प्रधानमन्त्रीदेखि प्रचण्डसम्मको मूल्य १ डलर, ऋषि धमला फ्री !


बिश्वका बिभिन्न समुदायमा मानिसलाई किनबेच गरिएको हामीले सुनेका छौ । नेपालमा पनि बिभिन्न बहानाबाजीमा मानिसलाई जबर्जस्ति ल्याएर बर्षौसम्म काम गराउनु किनबेच नै हो । चेलीबेटी बेचबिखन त कुनै नौलो कुरा नै भएन । यी कुराहरु आर्थिकस्तर न्यून हुँदा र बाध्यताबश यो अबस्थामा पुग्छन मान्छे । यो कसैको चाहना नभएर अरुको जन्जालमा फसाइएको बाध्यता हो ।  eby

अब प्रसङ्ग तिर जाऔ, नेपाली नेताहरुको मूल्य कति होला ? यो प्रश्नको कुनै औचित्य छैन  । यो एउटा सन्दर्भ मात्र हो  । तर हाम्रो देशका प्रधानमन्त्रीदेखि पत्रकार सम्म लिलालीमा छन्  । के तपाई पत्याउनु हुन्छ ? लिलामीमा राखिएका नेताहरुमा प्रधानमन्त्री केपी ओली,  प्रचण्ड, बाबुराम भटराई, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, माधब कुमार नेपाल, उपेन्द्र यादब , राजेन्द्र महतो छन्  ।

यो सानो तिनो जोक्स होइन, बिश्वको चर्चित अनलाइन शपिंङ् साइटमा नेपालका नेताहरुलाई बिक्रिमा राखिएको छ । ईबे डट कममा nabikoiral0 युजरनेम भएका एक युवाले प्रधानमन्त्री ओलीदेखि नेपालका चर्चित नेतालाई बिक्रिमा राखेका हुन् । नेताहरुको मूल्य पनि महँगो छैन जम्मा १ डलर तोकिएको छ ।

अनलाइनमा पत्रकार ऋषि धमला पनि बिक्रीमा छन् ।  ति युवाले ऋषि धमला भने फ्री अर्थात् सितैमा भएको बताएका छन् । ति युवाले नेपालका सबै नेता बिक्रीमा भएको बताउदै हाललाई भने यी नेतामात्र बिक्रीमा राखिएको बताएका छन् । नेताहरुलाई किन लिलामीमा राख्यो भन्ने बारेमा कुनै जानकारी नदिए पनि देशको गन्जागोल अबस्था र नेताहरुको मनपरीपनबिरुद्ध व्यंग्य गरेको आंकलन गर्न सकिन्छ ।

यो बिषय अहिले सामाजिक संजालहरुमा भाइरल बनेको छ तर न कुनै नेताले प्रतिक्रिया जनाएका छन् न त नाम हटाउन कसैले पहल नै गरेका छन् । यसले देशको गरिमामै आंच पुग्ने देखिन्छ । नेपाली भाइरल  बाट ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget