मन्दिरमा पशुपक्षी बलि दिने प्रचलनमा रोक लाग्ने


मनोकामना पूरा हुने विश्वासमा परेवा भाकल गरी मन्दिरमा बध गर्ने परम्परामा रोक लगाइने भएको छ ।

यहाँको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा आगामी वैशाख १ गतेदेखि परेवाको बध गरिनेछैन । मन्दिर व्यवस्थापन समितिले सर्वसाधारणलाई बलिका लागि परेवा भाकल नगर्न समेत आग्रह गरेको छ । पूजाआजाका क्रममा ल्याइने परेवालाई मन्दिर परिसरमै छाडिने समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । मन्दिरमा दैनिक पूजाका लागि ल्याइएका दर्जनौँ जोडी परेवा कतिपयले बलि दिने गरेका छन् भने कतिले उडाउने गरेका छन् । शान्तिको प्रतीकका रुपमा लिइने परेवाको बलि दिनु शोभनीय नभएकाले त्यसलाई रोक लगाउने निर्णय भएको अध्यक्ष खड्काले बताउनुभयो ।



पशुपक्षी बलि दिने प्रचलन रोक्न भक्तजनले सुझाव राख्दै आएका थिए । शान्तिको सन्देश दिने परेवाकै बलि दिनु उचित नभएको जनाई अन्य धार्मिक स्थलमा यसअघि नै बन्देज लगाइएको थियो । पशुपक्षी अधिकारीकर्मीले पनि मन्दिरमा पूजाआजाको नाममा दिइने बलिको विरोध गर्दै आएका छन् ।

मन्दिरमा अहिले बलिका लागि ल्याइने परेवाको सङ्ख्या घट्दै गएको समितिले जनाएको छ । मन्दिरमा परेवा बिक्रीको रकमबाट वार्षिक रुपमा रु एक लाखभन्दा बढी सङ्कलन हुने गरेको छ । परेवाको बासस्थान अव्यवस्थित हुँदा फोहोरमैला बढेकाले समितिले स्थायी बासस्थानको निर्माण गर्ने तयारी गरेको छ । मन्दिरमा परेवा, हाँस, कुखुरा, बोका, सुँगुर र राँगोको बलि दिने गरिन्छ ।
  News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget