रक्तचन्दन तस्करी गरिरहेका प्रहरी निरिक्षकलाई वाईसीएलले रङ्गेहात समात्यो


काठमाडौँ,     चितवनमा रक्तचन्दन तस्करी गरिरहेको प्रहरीलाई वाईसीएलले पक्राऊ गरेको छ ।

नुवकोट जिल्लामा कार्यरत वाहालवाला प्रहरी निरिक्षक दिपेन्द्र बस्नेतले बा ७ प ६२३५ नम्बरको निजी गाडीमा ३० किलो बराबरीको अवैध रक्तचन्दन बोकेर हिडिरहेको अवस्थामा एमाओबादीको युबा दस्ता वाईसीएल चितबनले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको हो । रक्तचन्दन नुवाकोट हुँदै रसुवा लगिदैँ गरेको अवस्थामा रहेको खुल्न आएको छ ।
शनिबार दिउसो करिब २ बजे चितबनको साकुरा रेष्टुरेण्डमा खाजा खान गएका प्रहरी बस्नेतको गाडीमा २ मुढा रक्त चन्दन देखेपछि उनलाई रङ्गेहात वार्एसीएलले समातेको थियो । वाईसीएलले आज साझ नै पत्रकार सम्मेलन गदै तस्करी गर्ने प्रहरी निरीक्षक बस्नेतलाई जिल्ला प्रहरी कार्यालय चितवनमा जिम्मा लगाएको र कानुन बमोजीम कारबाहिको माग गरेको प्रदेश न ३ का वाईसीयल सह–ईन्चार्ज ईश्वर सापकोटा ‘सुमन’ ले जानकारी दिए ।
यसैबिच वाईसीयलका महासचिव रामप्रसाद सापकोटा दिपशिखाले बिज्ञप्ती जारी गर्दै आज दिउसो चितवनमा नुवाकोटका वाहालबाला नेपाल प्रहरीका निरिक्षक दीपेन्द्र बस्नेत ले बा ७ प ६२३५ नम्बरको निजी गाडीमा ३० किलो बराबरीको अवैध रक्तचन्दन बोकेर हिडिरहेको प्रहरी लाई कडा कारवार्हिको माग गरेका छन् ।

बिज्ञप्तीमा भनिएको छ ।  तस्करी जस्तो गम्भीर अपराध रोक्न भूमिका खेल्नुपर्ने प्रहरी आफैँ संलग्न देखिनु निन्दनिय मात्रै होइन तस्करीजस्तो अपराधमा राज्यको संलग्नता समेत ठहर गर्दछ । हाम्रो संगठन कडाभन्दा कडा कारवाहीको माग गर्दछ । उल्लेख छ ।
 News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget