको विषयमा मुडी हुन्छन् । यिनीहरु सम्बन्ध प्रति निक्कै इमान्दार हुन्छन् तर मुड अनुसार ब्यवहार हुन्छन् । यिनीहरुको बैबाहिक जीवनमा परिवर्तन आइरहन्छ । यिनीहरुको भाग्य विवाहपछि खुल्छ ।

सिंह राशि

सिंह राशिका ब्यक्तिको आवाज सुमधुर हुन्छ । यो राशिका पुरुषसँग केटीहरु आकर्षित हुन्छन् । यो राशिका ब्यक्तिको प्रेम सम्बन्ध धेरै जसो सफल हुन्छ । वैवाहिक जीवन पनि सफल हुन्छ ।

कन्या राशि
कन्या राशिको मानिसहरु राम्रा प्रेमी मानिँदैनन् । यो राशिका ब्यक्ति आकर्षक ब्यक्तित्वका हुन्छन् । मानिस प्रभावित गर्ने क्षमता पनि हुन्छ । त्यसकारण यिनीहरुको सम्बन्ध धेरैसँग हुने पनि हुन्छ ।

तुला राशि

ज्योतिष शास्त्रका अनुसार तुला राशिक ब्यक्ति महान प्रेमीमा पर्छन् । यिनीहरुको प्रेम गहिरो हुन्छ । तर यिनीहरु प्रेममा रहेपनि मानसिक तनावबाट गुज्रीरहेका हुन्छन् ।

वृश्चिक राशि

वृश्चिक राशिका मानिस उच्च आदर्श प्रेमी मानिन्छन् । यिनीहरु प्रेमका लागि सर्वस्व स्वीकार गर्न तयार हुन्छन् । यिनीहरु प्रेममा निक्कै इमान्दार मानिन्छन् । तर इर्श्याको भावना भने यो राशिका ब्यक्तिमा प्रवल हुन्छ । यिनीहरुको त्यागी भावनाले विपरित लिङ्गका मानिसहरु आकर्षित हुन्छन् ।

धनु राशि

यो राशिका प्रेमी संवेदनशील र नरममिजासका मानिन्छन् । यिनीहरुको स्वभाव नै सुन्दरतामा आकर्षित हुने हुँदा प्रेम टिकाउ भने हुँदैन । यिनीहरु प्रेममा विछोडका कारण टेन्सनमा हुन्छन् तर नयाँ साथी छिट्टै खोज्छन् ।

मकर राशि

मकर राशिका मानिस जिद्धी पना बढी हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको यही स्वभावकै कारण प्रेम सम्बन्धमा समस्या समेत भोग्छन् । यो राशिका ब्यक्तिले जीवन साथीलाई निक्कै मायाँ गर्छन् तर झगडा पनि गर्छन् जिद्धी स्वाभवका कारण ।

कुम्भ राशि

ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिका मानिस प्रेममा बढी भावुक हुन्छन् । यिनीहरु मन देखि मायाँ गर्छन् । निस्वार्थ प्रेम गरेपनि यिनीहरुले धोका पाउने सम्भावना बढी हुन्छ । प्रेममा विक्षिप्त भएपनि नयाँ साथीको खोजिमा भने यिनीहरु पनि रहन्छन् ।

मीन राशि

मीन राशिका प्रेमी प्रेमिकाको स्वभाव माछाको जस्तो हुन्छ । यिनीहरु भावुक हुन्छन् र छिटो विपरित लिङ्गीप्रति आकर्षित हुन्छन् । प्रभाव पार्न सिपालु हुन्छन् तर यिनीहरुको प्रेम जीवनमा धेरै उतार चढाव आउँछ । बैबाहिक सम्बन्धमा गहिरो प्रेम हुन्छ ।

3:10:00 PM ,
हामी सानै हुँदा अनि देखि त्यस्ता धेरै धेरै भनाइ वा उखान सुन्दै आएका हुन्छौं। कतिले हामीलाई बिस्वासमा पार्छन् भने कति बेकारका लाग्छन्।




 तर कतिपय यस्ता पुराना भनाइहरु बिज्ञानले पनि सत्य हुन्छ भनेर साबित गरेको छ। हामीले सुन्दै आएका कुराहरु जस्तै:खुर्सानि ओसिएमा पानी पर्छ,भ्यागुति चलाए छाला चिलाउंछ, गर्भवति हुंदा टन्न केरा खए छोरा हुन्छ,दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि र अन्य धेरै। यस्ता भनाइहरु केहिमा सत्यता नभए पनि केहि भने सत्य हुने बिज्ञानले पनि मानेको छ।

के गर्भवति हुँदा टन्न केरा खाए छोरा नै हुन्छ त? अक्स्फोर्ड बिस्वबिध्यालयका बिद्वानहरुले बर्षौंदेखि मानिदै आएको अन्धबिस्वासलाई तोड्ने नियतले एक समुह बनाई अध्ययन गरेका थिए र नतिजामा उनिहरुले के पाए भने अधिकांस अब्सथामा धेरै केरा खाँदा छोरा नै हुन्छ।

 यसको लागि उनिहरुले ७४० गर्भवति महिलाहरुलाई सहव्हागि गराएका थिए। सहभाइहरु मध्ये जसले धेरै क्यालोरि युक्त खाना वा केरा खाएका थिए उनिहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खने र थोरै केरा खानेको छोरि भएको थियो। अनुसन्धानकर्ताहरु के बिस्वास गर्छन् भने केरामा पोटासियमको मात्र धेरै हुन्छ ।

 जसले लिङ्गको लम्बाइ बढाउन मदत गर्छ। तर उनिहरु यो पनि बिस्वास गर्छन् कि केरा खाअँदा छोरा हुने सम्भावना केबल ५५ प्रतिशत मात्रै हुन्छ। सम्भावना बढि हुने बहेकोले नै गर्दा हुन सक्छ अनतदेखि यो भनाइ भनिदै आएको छ।

 त्यस्तै यदि महिला गर्भवति हुँदा छतिमा बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक रुपमा सिद्ध भैसकेको छ।

2:58:00 PM ,
शीर्षक हेर्दैमा कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो लाग्नसक्छ । तर यो कुनै काल्पनिक कथा नभई यथार्थ बन्नेवाला छ ।

वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पूराउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका छन् । लामो समयसम्म स्वस्थ भएर बाँच्ने अर्थात् दीर्घजिवी हुने चाहना सबैको हुन्छ । आम मानिसको यहीँ चाहनलाई साकार पार्ने महत्वपूर्ण अनुसन्धानमा वैज्ञानिकहरु सफलताको नजिक पुगेका हुन् । रुसी वैज्ञानिकहरुको प्रयास पूणरुपमा सफल भएमा आम मानिसको आयु १ सय २० वर्षसम्म हुनेछ । र, अब १ सय २० वर्षे आयु लिएर बाँच्न सकिने दिन टाढा नभएको दाबी वैज्ञानिकहरुले गरेका छन् । रुसको मस्को स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुको एक टोलीले नयाँ प्रकारको एन्टी अक्सिडेन्ट तत्वको परीक्षण गरिरहेको छ जसको कारण उमेर छिप्पिने गतिलाई सुस्त पार्न सकिन्छ । यो एन्टीअक्सिडेन्ट युक्त क्याप्सुलको परीक्षण मुसा, माछा तथा कुकुरमा गरिएको छ । वैज्ञानिक टोलीका प्रमुख डाक्टर म्याक्सिम स्कुलाचेभका अनुसार अनुसन्धानमा रहेको उक्त एन्टी अक्सिडेन्टले सरीरमा उर्जा प्रदान गर्ने कोषीय भाग माइटोकोन्डि्रयाको कार्यप्रक्रियालाई नियन्त्रित गर्दछ । माइटोकोन्डि्रयाको गडबडीलाई नै मानिसमा बुढ्यौली, हृदयाघात तथा विभिन्न खाले रोगब्याधीको कारक मानिन्छ । शोधकर्ता स्कुलाचेभका अनुसार बुढ्यौली प्रतिरोधी औषधिको निर्माण प्राविधिक रुपमा सम्भव छ । मानिसलाई ८ सय वर्षसम्म बचाउन सकिने कुरामा विश्वास नभएपनि १ सय २० वर्षसम्म भने बचाउन सकिने उनको दाबी छ । सुरुवातको परीक्षण आयु लम्ब्याउने भन्दा पनि बुढ्यौलीको दरलाई घटाउनेमा केन्दि्रत रहेको र यसमा सफलता मिलेमा माइटोकोन्डि्रयाको कार्यलाई प्रभावित गर्ने उपायको खोजी गरी आयुलाई १ सय २० वर्षमा पूराउन सकिने दाबी उनको छ ।  www.onlinekhabar.com

2:44:00 PM ,
मानिसहरुबीच प्रेम हुने अनेक कारण हुन सक्छन् । चाहे त्यो पहिलो नजरमा भएको प्रेम होस् या लामो समय सम्मको सम्बन्ध पछि । तर प्रेममा सबै भन्दा प्रभावकारी भूमिका ओंठको हुने एक अध्यनले देखाएको छ ।


हालै गरिएको एक अध्यनले कुनै पनि केटा वा केटी जो सुकैले पनि आँखा पछि सबै भन्दा बढी ध्यान दिने अंग ओंठ भएको तथ्य बाहिर ल्याएको हो ।



तपाइँका ओंठ गुलावी भएपनि काला भएपनि त्यसले तपाइँप्रतिको आकर्षणमा मुख्य भूमिका खेल्छ । केटीको ओंठमा लिपिष्टिक लगाएको भए केटाको ध्यान सबै भन्दा बढी त्यसमै जाने समेत अध्यनको निष्कर्ष छ ।

सबै भन्दा शुरुमा आँखामा हेरिएपनि त्यसपछि सबै भन्दा ख्याल गरिने र अवलोकनमा पर्ने मानव अंग ओंठ भएको शोधकर्ताहरुको दावी छ ।

ओंठ चल्दा मानिसका धेरै कुरा बुझिने र ओंठले नै मुस्कान दिने वा अन्य भाव अभिब्यक्त गर्ने भएका कारण पनि ओंठले मानिसप्रतिको प्रभावमा मुख्य भूमिका खेल्ने उनीहरुको दावी छ ।

मानिसको स्वभाव र ब्यक्तित्व राशि अनुसार फरक फरक हुन्छ । जसको नाम अ, चू, चे, ला, ल, ली, लू, ले वा लो बाट शुरु हुन्छ उनीहरु मेष राशिका हुन्छन् । यी अक्षरबाट नाम शुरु हुने ब्यक्तिहरु आकर्षक र प्रभावशाली हुने ज्योतिषशास्त्रीको भनाइ छ । यिनीहरुले अरु ब्यक्तिलाई सहजै आकर्षित गर्न सक्छन् ।




यस्तो हुन्छ मेष राशिको स्वभाव

ज्योतिषको राशि चक्रममा मेश राशि पहिलो स्थानमा पर्छ । यो राशीको चिन्ह भेडो हो । यो राशि पूर्व दिशाको प्रतिक मानिन्छ भने यस्को स्वामी मंगल हो । मेष राशि अन्तर्गत अश्विनी र भरिणी नक्षत्रका चारै चरण र कृतिका नक्षत्रको प्रथम चरण आउँछ ।
यो राशिका मानिसमा रिस र जिद्दी स्वभाव हुन्छ । यस्ता ब्यक्ति सामान्य कुरा पनि आफूले भनेको जस्तो नभए क्रोधित हुन्छन् । र झगडा गर्न कसिन्छन् ।

यो राशिका मानिसलाई कसैको अधिन मन पर्दैन । उनीहरुलाई स्वतन्त्ररुपमा काम गर्न मन पर्छ ।
प्रभावशाली ब्यक्तित्व

मेष राशी अग्नि तत्व भएको राशि हो । यसकारण मेष राशिका ब्यक्तिहरु प्रभावशाली हुन्छन् । शाहसी र दृढ इच्छा शक्ति यिनीहरुको परिचायक हो ।

रोमान्टिक पनि
मेष राशिका ब्यक्तिहरु रोमान्टिक हुन्छन् । यिनीहरु हतारमा प्रेम गर्छन् र फुर्सदमा पछुताउँछन् । यिनीहरु अत्याधिक कामूक हुन्छन् । यिनीहरुमा कबित्व पनि हुन्छ जसले गर्दा विपरित लिङ्गी छिटो नजिकिन्छन् ।
nepaliheadlines.com

10:09:00 AM ,
हामी एक्काइसौँ शताब्दिमा छौँ । आजकाल महिलाहरु पनि घरभन्दा बाहिर निस्केर अफिसमा काम गर्न थालिसकेका छन् । धेरैजसो अफिसमा महिला र पुरुष सँगै काम गर्नुहुन्छ र यस्तो अवस्थामा उनीहरु दिनको धेरैभन्दा धेरै समय सँगै बिताउने गर्दछन् त्यसकारण दुबैमा मित्रता हुनु सामान्य कुरा हो । तर हामीले महिला र पुरुषको मित्रता धेरै दिनसम्म टिकेको देखेका छैनौँ । उनीहरुमा केहि न केहि कुरामा खटपट परेको हुन्छ । तर उनीहरुबिच कस्तो कुरामा खटपट हुन्छ भन्ने कुरा एक नयाँ अनुसन्धानले बताएको छ ।
  एक नयाँ अनुसन्धानका अनुसार महिलाहरुले पुरुषहरुमाथि गर्ने मित्रवत् व्यवहार पुरुषहरुले सेक्सको संकेतको रुपमा लिने बताइएको छ ।   द नर्वेजियन साइन्स एण्ड टेक्नोलोजिकल युनिभर्सिटी (एनटीएनयू) ले गरेको नयाँ अनुसन्धानका अनुसार महिला र पुरुषबिच सेक्सको कुरामा बढि खटपट हुने गरेको छ । महिला र पुरुषको सोचाई भिन्न हुने भएकाले उनीहरुले एउटै सम्बन्धलाई गलत ढङ्गले ब्याख्या गर्ने बताइएको छ । महिलाको नजिक आउँदा पुरुषहरुको दिमागमा सेक्स घुम्ने गर्दछ जसका कारण समस्या पैदा हुने बुझिएको छ ।   तर, उक्त अध्ययनले पुरुष एक्लैलाई सम्बन्ध अन्त्य गर्नको लागि दोषी नदेखाई महिलाहरुको भ्रमका कारण पनि हुने बताएको छ । धेरैजसो पुरुषहरु महिलाहरुको सुन्दरताका कारण उनीहरुसँग मित्रता गाँस्ने गर्दछन् भने महिलाहरु पनि पुरुषको अनुहार नभई चरित्र हेरेर साथी बनाउने गर्दछन् ।   मित्रता निकै गहिरो हुने क्रममा धेरैजसो पुरुष साथीहरु महिलालाई अँगालो हाल्ने अथवा हात समात्ने गर्दछन् जसका कारण महिलाहरुलाई लाग्दछ कि उनका साथी उनीबाट सेक्सको आशा गरिरहेका छन् जुन मित्रताको परिधिभन्दा बाहिर हुन्छ । फलस्वरुप उनीहरु दुबैको मित्रतामा फाटो आउने गर्दछ ।   यो अनुसन्धान १८ देखि ३० वर्ष समूहका ३०८ मानिसहरुका बिच गरिएको हो । उनीहरुमध्ये आधाभन्दा बढि महिला र पुरुषको मित्रता यी कारणहरुले गर्दा बिग्रिएको थियो । स्रोतः साइन्स डेली

9:11:00 AM ,
नमस्कार प्रधानमन्त्री सुशील कोइराला ज्यू
मेरो नाम सीमा बस्नेत हो । म कक्षा १० मा पढ्ने विद्यार्थी हुँ । मेरो घर मामाघर जे भने पनि रौतहट जिल्ला पौराई गविस वडा नं. १ मा हो ।
म भविश्यमा एउटा असल गायिका बन्न चाहन्छु तर, मेरो हरेक सपनाहरु पानीमा बगे जस्तै लाग्छ ।
म एउटा कलिलो भर्खरको काँचो माटो छु । मेरो जन्म वि.सं. २०५५/९/१६ गते रौतहट जिल्लामा भएको हो । म मेरो जिल्लामा कक्षा ६ सम्म अध्ययन गरेर २०६८ साल चैत २५ गते काठमाडौंमा आफ्नो भविश्य राम्रो र उज्वल बनाउन भएकी थिएँ । काठमाडौं शहरमा बसेको ४ वर्ष भयो । म मेरो जीवनमा यस्तो डरलाग्दो सपनामा पनि नसोचेको र कल्पना गर्न नसक्ने घटना घट्दा धेरै दुःखी छु । म त भविश्यमा नाम कमाउने उद्देश्य राखी आफ्नो पढाईलाई मात्र ध्यान दिन्थेँ । हजुरआमाले २०६८ साल वैशाख ५ गते कान्ति इश्वरी राज्य लक्ष्मी माविमा भर्ना गरिदिनुभयो । त्यसपछि अझ राम्रो पढ्ने अवसर भयो ।
म भविश्यमा एउटा असल गायिका बन्न चाहन्छु । मेरो हरेक सपनाहरु पानीमा बगे जस्तै लाग्छ । मेरो जीवन मात्र खेर गएको छैन, यहाँ संगीताको पनि जीवन खेर गएको छ । उसको पनि हरेक इच्छा चाहना सबै खेर गयो ।
मेलै जीवनमा मोबाइल बोकेकी छैन । फेसबुक पनि खोलेकी छैन र ब्वाइफ्रेण्ड पनि छैन
संगीता, म र हेमु एसएलसी परीक्षाका लागि तयार गर्दै थियौं । मैले संगीतालाई चिनेको जम्मा एक हप्ता मात्र भयो । हामीहरु ए प्लस ट्युसन सेन्टरमा पढ्थ्यौं । संगीता, म र हेमु विहान ६ः१५ मा सरको बाटो हेरेर बसेका थियौं । संगिताले मलाई पनि अकाउन्टको हिसाव सिकाउँदै थिइँ । एक्कासी एउटा मान्छेले ढोका खोल्यो । म त सपना हो कि विपना हो भएँ, मेरो हातको कलम समेत बन्द भयो । त्यो मानिसले बोतलमा एसिड ल्याएको थियो । ढोका उखारेर हामीलाई एसिड छ्यापेर भाग्यो । म पछाडिको सेकेण्ड बेन्चमा बसेकाले मेरो निधार र मुखमा एसिड पर्‍यो । टाउकोमा कापाल काट्नु पर्‍यो ।
त्यो मानिस को थियो होला ?


उसले संगीता र मलाई एसिड किन छ्याप्यो यहि कुराले मलाई दिनरात पिरोलिरहेको छ । तर, त्यो मानिसले हामीहरुमाथि यस्तो डरलाग्दो एसिड जस्ता पदार्थ किन खन्यायो ? तर, मैले भन्नुपर्दा म एउटा विद्यार्थी हुँ । मेरो जीवनमा अहिलेसम्म मोबाइल आफ्नो साथमा बोकेकी छैन । फेसबुक पनि खोलेकी छैन र ब्वाइफ्रेण्ड पनि छैन । मेरो जीवनमा भाइहरु बाहेक अरु कुनै केटा साथीहरु छैन । एसएलसी परीक्षा राम्रो माक्स ल्याएर कजेलमा पढ्ने ठूलो धोको थियो । अब मेरा लागि यस्ता हरेक इच्छा, चाहना र सपना सोच्ने दिन गए ।
त्यसको पनि संगिता र मेरो जस्तै दिदी बहिनी होलान् । हाम्रो ठाउँमा उनीह भएको भए त्यस अपराधीलाइए कति पीडा हुन्थ्यो होला ।
म त यो समाजमा बाँचेर पनि राम्रो काम गर्न सक्दिँन होला जस्तो लाग्छ । यो एसिड छ्याप्ने ब्यक्ति को थियो ? हामीहरुले उसको के विगारेका थियौं होला ? त्यो पनि एसएलसी परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुमाथि यस्तो व्यवहार किन गर्‍यो ?
त्यसको पनि संगिता र मेरो जस्तै दिदी बहिनी होलान् । हाम्रो ठाउँमा उनीह भएको भए त्यस अपराधीलाइए कति पीडा हुन्थ्यो होला ।
हामीले अहिले जति पीडा भोगेका छौं, उनीहरुलाई पनि त्यति नै पीडा हुन्थ्यो
। मानिसले जीवनमा धेरै गल्ती गर्छन् । तर, गल्ती गर्‍यो भन्दैमा जसले गल्ती गरेको हो, उसलाई अन्य तरिकाहरु अपनाएर सम्झाउन सकिन्छ । यदि त्यसरी नमानेमा कानूनको सहायता दिन सकिन्छ । कानून किन बनेको हो र ? यस्तो समस्याहरुको समाधान गर्न बनेको होइन र ?
हाम्रो समाजमा दिन प्रतिदिन यस्तो अवराधिक घटनाहरु किन घटिरहेका छन् ? हामी यस्ता अपराधीहरुलाई अर्थात म र संगीतामाथि एसिड प्रहार गर्ने मान्छेको मनोबल झन बढ्ने देखिन्छद्ध । हामीमाथि एसिड छ्यापेको आज १७ दिन भइसक्दा पनि कुनै एक जनालाई पनि प्रहरीले पक्राउ गर्न सफल नभएको देखिन्छ ।
आज मलाई यस्तो लाग्छ कि आउँदा चैत ५ गतेदेखि मेरो एसएलसी परीक्षा हुने भएका पनि म दिन पाउँछु कि पाउँदिँन भन्ने अन्यौल छ ।
सीमा बस्नेतले प्रधानमन्त्रीलार्इ लेखेको पत्रको अन्तिम पन्ना । उनले चार पृष्ठ लामो पत्र लेखेकी छन् ।
सीमा बस्नेतले प्रधानमन्त्रीलार्इ लेखेको पत्रको अन्तिम पन्ना । उनले चार पृष्ठ लामो पत्र लेखेकी छन् ।
आज म जुन अवस्थामा पुगेको छु । त्यसले गर्दा म पहिलेको अवस्थामा त पुग्न सक्दिन तर, म र संगीतामाथि एसिड प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न नसक्दासम्म भोलिका दिनमा यस्ता घटना अरु नेपाली दिदीबहिनीमाथि हुन सक्दैन भन्न सकिन्न ।
अन्त्यमा प्रधानमन्त्री सुशील कोइराला ज्यू, म यति चाहन्छु कि म र संगीतामाथि एसिड प्रहार गर्ने पापी त्यो अपराधीलाई कानुनी दायरामा ल्याई फाँसीको सजाय होस् ।
सीमा बस्नेत
हाल वीर अस्पतालको क्यनविन नं ९
एसिड प्रहारबाट घाइते बनेकी नेपाली चेली

8:12:00 AM , ,
२७ फागुन, आवुधावी ।



नेपाली कामदारसहित विदेशी कामदारहरुले दुवईमा प्रदर्शन गरेपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ ।


न्युन तलब दिएको ओभर टाइम काम गरेको पैसा नदिएको विरोधमा सार्वजनिक प्रदर्शनमा रोक लगाइएको भएपनि नेपालीहरुले प्रदर्शनको नेतृत्व गरेको बताइएको छ ।



प्रदर्शनमा भारत र बंगलादेश तथा श्रीलैकाका कामदार समेत सहभागी भएको समाचारमा उल्लेख छ ।


 बुधबार दुबई मल अगाडी २ घण्टा सम्म प्रदर्शन भएको बताइएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे परेको गल्फन्यूजले जनाएको छ ।

एक जन्म चिनो गर्भ समयमा वा बच्चाको जीवन को पहिलो केही महिना विकसित हुन सक्छ। तर के जन्म चिनो वा दागको कुनै अर्थ छ र? कहाँबाट कसरी आँउछ यस्तो चिनो। संस्कृति तथा सभ्यता अनुसार के कस्तो कथा चल्दै आएको छ यस्तो चिनोको बारेमा? के यि चिनोहरुले तपाइको पूर्वजन्मको बारेमा केही जानकारी बोकेको हुन्छ त? यस्तो चिनोको आधारमा कसैको बानी-व्यवहार तथा भविष्य अड्कल काट्न सकिन्छ त?
आउनुहोस् केही जानौं शरिरका यि रहस्यमय जन्म दागको बारेमा।



जन्म चिनो: पूर्व जन्मको सुचक?

जन्म दाग र पूर्व जन्मको सम्बन्धको बारेमा पहिलो पटक सन् १९६० मा डा. इयान स्टेभेन्सनले अध्ययन गरेका थिए। उनको अनुसन्धान अनुसार, अधिकांस बच्चाहरु जस-जसले आफ्नो पूर्व जन्मको बारेमा थाहा पाएका थिए उनिहरुको शरिरमा बिभिन्न जन्म दागहरु भेटिएका थिए। ती दागहरु मृत्युको कारणसंग सम्बन्धित भएको र ती बच्चाहरुलाइ फेरी जन्म हुनु भन्दा अगाडीका कुराहरु याद भएको निष्कर्ष निकालिएको थियो।

विज्ञान संग उत्तर छैन।

एउटा वैज्ञानिक भइको नाताले स्टेभेन्सनले गर्भाअवस्था र आनुवंशिक कारणहरुको अध्ययन गरेका थिए। तर यो अध्ययनले छालामा देखिने यस्ता रंगिन फरकपनको ३०%-६०% सन्दर्भमात्र व्याख्या गर्न सकेको थियो। तर ती बच्चाहरुको अनौठा स्मृति र जन्मदागको सम्बन्धको अध्ययनले स्टेभेन्सनलाइ पुनःजन्म जन्मको सान्दर्भिकता बारेमा सकारात्मक बनाएको भने थियो।


जन्म चिनो र पुनःजन्म

भुत र वर्तमान एकअर्कामा अत्यन्त सम्बन्धित रहेका हुन्छन जब यस्ता कहिलै नहराउने जन्म दागहरु कसैको शरिरमा छापिएर आएका हुन्छन। यस्तो दुइ कारणले हुने गर्छ।


पहिलो शरिरले पुनःजन्मको अवधिमा पाएको पुरानोघाउहरु निको पार्न समय नपाउनाले र दोस्रो पूर्वजन्मको शरिरले पाएको दुःख र आघात निकोपार्न र बिर्सन दिमागलाइ ती घटनाहरुसंग सम्बन्ध राख्न आवश्यक भएकाले।

यसरी हेर्दा यस्ता चिनोहरु पहिलेको शरिरले कुनै दुःख पाएको छ र फेरी पुनःजन्म हुनेवाला छ भने शरिरमा देखिने गर्दछन्।

केही जन्मदाग र ती दागसंग सम्बन्धित सम्भावित पूर्वजन्मका घटनाहरु यसप्रकार छन।

+ बिसो भएका अनि बिसो नभएका जलेका दाग

यस्ता गाढा रातो रंगको जन्म दाग शरिरले, आगोले जलेको घटना सम्झनको लागि छालामा छापेको हुन्छ। जति गाढा यस्तो चिन्ह हुन्छ, त्यति नै कम यि घाउहरु निको भएका हुन्छन्। अर्थात शरिर तथा दिमागमा अझै ती जलेका यादहरु रहिरहेका हुन्छन। मात्र केही जन्म पहिले यस्तो जलेको घटना भएको हुन सक्छ, त्यसैले त अहिलेसम्म राम्रोसंग बिसो नभएको जस्तो दाग देखिएको छ।

बिसो भइसकेका सेतो रंगको जन्म दाग पनि शरिरले जलेको घटना सम्झने हेतुको लागि हुनसक्छ। जति दाग हल्का रंगका दागहुन्छन त्यति ती पुराना घाउहरु बिसो भइसकेको हुन्छ। अर्को तवरले हेर्दा यस्तो जलेको घटना अलि पुरानो जन्मसंग सम्बन्धित हुन सक्छ।
+ गोलीलागेको दागजस्तो जन्म दाग

एउटा गोलीको घाउको जन्म दाग बाँयापट्टी गोली लाग्नाले हुन्छ। दाँया तिर पनि त्यस्तै दाग छ तर आकार उस्तै छनै भने बारुदजल्दा को दाग हुन सक्छ। यस्तो दाग गोलो आकारको हुन्छ। यस्तो दाग बिस्तारै कालो रंगमा परिवर्तन हुन जान्छ।
+ अलि गहिरो गोलीको दाग

यस्तो जन्म दाग शरिरमा गोली लागेर गोली भित्रै रहनाले देखिन आउछ। यस्तो दाग बिस्तारै रातो रंगमा परिवर्तन हुन्छ।
+ केही गोपिएको जस्तो जन्म दाग

थोरै बाङ्गो काटिएको जस्तो जन्म दाग शरिरमा गहिरो काट्ना वा केही गोपिनाले हुन्छ। यदी अनुहारमा यस्तो दाग छ भने सुतेको बेला वा लुसुक्क कसैले पुर्वजन्ममा हत्या गरेको कुरालाइ ईकिंत गर्छ।
+ पुरानो अनि बिषयुक्त वाणले बनाएको चिनो

यदि शरिरमा यस्तो दाग छ जहाँ कपाल पनि आउन सकेको छैन तथा रगतजस्तो रंगको दाग छ भने पुर्व जन्ममा कपाल जबरजस्ती फालिएको भन्ने बुझिन्छ। बिचमा कोठीजस्तो दाग छ र वरीपरी हल्का रंगको घेरा छ भने बिषाक्त वाण वा तिखो कुराले बनाएको घाउलाइ ईंकित गर्दछ।
+ यातनाको अवशेष

1पहिलेको समयमा टाउकोमा डोरी वा केही चिज बाँधेर, त्यसलाइ कसि यातना दिइनेगरिन्थ्यो, कसैको मृत्युसम्म हुन्थ्यो। यस्तो यातना भयानक हुनुको साथै भविष्यमा हुने जन्महरुमा पनि जन्म चिन्ह रहने हुन्छ।
जन्म चिन्ह, शुभ कुराको लक्षण


यो सिद्धान्त अनुसार, जन्म चिन्हको ठाँउ अनुसार व्यक्तिको बारेमा केही जानकारी पाउन सकिन्छ भन्ने छ। उदाहरणको लागि, दाँया हातमा कतै जन्म चिन्ह हुनाले उक्त व्यक्ति समृद्ध हुने जनाइन्छ। तर यदि बाँया हातमा छ भने केही दुख भोग्नुपर्ने हुनसक्छ। बाँया खुट्टामा यदि जन्म चिन्ह छ भने उक्त व्यक्ति बुद्धिमान हुनेछ साथै दाँया खुट्टामा चिनो हुनाले घुम्नमन पराउने साथै मायाको खोजीमा जीवन बिताउन मनपराउने हुन्छ।
निधारमा कोठि वा जन्म चिन्ह

 
आँखी भौँ को बिच वा निधारमा कतै जन्म चिन्ह हुने व्यक्तिहरु सहयोगी हुन्छन्। उनीहरुमा आत्मविश्वासको कमी हुदैन। सफलताको शिखरमा आफ्नै मेहेनतले पुग्छन यस्ता व्यक्ति। बोल्ने भन्दा काम गर्नमा विश्वास गर्छन र आफैमा गर्वशाली ठान्छन्। यस्तो व्यक्तिहरु आफ्नोलागि अरुसंग सहयोग माग्न अप्ठ्यारो मान्छन्। अरु मानिसको फाइदा उठाउने मनसाय बोक्दैनन र परिवारसंगै खुसी मान्छन्। शान्ति, न्याय, धर्म, संस्कृति तथा चालचलनको अनुसरण गर्छन्।
निधारको बिचमा नाकको सिधा माथी भएको जन्म चिन्ह

टाउकोको बीचबाट निधार हुदै नाकको सीधा माथी सम्म आएको जन्म चिन्हले उक्त व्यक्ति सामाजिक हुने बताउछ। जीवनलाइ रमाइलो तवरले लिने, आफ्नो अनुभवबाट सिक्दै जाने बानी हुने तथा अरुको सहयताबिना कुनै काम सुरु गर्न भने हिचकिचाउने गुण हुने हुन्छ यो ठाँउमा चिन्ह हुनाले। कलाको क्षेत्रमा केही गर्ने सामर्थ्य राख्ने हुन्छन्।
कनचटको देब्रे वा दाहिनेमा भएको जन्म चिन्ह

यस्ता व्यक्ति शिष्ट, सभ्य, शान्त तथा धार्मिक हुन्छन्। धैर्यवान हुनुको साथै, विचारशील, नम्र र व्यावहारिक हुन्छन यस्ता व्यक्ति। बालककालमा राम्रो बितेपनि युवाअवस्थाको सुरुवात संगै अलि गाह्रो जीवन सुरु हुने हुन्छ। २२ वर्षको उमेर पश्चात भने विस्तारै खुसी प्राप्त हुने गर्दछ। मानिसहरुले राम्रो व्यवहार नगर्नसक्छन तर अरुले भने नम्र र भद्रहुने भएकाले आदार सम्मान गर्ने गर्दछन्।
आँखी भौं को बिचमा भएको जन्म चिन्ह

आँखी भौं को बिचमा जन्म चिन्ह भएका व्यक्ति सावधानी अपनाउने प्रवृतीका हुन्छन। सिधा सादा हुनुको साथै अत्यन्त सहनशील हुन्छन यस्ता व्यक्ति। कर्म अनुसारको फल सजिलै पाउछन पनि। युवाअवस्थाको सुरुवाती समय भने त्यति खुसीमा बित्दैन, तर जब आफ्नो खुट्टामा उभिन्छन तब सबैकुरा परिवर्तन हुन्छ। परिवार, आफन्त तथा समाजको सहयोहमा खुसी मान्छन। कुनै काम गर्नुभन्दा पहिले धेरै सोचेर मात्र गर्ने गर्दछन यी व्यक्तिहरु।
दाँया वा बाँया आँखी भौंमा भएको जन्म चिन्ह

यस्ता व्यक्तिहरुले जीवनमा राम्रो चिजहरुमात्र खोज्ने गर्दछन्, राम्रो घर वा राम्रो जागिर। केटा हो भने, उ जीवनमा धेरै महिलाहरुसंगको सम्बन्धमा बाधिएको हुन्छ। त्यसैले महिलाले गर्दा नै जीवनमा दुख पाउने अधिक सम्भावना हुन्छ। कलामा बिषेश चाख राख्ने गर्छन। खासै गाह्रो व्यवहारमा फस्ने नभएता पनि स्वास्थ्यले भने दुख दिने गर्छ यी व्यक्तिहरुलाइ।
आँखामा भएको जन्म चिन्ह

यदि आँखामा नै जन्म चिन्ह छ भने यी व्यक्तिहरुको बानी व्यवहार सफा हुने गर्दछ। स्वार्थी हुनुका साथै पैसा सम्बन्धि कारोबारमा लोभी हुन्छन। बुद्धिमान हुनुका साथै छिटो रिसाउने प्रवृतीका हुन्छन् यी व्यक्तिहरु। गरिबीले कहिल्यै नसताहने हुन्छ, किनकी मानिसहरुले विश्वास गर्ने हुन्छन्। यस्ता व्यक्तिहरुले धनी तथा सफा व्यवहार भएकाहरु संगै विवाह पनि गर्ने गर्दछन्।
कानमा भएको जन्म चिन्ह


कानमा जन्म दाग हुनु शुभ मानिन्छ। छिटो सोच्न सक्ने गुणका हुन्छन् यस्ता व्यक्ति। यदि दुवै कानमा यस्तो चिनो छ भने ति व्यक्तिहरु अत्यन्त प्रभावशाली हुन्छन् र खुसी खुसी सफल जीवन बिताउछन्। बाँया कानको चिन्हले विवाह सफल हुने बताइन्छ।
आँखाको तल वा माथी भएको जन्म चिन्ह


आँखाको तल वा माथी भएको जन्म चिन्हले आँसु जनाउँछ। यस्तो ठाँउको चिन्हले पैसा र राम्रो साथीको प्राप्तीलाइ जनाउँछ। तर विपरित लिंगका मानिसहरु प्रति भने अत्याधिक आकर्षित हुने गर्दछन् यी व्यक्तिहरु।
नाकमा भएको जन्म चिन्ह

शारीरिक सम्बन्धको भोको हुने गर्छन् नाकमा जन्म चिन्ह वा कोठी हुँदा। साथै अति छिटो रिसाउने प्रवृतीका पनि हुन्छन्। जुवा तास तथा केटा वा केटी जिस्काउदै बस्ने पनि हुन्छन यी व्यक्तिहरु। नाकको डाँडीमा चिन्ह हुनु नराम्रो स्वास्थ्यको सुचक पनि हो। नाकको वरीपरि हुने चिन्हले भने राम्रो संकेत गर्दछ।
गालामा भएको जन्म चिन्ह

देब्रे गालाको चिन्हले उक्त व्यक्ति उदार भावनाको, सहानुभूति प्रकत गर्ने एंव समय बिताउन वा संगै बस्न सजिलो हुने बताइन्छ। केटाकेटी जस्तो व्यवहार गरिरहने तथा जिस्किरहेन गर्दछन् यस्ता व्यक्तिहरु। दाहिने गालामा जन्म चिन्ह हुने व्यक्तिले सोच्दै नसोची बोल्ने गर्दछन्। गफ छाँटेर बस्ने र कुनै कुरा पनि लुकाएर राख्न नसक्ने हुन्छन्। अरुलाइ आदार सम्मान नदिने गर्दछन् यी व्यक्तिहरु।
ओठमा भएको जन्म चिन्ह


धेरै बोल्ने हुन्छन् यस्ता व्यक्तिहरु। धेरै कुरा सोधिरहेन, अनि धेरै कुरा बोलिरहने गर्दछन्। यौनको कुरामा अति अगाडि हुन्छन्। धेरै खाने अनि लामो समयसम्म कुरा लुकाएर राख्न नसक्ने हुन्छन् यी व्यक्तिहरु। माथिल्लो ओठको कोठीले उक्त व्यक्ति अरुको अगाडी प्रभावशाली बन्न सक्छ। बिशेष गरि विपरित लिंगको मानिसलाइ आफ्नो वशमा पार्न सक्ने खुबी हुन्छ। तल्लो ओठमा हुने कोठीले भने उक्त व्यक्ति मेहनती र ईमानदार भएको पाइन्छ। माथिल्लो ओठको छेउ-छेउमा कोठी छ भने त्यसलाइ 'भोजन लक' पनि भनिन्छ। यस्ता व्यक्तिहरु भोजनमा खुसी हुने गर्दछन् र अधिकांश समय आफ्नो भोजनको लागि खर्च पनि गर्न नपर्ने हुन्छ।
कुममा भएको कोठी

राजकिय हुन्छन् यस्ता व्यक्ति। अधिंकास राम्रा चिजहरु हुने गर्दछ ती व्यक्तिहरु संग। भेटेकालाई इमान्दार एंव नम्र सेवा दिन्छन् पनि। चलाख हुनुको साथै मेहेनति पनि हुन्छन्। वास्तवमा अति धेरै मेहेनतको फल राम्रो नआउदा बेखुसी पनि हुने गर्दछन्।
ढाँडमा भएको कोठी

यस्ता व्यक्तिहरु अल्छी हुन्छन्। प्रकृतिले नै यी व्यक्तिहरुलाइ लम्पट बनाएको हुन्छ। अरुमा भर पर्दछन् र संसारनै उ प्रति ऋणछ भन्ने सोच्दछन् यी व्यक्तिहरु। वैवाहिक सम्बन्धको लागि भने अति नै गाह्रो हुने गर्छ जीवन साथी पाउनको लागि।
शरिरका विभिन्न ठाँउमा हुने यस्ता जन्म निशान तथा कोठीहरुको बारेमा संस्कृति अनुसार बिभिन्न कथाहरु चल्दै आएका छन्। यस्ता रहस्यहरुमा कतिको सत्यता छ भनेर भने भन्न सकिदैन तर पौराणिक तथा घटनानै बयान गर्ने यस्ता कथाहरु भने अति प्रसिद्ध रहेका भने छन्। के तपाइलाइ लाग्छ कि यस्ता सदियौं देखि चल्दै आएका कथाहरु सान्दर्भिक छन्?

4:45:00 AM ,
काठमाडौ, तपाइँ हाम्रो भान्समा प्रयोग हुने लसुनको सेवनबाट हुने विभिन्न फाइदाहरू हुन्छन भन्ने कुरा त बिभिन्न समयमा हुने गरेका अनुसन्धानले देखाउँदै आएका छन ।
हाले मात्र गरिएको एक नयाँ अनुसन्धान अनुसार यसमा पाइने एउटा तत्वले हामीले खाने भोजनलाई विषाक्त बनाउने ब्याक्टेरियासँग लड्नका लागी प्रभावकारी साबित हुने देखिएको छ ।  उक्त अनुसन्धानमा जनाइए अनुसार, हामीले खाने खानामा लसुनको प्रयोग गर्न सकेमा त्यसले एन्टिबायोटिक भन्दा पनि धेरै हामीलाइ लाभ पुर्याउने देखिएको छ । वासिङ्टन विश्वविद्यालयका अनुसन्धाकर्ताहरूको एक समूहले गरेको अध्ययनबाट लसुनमा पाइने डाइलिल सल्फाइड तत्व विषाणुद्वारा बनाइने बिषालु पत्रलाई तोड्न सफल हुने देखिएको छ । यति मात्र हैन यस तत्वले हाम्रो शरिरमा औषधिले भन्दा पनि राम्रो काम गर्ने गर्दछ, साथै यसले हाम्रो शरिरमा कम समयमानै प्रभाव समेत पार्न सक्दछ । उक्त अनुसन्धानमा देखिए अनुसार लसुनले भोजन र मासुलाई विषाक्त हुनबाट समेत जोगाउन सघाउँदछ । लसुनमा पाइने तत्वले भोजन र पर्यावरणमा समेत एउटा विषाणुको खतरालाई कम गर्न सकिन्छ । यो अनुसन्धान जर्नल ...

4:35:00 AM ,
काठमाडौं, आयुर्वेदका अनुसार खाना खाने बित्तिकै पानी पिउनु हानिकारक हुन्छ । आयुर्वेदका अनुसार भोजन पछि पानी पिउनु बिष समान हुन्छ ।
पानी तुरून्त पिउनाले त्यसको असर मानिसको पाचन क्रियामा पर्दछ । हामी जुनसुकै कुरा पनि खाने गर्दछौं, त्यो हाम्रो नाभिको बायाँ भागमा स्थित जठराग्निमा गएर पच्ने गर्दछ । जठराग्नि खाना खाएपछि एक घण्टा सम्म प्रबल रहने गर्दछ । आयुर्वेदका अनुसार जठर को अग्नि बाटनै खाना पच्दछ । यदि हामीले तुरून्तै पानि पियौं भने खाना पच्नमा निकै समस्या हुने गर्दछ । यसैले आयुर्वेदले खाना र पानी पिउने कुरामा यो अन्तर राखेको छ । पानी पिउनाले जठराग्नि समाप्त हुन्छ, जुन कि भोजनको पाचन पश्चात शरीरलाइ मुख्य ऊर्जा र प्राण प्रदान गर्दछ । यसैले यस्तो गर्नाले भोजन पच्नुको सट्टा गल्दछ । यस्तो गर्नाले धेरै मात्रामा पेटमा ग्यास र एसिड बन्न थाल्दछ र एउटा दुष्चक्र शुरू हुन थाल्दछ । महर्षि वाघभट्टले १०३ रोगहरूका बारेमा बताएका छन, जुन भोजनको तुरून्तै पछि पानी पिउनाले हुने ...

4:21:00 AM ,

मिडिया एनपी,काठमाडौँ ।  सेक्स गर्ने उपयुक्त समय कुन भन्ने विषयमा सबैका आआफ्ना तर्क छन् । कतिले जाडो समय सेक्सका लागी उपयुक्त हुने र गर्मीमा सेक्सका लागी आफु तयार नै हुन नसकी पार्टनरका लागी मात्रै तयार भइदिनुपर्ने बाध्यता बताउँछन् त कतिले जाडोमा औधी चिसोका कारण यावत समस्या आउने हूँदा गर्मी समय सेक्सका लागी उपयुक्त समय हुने बताउँछन ।

तर जस्ले जे भने पनि सेक्स जाडो र गर्मी दुवै समयमा उही दरले हुने विभिन्न अध्ययनले देखाएका छन् । यतिबेला गर्मी मौसमको सुरुवात हुन लागेका कारण हामीले पनि तपाईको सहजताका लागी गर्मीमा सेक्स गर्ने केही सजिला तरिकाहरुका बारैमा खोज तलास गरेका छौँ । गर्मी याममा सेक्स गर्दा केही थकान र गर्मीले ह्वात्तै गाल्न सक्छ जसका लागी आईसको प्रयोग गरेर सेक्स गर्दा बेग्लै आनन्द प्राप्त गर्नुहुनेछ ।

सेक्सको दौडानमा आईसको एक टुक्रा ओठमा च्यापेर एकले अर्काको जीउमा स्पर्स गर्दा चरमउत्कर्षमा पुग्न र गर्मी छलेर मजा लिन सारै रोमाञ्चक हुन्छ । गर्मीलाई छलेर सेक्स लाइफलाई रोमाञ्चक बनाउने अर्को तरिका स्वीमिङ्ग पुल पनि एक गन्तब्य बन्न सक्छ । वैँशमा स्वीमीगं पुल नुवाउने गन्तब्य मात्रै बन्ने गरेपनी पछिल्लो समय एकान्तमा स्वीमीगं सेक्सको प्रचलन पनि बढ्दो छ । अहिले सम्म स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुभएको छैन भने एक पटक गर्नुहोस् तपाइले जिन्दगीकै ठुलो रोमाञ्चक वातावरण प्राप्त गर्नुहुनेछ ।

गर्मीबाट बचेर सेक्स गर्ने अर्को उत्तम स्थल भुई पनि फलोर माथि स् सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ । सेक्स पार्टनरसँग भुँईमै लडिबडी गर्नको मजा बेग्लै हुन्छ । त्यस्तै गर्मीलाई छलेर सेक्स गर्ने उत्तम समय झरी पनि एउटा हो । सके प्राकृतिक झरीमा गर्नुहोस् त्यो सम्भव नभए कृतिम रुपमा बाथरुपमा झरी बनाएर पनि यस्तो सेक्स गर्न सकिन्छ । शावरमा नुहाउदै गरिने सेक्सको मजा पनि भिन्दै हुन्छ ।

3:10:00 AM ,
हामीले नियमित रुपमा खाने गरेका केही त्यस्ता पदार्थहरु छन् जसलाई खाँदा मात्र होइन पिँधेर अनुहारमा दल्नाले पनि हाम्रो अनुहार सुन्दर बन्छ । बजारमा आएका कतिपय रसायन मिसिएको सामग्री भन्दा अनुहारको सुन्दरताको लागि हामी घरमा नै बसेर उपयोगी सामग्री बनाउन सक्छौँ । हामीले यहाँ ५ त्यस्ता पदार्थको विवरण प्रस्तुत गरेका छौँ जसको प्रयोग अनुहारको सुन्दरताका लागि गरिन्छ ।


१. कागतीको रस – कागतीको नियमित सेवन’ मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी लगायतका तत्व पाइन्छ । यसको नियमित सेवन सरीरमा मोटोपना घटाउन समेत सहायकसिद्ध हुन्छ भने कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारका डण्डीफोर, धब्बा तथा अनुहारको चिल्लोपना समेत हटाउन सहयोग पुग्ने सौन्दर्य विज्ञहरु बताउँछन् ।’

२. अण्डा – अण्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुख्खा हुनबाट बचाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ ।

३. मह- अनुहारमा दिनहुँ मह दलेर धुने गरेमा छाला नरम तथा चम्किलो बन्ने, छालामा संक्रमण हुन नपाउनुका साथै छालालाई सुख्खा हुनबाट पनि जोगाउँछ । महमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा झनै फाइदाजनक हुन्छ ।

४. स्ट्रबेरी- स्ट्रबेरीमा पर्याप्त भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा एक्सफोलियन्ट तत्व पाइन्छ । स्ट्रबेरीलाई पिँधेर लेदो बनाउनुहोस् अनि त्यो लेदो अनुहारमा दलेर केही बेर राखी धुनुहोस् । यसले अनुहारको छालालाई नरम र चम्किलो बनाउँछ । दही र महमा स्ट्रबेरीको लेदो मिलाएर अनुहारमा लगाउँदा झनै फाइदा हुन्छ ।’

५. केरा – केराको बोक्रा छोडाउनुहोस् अनि पिँधेर अलिकति मह हाल्नुहोस् अनि अनुहारमा लगाएर दश मिनेटपछि सफा पानीले धुने गर्नाले पनि छालामा चमक आउँछ ।

2:04:00 AM ,
एजेन्सी ढाका, फागुन २७
बंगलादेशका क्रिकेटर रूबेल होसनले राम्रो क्रिकेट खेलेवापत बलात्कारको मुद्दामा राहत पाउने भएका छन्। उनकी पूर्व प्रेमिका अभिनेत्री नन्जिन अक्तर ह्यापीले विश्व कप क्रिकेटमा मंगलबार भएको बेलायत विरूद्ध खेलमा र होसनले राम्रो पदर्शन गरेकाले आफू बलात्कारको मुद्दा फिर्ता लिन लागेको बताएकी छन्।
यसै वर्षको सुरूवातमा उनले होसनले विवाह गर्ने वाचा गरेर शारीरिक सम्बन्ध राखेको भन्दै अदालतमा बलात्कार मुद्धा हालेकी थिइन्।
रूबेल राष्ट्रिय टिममा परेपछि अदालतले उनको मुद्दा विश्वकप नसकुञ्जेलसम्म स्थगित गरेको थियो।
ह्यापीले होसनले राष्ट्रका लागि राम्रो खेलिरहेकाले अब अदालतमा कुनै प्रमाण पेश नगर्ने बताएकी छन्।
रूबेलले बेलायत विरुद्धको खेलमा ५३ रन बनाएका थिए। बंगलादेश विश्वकप क्रिकेटको क्वाटरफाइनलमा पुग्नुमा रूबेलको रनको महत्वपूर्ण भूमिका रह्यो।
प्रायः बलात्कारका मुद्दामा निवेदनको नाम गोप्य राखिने भएपनि ह्यापी आफैले मिडियामा नाम सार्वजनिक गरेकी थिइन्। रूबेलले ह्यापीलाई बलात्कार गरेको आरोप अस्वीकार गरेका छन्।

1:57:00 AM ,
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा ज्यासमिन टेलटो नामी एक महिलाले आफ्नै पतिको मोबाईलमा एक युवतीको नांगो फोटो देखेपछि उनको घाँटीमा चक्कु प्रहार गरेकी छन् ।
घटनाबारे छिमेकीहरुले थाहा पाएर प्रहरीलाई जानकारी दिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
ज्यासमिनले पतिको मोबाईलमा नांगो फोटो देखेपछि यसबारेमा सोधेकी थिइन् । तर उनले केही नभनेपछि चक्कु चलाएको समाचारमा जनाइएको छ ।
उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको छ । उनलाई ५ लाख डलर जमानत माग गरिएको छ । उनीविरुद्ध घरेलु हिंशा सम्बन्धि मुद्दा चलाइएको छ ।

1:47:00 AM ,
हाम्रो मुखमा करिब १० हजार स्वादग्रन्थी (टेष्ट बड्स) हुन्छन् । जसमा अधिकांश जिब्रोमा हुन्छन् । जिब्रोको अलग–अलग भागमा रहने टेष्ट बड्स अलग–अलग स्वादका लागि हुन्छन् । मीठो स्वादका लागि जिब्रोको अगाडिको भागमा टेष्ट बड्स हुन्छन् भने अमिलो स्वादका लागि जिब्रोको दुवै किनारामा हुन्छन् । तितोका लागि जिब्रोको पछाडिको भागमा स्वाद ग्रन्थी हुन्छन् । जब हामी कुनै पनि खाद्यपदार्थ खान्छौं, तिनमा भएका रसायनले टेष्ट बड्सलाई सचेत गराउँछ र स्वादको सन्देश दिमागसम्म पुग्छ । सामान्यतः महिलामा पुरुषको तुलनामा टेष्ट बड्स बढी हुन्छ । यसरी जिब्रोको मुख्य कार्य स्वाद लिनु हो । तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ ।

यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ । चिनिया चिकित्सा र नेचुरोप्याथीका अनुसार जिब्रोको सम्बन्ध शरीरका कयौं हिस्सासंग हुन्छ । जिब्रोको रंग र छालाका आधारमा स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ ।

डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो । जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन् डाक्टरहरु ।

जिब्रो सुक्ने समस्या

जिब्रो सुक्नु आममानिसको समस्या हो । डिहाइड्रेसन वा स्लाइभरी ग्ल्याण्डको समस्याका कारण जिब्रो सुख्खा हुन्छ । यदि जिब्रोमा सुुख्खापन या तनावमध्ये कुनै पनि लक्षण महसुस भएको छ भने डाक्टरसंग सम्पर्क गर्नुपर्छ । सही समयमा लक्षण थाहा पाएर उपचार गर्ने हो भने कयौं स्वास्थ्य समस्यालाई रोक्न सकिन्छ । सेतो पत्र जम्नु यदि जिब्रोमा पातलो सेतो पत्र जमेको देखिन्छ भने कुनै चिन्ता मान्नु पर्दैन ।


यो कुनै स्वास्थ्य समस्या होइन । तर, सेतो पत्र मोटो भयो र रंग गाढा सेतो भयो भने ब्याक्टेरियल संक्रमणको संकेत हुन सक्छ । चिनिया चिकित्सा पद्दतिअनुसार यस्तो हुनु पाचनप्रणालीमा गडबढीको संकेत हुन सक्छ । यस अवस्थामा भने डाक्टरसंग सम्पर्क गर्नुपर्छ ।

अल्सर या घाउ हुनु

जिब्रोमा स–साना दुख्ने घाउ हुनु आम समस्या हो । तनाव तथा चिन्ताका साथै हर्मोनमा भइरहने परिवर्तनका कारण यस्तो हुन सक्छ । यो कुनै खास रोगको लक्षण पनि होइन । यस्ता घाउ केही दिनमै ठीक हुन्छ । तर, केही खास खालका घाउ या अल्सर शरीरमा एलर्जीको रियाक्सन, भाइरस संक्रमण तथा प्रतिरोधी प्रणालीमा गडबडीको संकेत हुन सक्छ । यदि जिब्रोको एकापट्टिमात्रै पीडा भइरहेको छ भने तत्काल डाक्टरसंग सम्पर्क गर्नुहोला । यस्तो समस्या क्यान्सरको लक्षण पनि हुन सक्छ ।


रंग परिवर्तन हुनु

हल्का पहेंलो जिब्र्रोले शरीरमा आइरनको कमीको संकेत गर्छ । अर्कोतिर रातो जिब्रो खानामा नियासिनको कमीको संकेत गर्छ । यदि जिब्रो स्ट्रबेरी रंगको छ भने यसको अर्थ हो तपाईंलाई स्कारलेट फिभर हुन सक्छ ।

सेतो दाग ज्वरो, डिहाइड्रेसन, ओरल क्यान्डिडाइसिस, साइफिलिस गराउने ल्यूकोप्लेकियाका कारणले हुन सक्छ । जिब्रो सुन्निने र रातो हुने स्थितिलाई ग्लोसाइटिस भनिन्छ, जो ब्याक्टेरिया या भाइरस इन्फेक्सनको कारणबाट हुन सक्छ । यो संक्रमण मुखको ठीकसंग सफाई नगर्दा, जिब्रो छेड्दा या मसाला, रक्सी या सुर्तीको अधिक सेवनका कारणले हुन सक्छ । कयौंपटक जिब्रोको आकार पनि बढ्छ । यस अवस्थालाई मेडिकल भाषामा म्याक्रोग्लोसिया भनिन्छ । यो थाइराइड र हर्मोनको गडबडीले हुने समस्या हो ।

1:29:00 AM ,
शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनुलाई मोटोपन भनिन्छ । मोटोपनबाट रोगहरु उत्पन्न हुन्छन् । मोटोपन घटाउन सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्तकोलेस्टेरोल, हृदयघातजस्ता रोगहरुलाई कम गर्न सकिन्छ । मोटा व्यक्तिहरुले जीवनशैली परिवर्तन गर्दा शारीरिक तौल घटाउने लक्ष्य राख्नुपर्छ ।

१) भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन् । हप्ताको १÷२ देखि १ किलो ग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन ।

२) उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्यपदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ ।

३) बिहान–बेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ । सूप खाएपछि पेट चाँडै भरिन्छ । अरू खाद्यपदार्थ कम खाइन्छ । सूपमा चिल्लो भने हाल्नु हुँदैन । कुनै पनि खाद्यपदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु बेस हुन्छ ।

४) दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन । सधैँ नियमित रूपले निश्चित मात्रामा खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । एकै पल्ट धेरै खाना खानु उचित हुँदैन ।

५) भोकको अनुभूति भैरहेमा अति कम क्यालोरी दिने खाद्यपदार्थहरू जस्तै– गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।

६) बेलुकाको खाना (डिनर) अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्तहुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।

७) तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित स्नान गर्नुपर्छ । यसले शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ । योगासन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ ।

८) डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो, अत्यधिक क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षणहरू देखा पर्न सक्छन् । यी लक्षणहरूलाई आत्मबलले दबाउनुपर्छ । तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ ।
डा. प्रकाशराज रेग्मी

२७ फागुन, काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउन माग बढिरहेकोबेला प्रधानमन्त्री सुशील कोइरालाले तत्काल त्यो सम्भव नहुने बताएका छन् । उनले फाँसीको सजाय नदिने अन्तराष्ट्रिय कानुनमा नेपालले हस्ताक्षर गरेकोले तत्काल असम्भव हुने बताए ।

प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउन गएका अखिल क्रान्तिकारीका नेताहरु
बुधबार विहान एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले बलात्कारीलाई हालकै कानुनमा व्यवस्था भएअनुसार हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता जनाए ।
‘हामीले नयाँ कानुन बनाऊ र बलात्कारीलाई फाँसी देऊ भन्यौं,’ ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री जीले अहिले सम्भव छैन, यसको लागि सदनको सहारा लिनुपर्छ र दलहरुसँग पनि छलफल गर्नुपर्छ भन्नुभयो ।’
बाराकी नाबालिका पुजा साह लगायतलाई बलात्कार गरी हत्या गर्नेहरुलाई फाँसीको सजायको व्यवस्था गर्न चौतर्फी आवाज उठिरहेको छ ।
क्रान्तिकारीका अध्यक्ष मल्लले सदनमा नयाँ कानुनको प्रस्ताव लैजान आफूहरुले आग्रह गरेको र दलीय सहमति जुटाउन आफूहरुले पनि पहल गर्ने बचन दिएको अनलाइनखबरलाई बताए ।
किरिया खर्चसहित क्षतिपूर्ति माग
अखिल क्रान्तिकारीले धादिङको पीडा गाविसमा विषाक्त रोटी खाँदा मृत्यु भएकाको परिवारलाई किरिया खर्च सहित उचित क्षतिपूर्ति दिन माग गरेको छ । उत्पीडित वर्ग, क्षेत्र जाति र समुदायलाई लक्षित गरी खाद्य सुरक्षाको नीति लागु गर्न पनि क्रान्तिकारीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
एसिड आक्रमणकारीलाई कारवाही
क्रान्तिकारीले बसन्तपुरमा एसिड आक्रमणबाट घाइते भएका किशोरीहरुलाई उनीहरु उपचाररत अस्पतालबाटै एसएलसी परीक्षा दिने व्यवस्था मिलाउन पनि माग गरेको छ । एसिड छ्याप्नेलाई पहिचान गरी कारवाही गर्न पनि माग गरिएको छ ।
यही फागुन १० गते बसन्तपुरमा अज्ञात व्यक्तिले दुई किशोरीलाई एसिड आक्रमण गरेको थियो । आक्रमणकारीको पहिचान गर्न भने प्रहरी प्रशासनले अझै सकेको छैन ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget