January 2015

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।


भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले बिहिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मनपर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस

11:31:00 PM ,
झ्वाट्ट सुन्दा यो कुनै साइन्स फिक्सन फिल्मको कथाजस्तो लाग्नसक्छ तर एक युवती मंगल ग्रहमा बच्चा जन्माउने ब्रम्हाण्डकै पहिलो मानिस बन्नेछिन् ।
बेलायतको कोभेन्ट्रीस्थित टाइल हिलकी बासिन्दा म्यागी लियु मंगल ग्रहमा स्थायी बसोबास गर्न जाने ४० जना मध्येमा पर्न सकेमा उनले अर्को नयाँ इतिहास पनि लेखाउनेछिन् मंगल ग्रहमा बच्चा जन्माएर ।
मंगल ग्रहमा मानिसको वस्ती बसाल्ने महत्वाकांक्षी परियोजना मार्स वनमा ६ सय जना आवेदकको सर्टलिस्टमा पर्न सफल भएकी म्यागी अन्तिम छनोटमा पर्ने नपर्ने कुरा आउँदो महिना छिनोफानो हुनेछ । मंगलग्रहमा जान चाहने विश्वभरका २ लाख आवेदकमध्येबाट उनी अन्तिम ६ सय जनामा पर्न सफल भएकी हुन् । अन्तिम ४० मा छानिएमा उनले मंगल ग्रहमा जानका लागि यहीँ वर्षबाटै तालिम सुरु गर्नेछिन् ।
आमाहरुलाई सबै सुविधाले सम्पन्न पृथ्वीमा समेत बच्चा जन्माउन र हुर्काउन गाह्रो परिरहेको अवस्थामा उनले भने अनिश्चित परिस्थिति र माइनस ६२ डिग्री सेल्सियस चिसो तापक्रम, निसास्सिने, भोकमरी हुने र जलवियोजनको खतरा हुने मंगल ग्रहमा बच्चा जन्माएर हुर्काउने योजना बनाएकी छिन् ।
आफु मंगल ग्रहमा मानिसको वस्ती वस्तार गर्ने योजनामा प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘मंगल ग्रहमा मानव समुदाय विस्तारका लागि बच्चा पाउनु आवश्यक हुन्छ र म तर्फबाट त्यो अवश्य हुनेछ’, उनले भनेकी छिन् ।
अहिलेसम्म मंगल ग्रहजस्तो कम गुरुत्वाकर्षण क्षेत्रमा बच्चा जन्माउँदा पर्ने प्रभावका विषयमा कुनै अध्ययन नभएको हुनाले त्यहाँ बच्चा जन्माउने काम चुनौतिपूर्ण हुने उनको ठम्याइ छ । तर मंगल ग्रहमा पहिलो ‘मार्सियन’ अर्थात् मंगल प्राणी पैदा गर्ने काम निकै रोचक हुने उनी बताउँछिन् ।
बर्मिंघम विश्वविद्यालयमा अन्तरीक्ष भौतिक विज्ञान पढिरहेकी म्यागी आफु मंगल ग्रहमा जान पाउने भाग्यमानी मानिसमा छानिनेमा निकै उत्साहित छिन् र छानिएपछि दश वर्षसम्म दिइने तालिम लिन अझै बढि उत्सुक छिन् ।
मार्स वन परियोजनाले मंगल ग्रहमा पठाइने ४० जना मानिस छानेर यो वर्षबाटै तालिम सुरु गर्नेछ । सन् २०२४ देखि मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना रहेको छ । हरेक दुइ वर्षमा ४ जनाको समूहलाई मंगल ग्रहमा पठाइनेछ ।
मंगल ग्रहमा पुगेपछि त्यो नै आफ्नो घर हुने हुनाले मानिसहरुले त्यहाँ गएपछि चिकित्सा, कृषि, विद्युत तथा खानेपानी लगायतका प्रविधि सिक्न सुरु गर्ने विश्वास उनको छ । खानेकुरा आफै सिर्जना गर्नु र अक्सिजन समेत सिर्जना गर्नु सबैभन्दा चुनौतिपूर्ण काम हो भन्ने उनलाई लागेको छ ।
मंगल ग्रहमा सूर्यको विकिरण अत्यधिक रहेको हुँदा त्यसले ग्रहको सतहमा असर गर्ने र जमिन मुनि ५ मिटर तल भूमिगत रुपमा बसोबास हुनसक्ने उनको अनुमान छ ।
कहिल्यै नफर्किने मंगल यात्रामा निस्केपछि जिवनको कुनै टुंगो नहुने र घरपरिवार तथा साथीभाइबाट सधैका लागि टाढिने भएपनि त्यो अनिश्चित यात्राप्रतिको उनको रुची घटेको छैन ।
तत्कालका लागि पृथ्वीमा भएका मानिसहरुसँग संचार सम्पर्क गर्नु सबैभन्दा चुनौतिपूर्ण कुरा रहेको भएपनि ३ देखि २२ मिनेटसम्ममा विद्युतिय सन्देश पठाउन सकिने प्रविधि विकाश गर्न सकिने विश्वास उनको छ ।
६ अर्ब डलर खर्चेर मंगल ग्रहको एकतर्फी यात्राका लागि तयार भएकी म्यागीको आशा भविष्यमा पृथ्वीमा फर्किन सकिने छ । मंगल ग्रहबाट पृथ्वीमा फर्किन सक्ने प्रविधि कुनै दिन विकाश हुनसक्ने र पृथ्वी र मंगलबीच मानिसहरुको आवतजावत हुनसक्ने कल्पना उनको छ ।

11:21:00 PM ,
करूणा कुँवर, मनोविद्
म ५४ वर्षको भएँ। म विवाहित भए पनि मेरो धेरै महिलासँग यौनसम्पर्क भैसकेको छ। मेरो सम्बन्ध प्राय:जसो यौनकर्मीसँग हुन्थ्यो र सुरक्षित उपाय अपनाइन्थ्यो। एक-दुई पटक परिचित महिलासँग पनि असुरक्षित यौनसम्पर्क भएको थियो, तर उनीहरूप्रति मलाई पूरा विश्वास थियो। तीन वर्षअघि लगातार ज्वरो आइरहेपछि रगत परीक्षण गरियो र मलाई एचआईभी पोजिटिभ भएको जानकारी पाएँ।


अहिले मलाई, यो उमेरमा एचआईभी संक्रमण भएको कुरा समाजले थाहा पाए अप्ठेरो स्थिति आउला भन्ने चिन्ताले सताइरहन्छ। अर्कातिर कतै मैले कसैलाई एचआईभी संक्रमित त गराएको छैन भन्ने चिन्ता पनि लागिरहन्छ। मलाई कसैसँग पनि यौनसम्पर्क गर्न मन लाग्दैन। विगतको घटना सम्झेर पश्चाताप मानिरहने मेरो यो स्वभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ?

यौनसम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगको सिकार भएका हुन्छन्। यौन चेतनाको कमी तथा त्यसमा देखाइने असावधानीका क्रममा धेरै मानिस यौनजन्य रोगको सिकार भएका घटनाहरू हामी दिन-प्रतिदिन सुनिरहेका हुन्छौं। एड्सलगायत अन्य यौनरोगहरू पहिले साधारणजस्तो लागे पनि पछि विकराल रूप लिएर त्यसले मानिसको ज्यान नै लिएको तथ्याङ्कहरूले देखाएका छन्। यसको भावनात्मक एवं मनोवैज्ञानिक असरहरू पनि छन्। यौनरोगहरू कोबाट कसमा सरेको हो भनेर यकिनका साथ भन्न नसकिए पनि संक्रमण पुरुष वा महिला दुवैबाट हुन्छ। यौन रोगका लक्षण पुरुषमा भन्दा महिलामा चाँडो देखिने भएकाले कोबाट यो पहिले संक्रमित भएको हो भन्नेमा पुरुष र महिलाबीच विवाद नै हुने गरेको छ। यस्ता घटनामा पुरुषले महिलामाथि दोषारोपण गर्ने गरेको हामी पाउँछौं, जुन उपयुक्त होइन। यौनरोगको उपचार गराउने क्रममा पनि पुरुषहरू पन्छिने गरेका छन्। कतिपय अवस्थामा यो पुरुषबाट महिलामा संक्रमित भएको हुन सक्छ र महिलामा छिटो देखिएको हुन सक्छ, तर सँगसँगै पुरुषमा पनि संक्रमण भैसकेको हुन्छ यद्यपि त्यसको जानकारी नभएको हुन सक्छ। यस्तो अवस्थामा दुवै यौनसाथीले यौन रोगको उपचार गराउनुपर्ने हुन्छ। एकजनाको मात्र उपचारले यौनरोग कहिल्यै निको नहुने हुन्छ। यो एकबाट अर्कोमा सरिरहने हुन्छ। एचआईभी कोबाट पहिले सरेको हो भन्ने कुरा थाहा नभए पनि रोग लागि सकेपछि स्वास्थ्यको हेरचाह गर्ने र यौन सम्बन्धमा सुरक्षात्मक उपाय अपनाउने कुरा महत्वपूर्ण हुन्छ।

जहाँसम्म यौनरोग भएको मानिसले यौनआनन्द लिने कुरा छ, शारीरिक एवं मनोवैज्ञानिक हिसाबले नै उनीहरूले यौनआनन्द लिन सक्दैनन्। जुनसुकै किसिमका ेयौनरोगले पनि मानिसलाई पीडा दिएको हुन्छ। त्यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिल्चिलाउने भएकाले मानसिक तथा भावनात्मक रूपले पीडित व्यक्ति हैरानीको अवस्थामा पुगेको हुन्छ। पीडाको त्यस्तो अवस्थामा हुने यौनले कसरी आनन्द दिन सक्छ र ? अर्को कुरा, आफूलाई यौन रोग लागेको छ भन्ने जानकारी भैसकेपछि यौन सम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हीनताबोध भैरहेको हुन्छ। त्यसैले यो भावनात्मक तथा मनोवैज्ञानिक समस्या पनि हो। मानिसलाई यस्तो रोगले मूलत: दुई किसिमबाट असर गर्छ। यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन नै समाप्त पार्ने खतरा पनि हुन्छ। लामो समय उपचार नगरिँदा मनमा आउने नकारात्मक सोचले तत्कालको मनस्थिति बिगारिदिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्या देखा पर्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै गरिखान नसक्ने अवस्थामा पुग्छ।

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाईं मात्र एक्लो हुनुहुन्न। ती घटनाले तपाईलाई पटक-पटक घचघच्याइ रहन्छन्। यो पनि स्वाभाविक हो, तर तपाईले त्यसबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने कुराचाहिँ महत्त्वपूर्ण हो। मनोविज्ञानका हिसाबले पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। त्यसबाट पाठ सिकेर आगामी दिनमा आफ्ना गलत कर्म रोक्नुभयो भने त्यसलाई शिक्षाका रूपमा नै लिनुपर्छ। घटना दोहोर्‍याइयो भने मात्र समस्या बढ्दै जान्छ।

मानव सभ्यताले उच्ााइ प्राप्त गरेको अमेरिकामा पनि मानिसहरूमा प्रेम, यौन र रोमान्सप्रति पश्चाताप भएको पाइन्छ। धेरैजसो अमेरिकीसँग नयाँ वर्षको तिम्रो एजेन्डा के छ भनेर सोध्यो भने यही प्रेम, यौन र रोमान्सप्रति विगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने वाचा गरेको अनुसन्धानहरूले देखाएका छन्। अब तपाईं विगतका घटनाप्रति पश्चाताप गरिरहने भन्दा पनि विगतका त्यस्ता घटनाबाट पाठ सिकेर रमाइलो जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापको भावनाबाट जोगिन मनोविद्हरूसँग सम्पर्क गर्नुहोस्। त्यसका साथै एड्सको सम्भव उपचार र आफूलाई लागेको रोग अरूलाई सर्न नदिनेतर्फ पनि सचेत रहनुहोला। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

11:01:00 PM ,
बिरामी हुँदा डाक्टरले दिएको औषधी खाँदा पनि कहिले काँही औषधीले नछोएको अनुभव गर्नुभएको छ ? यस्तो अवस्थामा दोषी तपाईंको डाक्टर हुन् कि तपाईंको औषधी ? यीमध्ये दोष कसैको पनि नहुन सक्छ । तपाईंले खाने गर्नुभएको मासुले यस्तो अवस्था सिर्जन भएको पनि हुनसक्छ । त्यसकारण सावधान रहनुहोस् । यसका लागि तपाईंले खानुभएको कुखुराको मासुमा तपाईंले ध्यान पुर्याउनुपर्ने हुन्छ ।



कुखुराको तौल वृद्धि होस् भन्नका लागि कुखुरालाई एन्टिबायोटिक्स ख्वाइन्छ, यस्ता औषधी खुवाइएका कुखुराको मासु खाने व्यक्तिहरुलाई बिरामी हुँदा एन्टिबायोटिकको असर नगर्न सक्ने एक अनुसन्धानले बताएको छ ।
सेन्टर फर साइन्स एण्ड इन्भारोन्मेन्ट (सिएसई) ले अनुसन्धानका लागि दिल्लीको शहरमा ७० प्रजातिका कुखुराको नमूना दिइयो जसमध्ये ४० प्रतिशतमा एन्बिायोटिक्स पाइयो ती मध्ये पनि १७ प्रतिशत नमूनामा एकभन्दा बढि प्रकारको एन्टिबायोटिक्स पाइयो ।
बिरामी हुँदा एन्टिबायोटिकले काम नगर्ने हुँदा रोगले कुनै व्यक्तिको मृत्यु पनि हुने भएका कारण यो निकै डरलाग्दो हुने गर्दछ । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस

8:54:00 PM ,
यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ? हस्तमैथुनको बानी कसरी हटाउने ? किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ ।

अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्‍याउनुभएकै होला । पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ । के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ? यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ । source tajakhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

8:46:00 PM ,
सम्भोगका बेला चरम सुख प्राप्त गर्नका लागि पाकक्रिडा अनिवार्य हुन्छ । यसले सहवासलाई बढि आनन्ददायी बनाउने भएकाले यो महिला र पुरुष दुबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । अझ महिलामा चरमसुखको प्राप्ति कठीन हुने भएकाले पाकक्रिडाको ठूलो महत्व रहन्छ । तर पछिल्लोपटक गरिएको एक अध्ययनले पाकक्रिडाबाट महिलाले भन्दा पुरुषले धेरै आनन्द लिने तथ्य पत्ता लगाएको छ ।
पाकक्रिडाले पुरुषमा यौन सन्तुष्टि बढाउने र शिघ्र स्खलनको समस्या पनि कम गर्ने तथा महिलामा चरम सुख प्राप्त गर्न लाग्ने समय आधाले कटौती हुने अध्ययनको निष्कर्ष रहेको छ ।


अध्ययन अनुसार झण्डै १८ प्रतिशत पुरुषले पाकक्रिडामै आधा घण्टा भन्दा धेरै समय बिताउँछन् । डेली स्टारमा छापिएको खबर अनुसार यी मध्ये एक तिहाइले त पाकक्रिडाको समय अझै बढाउने इच्छा राख्छन् । हरेक दशमा एक जना पुरुषले त यस्तो क्रिया १ घण्टा भन्दा पनि लम्बाउन चाहन्छन् ।
पाकक्रिडामा पुरुषलाई भन्दा महिलालाई बढि आनन्द हुने र पुरुषले महिलाको सन्तुष्टिका लागि पाकक्रिडामा सहभागि हुने यसअघिको विश्वासलाई यो तथ्यले गलत सावित गरेको छ । पुरुषले आफ्नो पार्टनरको यौन सन्तुष्टिका लागि नभै आफ्नै आनन्दका लागि सम्भोगपूर्व पाकक्रिडा गर्ने अध्ययनको निष्कर्ष रहेको छ ।
२ हजार जनामा गरिएको यो अध्ययन अनुसार महिला भन्दा पुरुषले बढि पाकक्रिडा चाहन्छन् । लभहनी नामक अन्तराष्ट्रिय संस्थाले गरेको अध्ययन अनुसार पुरुषहरु पाकक्रिडामा मात्र नभएर सम्भोगका बेला पनि लामो समयसम्म टिक्न चाहन्छन् । महिलाहरु भने सम्भोगको समय जतिसक्दो छोटो होस् र त्यसबाट आनन्द प्राप्त होस् भन्ने चाहन्छन्, अध्ययन रिपोर्टमा भनिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

8:41:00 PM ,
अचानक चकलेट खाने इच्छा जसलाइ पनि हुन सक्छ। यो कुनै नबुझिएर गरिएको जिद्दी हैन, बरु शरिरले तपाइलाइ संकेत दिएको हो।



वास्तवमा शरिरमा कुनै खास चिजको कमी हुँदा यस्तो तिव्र इच्छा जाग्दछ। यस्तो समयमा कुनै उटपटांग चिज खानु भन्दा यस्तो संकेतहरु प्रति ध्यान दिने गर्नुहोस्।

जब चकलेट खाने मन हुन्छ,

चकलेटमा म्यागनेसियम हुन्छ। यो खनिजले शरिरमा ताकतको संचार गर्दछ र रक्तनलीहरुलाइ रिल्याक्स गराउछ।
यस्तो अवस्थामा बिना चिनीको डार्क चकलेट(गाढा खैरो रंगको चकलेट)को सानो टुक्रा खाने गर्नुहोस। अझ यसको सट्टा मेवा वा केरा खाने गर्नुहोस्, जसमा म्याग्नेसियम धेरै मात्रामा पाइन्छ।


जब मैदाबाट बन्ने खानेकुरा खाने मन हुन्छ,

ब्रेड, बर्गर वा पिज्जा आदि अधिक खाने गर्नाले वजन बढ्नुको साथसाथै रगतमा सुगरको मात्रा पनि बढ्ने हुन्छ। यस्तो कुरा खाने मन हुनु भनेको शरिरले अमीनो एसिडको माग गरेको हो भन्ने बुझ्नुपर्छ।

यस्तो अवस्थामा ब्रेड, बर्गर वा पिज्जाको सट्टा मेवा, अझ बदाम, ओखर, अण्डाको सेतो भाग, ग्रील्ड गरिएको माछा वा चिकेन खाने गर्नुहोस।

जब कफि खाने मन हुन्छ,


कफि खाएर भर्खर सक्नुभयो, तर फेरि पनि कफिको तलतल लागिरहेको छ भने जान्नुहोस कि तपाइको शरिरले उर्जा खोजिरहेको छ, तपाइलाइ आराम चाहिएको छ।

यस्तो अवस्थामा कागती पानी पिउनुहोस। कुनै अमिलो फल खानुहोस, जसले तपाइमा ताजगी ल्याउछ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

8:31:00 PM ,
लसुन दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस प्याज सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना
कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस गाजर

अलिकति काटेको गाजर (150ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस 2-3 महिना सम्म भिंडी

5-10 ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन अदुवा

आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर

बादाम, पिस्ता खजूर तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलौनी र प्रत्येक दिन 100 ग्राम सेबन गर्नुस किशमिश ‘

30 ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि 200मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा 3 पटक सेबन गर्नुस .

.याद राख्नुस किसमिस 30 ग्राम बाट 50 ग्राम सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन
यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा 5-5 घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ ।


यौन सक्ति बढाऊनी अरु उपायहरु
1.मालिस मालिस गर्नाले शरीर मा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ।

2.योगासन योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ ।

3.ग्याप धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ ।

4.नया आसन प्रयोग सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ ।

5.स्नान स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै ‘मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्हाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गनुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ भिडियो हेर्न तल क्लिक गर्नुहोला कैलेकाही पेले नहुन सक्छ दुई पटक किलिक गर्नुहोला खुल्छ” ।


पोर्न सामाग्रीहरु हेर्न रुचाउनेहरुले अवश्य पनि जवान उमेरका महिला तथा पुरुषका यौनक्रियाकलाप सम्मिलित पोर्न सामाग्रीहरु हेर्न मन पराउँछन् । उमेर छिप्पिएका वा बुढेसकाल लागेका महिला पुरुषहरुले खेलेका पोर्न फिल्म हेर्ने रुची धेरैको हुँदैन । तर बेलायतीहरु भने यो मामिलामा फरक छन् । विश्वमा पाको उमेरका महिला अर्थात् बुढी महिलाहरु सम्मिलित पोर्न सामाग्रीहरु सबैभन्दा बढि हेर्नेमा बेलायतीहरु अगाडि देखिएका छन् ।
अमेरिकी शोधकर्ता ओगी ओगासले गरेको अध्ययनका क्रममा विश्वमा बुढेसकालका महिलाको पोर्न सामाग्रीहरु बेलायतमा सबैभन्दा बढि हेरिने गरिएको देखिएको छ ।
बुढी महिलाका पोर्न फिल्म हेर्ने मामिलामा दोश्रो स्थानमा चेक गणतन्त्रका पोर्नप्रेमी रहेका छन् । विश्वभरमा इन्टरनेटमा खेाजी गरिने दसौँ लाख पोर्न सामाग्रीको अध्ययन गरि शोधकर्ताले यस्तो तथ्य पत्ता लगाएका हुन् ।
शोधकर्ता ओगी र साइ गद्दामले संयुक्त रुपमा लेखेको ‘ए बिलियन विक्ड थट्स’ नाम पुस्तकमा बुढो उमेरका महिलामा बेलायती र चेक गणतन्त्रका जनताको बढि रुची देखिनुको कारण जैविक भन्दा पनि सांस्कृतिक रहेको दाबी गरिएको छ ।
बेलायती बच्चाहरुमा बाल्यकालको समयमा विद्यालयमा समेत पाको उमेरका महिलाहरुले हेरचाह गर्ने र बालकहरुले धेरै सँगत पाकी महिलासँगै हुने भएकाले उनीहरुमा पाको महिलाप्रति एक प्रकारको लगाव हुने तर्क शोधकर्ताको छ । त्यसैले बेलायती पुरुषहरुले आफ्नो आदर्श मानेका पाको उमेरका महिलाबारेको उत्सुकता मेट्नका लागि बुढी महिलाहरु सम्मिलित पोर्न सामाग्रीहरु बढि हेर्ने गर्छन् ।
चेक गणतन्त्रमा भने वेश्यावृत्ति वैधानिक रुपमै संचालन भएको हुँदा पाको उमेरका महिला समेत यौन व्यापारमा लागेको र धेरै पुरुषहरुले आफ्नो पहिलो यौन अनुभव पाको उमेरकै महिलासँग लिने गरेको पाइन्छ ।
अपि|mकी मुलुक केन्याको कथा अझै रोचक छ । केन्यामा कुनैपनि मानिसले यौनका विषयमा आफ्ना हजुरबा हजुरआमाबाट सिक्दछन् । त्यहाँ बच्चालाई आफ्ना बुवाआमासँग सेक्सका विषयमा कुराकानी गर्न बन्देज छ तर बालबालिकाले आफ्नो हजुरबा हजुरआमासँग भने यौनका विषयमा कुराकानी गर्न पाउँछन् ।

8:14:00 PM ,

मुम्बई । टिभी स्टार गुरमीत चौधरी र सपना पब्बीले ‘खामोशिया’ मा मुख्य भुमिका निर्वाह गरेका छन् । यी दुई कलाकारको साथमा अली फजल पनि छन् । शुक्रवारदेखि रिलिज भएको यो फिल्म यसकारण पनि चर्चामा छ कि तीनै कलाकार भट्ट क्याम्पका पछिल्ला उत्पादन भनेर चिनिन्छन् ।
भट्ट क्याम्पवाट बलिउड प्रवेश गरेका हिरोइनहरु सफल भएको मानिन्छ । विपाशा बसु, कंगना राणावत, मल्लिका शेरावत, सन्नी लियोनी, इशा गुप्ता लगायतका हिरोईनको खाता भट्ट क्याम्पवाटै खुलेको हो ।
बलिउडमा सबैभन्दा धेरै नयाँ कलाकारलाई स्थान दिने ब्यानरका रुपमा चिनिन्छ भट्ट ब्यानर । हरेक हिरोइनलाई बोल्ड रुपमा प्रस्तुत गरिदिने भट्ट क्याम्प आफ्नो ब्यानरमा काम गर्ने हिरोईनलाई सेक्सीको उपाधि सजिलै दिलाइदिन्छ ।  बलिउडका केही हिरोइनहरु छन् जसको चर्चा केबल भट्ट क्याम्पकै कारण भएको छ । हेरौं ति हिरोईन को-को हुन् ?

सपना पब्बी
सपनालाई दर्शकले कसरी लिन्छन् हेर्न बाँकी नै छ । तर, उनी प्रतिभाशाली मोडल हुन् । बेलायतमा मोडलिङ गरेकी सपनाले ग्यालेक्सी चकलेट, पेप्सी र फेयर एण्ड लभ्लीमा मोडलिङ गरेकी छिन् ।

सन्नी लियोनी
इण्डो क्यानेडियन अमेरिकन एक्ट्रेस सन्नी लियोनीलाई सन् २०१२ मा भट्ट क्याम्पले बलिउडमा डेब्यु गराएको थियो । फिल्म ‘जिस्म-२’ ले आंशिक सफलता पायो । पोर्न स्टार छबी भएकै कारण केही संघसंस्थाले विरोध नगरेका होइनन् ।
भारत आए लगत्तै ‘बिगबोस’मा देखिएकी सन्नीलाई निर्देशक महेश भट्टले बिगबोसको घरमै गएर अभिनयको लागि प्रस्ताव राखेका थिए ।
कंगना राणावत

बलिउडकी क्वीन भनिने कंगना राणावत पनि भट्ट क्याम्पवाट आफ्नो करिअर बनेको स्वीकार्छिन् । सन् २००६ मा बनेको फिल्म ‘ग्याङगस्टार’ उनको पहिलो भट्ट क्याम्पको फिल्म थियो । सन् २००४ मा कंगनाले हिन्दी फिल्म ‘आइ लभ यु बोस’ मा काम गरेकी थिइन् । उनको पहिलो फिल्म पनि त्यहि नै थियो ।
त्यसको दुई वर्षपछि भट्ट क्याम्पको फिल्म खेलेकी कंगनाले अडिसन् दिएर मौका पाएकी हुन् । ग्याङगस्टारमा भएकी पात्रको तुलनामा कंगनाको अनुहार कलिलो भएको भन्दै निर्देशकले चित्रांग सिंहलाई अनुबन्ध गरेका थिए । पछि चित्रांगले समय दिन नसकेपछि कंगना अनुबन्ध भएकी थिइन् ।

विपाशा बसु

बिपाशा बसुले सन् २००१ वाट फिल्मी करिअर सुरु गरेकी थिईन् । सन् २००१ मा बनेको ‘अजनबी’ उनको पहिलो फिल्म थियो । तर, त्यसको एक वर्षपछि बनेको ‘राज’ ब्यबसायिक रुपमा सफल भयो ।  यही फिल्मवाट उनी बोल्ड एक्ट्रेसको रुपमा स्थापित भईन् । त्यसपछि पनि उनले भट्ट क्याम्पकै जिस्म, ऐतबार, राज-३ लगायतका फिल्ममा काम गरिन् ।
मल्लिका शेरावत
अहिले पनि किसिङ क्वीन भनेर चिनिन्छिन् मल्लिका शेरावत । भनिन्छ यदि भट्ट क्याम्पको साथ पाएकी थिईनन् भने मल्लिका यति धेरै चर्चित हुने थिईनन् ।
सन् २००३ मा बनेको ‘ख्वाहिस’मा दर्जन बढी चुम्बनका दृष्यमा अभिनय गरेपछि मल्लिकाको चर्चा एक एक बढ्यो । तर ‘मर्डर’ मा काम गरेपछि बोल्ड अभिनेत्रीको रुपमा स्थापित भईन् ।

इशा गुप्ता
भट्ट क्याक्पकै फिल्म ‘जन्नत-२’ वाट करिअर सुरु गरेेकी थिईन् ईशा गुप्ताले । इमरान हासमीको साथमा इशाले दिएको चुम्बनको दृष्यले निकै चर्चा भएको थियो फिल्म प्रदर्शन ताक । त्यसपछि पनि उनले राज-३, चक्रब्युह, गोरी तेरे प्यार लगायतका फिल्ममा काम गरेकी छिन् ।  मोलडलिङमा सक्रिय सोनल चौहान र उदिता गोश्वामी पनि भट्ट क्याम्पकै ब्यानरवाट स्थापित भएका हुन् ।

8:01:00 PM ,
February 1, 2015
नेपाल सन्देश डेस्क, काठमाडौं । संविधानका विवादीत विषयमा प्रश्नावली बनाउने प्रस्ताव समितिले काम


थालेसँगै एकीकृत नेकपा माओवादी र उस्को अध्यक्ष पुष्पकमल दाहाललाई पर्नु पीर परेको छ ।
अध्यक्ष प्रचण्डले आफुहरुको बिरोध रहेसम्म प्रस्ताव समितिले काम नगर्ने अनुमान लगाएका थिए । तर, अनुमान विपरित काम हुन थालेपछि एमाओवादी आन्तरीक रणनीतिमा लागेको छ ।
आज उस्को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठकमा सत्तारुढ दलले थालेको प्रश्नावली निर्माणपछिको अवस्था र आफूहरुको माग र पार्टीको भूमिका, आफूहरुले थालेको आन्दोलन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
सत्तारुढ दलहरुसँग संविधान जारी गर्न आवश्यक दुई तिहाई मत रहेकाले पनि थप रणनीति बनाएर दुई तिहाईले संविधान बन्न नदिने तयारी पनि एमाओवादीको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

7:56:00 PM
वि.सं. २०७१ माघ १८ गते आइतबार तदनुसार ई. सं. २०१५ फेब्रुवरी ०१ तारिख, माघ शुक्ल त्रयोदशी, आद्र्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, विष्कुम्भ योग, कौलव करण
आजको व्रत/पर्व : प्रदोष व्रत, सौभाग्य सूर्पदान,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आज आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट समेत सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक क्षमता ह्रासता आउने छ । न्जिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
शुभसमाचारको आगमनले मन प्रसन्न रहने दिन छ । शत्रुहरू पराजित हुनेछन् । आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताको सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आज बेतुकका बकमफुसे कुराकानीका कारण समय गएको पत्तो पाउनुहुन्न । गर्न लागेका काममा बाधा पुग्नेछ । कुनै किसिमको नेतृत्व वहन नगर्नु होला । अप्ठ्यारो र जालझेलमा फँस्न सक्नुहुन्छ । व्यापारमा मन्दी छाउने छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अकारण वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्राले रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
एकाबिहानै अशुभ समाचार प्राप्त हुनाले वा परिवारमा देखिने समस्याका कारण मन खिन्न हुनेछ । घरमा विवाद, तनाव र असमझदारी बढ्न सक्छ, तपाईंको भावनाको मूल्यांकन नजिकैका व्यक्तिले समेत गर्न सक्दैनन् । वर्तमान समयलाई धैर्यता, संयमता र साृचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यवसायिक क्षेत्रबाट दौडधूप गरेजति सफलता हुने छैन । भाइबहिनी र छोराछोरीबाट समेत सन्तोष प्राप्त हुन सक्दैन । दाजुभाइको क्रियाकलापले मन बिथोलिन सक्छ । पारिवारिक जीवनमा समस्या र तनाव सिर्जना हुनेछ । साथीभाइ टाढिने सम्भावना छ । मानप्रतिष्ठामा आँच आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

7:46:00 PM ,
सूर्यप्रसाद पाण्डे |
२०७१ माघ १८ आईतवार


यो निर्णयले यी विषयमा शिक्षक अभाव नहुने र अन्तिम परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुने समस्या समाधान हुने अपेक्षा



काठमाडौं : विद्यालय तहमा विज्ञान, अंग्रेजी, गणितलगायतप्राविधिक विषय पढाउन शिक्षण अनुमतिपत्र (लाइसेन्स) नचाहिने भएको छ।

लाइसेन्स अनिवार्य गरिएका कारण यी विषयमा शिक्षक अभाव हुँदा पढाइमा बाधा उत्पन्न भएको गुनासाआएपछि मन्त्रालयले लाइसेन्स लिनैपर्ने व्यवस्था हटाएको हो। शिक्षा मन्त्रालयले केही दिनअघि यस्ता विषय पढाउन चाहने व्यक्तिलाई पाँच वर्ष म्याद राखेर अस्थायी अनुमति दिने निर्णय गरेको हो।

शिक्षा नियमावलीमा विद्यालय तहमा स्थायी तथा अस्थायी शिक्षक भएर पढाउन चाहनेले पनि अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने व्यवस्था छ।

मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, 'शिक्षा नियमावलीले जे भने पनि अहिलेका लागि केही विषयमा स्थायी शिक्षण लाइसेन्सबिना नै पढाउन दिने निर्णय गरिएको छ। यो निर्णयपछि शिक्षक अभाव हुने र अन्तिम परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुने समस्या समाधान हुने अपेक्षा मन्त्रालयको छ।'

अहिले लाइसेन्स भएका शिक्षकले विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटरविज्ञानलगायत विषय पढाउन नसक्ने र पढाउन सक्नेसँग लाइसेन्स नभएपछि समस्या आएको छ। यी विषयमा स्थायी र लाइसेन्स प्राप्त पर्याप्त शिक्षक नहुँदा वार्षिक परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण हुँदै आएका छन्।

एसएलसी परीक्षामा पनि गणित, अंग्रेजी र विज्ञानमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन्। विगतमा केही विद्यालयले शिक्षण लाइसेन्स नभएकालाई यी विषय पढाउन नियुक्ति गर्दा नियमविपरीत भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। उजुरी परेपछि गुल्मी, पर्वत, बाँकेलगायत जिल्लामा यसरी नियुक्त गरिएका शिक्षकले राजीनामा दिएका थिए।

मन्त्रालयको निर्णयअनुसार पाँचवर्षे अस्थायी अनुमति लिएर गणित, अंग्रेजी, विज्ञान, लेखा, कम्प्युटरविज्ञानलगायत विषय पढाउन पाइनेछ। यसरी पढाउन चाहनेले विश्वविद्यालयमा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षामध्ये जुन संकायमा अध्ययन गरेको भए पनि हुनेछ। नियमावलीमा भने विद्यालय तहमा पढाउन शिक्षाशास्त्र संकाय पढेको हुनुपर्ने व्यवस्था छ।

यसरी अस्थायी अनुमति लिएर पढाउने व्यक्तिले पाँच वर्षभित्रमा स्थायी लाइसेन्स लिनुपर्नेछ। स्थायी लाइसेन्स परीक्षामा सहभागी हुन एकवर्षे वा तीनवर्षे बीएड उत्तीर्ण वा शैक्षिक जनशक्ति विकास केन्द्रले दिने तालिम लिएको हुनुपर्नेछ। मन्त्रालयका प्रवक्ता लम्सालले भने, 'पाँच वर्षभित्रमा स्थायी लाइसेन्स लिन नसक्नेको अस्थायी अनुमति खारेज हुनेछ।'

शिक्षक सेवा आयोगले अस्थायी अनुमतिपत्र दिनेछ। आयोगले यसअघि दुर्गम तथा कर्णाली क्षेत्रमा यस्ता विषय पढाउने शिक्षकलाई मात्र अस्थायी लाइसेन्स दिँदै आएको थियो।

आयोगका अध्यक्ष उदयराज सोतीले भने, 'भर्खर परिवर्तन भएको नियमअनुसार अस्थायी अनुमति लिन चाहनेले शिक्षाशास्त्र वा अन्य संकाय पढेको भए पनि हुनेछ।' आयोगका अनुसार अहिले प्राथमिक, निमावि र माध्यमिक तहमा गरेर करिब ६ लाखले स्थायी शिक्षण लाइसेन्स लिएका छन्।

विद्यार्थीलाई नेतृत्व क्षमता विकास तालिम

काठमाडौं : विद्यालय तहमा पढ्ने विद्यार्थीलाई नेतृत्व क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिने भएको छ। टिमवर्क एजुकेसन फाउन्डेसन र इनसाइट भिजन स्कुलले संयुक्त रूपमा तालिम सञ्चालन गर्न लागेका हुन्। फाउन्डेसनका अनुसार पहिलो चरणमा उपत्यकाका विभिन्न विद्यालयमा कक्षा आठमा अध्ययनरत विद्यार्थीलाई यस्तो तालिम दिइनेछ।

तालिममा विद्यार्थीलाई नेतृत्व क्षमता विकास गर्ने, शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तरिका र समाजका प्रतिष्ठित व्यक्तिसँग अन्तरक्रिया गराएर उनीहरूबाट अभिप्रेरणा लिने विषयमा जानकारी गराइने फाउन्डेसनका अध्यक्ष प्रमोद ढुंगेलले बताए।

ढुंगेलले भने, 'अहिलेको प्रतिस्पर्धी जमानामा विद्यार्थीलाई किताबी ज्ञानमात्र दिएर पुग्दैन। उनीहरूको चौतर्फी विकास होस् भनेर यस्तो तालिम सञ्चालन गर्न लागिएको हो।' ढुंगेलका अनुसार तालिम प्रत्येक साता शनिबार सञ्चालन गरिनेछ। भविष्यमा अन्य कक्षाका विद्यार्थीलाई पनि तालिममा समावेश गराउने योजना छ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

12:47:00 PM ,
वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान् विदेशमा हुने र तीव्र यौनचाहनाका कारण पत्नीहरु सेक्स पार्टनर खोज्नतर्फ लाग्नाले पनि पति–पत्नीबीच सम्बन्धविच्छेद र धनसम्पत्तिको नोक्सानीजस्ता भयावह  परिस्थितिहरु निम्तिने गरेको पाइएको छ ।


 केही समयअघि बेलायती आर्मीकी श्रीमती आफू नियमित चढ्ने ट्याक्सीको ड्राइभरसँग भागेको समाचार प्रकाशमा आएको थियो । झन्डै ६० लाखको हाराहारीको सुनचाँदी र पैसा लिएर श्रीमती फरार हुनुको स्पष्ट कारण शारीरिक सम्पर्क नै भएको खुल्न आएको थियो ।

त्यस्तै वैदेशिक रोजगारीमा दुबई गएका राम नेपालले पनि माथिको जस्तै नियति भोग्नुपरेको छ । आईटीमा एमएस्सी गरी टेक्निकल सेक्टरमा काम गर्न दुबई गएका उनी डेढ वर्षमा घर फर्किए । घर आएर आफूले कमाएको सम्पत्तिबारे पत्नीसँग सोध्दा एक व्यापारीलाई ब्याजमा लगाएको र चाँडै माग्ने उनले बताइन् ।

एक दिन माइत जान्छु भनेर हिँडेकी श्रीमती माइत नपुगेको जानकारी पाएपछि श्रीमान्ले प्रहरीमा उजुरी गरे । प्रहरीले अनुसन्धान गर्दा उनकी श्रीमती कुनै मोहित नामको केटासँग विवाह गरी भारत पलायन भएको खुल्न आयो ।

यस्तै श्रीमान् वैदेशिक रोजगारीमा गई पैसा कमाएर आएपछि बाहिरै गर्लफ्रेन्ड बनाउने अनि कमाएको सम्पत्ति पनि गर्लफ्रेन्डकै लागि खर्च गरी अन्त्यमा उसैसँग विवाह गरी भएकी श्रीमतीलाई मानसिक यातना दिएर डिभोर्स दिन दबाब दिनेसम्मका घटनाहरु पनि प्रशस्तै भेटिन्छन् ।

 यसबाट वैदेशिक रोजगारका कारण पति मात्र होइन पत्नी पनि पीडित छन् भन्ने प्रस्ट देखिन्छ । वैदेशिक रोजगारीका कारण श्रीमान्–श्रीमती सँगै बस्न नपाउनु, मान्छेका अरु आवश्यकताजस्तै यौनिक आवश्यकता तीव्र रुपमा बढेर गई आफ्नो सर्कल या चिनजानको मान्छेसँग यसै उद्देश्यले निकटता बढ्नु आदि कारण पनि सम्बन्धविच्छेदका कारक तत्त्व बनेका छन् ।

9:59:00 AM ,
झापा ।

झापामा एक ब्यक्तिले श्रीमतीले आफुसँग यौन सम्पर्क राख्न नमानेको भन्दै मुड्कीले हानेर उनको हत्या गरेका छन् । जिल्लाको कन्काई नगरपालिका ७ सुरुङ्गा चप्रामारीका २७ वर्षिय उमानाथ गहतराज विश्वकर्माले २३ वर्षया मन्जू गहतराजलाई मुड्कीले हिर्काएर हत्या गरेका हुन् ।


यौन सम्पर्क गर्न नमानेकै कारण श्रीमतीको हत्या गरेका उमानाथलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ ।
कालगतीले मृत्यु भएको भनि कन्काई नदीमा दाहसंस्कार गर्न लागिएको प्रहरीेले उमानाथलाई पक्राउ गरेर लास जलाउन नदिइ अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो ।

मन्जूका माईतीपक्षले उजुरी गरे पछि दाहसंस्कार गर्न लागिएको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पुर्याइएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका उमानाथले राती आवेशमा आई छातीमा मुड्कीले हानेको र घट्ना स्थलमानै उनको मृत्यु भएको बताएको प्रहरीले जनाएको छ ।

प्रहरीसंगको बयानमा उमानाथले राती आफुले यौन सम्पर्क गर्न खोजेपनि श्रीमतीले नमानेपछि आवेशमा छातीमा मुड्कीले हान्दा ओछ्यानमै ढलेर मृत्यु भएको बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

9:34:00 AM ,
सेक्स मानवीय जीवनको अपरिहार्य कुरा हो यसमा दुईमत नहोला । त्यसैले सेक्सविनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । उसो त समयसँगै सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ ।


पहिले विवाहअगाडिको सेक्स अपराध नै मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै बेला सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको छ ।

त्यस्तै पहिले सेक्स भनेको पुरुषको लिंग महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच थियो र मानिसले सोही अनुरूप सेक्सको मज्जा लिन्थे तर आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ ।

अर्थात् अहिलेका जोडीहरू आफ्नो लिंग र योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द लिन थालेका छन् । जसलाई मुखमैथुन वा ओराल सेक्स भनिन्छ ।

अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ । करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

महिला या पुरुष दुवै आफ्नो पार्टनरबाट प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी उनीहरुको लुक, पहिरन, काम, पेशा वा अन्य चिजको विषयलाई लिएर उनीहरु प्रशंसा सुन्न लालायित हुन्छन् ।

एक अर्काको प्रशंसाले आत्म विश्वास बढाइदिन्छ भने आपसी समझदारी पनि बढ्छ । सम्बन्धमा रहेकाहरुलाई एक अर्काबाट प्रशंसा पाउने उत्कठ चाहाना हुन्छ । तर प्रशंसा गर्दा घमण्ड नपलाउने गरी गर्नु पर्छ ।
सामान्यतया महिलाले पुरुषबाट प्रशंसा सुन्न चाहन्छन् भनिन्छ । तर पुरुषहरुमा पनि यो चनाहा हुन्छ कि आफ्नो पार्टनरले प्रशंसा गरोस् ।
यस्ता छन् पुरुषले सुन्न चाहने ६ प्रशंसाः


१ तिमीलाई हसाउँन आउँछ
पुरुषहरु पार्टनरले आफूलाई मनोरञ्जन प्रदायक ठानोस् भन्ने चाहन्छन् । त्यसैले पुरुषहरु आफूसँग भएकी महिलालाई खुसी राख्न हरसम्भव प्रयास गर्छन् । सेन्स अफ ह्युमर अर्थात हसाउँने कला भएका केटा केटीहरुलाई मन पर्छ । तर केटाहरु पनि केटीहरुले तिम्रो सेन्स अफ ह्युमर राम्रो छ भनेको सुन्न लालायित हुन्छन् ।

२ यो कुरामा तिमी उत्कृष्ठ
पुरुषलाई केटीहरुले तिमी यो कुरामा उत्कृष्ठ छौं भनेको सुन्न मन पर्छ । यदि तपाइँको ब्वाइ फ्रेण्ड वा पति कुनै काममा राम्रो दक्षता राख्छन् भने उनलाई प्रशंसा गरि हाल्नुस् । खाना बनाएको होस् वा गाडी चलाएको कुरा । गीत गाउने कुरा होस् वा सफाइको ।


३ शारीरिक बनौट वा सामानको प्रशंसा
पुरुषहरुलाई आफ्नो शरीरको सुगठनबारे प्रशंसा सुन्न मन पर्छ । कुनै पनि महिलाले आफ्नो हेयर स्टाइल वा पहिरन मात्र होइन शरीरको बनोटको विषयमा सामान्य प्रशंसा गरिन् भने पुरुषहरु घाइते हुन्छन् । पुरुषहरुलाई उनीहरुले प्रयोग गर्ने सामग्रीहरु चस्मा होस् वा वाइक जस्ता कुराको प्रसंसा पनि सुन्न मन पर्छ ।

४ सपनाको राजकुमार
महिलाहरुले आफ्नो बारेमा के सोंच्छन् भन्ने विषयमा पुरुषलाई सँधै चासो हुन्छ । कुनै पनि पुरुषले म कस्तो लाग्छु भनेर सोध्यो भने जहिले पनि प्रशंसापूर्ण जवाफ दिनुस् । तपाइँलाई उ सँग बस्दा सुरक्षित महसुस् हुन्छ वा माया लाग्छ भने यी कुरा खुलेर भन्नुस् । पुरुषलाई लागोस् म सपनाको राजकुमार नै हो ।

५ सहजताको अनुभव
महिलाहरु आफ्नो पार्टनरसँग रोमान्सको समयमा केही हिचकिचाउँछन् । बरु परपुरुषसँग रोमान्स गर्ने तर आफ्नै पार्टनरसँग खुल्न नचहने महिलाको बानी राम्रो होइन् । आफ्नो पति वा प्रेमीसँग खुलेर रोमान्स गर्दा पुरुषलाई पनि खुसी तुल्याउन सकिन्छ भने प्रेम पनि बढ्छ । एक पटक प्रयोग गरेर त हेर्नुस् ।


६ मनका कुरा गर्नुस्
राम्रो पार्टनर त्यो हो जस्ले सुख र दुख दुवैमा साथ दिन्छ । यदि तपाइँको पार्टनर पनि यस्तो छ भने उसलाई प्रशंसा गर्न नभुल्नुस् । धन्यवाद र कृतज्ञताको मौका चुकाउनु हुँदैन । मनका कुरा खुलेर गर्दा आपसी विश्वास बढ्छ र सम्बन्ध कँसिलो हुन्छ ।

जब एक महिलाको विवाह हुन्छ तब उनी यहि मनोकामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ ।

तर यो कसैले पनि सोचेको हुँदैन कि श्रीमतीको पनि आफ्नो श्रीमानलाई खुसी राख्ने कर्तव्य हुन्छ । श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ ।
तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् । तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ । त्यसकारण हामी तपाईंलाई श्रीमानलाई सधै खुसी राख्ने तरिका बताउँदैछौँः

१. उनको कुराहरु सुन्नुहोस्ः

धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।

२. उनको जिम्मेवारीलाई बाँड्नुहोस्ः

थुपै्र पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् ।

३. उनको करियरमा रुची लिनुहोस्ः

तपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।

४. पैसा बगाउन बन्द गर्नुहोस्ः

अनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन । तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।

५. बेडमा उनलाई खुसी राख्नुहोस्ः

यदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् ।

६. बेकारको बहस नगर्नुहोस्ः

श्रीमतीहरु आफ्नो श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।

७. उनलाई तपाईंको कार्यक्रमको जानकारी दिनुहोस्ः

तपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् ।

८. आफ्नो जीवन पनि बाँच्नुहोस्ः

कोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।

९. आर्थिक रुपमा उनलाई कहिले पनि धोका नदिनुहोस्ः

महिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ?

१०. भविष्यको योजना एकसाथ बनाउनुहोस्ः

चाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् ।

११. उनको आमा–बुवालाई इज्जत गर्नुहोस्ः

जसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् ।

१२. उनको साथी बन्नुहोस्ः

तपाईंहरु दुईमा श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, उनको आमा अथवा बोस होइन । (एजेन्सी) भिडियो हेर्न तल क्लिक गर्नुहोस

8:20:00 AM ,
हामिले सहजै बुझेको कुरा पनि हो महिलाहरुको अंग पुरुषहरुको भन्दा बेग्लै हुन्छ । तर पुरुषहरुका लागि कौतुहल्ताको बिषय भनेको महिलाको शरीरमा कुन अंग कति संवेदनशील होला भन्ने हो । अब भने यो बिषयमा धेरै सोचिरहनु पर्दैन ।


निक्कै लामो अनुसन्धानपछि शोधकर्ताहरुले महिलाको शरीरका कुन अंगको संवेदनशीलता के भन्ने प्रश्नको विस्तृत जवाफ दिएका छन् । हालै गरिएको एक अध्यनले स्त्रीको शरीरमा कहाँ विस्तारै स्पर्ष गर्ने कहाँ जोडले थिच्ने र कहाँ कम्पन पैदा गर्दा उनीहरुलाई यौनिकरुपमा उत्तेजित पार्न सकिन्छ भन्ने तथ्य बाहिर ल्याएको छ ।

अनुसन्धानका क्रममा महिलाको घाँटीमा हल्का स्पर्स गर्नु निक्कै प्रभावकारी हुने देखियो । कुनै पनि महिलालाई उत्तेजित तुल्याउने सबैभन्दा प्रभावकारी उपाय स्तनको टुप्पो अर्थात निप्पल चलाउनु वा स्पर्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ ।

त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो । यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधी निक्कै प्रभावकारी मानिएका छन् ।

क्यानडाको युनिभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० महिलामा लामो समय सम्म यो अध्यन गरेको थियो । उनीहरुको शरीरका तीन भागमा विभाजित यो अध्यनले सदियौं देखि सोधिँदै आएको प्रश्नको जवाफ फेला पारेको हो ।

तर माथि भनिएका कुराहरु स्त्री थाकेको बेला, ध्यान अन्यत्रै बढीरहेको बेला वा अन्य तनावको बेला भने लागु नहुने अध्यनकर्ताको भनाइ छ । अध्यनकर्ताहरुले महिलाहरुलाई निर्वस्त्र पारेर टेवलमा सुत्न लगाएका थिए । र विभिन्न उपकरणको माध्यमबाट अंगहरुको स्पर्स परीक्षण गरिएको थियो ।

कुन अंगमा के गर्ने रु
हल्का स्पर्षः घाँटी, पाखुराको अगाडीको भाग र योनीको पछिल्लो भाग ९योनी र गुदद्वारको सीमा क्षेत्र० मा हल्का स्पर्ष गर्दा महिलाहरु उत्तेजित हुन्छन् ।
दवावः क्लिटोरिस र निप्पलमा चलाउँदा गर्दा स्त्रीहरु उत्तेजित हुन्छन् । तर स्तनको छेउँको भाग र पेटमा स्पर्षले भने खासै उत्तेजना ल्याउँदैन ।
कम्पनः क्लिटोरिस र स्तनमा कम्पन पैदा गर्दा स्त्री सबैभन्दा उत्तेजित हुन्छन् ।

यो अध्यन जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

7:09:00 AM ,
भुइँकटहर जाडो तथा गर्मी दुवै मौसममा पाइने फलफूल हो। यसमा प्रशस्त मात्रामा भिटामिन तथा प्रोटिन पाइन्छ। यो गुणकारी फलका बारेमा केही थाहा पाऔं :


क्यान्सरबाट बचाउँछ



भुइँकटहरमा ब्रोमेलन तत्त्व हुने भएकाले यसले क्यान्सरबाट बच्न सहयोग पु:याउँछ। भुइँकटहरका बारेमा प्रशस्त अध्ययन भएको छ। ती सबै अध्ययनबाट भुइँकटहरमा क्यान्सरविरुद्ध लड्ने तत्त्व प्राप्त भएको पत्ता लागेको छ।


हड्डी बलियो बनाउँछ


भुइँकटहरमा म्याग्नेसियमको मात्रा प्रशस्तै हुन्छ। यसले हड्डीलाई बलियो बनाउन सहयोग पु:याउँछ। यसबाहेक यसमा ब्रोमेलेन कम्पाउन्ड पनि हुन्छ। यसले हड्डीसम्बन्धी रोगबाट बचाउँछ।

मधुमेहका लागि उत्तम

भुइँकटहरमा क्यालोरीको मात्रा कम हुन्छ। यस्तै यसमा गुलियोपन पनि कम हुन्छ। त्यसैले भुइँकटहर खाँदा सुगरको मात्रा बढ्दैन। त्यसैले मधुमेहका बिरामीले आफ्नो खानामा भुइँकटहर समावेश गर्दा राम्रो हुन्छ।


हृदयरोगीलाई फाइदा


मुटुसम्बन्धी समस्याबाट पीडित हुनेहरूले भुइँकटहर खानुपर्छ। यसले हाम्रो शरीरको एलडीएल कोलेस्ट्रल कम गराउँछ। एलडीएल कोलेस्ट्रल मुटुरोगीका लागि खतरनाक हुन्छ।


पाचनप्रणाली सही राख्न


भुइँकटहरमा फाइबरको मात्रा प्रशस्त हुन्छ। फाइबर पाचनप्रणालीका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। भुइँकटहरमा भएको ब्रोमेलन तत्त्वले शरीरमा रहेको अनावश्यक एसिड निकालिदिन्छ। यसो हुँदा पाचनप्रणाली सही हुनुका साथै शरीरमा रहेको बोसो पनि घट्छ।


छाला चम्काउन


भुइँकटहरमा एन्टी अक्सिडेन्टलको मात्रा प्रशस्त हुन्छ। यसले बुढ्यौलीपन कम गर्नुका साथै छालामा रहेको दाग तथा धब्बा हटाउन सहयोग पु:याउँछ। यसैगरी भिटामिन 'सी' पनि भएकाले यसले कोलाजेन बनाउन सहयोग गर्छ। आफ्नो छाला चमकदार बनाउनु छ भने नियमित रूपमा भुइँकटहर खानुपर्छ।


प्रतिरोधात्मक शक्ति बढाउन


भुइँकटहरमा ब्रोमेलेन हुन्छ। यसमा एन्टि इन्फ्लेमेटरी, एन्टी अक्सिडेन्टल र फाइबर तत्त्व हुन्छ। यसले शरीरको प्रतिरोधात्मक शक्ति बढाउँछ। यस्तै यस फलमा हुने भिटामिन 'सी'ले अल्छीपन र सानोतिनो निराशा भगाइदिन्छ।

7:02:00 AM ,
पुरुषलाई टिशु पेपर जस्तै प्रयोग गरेर फाल्दिन्छु -सोना

नामी तमिल अभिनेत्री सोना हेडन केहि दिन पहिले पुरुषका विषयमा एक विवादास्पद बयान दिनाले चर्चामा छिन् । अभिनेत्री सोनाले पुरुषलाई टिशु पेपर दिसा पुछ्ने कागजको रुपमा बताएपछि उनी बिबादमा तानिएकी हुन् । सोनाले एक तमिल पत्रिका आनन्द विकटनमा दिएको अन्तरवार्तामा भनेकी छिन् मैले संभोगका लागि पुरुषलाई एक टिशु पेपर जस्तै प्रयोग गर्छु र संभोग पछि प्mयाँकी दिन्छु ।


 
३३ बर्षिया आइटम डान्सर सोनाले भारतीय संस्कृतिको बिरोध गर्दै केपनि भनिन भने मेरो बिबाहमा विश्वास गर्दिन । पुरुषका साथ संगै बस्नु सबभन्दा ठुलो मुर्खता हो । सोनाले दिएको यस अन्तर्वातापछि पुरुषहरुको हितमा काम गर्ने एक संस्थाले मंगलबार न्यायालयको ढोका घच्घचाउदै सोनाले माफी माग्नु पर्ने माग गरेको थियो । चेन्नैको एशोसिएसन फर प्रोटेक्सन अफ म्यान नामक संस्थाले पुरुषको भावनामा ठेस पुराउने सोनाको अभिव्यक्ति प्रति माफ माग्न भनेको हो ।

यस संस्थाले न्यायालयसंग सोनाको निवास अगाडी प्रदर्शन गर्नपनि अन’मति मागेको छ । बेलौरका जिल्ला न्यायाधीशले बिहिबार सोनाको बिरुद्ध एक आदेश जारी गरेको छ । सोनाले आफनो बयानले बबाल उत्पन्न गराएको देखेपछि अन्तर्वार्ता दिएको कुरालाई अस्वीकार गरेकी छिन् । यसपछि पनि आइटम गर्ल सोनाको मुस्किल कम भएको देखिदैन । एजेन्सी ।source:taja khabar  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

6:58:00 AM ,
काठमाडौँमा एक  केटा बसभित्रै युवती गुप्ताङ्ग समात्यो

सार्वजनिक स्थान तथा सार्वजनिक सवारीमा महिलामाथि हुने हिँसा

नौलो होइन । तर काठमाडौ पुतलीसडक

हुदै चल्ने नेपाल यातायात भित्र एक स्त्रीलम्पट केटाले आफूमाथि

दुर्व्यवहार गरेपछि युवतीले त्यसको गोप्य

अंग निचोरिदिएकी हुन्। सोही बसमा यात्रा गर्दै गरेकी अर्की महिलाका

अनुसार शुरु देखि नै त्यो केटाले

पछाडिबाट ठेल्ने, वक्षस्थल छुने सम्मका यौन दुर्व्यवहार गर्दै हैरान

बनाएको थियो । ‘अति नै भए पछि

बहिनीले ठिक्क गरिन, आइमाई देख्नै नहुने लाज नभएकाहरु ‘ उनले

भनिन । बसभित्र महिला कराएपछि

त्यो केटा थापागाउँमा ओर्लिएर भागेको थियो ।
source:harek kura  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

5:05:00 AM ,
काठमाडौंको रानीपोखरी र रानीपोखरी छेउको गणेश मन्दिर। यहीँ भेटिन्छन्, ‘मिसन सोल्टी’। जिम गरेको कसिलो जिउ र कोरियन शैलीको जेल लगाइएको उनको केश देखेर जो-कोही आकषिर्त हुन सक्छन्। आखिरउनको उद्देश्य पनि त्यही हो। उनी हुन् सहरका नामी यौनकर्मी।

सडकमा रुघेँको देख्दा ‘मिसन सोल्टी’ सजिलै हात पर्छन् भन्ने लाग्न सक्छ,। भ्रमबाट मुक्त हुनुहोस्, उनी चानचुने यौनकर्मी होइनन्। उनीसँग एक रात बिताउन पूरा १० हजार रुपैयाँ तिर्नुपर्छ। केही वर्षअघियही गणेश मन्दिरमा उनी आफ्नो यौवनको मोल५ सय राख्थे। अरू सामग्रीको सय प्रतिशत मूल्य बढ्दा उनको भाउ हजार प्रतिशतले बढेको छ। छेऊमै १२ वर्षदेखि मकै पोल्ने आशाकुमारी पाखि्रन भन्छिन्, ‘यो मोरो, पहिले मागेर मकै खान्थ्यो, छोरो जस्तो लागेर दिन्थें, अहिले बोल्दा पनि पैसा लाग्छ जस्तो गर्छ।’
यौनकर्मी भन्नेबित्तिकै मानिसको मनमा महिलाको तस्बिर आउँछ। सञ्चारमाध्यममा पनि महिला यौनकर्मीकै बारेमा चर्चा हुन्छ। प्रहरी एवं गैरसरकारी संस्थाहरूले पनि महिला यौनकर्मीलाई पक्रने र उद्धार गर्ने लुकामारी खेलिरहन्छन्। यो कोलाहलमा पुरुष यौनकर्मीहरू भने मज्जाले आफ्नो धन्दा चलाइरहेका छन्। उनीहरूलाई न प्रहरीको डर छ, न गैरसरकारी संस्थाहरूकै झन्झट।

   


रक्षा नेपालकी अध्यक्ष मेनुका थापा एक साँझ टहल्दै रानीपोखरी पुगेकी थिइन्। चुरोट पिइरहेको एउटा युवकले अचानक चुरोट फ्याक्यो र मुख अर्कोतिर फर्कायो। २२-२५ वर्षीय युवक यसरी आफूसँगअचानक डराएको देख्दा थापा अचम्ममा परिन्। युवकको छेऊ पुगेर ध्यानपूर्वक हेर्दा पो थाहा भयो, ती युवक अरू कोही नभएर पाँच वर्षअघि एउटा क्याबिन रेस्टुराँमा भाँडा मोल्ने भाइ रहेछन्। ठमेलको क्याबिन रेस्टुराँमा काम गर्ने महिलाहरूको उद्धार गर्न जाने क्रममा त्यहाँ काम गर्ने भाइसँग उनको परिचय भएको थियो। अहिले हतारमा डराएर चुरोट फ्याक्ने युवक तिनै थिए। पाँच वर्षपछि लक्का जवान भएका ती युवक त्यसरी नडराएकाभए मेनुकाले चिन्न सक्ने थिइनन्। डराउनुको कारण सो धखोज गर्दै जाँदा थाहाभयो, उनी पनि पुरुष यौनकर्मी रहेछन्। तीन वर्षदेखि उनी सडकमै ग्राहक खोज्ोर त्यसबापत प्राप्त हुने पारिश्रमिकले आफ्नो परिवारको पेट पाल्छन्। उनकी श्रीमती र एक छोरा छन्। छोरा सहरको एउटा चर्चित निजी विद्यालयमा पढ्छन्। ‘संस्थामा भएका बहिनीहरूमार्फत सहरमा पुरुष यौनकर्मी प्रसस्तै छन् भन्ने सुनेकी थिएँ।’ साप्ताहिकसँगको भेटमा मेनुकाले भनिन्, ‘त्यही भाइ पनि यौनकर्मी भएको थाहा पाउँदा मलाई अचम्म लाग्यो।’
के भन्छन् जिगोलो ?
पुरुष यौनकर्मीहरू आफूलाई जिगोलो भनेर चिनाउँछन् । विदेशी पर्यटकहरूको संगतमाउनीहरूले यो नाम पाएका हुन्। धेरैजसो यौनकर्मीले एक्ला-एक्लै ग्राहक खोजे पनि जिगोलो समूहका ७ जनाले भने आफ्ना ग्राहक एकअर्कालाई चिनाउने गरेका छन्। केही महिला ग्राहकले ‘पठ्ठा’ छानेर मात्र लान थालेपछि उनीहरूले आफ्नो समूह बनाएका हुन्। समूहका नाइके हुन्, ‘मिसन सोल्टी।’ उनलाई भोटाहिटी क्षेत्रमा त्यही नामले चिनिन्छ।
‘कहिलेकाहीँ केटाहरूले हामीलाई दुःख दिने भएकाले समूह बनाएको हुँ।’ खास नाम उल्लेख नगर्ने कडा चेतावनी दिँदै मिसन सो ल्टीले भने, ‘कहिलेकाहीँ मेमहरूको ढुकुटीमा डुबेको पैसा पनि उठाइदिनुपर्छ। त्यसका लागि केटाहरू चाहिन्छ। मेमसँग बाहिर गएका बेला के टाहरूलाई आफ्नो काम जिम्मा दिर्नुपर्नेभएकाले पनि समूह बनाएको हुँ।’ मिसन सोल्टीलाई पहिलेदेखि चिनेको बताउने आशाकुमारी पाखि्रनका अनुसार कहिलेकाहीँ यो समूहसँग बाहिरी युवाहरूको झगडा पर्छ। यद्यपि झगडा के विषयमा हुन्छ भन्ने कुरा भने उनले बुझेकी छैनन्। ‘आला-काँचा छन्, सडकमै हुर्किएका हुन्, त्यही भएर झगडा गर्छन्।’ आशाकुमारी भन्छिन्, ‘कहिलेकाहीँ उसलाई लिन नीलो गाडी आएको देख्छु, तर गाडीमा किन जान्छ, चासो दिन्न।’
मिसन सोल्टी र उनका समूहलाई मेमहरूले छानेर लाने गरेका छन्। ग्राहकले छानेपछि उनीहरूलाई कहिले क्यासिनो लान्छन् भने कहिले सीधै आफ्नै घरमा पुर्‍याउँछ। ‘सँगै रक्सी खाइन्छ, त्यसपछि उनीहरूले भनेअनुसार गर्नुपर्छ।’ मिसन सोल्टी भन्छन्, ‘पहिले त मलाई के-के गराएको होला भनेर रिस पनि उठेथ्यो, तर अहिले बानी भयो।’ मिसन सोल्टीका अनुसार उनीहरूले महिला ग्राहकलाई जीउमा तेल लगाइदिने, जीऊ दुखेको बेला थिचिदिने एवं मुख मैथुनसम्म गरिदिनुपर्छ। उक्त समूहले महिलालाई मात्र होइन, पुरुषलाई पनि आफ्नो ग्राहक बनाएको छ। यद्यपि पुरुष ग्राहकसँग उनीहरूले बढी शुल्क लिन्छन्।’१० हजार रुपैयाँ नदिई जान्न।’ अलि ठाडो भाषामा मिसन सोल्टीले भने, ‘पुरुष ग्राहकसँग जाँदा सास्ती हुन्छ, त्यसैले दाम बढाएको।’ पहिले उनी पुरुष र महिला ग्राहकका लागि पाँच सय रुपैयाँ मात्र लिन्थे। अहिले सकेसम्म महिला ग्राहक खोज्ने नभेटेको अवस्थामा मात्र पुरुष ग्राहकसँग जाने उनीहरूको नियम छ। ‘कुइरेर कुइरिनीसँग अलि बढी रमाइलो हुन्छ।’ मिसन सो ल्टीभन्दा केही कम उमेरका अर्कायुवाले थपे, ‘उनीहरू पैसा पनि बढी दिन्छन्, माया पनि बढी गर्छन्।’ मिसन सोल्टी र उनको समूहका धेरै जसो ग्राहक ४० वर्षभन्दा बढी उमेरका महिला छन्। ग्राहकले कहिलेकाहीँ कम्पाउन्ड भएको घरमा लान्छन् भने कहिलेकाहीँ नगरकोटतिरका होटलतिर। ‘मेमहरूसँग पोखरार सौराहा पनि पुगेको छु, एकपल्ट इन्डिया पनि गएँ।’ आफ्ना ग्राहक सम्झदै मिसन सोल्टीले फुत्काए, ‘गौरा मेमले भने मलाई आफ्नै लोग्ने हो भनेर चिनाउनुहुन्छ।’
कति छन् पुरुष यौनकर्मी
सन् २००१ मा ब्लु डाइमन्ड सोसाइटीका अध्यक्ष सुनिलबाबु पन्तले लन्डन स्कुल अफ हाइजिन ट्रोपिकल मेडिसिनका लागि नेपाली समलिङ्गीहरूका बारेमा विशेष अध्ययन गरेका थिए। उक्त अध्ययनको उद्देश्य नेपालमा समलिङ्गीहरूको अवस्था एवं उनीहरूमार्फत एचआइर् भीको संक्रमण कस्तो छ भन्ने थियो। अध्ययनका क्रममा उनले प्रसस्त पुरुष यौनकर्मी फेला पारे। केही समलिङ्गी यौनकर्मीसँगैपुरुष यौनकमीर् को उठबस हुने र उनीहरूलेगराउने असुरक्षित गुदा मैथुनले समलिङ्गी र पुरुष यौनकर्मीहरूमा एचआईभीसर्ने सम्भावना तीव्र रहेको उक्त सर्वेक्षणको निष्कर्ष थियो। यद्यपि उक्त सर्वेक्षणले नेपालमा कति पुरुष यौनकर्मी छन् भन्ने तथ्याङ्क दिन सकेको थिएन। ‘अरू सहरको कुरा त मलाई थाहा छैन, काठमाडौंमा प्रसस्तै पुरुष यौनकर्मी छन्।’ ब्लु डाइमन्ड सोसाइटीमा कर्यरत समलिङ्गी भूमिका श्रेष्ठ भन्छिन्, ‘उनीहरू महिला वा समलिङ्गी यौनकर्मी जस्तो ठूलो समस्यामा पर्दैनन्, त्यसैले हाम्रो सम्पर्कमा आउन चाहदैनन्।’ भूमिकाका अनुसार यस्ता पुरुष यौ नकर्मीलाई सहरका धनाढ्य एवं पाका महिलाहरूले प्रयोग गर्दै आइरहेका छन्। श्रीमान्बाट असन्तुष्ट, श्रीमान् बिदेसिएका कारण एक्लिएका एवं कामुक प्रकृतिका महिलाहरू नै उनीहरूका ग्राहकहुन्। त्यस्ता महिलाहरूले छानीछानी पुरुष लाने भएकाले भोटाहिटीदेखि रानीपोखरी क्षेत्रमा साँझ दर्जनौं किशोर एवं युवा यौनकर्मी भेटिने गरेका हुन्।
यौनकर्मीको परिभाषाअनुसार कसैले आफ्नो व्यक्तिगत मनोरञ्जन वा यौनसन्तुष्टिका लागि कुनै महिला, पुरुष वा समलिङ्गीलाई कुनै उपहार वा नगद दिएर प्रयोग गर्छ भने त्यो प्रयोग हुन स्वीकार गर्ने व्यक्ति नै यौनकर्मी हो। यो परिभाषाअनुसार नगद मात्र होइन, कुनै उपहार एवं विशेष लाभको लोभमा परेर व्यक्तिगत सन्तुष्टि पूरा गर्ने व्यक्ति पनि व्यक्ति यौनकर्मी हुनसक्छ। ‘धेरैजसो यौनकर्मी युवा कुनै धनाढ्य महिलाको एकलौटी रखौटो हुन्छन्, त्यसैले उनीहरूलाई आफू यौनकर्मी हुँ भन्नेसमेत थाहा हुँदैन।’ रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन्, ‘आजका महिला धेरै स्मार्ट भैसकेका छन्। कतिपय महिला आवश्यकता र कतिपय रमाइलोका लागि यस्ता युवाको प्रयोग गर्छन्।’ कतिपयले सुरक्षा र सन्तुष्टि दुवैका लागि आकर्षक रकम र गाडी दिएर स्मार्ट पुरुषहरूलाई आफ्नो बनाएर राखेको पाइएकोछ। होटल र रेष्टुराँका बाउन्सर तथा मोडलहरू मात्र होइनन्, केही युवा सेलिब्रेटीलाई पनि धेरै महिलाले यौनकर्मीका रूपमा प्रयोग गरेका छन्।
सन् २०१० मा नेपाली सन्तोष गुरुङ् र दुई थाइ अनुसन्धानकर्ता ओरन्त बेचेन र अपुरोनले गरेको अध्ययनले पनि काठमाडौंमा प्रसस्त पुरुष यौनकर्मी रहेको पुष्टि गरेको थियो। एउटी महिलाले केही समय प्रयोग गरेर छाडेपछि त्यस्ता पुरुष फेरि त्यस्तै महिलाहरूको खोजीमा रहँदा पूर्णरुपमा यौनकर्मी हुने गरेको पाइएको उक्त सर्वेक्षण-प्रति वेदनमा उल्लेख छ। यस्ता युवाहरूलाई गुदा मैथुन मनपराउने पुरुषहरूले बढि पैसा दिएर प्रयोग गर्ने र उनीहरूमा एचआईभीको संक्रमणको सम्भावना प्रवल गरेको उक्त सर्वेक्षण-प्रति वेदनमा उल्लेख छ। यद्यपि महिला यौनकमीर् मा भन्दा पुरुष यौनकर्मीहरू कन्डम प्रयोग गर्न सचेत देखिन्छन्। एसिया जर्नल अफ पब्लिक हेल्थको जुलाई-डिसेम्बर अंकले पनि काठमाडौं उपत्यकामा पुरुष यौनकर्मीहरू बढिरहेको तथ्य पेश गरेको छ। उक्त जर्नलले पनि नेपालमा पुरुष यौनकर्मीहरूको संख्या तोक्न सकेको छैन।सन् २०१० मै सिविनले गरेको सर्वेक्षणमा सडक बालबालिकाहरूलाई विदेशी एवं स्वदेशी पुरुष-महिलाहरूल े पैसा वा खानेकुरा दिएर यौनकर्म गराउन थाल्छन्। सजिलो गरी पैसा आउने कार्य भएको देखेपछिउनीहरू सजिलै यौनकर्मी हुन्छन्। यहि बानीका कारण धेरैजसो सडक बालकपछि गएर पुरुष यौनकर्मी हुने गरेको पनि पाइएको छ।
कसरी प्रयोग हुन्छन् ?
विकीपीडियाको अंग्रेजी संस्करणमा नेपाललाई पुरुष यौनकर्मीहरूका लागि सबैभन्दा आकर्षक देश भनिएको छ। विकीपीडियाको मेल सेक्स वकर् र शीर्षकमा उल्लेख भएअनुसार पदयात्रा मनपराउने अमेरिकी एवं युरोपियन युवतीहरूले नेपाली कलव्यायलाई आफ्नो यात्रामा लाने गरेका छन्। विदेशी युवतीहरूले पैसा तिरेर घुमाउन लैजाने र आफूले चाहेअनुसारको सेवा सुविधा लिने देशहरूमा नेपाल पहिलो पङ्तिमा पर्छ। पुरुष यौनकर्मी खोजेर रमाइलो गर्न विदेशबाट आउने ग्राहकको सूचीमा नेपालपछि मोरक्को, फिजी, इक्वेडर तथा कोस्टारिका छन्। पर्यटन व्यवसायीहरूका अनुसार विकीपीडियामा नेपालका युवालाई केही अतिरञ्जित रुपमा व्याख्या गरिएको छ। ‘नेपाली गाइडसँग युरोप-अमेरिकी युवतीहरू स्वैच्छाले यौन सम्पर्क गर्छन्, त्यसैलाई अतिरञ्जित गरिएको हो।’पर्यटन व्यवसायी राजन न्यौपाने भन्छन्, ‘युवतीहरूले उनीहरूलाई घुमाएबापतको पारिश्रमिक दिएका हुन्, न कि यौन सन्तुष्टि दिएबापत।’ यति हुँदा हुँदै पनि विशेष सेवा गरेबापत महिला पर्यटकहरूले नेपाली युवाहरूलाई ठूलो टिप्स दिने गरेका कुरा भने उनी स्वीकार गर्छन्। ‘कतिपय भाइहरूले आफूलाई विदेशी युवतीले प्रयोग गरेको थाहै पाउँदैनन्। किनभने उनीहरूलाई पैसा र रमाइलो दुवै प्राप्त हुन्छ। कतिपय युवाले यही कारणले विदेश जाने मौका पनि पाएका छन्।’ न्यौपाने भन्छन्, ‘ खुला विचार भएका विदेशीहरू लजालु नेपाली युवाप्रति आकषिर्त हुने गरेका छन्।’ एक वर्षअघि ठमेलको एक होटलमा बस्न आएकी अमेरिकी युवतीलाई नेपाली होटल मालिकले जवरजस्तीगरेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्। कमल कूस्मा थारु नामका ती युवालेप्रहरीको बयानमा अमेरिकी युवतीहरू सजिलै यौन सम्पर्क गर्न मान्ने र कतिपयले पैसा दिने गरेको बताएका थिए। उनको भनाइले पनि ठमेल क्षेत्रमा आउने कतिपय महिला पर्यटकहरू पुरुष यौनकर्मीको खोजीमा हुने गरेको पुष्टि गरेको थियो। प्रहरी प्रतिवेदनमा भने कतै पनि पुरुष यौनकमीर् का बारेमा उल्लेख छैन। नेपालमा गैरकानुनी मानिने यौनकर्म महिला र पुरुष दुवैका लागि उत्तिकै दण्डनीय भए पनि प्रहरीले अहिलेसम्म क्याबिन रेस्टुराँ, मसाज एवं डान्स रेस्टुराँहरूबाट महिलालाई मात्र पक्रने गरेको छ। महिलासँगै पुरुष पनि यौनकर्मी हुनसक्छन् भन्ने कुरा प्रहरीले थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेको छ।
रक्षा नेपालकी अध्यक्ष थापाका अनुसार पुरुष यौनकर्मीहरू विदेशी महिलाको खोजीमा बढी रहे पनि नेपाली पुरुष प्रयोगगर्ने नेपाली महिलाह रूको सङ्ख्या पनि ठूलो छ। यस्ता यौनकर्मीहरू सकेसम्म विदेशी महिलालाई आकषिर्त गर्ने प्रयास गर्छन्, उनीहरू नेपाली महिलालाई पनि उत्तिकै सेवा दिइरहेका हुन्छन्। ‘आफ्नो श्रीमान्बाट विशेष किसिमको सेवा नपाउनेघनाढ्य महिलाहरू पुरुष यौनकर्मीलाई प्रयोग गर्छन्।’ थापा भन्छिन्, ‘पुरुषहरूमा यौन सन्तुष्टिको अधिकार आफ्नो मात्र हुने खालको भावना भएका कारणश्रीमतीको इच्छाको ख्याल राखिँदैन। त्यसैले पनि कतिपय महिलाले बाहिरी पुरुषबाट यौन सन्तुष्टि लिने गरेका छन्।’ चर्चित गायक, मोडल र कतिपय नायकको नाम पनि कहिलेकाहीँ विशेष एवं धनाढ्य महिलासँग जोडिनुको कारण पनि यही हो। यस्ता सेलिब्रेटीलाई ती महिलाले गाडी, आइफोन एवं अप्ठारो परेका बेला खर्च उपलब्ध गराउँदै आएको चर्चालाई पनि कतिपयले यसैसँग जोड्ने गरेका हुन्। ‘मैले बुझेअनुसार ४० वर्ष कटेका महिलालाई उनीहरूको श्रीमान्ले पहिले जस्तो माया गर्न छाड्छन्। उनीहरू परस्त्रीसँग हिँडेको सुन्न थाल्छन्।’ थापा भन्छिन्, ‘त्यसको प्रतिशोध वा मायाको अभावमा महिलाहरू पनि पुरुष यौनकर्मी खोज्न थाल्छन्।’ मनोविज्ञ करुणा कुँवर पनि आजभोलि महिलाहरू श्रीमान्बाहेक बाहिरी पुरुषतर्फ आकषिर्त हुन थालेको कुरा स्वीकार गर्छिन्। ‘परपुरुषसँगको सम्बन्धका कारणहुने तनावका धेरै मुद्दा मकहाँ पनि आउनेगरेका छन्, तर ती पर पुरुष यौ नकर्मी नै हुन् वा व्यायफ्रेन्डमात ्र हुन् भन्ने कुराको भने मैले अध्ययन गरेकी छैन।’ कुँवर भन्छिन्, ‘सहरमा पुरुष यौनकर्मीबाट सेवा लिने महिलाको सङ्ख्याबढिरहेको छ भन्ने कुरा चाहिँ सत्य हो।’
विदेशका कुरा
नेपालमा पुरुष यौनकर्मीको चर्चा नयाँ भए पनि विदेशमा भने यसलाई पुरानो परम्परा मानिन्छ। इन्साइक्लोपेडिय ा अफ होमोसेक्सुअलका अनुसार प्राचीन ग्रीसमा आकर्षक दासहरू राजकुमारी एवं महारानीको यौनइच्छा पूरा गर्न खरिद गरिन्थ्यो। हिब्रु भाषामा लेखिएको बाइबलमा पनि पुरुष दासलाई यौनकार्यमा प्रयोग गरिएको कुरा उल्लेख छ। चर्चित ग्रीस दार्शनिक फेडो इलिस युवा अवस्थामा पुरुष यौनकर्मी थिए। चचिर् त दार्शनिक प्लेटोको संगतमा आएपछि मात्र उनले यौन व्यवसाय छाडेका थिए। आजभोलि अमेरिकाका न्युयोर्क, लस एन्जेलस, सन् फ्रान्सिस्को जस्ता सहरका निश्चित गल्लीहरू पुरुष यौनकर्मीका लागि छुट्याइएको छ। जिगोलो अथवा रेन्ट ब्याइ भनिने यस्ता पुरुष संसारभरि प्रसिद्ध छन्। न्युयोर्कको फिफ्टी थ्री स्टि्रट, लस एन्जेलसको सान्ता-मोनिका बोलिभर्ड, लन्डनको पिकाडिली सर्कस एरिया, सनफ्रान्सिस्को कन्ट्री रुट अफ ५२६ न्यू-जसीको फ्राङ्लिन क्षेत्र पुरुष यौनकर्मीहरूको चर्चित क्षेत्र हो। सौखिन महिलाहरू उक्त क्षेत्रमा गएर आफूलाई मनपरेका युवालाई केही समयका लागि खरिद गर्न सक्छन्। महिलाहरू आफैं नगएको अवस्थामा इन्टरनेट, फोन एवं स्थानीय वयस्क टेलिभिजन च्यानलको माध्यमबाट यौनकर्मी छान्न सकिन्छ। यसकालागि छुट्टै दलाल कम्पनीहरू पनि खडा गरिएका छन्। विकीपीडियाका अनुसार जापान, अफगानिस्तान, जर्मनी, इटली एवं ब्राजिलजस्ता विकसित देशमा महिलाको आर्थिक स्तरमा आएको ठूलो सुधारका कारण पुरुष यौनकर्मीहरूको माग बढेको छ। थाइल्यान्डको फुकेटमा विश्वको सबैभन्दा ठूलो पुरुष वेश्यालय ‘ग्रोथल’ छ भने इन्डोनेसिया, ग्रीस, स्पेन जस्ता देशमा पनि ठूलो संख्यामा पुरुष यौनकर्मीहरू थपिइरहेका छन्। ती देशहरूमा स्थानीयबाहेक भारत, चीनजस्ता मुलुकका पुरुषहरू पनि स-सुल्क सेवाका लागि पुग्ने गरेको एजेन्सीहरूको प्रतिवेदनमा उल्लेख छ।
महिनाको ५० हजारसम्म कमाउँछु
मिसन सोल्टी, पुरुष यौनकर्मी
कति भयो यो काम गर्नुभएको ?
धेरै भयो। ए होइन, होइन, दुई चार वर्ष जति भयो।
सबैभन्दा पहिलो ग्राहकको थियो ?
कुइरे थियो। त्यसले माया गरेर कपडा किनिदियो। होटलमा लगेर खाना ख्वायो। आफ्नै कोठामा लगेर नुहाइदियो। त्यही हो,मेरो पहिलो ग्राहक।
कुइरेसँग जाँदा यौनकर्म गर्नुपर्छ भन्ने थाहा थियो ?
सिनियर दाइहरूले ‘यो खातेसँग तँ जा’ भनेरपठाएका थिए अलि गरिब थियो होला। दाइहरूले सबै कुरा सिकाएका थिए।
महिला ग्राहक रमाइला कि पुरुष ?
मेमहरू नै रमाइला। मेमहरूले यसरी खानुपर्छ, यसरी लगाउनुपर्छ भनेर सिकाउनु हुन्छ। मलाई जिम गर्नुपर्छ, राम्रो भएर हिँड्नुपर्छ भनेर मे महरूले नै सिकाएका हुन्। एकजना मेमले त म नराम्रो भएर हिँडेको देख्नुभयो भने एक महिनासम्म फोन गर्नुहुन्न।
को मेम ?
नाम भन्न मिल्दैन।
तपाईंका कति जना महिला ग्राहक छन् ?
७-८ जना जति नियमित हुनुहुन्छ। उहाँहरू मलाई फोन नगर्नू, कसैलाई नभन्नू भन्नुहुन्छ। नाम पनि भन्न मिल्दैन, कति जना छन् भन्न पनि मिल्दैन।
अनि कसरी भेट हुन्छ त ?
उहाँहरूलाई हाम्रो जङ्सन थाहा छ। धेरैजसो चाहिँ आफैं फोन गर्नुहुन्छ। त्यही भएर सधैं चिटिक्क परेर बस्नुपर्छ।
सबैभन्दा बढी कसले माया गर्छ ?
गौरा मेमले। उहाँले मलाई यो मेरो कान्छोलोग्ने हो भनेर अरू मेमहरूलाई चिनाउनु हुन्छ। सबैजना हाँस्छन्, मलाई पनि खुसी लाग्छ।
महिनाको कति कमाइ हुन्छ ?
नियमित ग्राहकसँग यति नै भनेर लिन्न। जति दिनुहुन्छ, चुपलागेर लिन्छु। लोग्नेमान्छे र कुइरे-कुइरिनीसँ ग चाहिँ १० हजार चाहिन्छ भन्छु। कहिलेकाहीँ त महिनाको ५० हजार पनि हुन्छ।
उनीहरू समस्यामा छैनन्
भूमिका श्रेष्ठ, तेस्रोलिङ्गी एवं ब्लू-डाइमन्ड सोसाइटीकी कर्मचारी
तेस्रोलिङ्गी एवं महिला यौनकर्मीका समस्या सुनिदिने संस्थाहरू छन्, पुरुषका छैनन्, किन ?
किनभने उनीहरूमा समस्या छैन। भए पनि पुरुष प्रधान समाज भएकाले उनीहरू त्यसलाई गुपचुप राख्छन्। महिला र तेस्रोलिङ्गीमा कोही यौ नकर्मी हो भन्ने थाहा हुने बित्तिकै घरबाट निकालिदिने चलन छ। अझ तेस्रोलिङ्गीले त केही गर्नै पर्दैन, त्यसै अपराधी झैं व्यवहार हुन्छ र घरबाट निकालिन्छ। पुरुषले त्यही काम गर्दा साथी भाइले गर्व मान्छन्। त्यही काम पुरुषले गर्दा ठीक र महिला वा तेस्रोलिङ्गीले गर्दा बेठीक भन्ने समस्याका कारण महिला र तेस्रोलिङ्गीका समस्या सुन्न संस्थाहरू खडा भएका हुन्।
धेरैजसो पुरुष यौनकर्मीले आफ्नो पेसाप्रति गर्व गरेको पाइयो, महिला वा तेस्रोलिङ्गीमा त्यो भावना किन नआएको होला ?
सामाजिक संरचनाका कारण त्यसो भएको हो। त्यही काम पुरुषले गर्दा सामान्य मान्ने र त्यही काम अरूले गर्दा नराम्रोमान्ने घर-परिवार छ भने कसरी गर्व गर्न सक्छन् र ? प्रहरीले पनि अपमानजनक रूपमाउनीहरूलाई थुन्ने, सार्वजनिक काम गर्छ। जबकि पुरुष यौनकर्मीलाई कसैले छुदैन। यो भेदभाव कायम रहेसम्म कसैले पनि म तेस्रोलिङ्गी वा म यौनकर्मी भन्न सक्दैन।
प्रतिशतका आधारमा अध्ययन गर्दा धेरै तेस्रोलिङ्गीहरू यौनकर्मी भएको पाइयो, यसको कारण के होला ?
बाध्यताले उनीहरू यौनकर्मी भएका हुन्। तेस्रोलिङ्गी भएको थाहा हुने बित्तिकै धेरैजसो परिवारले आफ्ना सन्तानलाई घरबाट निकालिदिन्छन्। अचानक सडकमा आएपछि उनीहरू बाध्यतामा यो पेसा अंगाल्न पुग्छन्। फेरि हाम्रो संस्थालेसबैलाई आश्रय दिन पनि सक्दैन। आश्रय नपाएपछि विचराहरू के गरून् ?
पुरुष यौनकर्मीको मुद्दा उठाउने मै हुँ
नेपालमा महिला यौनकर्मीको कुरा धेरै हुन्छ, पुरुषको किन हुँदैन ?
यसका दुई कारण छन्। पहिलो उनीहरू महिला यौनकर्मी जस्तो चाँडै चिनिदैनन्, धेरैजसो व्यक्तिगत सम्बन्धका आधारमा व्यापार गर्छन्। उनीहरूका ग्राहक निश्चित हुन्छन र फोन सम्पर्कका आधारमा उपलब्ध हुन्छन्। महिलाले जस्तो सडकमै बसेर ग्राहक खोज्नुपर्ने अवस्था अलि छैन। कम देखिने भएकाले चर्चा पनि कम भएको हो। अर्को महिलाले त्यही काम गर्दागलत र पुरुषले गर्दा ठीक भन्ने मानसिकताछ। महिलाहरू आफ्ना सन्तान पाल्ने बाध्यतामा यो पेसामा आएका छन् तर पुरुषहरूको यो पार्टटाइम जबजस्तो भएकाले बाहिर आउँदैन। यद्यपि नेपालमा पुरुष यौनकर्मी बढिरहेका छन्, भनेर उनीहरूको मुद्दा उठाउने व्यक्ति भने मै हुँ। मैले कान्तिपुरमा लेख लेखेर यो कुरा बाहिर ल्याएकी हुँ।
महिला यौनकर्मीहरूको समस्या समाधान गर्न धेरै संघसंस्था खुलेका छन्, पुरुषको छैन, किन ?
किनभने हाम्रो समाज पुरुष प्रधान छ। महिलाले यौन व्यापार गर्दा उनीहरू अपहेलित हुन्छन्। त्यही काम पुरुषले गर्दा उल्टै माया पाइरहेका हुन्छन्। मैले चिनेको एकजना पुरुष यौनकर्मीलाई महिलाले घरमै लगेर खाना ख्वाउँछिन्। छोराछोरीलाई मामा भनेर चिनाउँछिन्। कुनपहिरन लगाउने-नलगाउने कसरी राम्रो भएर हिड्ने भनेर सिकाउँछिन्। जबकी त्यही काम गर्ने महिला यौनकर्मीले ग्राहकबाट कुटाइ खाएका उदाहरण धेरै छन्। कमजोर भएकै कारण महिला यौनकर्मीहरूको समस्याका लागि विभिन्न संघसंस्था खुलेका हुन्।
तपाईंको अध्ययनअनुसार पुरुष यौनकर्मीहरूको संख्या काठमाडौंमा कति होला ?
खास तथ्याङ्क छैन। जसरी कलगर्लहरूको तथ्याङ्क पाउन गाह्रो हुन्छ, त्यसैगरी पुरुष यौनकर्मीहरूको यकिन तथ्याङ्क पाउन सकिदैन। धेरै जसो पुरुष यौनकर्मीका निश्चित ग्राहक हुने भएकालेर ती कुरा बाहिर नआउने भएकाले थाहा हुँदैन। अध्ययनहरूले पुरुष यौनकर्मीहरू बढिरहेको चाहिँ देखाएको छन्।
पुरुष यौनकर्मीहरूको बजार कहाँ रहेछ ?
विदेशी पर्यटक एवं ४० वर्ष पार गरेका धनाढ्य महिलाहरू नै उनीहरूका ग्राहक हुन्। आफूचाहिँ बाहिर केटी खोज्दै हिँड्ने घरकी श्रीमती बूढी भै भनेर वास्ता नगर्ने श्रीमान्का कारण महिलाहरू पीडित हुन थाल्छन्। यो उमेरमा छोराछोरी हुर्केर स्कुल-कलेजमा व्यस्त हुन थाल्छन्। मायाको अभाव एवं श्रीमान्को इखका कारण महिलाहरूले पुरुषयौनकर्मी खोज्ने गरेका छन्। श्रीमान् विदेशमा हुने र सौखिन महिलाहरूले पनि यौनकर्मी पुरुषको खोजी गरे
source:sansani khabar

4:51:00 AM ,
तपाईको पूर्व सेक्स पार्टनरको झलक तपाईको बच्चाको रंगरुपमापर्न सक्दछ । सुन्दा यो निकै सामान्य लागे पनि एउटा अध्ययनको रिपोर्टलाई मान्ने हो भने यो सही हो।


रिपोर्टका अनुसार कुनै पनि महिलाका पूर्व सेक्स पार्टनरको झलक अलग पुरुषबाट जन्मने सन्तानमा देख्न सकिन्छ । न्यु साउथ वेल्स विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको एउटा शोधमा जब एक महिला कुनै पुरुषसँग पहिलोपटक शारीरिक सम्बन्ध कायम गर्छिन् तब त्यसबेला महिलाको अपरिपक्व अण्डा शुक्राणुका केही अणुहरुलाई अवशोषित गर्छिन् जसको प्रभाव पछि देखिन्छ ।
रिपोर्टका अनुसार जब तिनै महिला दोस्रो पुरुषबाट सन्तान उत्पादन गर्छिन् तब महिलाको अण्डामा रहेको पूर्व सेक्स पार्टनरको शुक्राणुको अंश हुने बच्चाको रंगरुपलाई प्रभावित गर्न सक्छ । यस्तो पनि हुन सक्छ कि हुनेवाला सन्तानको उचाई महिलाको पूर्व सेक्स पार्टनरसँग मिलोस्।
शोधमा संलग्न वैज्ञानिकहरुका अनुसार शोधका क्रममा उनीहरुले कयौ महिलाको पहिलो बच्चाको अनुहार, उचाई त्यस बच्चाको असली पितासँग मेला खाएन ।बरु त्यस पुरुषसँग मेल खाएको थियो, जोसँग उनकी आमाले विवाहपूर्व सेक्स सम्बन्ध कायम गरेकी थिइन्।
यो शोध इकोलजी जर्नलमा प्रकाशित छ ।वैज्ञानिकहरुका अनुसार योशोधबाट कयौ नयाँ शोधर अनुसन्धानमा बल पुग्नेछ source  tajakhabar

3:22:00 AM ,
एजेन्सी । विश्वका कुनै देशमा यस्ता सेक्स कानुन छन् जसलाई पढ्नु भयो भने तपाई हैरानिमा पर्नुहरुने छ । यौनका बिषयमा बिभिन्न देशमा कस्ता कानुन छन् त ?
इग्ल्याण्डमा पार्किङमा रहेको मोटरसाइकलमा सेक्स गर्न मनाहि छ ।
हंगेरीमा उज्यालो वा प्रकासमा यौन कार्य गर्न बन्देज लगाइएको छ ।
दुबइमा कसैलाई पनि सार्वजनिक स्थलमा प्यार गर्ने छुट छैन् । यसको मतलव सार्वजनिक उद्यान तथा बगैचाहरमा केटा केटी खुलेआम रुपमा प्यार गर्न सक्दैनन् ।
अमेरिकाको दक्षिणपूर्वि हिस्सामा रहेको देश उरुग्वेमा पुरुषलाई आफुलाई धोकादिने श्रिमति हत्या गर्ने अधिकार छ ।
स्पेनको समुद्री किनारामा यौन कायृ गर्न बन्देज लगाइएको छ ।
गुआम मा भर्जिन केटीले बिबाह गर्न सक्दिनन् ।
इन्डोनेशियामा हस्तमैथुन गर्न नमिल्ने कानुन छ ।
हंङकङमा महिलालाई आफूलाई धोका दिने पति तथा सौताको हत्या गर्ने पुरा अधिकार छ ।
एस्टोनियामा यौन कार्यको बिचमा चेस खेल्न प्रतिबन्धित छ ।
लेवनानमा पुरुष जनावरसँग यौन क्रिया गर्न निषेध गरिएको छ ।
बहराइनमा पुरुष डाक्टरलाई महिलाको जाच गर्दा सिधै हेर्न रोक लगाउने कानुन छ । जसका कारण उपचार गर्दा बिचमा सिसा राखेर मात्र उपचार गर्न पाउने व्यवस्था गरिएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

3:04:00 AM ,

हिउँद याममा हावामा आद्र्रता कम हुने भएकाले हाम्रो छालामा त्यसको प्रभाव पर्छ । जाडोले छाला सुख्खा र चाउरिन्छ । चिल्लो पदार्थ नलगाएमा छालाको सुख्खापना बढ्दै गएर चिलाउन थाल्छ । सामान्यतया प्रायः मानिसले जाडोमा आफ्नो छाला चिलाउने गरेको गुनासो गर्छन् ।
जाडो सुरु भए हावामा सुख्खापना आउँछ । घर भित्र न्यानो पार्न हिटर प्रयोग गरे वा आगो बालेमा हावा झनै सुख्खा भएर छाला फुस्रो हुन्छ । तापनि जाडोमा छालालाई चिल्लो, चम्किलो र आकर्षक बनाइराख्न केही सजिलो उपाय अपनाउन सकिन्छ ।
यसका लागि समय र पैसा बर्बाद गर्नुभन्दा घरेलु विधिबाट बनाइएका फेस प्याक प्रयोग गरी अनुहारको छाला सुन्दर र चम्किलो बनाउनु राम्रो हुन्छ। अनुहारमा फेस प्याक लगाउनुअघि कपासको टुक्रालाई दूधमा भिजाएर त्यसले आफ्नो अनुहार पुछ्दा अनुहारमा भएका मसिना धुलाका कणहरू हटाउनुका साथै छालाको प्वाल पनि खुल्छ।
त्यसैगरी बदामको तेलमा कपास भिजाएर अनुहार पुछी त्यसमा फेस प्याक लगाउँदा पनि फाइदा हुन्छ। पुदिना प्याक सामग्री पुदिनाका ताजा पातहरू एक चिम्टी बेसारको धुलो मन तातो पानी विधि : पुदिनाका केही पात लिएर त्यसलाई मसिनो बनाएर पिस्ने।
त्यसमा एक चिम्टी बेसारको धुलो हालेर राम्रोसँग मिसाउने। मनतातो पानीले अनुहार धोएपछि त्यसमा यो लेपलाई लगाउने। पन्ध्र मिनेटसम्म राखेर यसलाई पखाल्ने। मुसुरो प्याक सामग्री मुसुरोको दाल पानी काँचो दूध बदामको तेल विधि :
आवश्यकताअनुसार मुसुरोको दाललाई रातभरि पानीमा भिजाउने। यसको बोक्रा निकालेर पिस्ने। यसमा काँचो दूध र बदामको तेल हालेर बनाएको पेस्टलाई अनुहारमा लगाउने। काँक्रो प्याक सामग्री : एउटा काँक्रो : एक चम्चा चिनी विधि : काँक्रोको भित्री भाग निकालेर त्यसलाई एउटा भाँडोमा हाली मिच्ने।
त्यसमा एक चम्चा चिनी हालेर राम्ररी मिसाउने। यसलाई चिसो बनाउन फ्रिजमा राख्ने। यो लेप अनुहारमा दलेर करिब १० मिनेटसम्म त्यसै राख्ने। त्यसपछि चिसो पानीले अनुहार पखाल्ने। गोलभेडा प्याक सामग्री : गोलभेडाको गुदी : एक थोपा मह विधि : गोलभेडाको गुदी निकालेर त्यसमा एक थोपा मह मिसाउने।
यसलाई अनुहारमा दलेर केही बेर राखे पछि चिसो पानीले अनुहार पखाल्ने। जौको प्याक सामग्री : काँक्रो : एक कप जौको पीठो : एक चम्चा दही विधि : काँक्रोको गुदी निकालेर त्यसमा एक कप जौको पीठो र एक चम्चा दही हालेर राम्रोसँग मिसाउने।
यसलाई अनुहारमा दलेर करिब आधा घन्टासम्म राख्ने र मनतातो पानीले पखाल्ने। बेसन प्याक सामग्री बेसनको पीठो मह विधि : बेसनको पीठोमा मनतातो मह मिसाउने। यसरी बनेको लेपलाई अनुहारमा दलेर २० मिनेटसम्म राखेपछि चिसो पानीले पखाल्ने।
यो लेपलाई नियमित रूपमा लगाउँदा डन्डीफोरको समस्यामा राहत पुग्छ। खर्बुजा प्याक : दुई चम्चा काँक्रोको जुस : दुई चम्चा खर्बुजाको जुस : एक चम्चा दही : एक चम्चा धुलो दूध विधि : माथि दिइएका सम्पूर्ण सामग्री मिसाएर अनुहारमा दल्ने। यसको करिब १५ मिनेट पछि अनुहारलाई चिसो पानीले राम्ररी पखाल्ने।एजेन्सी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2:58:00 AM ,
एक समयको कुरा हो । बादशाह अकबरको दरबारको बैठक चलेको थियो । दरबारमा ठट्टाको माहोल गुन्जिएको थियो । सबैजना प्रशन्न देखिन्थे, अकबर पनि खशी थिए । तर एउटा कुराले भने अकबरलाई संधै सताइरहन्थ्यो ।

कुरा के भने दरबारमा सबैजना वीरबलसँग धेरै नै जल्ने गर्थे । वीरबलको अगाडि उनीहरुको कुनै कुरा कसैले सुन्दैनथ्यो । यही नै कारणले सबै जना वीरबलको ईर्ष्या गर्थे ।
तर पनि वीरबलको अगाडि उनीहरु बोल्न सक्दैनथे । अकबर भने सधै वीरबलको प्रशंसा गर्थे ।



जब वीरबल दरबारमा अनुपश्थित हुन्थे तब दरबारीहरु वीरबलप्रति द्वेष र ईर्ष्याका कारण अकबरलाई भड्काउने काम गर्थे । तर अकबरलाई वीरबलको चतर्याई प्रति भरोसा थियो । दरबारमा चलेको ठट्टाको बीचमा अकबरले दरबारियाको परिक्षा लिने मन बनाए । उनले सबै दरबारियालाई शान्त हुन भने र बोलेः ध्यानसँग सुन्नुस्, सबैसँग मेरो एउटा प्रश्न छ, यसको जवाफ दिनु पर्छ । जसले यो प्रश्नको सही जवाफ दिन सक्छ म वीरबलको सट्टा मन्त्री नियुक्त गर्छु ।

अकबर बोलेः सुन्नुस तपाई सबैजना सक्षम हुनुहुन्छ, सबैलाई अवसर मिलेको छ । यसबाट सबै इच्छा पूरा हुन सक्छ ।
यो सुनेर सबै दरबारिया खशी भए ।
अकबर फेरी बोलेः तपाईहरुले यो सावित गर्नुपर्छ कि मानिसले बनाएको कुरा राम्रा छन कि प्राकृतिक कुरा ठीक ।


अकबरको प्रश्न सुन्नेबित्तिकै सबै दरबारिया सोचमा डुबे । अकबरले उनीहरुलाई एक हप्ताको समय दिए र भने आउने हप्ता जब दरबार लाग्नेछ तब आफ्नो कुरालाई साबित गर्नुपर्नेछ ।

यसपछि सबै आफ्नो घर तिर लागे । सबै यही सोचमा लागेका थिए कि सबैभन्दा राम्रो कसरी सावित हुने । तर सबैमा यस्तो चतुर्याई थिएन जति वीरबलमा थियो ।

दरबारिया कसैले पनि यस प्रश्नको जवाफ सोच्न सकेका थिएनन् । तोकिएको समयमा बैठक शुरु भयो, सबै आफ्नो आफ्नो ठाउँमा बसे । वीरबल भने सबैभन्दा पहिला नै आफ्नो ठाउँमा बसेका थिए ।

अब राजा अकबरले सबैसँग एक-एक गरेर प्रश्नको जवाफ सोध्न थाले । तर सबै दरबारियाहरु आफ्नो टाउको निहुर्याएर बस्न थाले । यो देखेर अकबरले वीरबललाई यही प्रश्न सोधे । वीरबलले आफ्नो चतुर्याईको उपयोग गर्दै भने, यसमा कुन ठूलो कुरा छ र ? यसको जवाफ धेरै नै सजिलो छ भन्दै आफ्नो कुर्सीबाट उठेर बाहिर गए । यो देखेर दरबारिया कानेखूशी गर्न थाले ।

एक दरबारिया बोले, लौ यो के हो ? वीरबल अकबरको जवाफ दिनुको सट्टा उठेर बाहिर पो गए त । अकबर भने आरामका साथ आफ्नो सिंहासनमा वीरबलको प्रतिक्षा गर्दै बसिरहेका थिए ।

त्यति नै बेला एक कलाकार ढुंगाबाट बनेको फुलको गुच्छा लिएर आए र राजालाई दिएर जान लागे । राजाले फुलको गुच्छा हातमा लिएर त्यसको सुन्दरता देखेर धेरै नै प्रशंसा गरे र आफ्नो मन्त्रीलाई कलाकारलाई एक हजार स्वर्ण मुद्रा दिएर पठाउन आदेश दिए ।




इनाम लिएर कलाकार खूशी हुँदै बाहिर गए । त्यति नै बेला अकबरको बगैचाको माली आए र राजालाई एक फुलको गुच्छा दिए । सुन्दर फुलको गुच्छालाई देखेर अकबर तारिफ नगरी बस्न सकेनन् र मन्त्रीलाई यो आदेश दिए कि मालीलाई दुई सय चाँदीको मुद्रा इनाम स्वरुप दिनु भने ।

यसपछि राजाले वीरबललाई बोलाए । पहिला त राजा अकबर वीरबलसँग धेरै नै रिसाएका थिए र सोच्न थाले सायद सबै दरबारियाले सही नै भनेका थिए । मैले तिमीलाई धेरै नै छुट दिएकोले तिमी बिचमा नै राजदरबार छोडेर गयौं, मेरो जवाफ पनि दिएनौं ।

यो सुनेर वीरबल राजालाई नमस्कार गर्दै बोल्न थाले । हजुर तपाईले केही भुल्दै हुनुहुन्छ । अहिले आएका दुई जना कलाकारलाई पठाउनको लागि नै म बाहिर गएको थिए । तर तपाईले यो कस्तो न्याय गर्नुभयो ? एकलाई एक हजार स्वर्ण मुद्रा र अर्कोलाई भने जम्मा दुई सय चाँदीको सिक्का ।

अकबरले जबाफ दिए, असली फुलको गुच्छा त दुई दिनमै मर्छ र यो ढुंगाबाट बनेको फुलगुच्छा कहिल्यै पनि खराब हुँदैन ।


यसपछि वीरबलले भनेः यसो हो भने तपाईले यो मान्नु भयो कि मानिसबाट निर्मित बस्तु प्रकृतिद्वारा निर्मित बस्तु भन्दा धेरै राम्रो हुन्छ । यो सुनेर अकबरको बोली नै बन्द भयो । उनी वीरबलको चतुर्याई देखेर मनमनै मुस्काए र आफ्नो सिंहासनमा बसे ।

अकबरले फेरि वीरबललाई खुल्ला मनले तारिफ गरे । सबै दरबारिया भने आफ्नो शीर झुकाएर बसेका थिए । वीरबल भने आफ्नो चतुर्याई देखाउन सफल भए ।

2:31:00 AM ,
ओपेन्द्र बस्नेत
दाङ, माघ १७ – रोल्पमा गोली हानेर श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आपसी विवादका कारण हिजो दिउँसो श्रीमतीको हत्या गर्ने जिल्लाको ह्वामा गाविस ८ ह्वामा निवासी ३३ बर्षका श्याम बा“ठामगरलाई भरुवा बन्दुकसहित शनिबार नियन्त्रणमा लिएको रोल्पाका प्रहरी प्रमुख एव्म प्रहरी नायब उपरिक्षक नविन राईले जानकारी दिएका छन् ।

लामो समय देखी अत्याधिक मदिर सेवन गर्दै आएका श्रीमान बा“ठामगरले २९ बर्षीया श्रीमती जसमताको हत्या गरेका हुन् । श्रीमतीले आफनो अर्कै बुढो भएको बताए पछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले कर्तव्यज्यान र हातहतियार खरखजना सम्बनिध मुद्दा चलाउने प्रहरी प्रमुख राईले जानकारी दिएका छन् । यसैविच आजै प्रहरीले पक्राउ परेको उनलाई पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको छ । श्रीमतीको हत्या गरी श्रीमान पनि जेल पर्ने भए पछि ३ बालबालीकाहरु अब बिचल्ललीमा पर्ने स्थानीयले बताएका छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget