सेप्टेम्बर ११ को घट्नालाई लिएर इरानलाई दश अरब डलर जरिवाना

काठमाडौं, फागुन २९ । अमेरिकाको एक अदालतले ११ सेप्टेम्बर २००१ को न्यूयोर्कमा गराइएको आतंककारी आक्रमणसम्बन्धी एक फैसलामा ईरानलाई दण्डित गर्ने निर्णय गरेको छ ।
अदालतले दश अरब डलर तिनुपर्ने आदेश इरानलाई दिएको हो । सेप्टेम्बर ११ को घटनामा ईरानको भूमिकासम्बन्धमा गरिएको दावीविरुद्ध रक्षा गर्नसक्ने प्रमाण दिन नसकेकाले यो फैसला गरिएको न्यूयोर्क जिल्ला न्यायाधीश जर्ज डेनियल्सले जनाएका छन् ।
यसै विषयमा साउदी अरबलाई भने उन्मुक्ति दिइएको छ । ईरानी प्रेस टीबीले भने यस फैसलालाई तथ्यहीन, तर्कहीन र आश्चर्यलाग्दो भन्ने टिप्पणी गरेको छ ।
उक्त आतंकवादी घटनामा कुनै ईरानी नागरिक सामेल नभएको बरु साउदी नागरिक संलग्न रहेको तथ्य हुँदाहुँदै यस्तो फैसला गर्नुको कुनै तूक नभएको इरानी अधिकारीले जनाएका छन् । (एजेन्सी)
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget