‘भारतीय सेना’को कुटाईबाट नेपाली युवकको मृत्यु

बागलुङ, २ चैत । बागलुङमा ‘भारतीय सेना’को कुटाईबाट एक नेपाली युवकको मृत्यु भएको छ ।
हटिया–५ खस गाउँ बस्ने २१ बर्षीय बेल बहादुर दर्जीको कुटपिटबाट मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सोमबार राति मादक पदार्थ सेवन गरेका सोही ठाउँ बस्ने भारतीय सेनामा कार्यरत मिन बहादुर दर्जीले उनी सहित १९ वर्षीय रेशम परियार र ४५ वर्षीया पुर्णकला दर्जीलाई कुटपिट गर्दा घाइते भएकोले प्राथमिक स्वास्थ्य चौकी हरीचौर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
कुटपिट गर्ने मिनबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget