विप्लवको छोरीको भागेर बिहे -‘डबल म्यारिज’

काठमाण्डु, २९ फागुन– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले डेढ महिनाअघि विवाह बन्धनमा बाँधिएका आफ्ना छोरी ज्वाइँलाई वधाईसहित उनीहरुको विवाहलाई स्वीकृति दिएका छन् ।
शनिबार विवाह बन्धनमा वाँधिएका छोरी र ज्वाइँलाई रातो टिका लगाइदिँदै विप्लवले स्वीकृति दिएका हुन् ।
विप्लव पुत्री सञ्जुले पार्टी निकट अखिल क्रान्तिकारीका कार्यकर्तासँग डेढ महिनाअघि भागेर विवाह गरेकी थिइन् । विप्लवले यो विवाह प्रक्रियालाई मान्यता नदिएको भन्दै केही महिनाअघि समाचार बाहिर आएको थियो ।
सुनसरी घर भई अृमत साइन्स क्याम्पसमा बिएस्सी अध्ययनरत विनोद लुइँटेलले विप्लव पुत्री सञ्जुले विवाह गरेकी थिइन् ।

विनोदले भने आफूहरु लामो समयदेखि प्रेममा रहेको र चन्द परिवारले स्वीकृति नदिएपछि भागेर विवाह गरेको बताउँदै आएका थिए ।
विनोदले सञ्जुलाई राजधानीबाट सुनसरी लगेर उतै परम्परागत विवाह गरेका थिए ।
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget