नेपालको नक्सा दिएर युवा संघका अध्यक्षले भावुक हुँदै भने–राष्ट्र जोगाउन लाग्नुहोस

युवा संघ नेपालले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेपालको नक्सा दिएर राष्ट्र जोगाउन आग्रह गरेको छ । ‘सक्नुहुन्छ भने ठूलो दलको सभापतिको नाताले सन् १९५० को सन्धी खारेज गरेर नेपालको सीमाना बढाउन लाग्नुहोस । सक्नुहुँदैन भने अहिलेको सीमानामा प्रतिवद्ध रहनुहोस’ देउवा निवास बुढानिलकण्ठ पुगेका संघका अध्यक्ष राजीव पहारीले भावुक हुँदै भने ।



आफ्नो जीवन हत्केलामा राखेर मधेस सम्वाद तथा जागरण अभियान संचालन गरेका पहारीले देउवालाई राष्ट्रियताको विषयमा सचेत गराएका हुन । यसअघि पहारीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी राष्ट्रियताको विषयमा सचेत गराउँदै वामपन्थी दलहरुबीचको एकताको लागि ध्यानाकर्षण गराएका थिए ।



मंगलबार संघका नेता तथा कार्यकर्तासँगै बुढानिलकण्ठ पुगेका पहारीले देउवालाई खादासँगै नेपालको नक्सा दिएर राष्ट्र संकटमा परेकोतर्फ ध्यानाकर्षण गराएका हुन । ‘राष्ट्र संकटपूर्ण अवस्थामा छ । युवा संघको तर्फबाट हामीले राष्ट्रियताको विषयमा खवरदारी गरिरहेका छौँ । ठूलो दलको सभापतिको हैसियतामा तपाईपनि सचेत रहनुहोला’ पहारीले भने ।

पहारीले प्रमुख दलहरुबीचको एकता अझै आवश्यक रहेको भन्दै केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन पनि देउवाको ध्यानाकर्षण गराएका छन । उनले भने ‘केपी ओली नेतृत्वको सरकारमा आउनुहोला । त्यसको विकल्प छैन । अवको १० वर्ष मिलेर जानुपर्छ ।’ राष्ट्रियताको संरक्षण, भ्रष्टाचारको अन्त्य र जनताको दैनिकी सहज बनाउन पनि दलहरु कम्तिमा १० वर्ष मिलेर जानुपर्ने पहारीले औल्याए ।



जवाफमा देउवाले राष्ट्रिय अखण्डताको विषयमा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन । देउवाले भने ‘हामी पनि मिलेरै जानुपर्छ भन्नेमा छौँ ।  बधाई दिनुभएकोमा धन्यवाद । अखण्डताको विषयमा कसैसँग पनि म सम्झौता गर्दिन ।’ कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि र चन्द्र भण्डारीलाई पनि युवा संघले बधाई दिएको छ ।
nepalpati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget