म्यानमारको नयाँ राष्ट्रपतिमा टिन च्यो विजयी

 म्यानमार , म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेशनल लिग फर डेमोक्र्यासीका एकजना वरिष्ठ नेता टिन च्यो बिजयी हुनुभएको छ ।
म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा उहाँले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको घोषणा म्यानमारको संसदले अपरान्ह घोषणा गरेको हो ।  उहाँ म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी हुनुभएको हो । उहाँ म्यानमारमा आगामी पाँच वर्षका लागि निर्वाचित हुनुभएको हो ।

यो जित सुकीको हो– नवनियुक्त राष्ट्रपति

यसैबीच मङ्गलबार भएको यस निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– यो जित सुकीको हो ।  उहाँले सम्वाददाताहरुसँग भन्नुभयो– यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ । आफूले सुकीको आज्ञापालकका रुपमा कामगर्ने पनि उहाँले बताउनुभयो ।

च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सुकीको एक विश्वासपात्रका रुपमा पनि चिनिनुहुन्छ । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उहाँले नै च्योलाई अघि सार्नुभएको हो ।

purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget