भारतीय कम्पनी जीएमआरको गाडीमा आगजनी गर्ने विप्लब माओवादीका दुई नेतालाई पक्राउ


माथिल्लो कर्णाली आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरको गाडीमा आगजनी गरेको अभियोगमा प्रहरीले नेकपा–माओवादी विप्लब समूहका दुई नेतालाई पक्राउ गरेको छ ।
जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार जिल्ला सेक्रेटरी कलम विक (विवेक) र अर्का नेता हर्कबहादुर नेपालीलाई पक्राउ गरेको हो ।



उनीहरु दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) बीरबहादुर ओलीले घटनामा उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट हर्कबहादुर नेपाली आगजनीमा संलग्न नभएको देखिएकाले साधारण तारेखमा रिहा गर्न लागिएको उनले बताए । नेपाली नारायण नपा ३ र विक आयोजना प्रभावित क्षेत्र सात्तला गाविस निवासी हुन् ।

विप्लब माओवादीका भेरी–कर्णाली इञ्चार्ज भरत बम (रणबीर) ले एक विज्ञप्तिमार्फत पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहा गर्न अपिल गरेका छन् । घटनामा उनीहरुको संलग्न नभएको भन्दै यदी रिहा नगरे पार्टी कडा संघर्षमा उत्रिने विज्ञप्तिमा उल्लेख छ ।

सोमबार साँझ अपरिचित समूहले आयोजनास्थल सात्तला– १ रामाघाट खोलामा रोकी राखेको अवस्थामा बा८च १५८५ नम्वरको टोयटा हाइलक्स जीपमा आगजनी गरेको थियो ।

स्थानीयबासीले खोलाको पानी छर्केर आगो निभाएकाले जिपमा क्षति हुन पाएन । ९ सय मेगावाटको यो आयोजना बनाउन गत वर्षको सेप्टेम्बरमा कम्पनी र नेपाल सरकारबीच पीडिए भएको थियो । कम्पनी हाल निर्माणपूर्वको प्राविधिक तथा वित्तीय व्यवस्थापन लगायतको तयारीमा जुटेको छ ।
News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget