दिल्लीमा रहेका उपप्रधानमन्त्री थापाको यसरी भयो बेइज्जती

नयाँदिल्ली, ३० फागुन । धार्मिक गुरू श्री श्री रविशंकरको आर्ट अफ लिभिंगद्वारा आयोजित वर्ल्ड कल्चलर फेस्टिभलमा विशिष्ट अतिथिकोरूपमा सहभागी हुन दिल्ली पुगेका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले ठूलै बेइज्जतीको सामना गर्नु परेको छ ।
लगभग एक दर्जनभन्दा बढी देशका सरकारका मन्त्रीहरू सहभागी उक्त कार्यक्रममा कमल थापालाई श्री श्री रविशंकरले मंचमा सम्मान दिए पनि अरू देशको पाहुना जस्तो सरकारी सम्मान भने पाएनन् ।
आर्ट अफ लिभिंगको विश्व स्तरीय कार्यक्रममा सहभागी हुन आएका अन्य देशका मन्त्रीहरू सबैलाई भारत सरकारले राजकीय भ्रमण सरहको मान्यता दिएको थियो ।
परराष्ट्रमन्त्री थापा बाहेक अन्य सबै देशका सरकारी पाहुनाहरूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेश मन्त्री सुषमा स्वराजले भेट गरेका थिए ।
नेपालको प्रतिनिधित्व गर्दै दिल्ली पुगेका कमल थापाको भ्रमणलाई न त भारत सरकारले सरकारी मान्यतानै दिएको थियो । न त उनले कुनै सरकारी सुविधा पाएका थिए ।
थापा बाहेक अन्य सबै देशका मन्त्रीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छुट्टाछुट्टै भेट गरेका थिए ।
भारतीय विदेश मन्त्री सुषमा स्वराजले पनि सबै देशका मन्त्री, राज्य मन्त्री, उपमन्त्री र सहायक मन्त्रीसम्मलाई भेटेका थिए ।
तर नेपालबाट गएका उपप्रधानमन्त्रीलाई मोदी वा सुषमा कसैले भेट्न मानेनन् । स्रोतले बताए अनुसार थापाले मोदी र सुषमा दुबैलाई भेट्न आग्रह गरेका थिए ।
यसका लागि उनले काठमांडौंस्थित भारतीय दूतावासदेखि दिल्लीस्थित नेपाली दूतावाससम्मलाई गुहारेका थिए ।
वर्ल्ड कल्चरल फेस्टिभलको उद्घाटन सत्रमा संगै बसेका कमल थापा र मोदीले औरचारिकता पूरा गर्न हाथ मिलाउने बाहेक केही गरेनन् । करीब चार घण्टासम्म नजिकै बसेका थापा र मोदीबीच एक रटक पनि कुरा नहुनु कसैलाई पनि स्वाभाविक लागेन ।
मंचको ठीक बीचमा श्री श्री रविशंकर र उनको एकतर्फ मोदी बसेका थिए भने अर्को तर्फ थापा ।
रविशंकर र मोदीबीच बीचमा कैयौं पटक कुराकानी गरे तर कमल थापा यी दुईलाई एक टक्कले हेर्ने बाहेक केही गरेनन् ।
कार्यक्रमको अन्तमा पनि मोदीले सबैसंग हाथ मिलाए तर थापाको अनुहारमा हेर्न सम्म भ्याएनन् ।
शुक्रवार पूरै दिन मोदी र सुष्माले विदेशी सरकारी पाहुनासंग गरेको भेंटको फोटो ट्वीटरमार्फत सार्वजनिक गरिएको थियो । त्यहीं दिल्लीको होटलमा बसेका थापालाई भने भेट्न मानेनन् ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget