ड्रिम्समा अनमोलभन्दा उनकी हिरोइन साम्राज्ञीको काम अब्बल


अनमोल केसीका सबै फिल्मले मनग्य पैसा बटुल्छन्, अनमोलको माग पनि बढिरहेको हुन्छ तर उनका को–स्टारको भने अत्तोपत्तो हुँदैन । जस्तो कि, होस्टेलमा अनमोलसँग रोमान्स गरेकी प्रकृति श्रेष्ठका त्यसपछि सम्झनलायक फिल्म आएनन् । एक वर्ष बितिसक्दा पनि जेरीकी आना शर्मा नयाँ फिल्ममा अनुबन्ध भएको सुनिएको छैन ।

जबकि, आनाको सुन्दरता र अभिनय दुवै अब्बल मानिएको थियो । त्यसैले ड्रिम्सकी साम्राज्ञी राज्यलक्ष्मी राणाको पनि त्यस्तै हाल हुने आशंका गरिएको छ । किनभने, अघिल्ला फिल्ममा जस्तै ड्रिम्समा अनमोलभन्दा उनकी हिरोइन साम्राज्ञीको काम अब्बल मानिएको छ । तर, मिडिया र फिल्मवृत्तमा अनमोलकै बढी चर्चा छ । प्रतिष्ठित परिवारकी साम्राज्ञी प्रकृति र आनाभन्दा अलग होलिन् त ?
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget