अबको सरकार शेरबहादुर नेतृत्वमा : खाँड


नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाकै नेतृत्वमा बन्ने बताए ।

खाँडले भने, ‘कांग्रेसभित्र एक ब्यक्ति एक पदको कुरा उठ्ने गरे पनि पूर्वसभापति सुशील कोइराला पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनेर संविधानको नेतृत्व गर्नु भयो । अब पनि शेरबहादुर देउवा नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नु हुन्छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार बिना मुलुक अघि बढ्न नसक्ने दावी गर्दै सहमतिको सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखे । उनले भने, ‘यो सरकारमा कांग्रेस कुनै पनि हालतमा जाँदैन ।’

खाँडले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्र्तविरोध र बोझले ढल्ने दावी गर्दै भने, ‘संविधान मान्ने, राजतन्त्र ब्युताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले यो सरकार बनेको छ ।’

खाँडले प्रधानमन्त्रीको चीन भ्रमणबाट ठूलो उपलब्धि हात लाग्ने स्थिति नदेखिएको भन्दै भ्रमणको बिषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्नु पर्ने सुझाव दिए ।

चीन भ्रमणमा पारवहन, इन्धन र उर्जा सम्झौता हुन्छ : सञ्चार मन्त्री
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको चीन भ्रमणमा ब्यापार तथा पारवहन, इन्धन र उर्जालगायतका सम्झौता हुने भन्दै चीन भ्रमण ऐतिहासिक हुने दावी गरे ।

सञ्चारमन्त्रीले भने, ‘यो सरकारले भारतमा गएर चीन विरोधी कुरा गर्ने र चीनमा गएर भारत विरोधी कुरा गरेर कार्ड प्रयोग गर्ने गल्ती कहिल्यै गर्दैन । दुबै छिमेकीसँग समान सम्बन्ध राख्न चाहन्छांै ।’
मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता भएको भन्दै कुनै दल बाहिर बसेर रमिते हुन नहुने तर्क गरे ।

उनले भने, ‘संविधान कार्यान्वयन, पुन:निर्माण, समृद्धि, सुशासन, स्थानीय निकायको निर्वाचन, सीमांकन र संघीय निर्वाचन गर्नु छ । यो जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ । सबैसँग यो विषयमा सरकार कुरा गर्न चाहन्छ ।’

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले राष्ट्र निर्माणका लागि सहमतिको सरकार आवश्यक रहेको भन्दै नेतृत्वको विषय महत्वपूर्ण नभएको बताए ।

उनले संविधान कार्यान्वयनको विरुद्ध सरकार बनाउने ढाल्ने खेलमा एमाओवादी नलाग्ने भन्दै कांग्रेससहितको सरकार बन्दा संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ भनेर आफूहरुले सहमतिको सरकारको कुरा गरेको बताए ।

मधेसको माग सम्वोधन नगरी हुने भ्रमणको अर्थ छैन : यादव
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने भन्दै चीनले प्रधानमन्त्रीको यो भ्रमणलाई महत्व नदिएको दावी गरे ।

उनले पहिचान विपरित संविधान र नश्लवादी सरकरालाई समर्थन नगर्न चीनसँग आग्रह गर्दै प्रधानमन्त्रीको चीन भ्रमण अघि मधेसी मोर्चाले सडकमा विरोध गर्ने र चीनियाँ दूतावासमा ज्ञापन पत्र बुझाउने बताए ।

अहिलेको सरकार असफल भएको र प्रतिपक्ष पनि त्यस्तै भएको भन्दै माग पूरा नभएसम्म जसको नेतृत्वमा सरकार बने पनि आफ्ना लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको बताए ।
केपी ओली नेतृत्वको सरकार लामो नजाने आफ्नै कारणले ढल्ने दावी गर्दै  आफूहरुको माग पुरा नभए होली पछि कडा आन्दोलन सुरु गर्ने र त्यो हिमाल, पहाड र तराईमा एकै पटक हुने दावी गरे ।
kantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget