राजधानीमा शुभारम्भ भयो हाइटेक मेट्रो बस सेवा (फोटो फिचर)

३० फागुन, काठमाडौं । राजधानीको रिङरोडमा अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा आएको छ । आइतबार उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एक समारोहबीच यात्रुमैत्री आधुनिक सुविधा भएको मेट्रो बस सुभारम्भ गरे ।
उपत्यका स्वयम्भू यातायात समिति अन्तर्गतको महानगर यातायातले रिङरोडमा अत्याधुनिक बस सेवा सुरु गरेको हो । पहिलो चरणमा ३९  बसले रिङरोडका यात्रुहरुलाई सेवा दिनेछन् । यस कार्यले स्तरीय बसमा सम्मानपूर्वक यात्रा गर्ने राजधानीबासीको सपना केही हदसम्म पुरा भएको छ ।
बसमा विमानमा जस्तै यात्रुको सेवाका लागि ‘महिला परिचारिका’ राखिएको छ । बस परिचारिकाले झर्किएर हैन, नम्र भएर यात्रुहरुको सेवा सत्कार गर्नेछन् । परिचारिकाका लागि छुट्टै ड्रेसको समेत व्यवस्था गरिएको छ ।
यी बसले यात्रुलाई ननस्टप सेवा दिनेछन् । बसले २७ किलोमिटर दूरीको रिङरोड परिकर्मा गर्न दुई घण्टा लगाउने महानगर यातायातका अध्यक्ष मधुसुधन उपाध्याय अधिकारीले बताए । बस रोक्नका लागि अब यात्रुहरु चिच्चाउनु पर्दैन्, ढोकामा रहेको ‘स्टप बटन’ थिचेपछि बस रोकिन्छ ।

यात्रुहरुले आफ्नो गन्तव्यका बारेमा जानकारी नपाउादा हुने असहजता सम्बोधन गर्नका लागि प्रत्येक स्टेसनमा पुगेको जानकारी बसमा रहेको डिस्प्ले र आवाजबाटै सुनिने गरी दिने व्यवस्था मिलाइएको छ । जसले गर्दा यात्रुलाई आफ्नो गन्तव्यमा ओर्लिन सहजता हुनेछ ।
जिपिएस ट्याकिङ सिष्टम
कम्पनीका सबै बसहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिएको छ । यो सिष्टमको महजोडी हरिवंश अचार्य मदनकृष्ण श्रेष्ठले उदघाटन गरे । लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एपले यात्रुहरुलाई आफ्नो निवासबाटै निकट दूरीमा रहेको बस र बसमा रहेका यात्रुहरुको संख्याका बारेमा जानकारी गराउाछ ।
मोबाइलमा ‘यातायात एप’ डाउनलोड गरेपछि कम्पनीका बसहरु कुन स्थानमा छन, मोबाइलबाटै हेरेर प्रतिक्षालय पुग्न सकिने छ । जसले गर्दा यात्रुलाई गाडीको पर्खाइमा स्टेसनमा पट्यार लाग्दोगरी कुर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

गाडीमा यात्रुको सुविधाका लागि वाईफाई र एलइडी टेलिभिजन राखिएको छ । यी सुविधाले यात्रुहरुको यात्रा मनोरञ्जनात्मक बनाउने विश्वास कम्पनीका उपाध्यक्ष सन्तोष खतिवडाले व्यक्त गरे । यात्रुले गीत सुन्दै भिडियो हेर्दै यात्रा गर्न सक्नेछन् ।
सिसी क्यामेरा जडान
कम्पनीका सबै बसहरुमा सिसी क्यामेरा जडा गरिएको छ । सार्वजनिक यातायातको कालो पक्षका रुपमा रहेको सार्वजनिक यातायातमा महिला यात्रुमाथिको यौन दुव्र्यवहार र पकेटमार तथा चोरीजस्ता समस्या झेल्नु नपरोस भनेर सिसि क्यामेरा राखिएको खतिवडाले बताए ।
यी बसमा चढ्दा कुनै यात्रु दुव्र्यवहारमा परेमा भिडियो क्लिप देखाएर उजुरी गर्न सकिने छ । जसले गर्दा पिडकलाई कारवाही गर्न सहजता समेत हुनेछ ।

७० यात्रु बोक्ने
टाटाको प्रिमियम ब्रान्ड अल्ट्रा बसमा ३२ सीट सिट रहेका छन् भने बसको बीचमा हाइड्रोलिक ढोका राखिएको छ । चार फिटको पाटेसन गरिएको ढोकाको एउटा भागबाट यात्रुहरु बसमा चढ्न सक्नेछन् भने अर्को भागबाट झर्नेछन् ।
यो गाडीले एक पटकमा ७० जना यात्रु बोक्न सक्नेछ । ३२ जनाले सीटमा बसेर यात्रा गर्न सक्नेछन् भने बााकी यात्रुका लागि सिलिङमा ‘स्ट्राइक’ समातेर उभिने व्यवस्था गरिएको छ । गाडी ठूलो भएको हुादा कोचिनुपर्ने अवस्था नरहने खतिवडाको दावी छ ।
दिनहुँ नुहाइ धुवाई
राजधानीमा सञ्चालित अधिकांश बसहरु लामो समयसम्म सफा नगर्दा गन्हाउाछन् । तर, महानगर यातायातले हरेक दिन सबै बसहरु सफा गर्ने भएको छ । यसका लागि बनस्थलीमा ४ रोपनी क्षेत्रफलमा ग्यारेज बनाएको खतिवडाले जानकारी दिए ।

उपाध्यक्ष खतिवडाले महानगर यातायात सञ्चालनमा आएपछि निजी सवारीको प्रयोग घट्ने दाबी गरे । स्तरीय बस सेवा नभएको हुादा राजधानीवासीमा निजी सवारी चढ्ने प्रवृत्ति बढेको बताउादै उनले यसबाट राजधानीमा ट्राफिक चाप बढ्दै गएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले स्तरीय बस सञ्चालनमा आएकोमा खुशी व्यक्त गरे । त्यस्तै महजोडीले अनुशासित भएर बस चलाउन सञ्चालक र ड्राइभरलाई आग्रह गरे । मदनकृष्ण आचार्यले गाडीको सरसफाइ र ट्राफिक अनुशासनमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।
अर्का कलाकार हरिवंश आचार्यले अब राजधानीमा दुई तले बस सञ्चालन गर्नुपर्ने बेला आएको बताए । मेट्रो रेलको तत्काल सम्भवना नभएको उल्लेख गर्दै उनले दुई तला भएको बस सञ्चालन गरेमा चाप कम हुने विश्वास व्यक्त । उनले रातीमा समेत सेवा दिन महानगर यातायातलाई आग्रह गरेका छन् ।
-onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget