सीमा मिच्दै भारतीय भुमिमा पस्यो चिनियाँ सेना, यसरी डरायो भारतीय सेना

नेपालसँग निहुँ खोज्ने भारतलाई सिकायो सबक
काठमाडौं, २९ फागुन । विभिन्न बहानामा नेपालको सीमा मिच्दै आएको भारतलाई चीनले सबक सिकाएको छ ।
सीमा सुरक्षार्थ तैनाथ चिनियाँ सेना बुधबार एकपटक फेरि भारतीय भुमिमा पसेको हो । चिनियाँ सेना छिरेपछि सीमा सुरक्षार्थ खटिएको भारतीय सीमा बल (एसएसबी) डराएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सैनिक बुधबार एकपटक फेरि भारतीय सीमाभित्र पसेको हो ।
यो घटनाको पुष्टि आर्मी अफिसरले गरेका छन् । उनका अनुसार ८ मार्च (बुधबार)का दिन चिनियाँ सैनिक लद्दाख भन्ने ठाउँको पैन्गोंग झील नजिकैको ६ किलोमीटर भित्र घुसेको हो ।

यो क्रममा त्यहाँ गस्ती गरिरहेका आईटीबीपीका जवानहरुको टक्कर चिनियाँ सेनासँग परेको थियो । यसै इलाकामा अप्रिल र जुन २०१५ मा पनि चिनियाँ सेना घुसेको थियो । विभिन्न वहाना बनाइ चिनियाँ सेना भारत घुस्दै आएको छ । जसले भारतीय सेनालाई त्रसित बनाइदिएको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार आफ्नो भुमिमा चिनियाँ सेना पसेपछि विवाद उत्पन्न भएको थियो । विवादलाई दुबै देशका उच्च अधिकारीले बसेर सुल्झाएका छन् । चीनले अबदेखि नआउने भनेको छ । तर, बेला बेला घुस्दै आएको छ ।
चीनका ११ सैनिक चार दिन पहिला बुधबार लद्दाखको सिरजाप इलाकामा घुसेका थिए । यसैक्रममा चिनियाँ सैनिकका चार गाडी पनि भारतीय इलाकामा ६ किलोमीटरभित्र देखिएका थिए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget