उत्तर कोरियाले बनाउन थाल्यो थर्मोडायानमिक्स स्ट्रक्चर भएको खतरनाक ब्यालेस्टिक मिसाइल-अन्तर्राष्ट्रिय समुदाय त्रसित


उत्तर कोरियाले पुनः अर्को परमाणु मिसाइलको परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोन उनले चाँडै नै शक्तिशाली परमाणु मिसाइलको परीक्षण गर्ने चेतावनी दिएको उत्तर कोरियाको आधिकारिक न्यूज एजेन्सी केसीएनएले जनाएको छ ।



न्यूज एजेन्सी केसीएनएका अनुसार किमको निर्देशनअनुसार उत्तर कोरियाका वैज्ञानिकहरुले थर्मोडायानमिक्स स्ट्रक्चर भएको नयाँ ब्यालेस्टिक मिसाइल बनाउन थालेका छन् । उत्तर कोरियाले यही मिसाइल परीक्षणको तयारी गरिरहेको छ । नेता किमले ब्यालेस्टिक मिसाइललाई बोकेर मार हान्ने क्षमताको न्युक्लियर बनाउने कामलाई तिव्रता दिएपछि उत्तर कोरिया परमाणु हतियारको शक्ति अझै बढ्ने बताएका छन् ।

उत्तर कोरियाले यसअघि पनि हाइड्रोजन बमको परीक्षण गरेर शक्तिशाली देशहरुलाई तनाव दिएको थियो । उत्तर कोरियाले गरेको हाइड्रोजन परीक्षणको संयुक्त राष्ट्र संघले आपत्ति जनाएको थियो ।

उत्तर कोरियाको भनाइप्रति दक्षिण कोरियाको रक्षा मन्त्रालयले प्रतिक्रिया दिएको छ । उसले उत्तर कोरियाको परमाणु परीक्षण गर्ने क्षेत्रमा केही गतिविधि नदेखिएको जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हेयले उत्तर कोरियाले आफूलाई बदल्न नसके र अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाइरहे उसैका लागि खतरा हुने चेतावनी दिएका छन् ।

News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget