ठूलो दुर्घटनाबाट बच्यो प्रधानमन्त्री चढेको हेलिकप्टर, भैरहवामा इमरजेन्सी ल्याण्डिङ

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ ।
जसका कारण हेलिकप्टरलाई रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा इमरजेन्सी ल्याण्डिङ गराइएको छ । हेलिकप्टर प्रधानमन्त्रीलाई लिएर शनिबार दिउँसो काठमाडौंबाट बर्दियाका लागि उडेको थियो । अर्घाखाँची पुग्दा मौसममा खराब आएपछि हेलिकप्टरलाई तुरुन्तै डाइभर्ट गरी पाइलटले भैरहवामा अवतरण गरेका थिए ।
प्रधानमन्त्री ओली बर्दियाको राजापुरमा साना किसान सहकारी संस्थाहरुलाई साना किसान विकास बैंकमा आबद्ध गराइ व्यवस्थापन हस्तान्तरण गर्न त्यहाँ जादै थिए ।
अचानक हावाहुरी चलेर अघि बढ्न नसकेपछि तत्कालै त्यहाँबाट डाईभर्ट गरेर प्रधानमन्त्री चढेको हेलिकोप्टरलाई दिउँसो एक बजे गौतमबुद्ध बिमानस्थल अवतरण गराइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
उनका अनुसार बर्दिया जान नसकेपछि प्रधानमन्त्री ओलीले भैरहवाबाटै साना किसानको कार्यक्रमलाई मोबाइलबाट सम्बोधन गरेका थिए । सम्बोधन सकेर ओली त्यही हेलिकोप्टर चढेर काठमाडौं फर्किएका छन् ।
पछिल्लो समय निरन्तर हवाई दुर्घटनाको खबर आइरहेका बेला शनिबार यस्तो घटना भएको हो ।
फोटोः चेतन अधिकारीबाट ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget